https://www.spiritualresearchfoundation.org/spiritual-practice/spiritual-principles/swa-pare-ishwar/

१. परिभाषा

संस्कृतमा इच्छा शब्दको अर्थ हुन्छ अभिलाषा । यस अनुसार :

  • स्वेच्छा: स्वको अर्थ हुन्छ ‘म ’ अथवा ‘मेरो’ । स्वेच्छाले व्यवहार गर्नु अर्थात सबैकुरा आफ्नो इच्छानुसार गर्नु ।
  • परेच्छा: परको अर्थ हुन्छ अन्य। परेच्छाले व्यवहार अर्थात सबैकुरा अरुको इच्छानुसार गर्ने ।
  • ईश्वरेच्छा: ईश्वरेच्छाले व्यवहार गर्ने अर्थात सबैकुरा ईश्वरको इच्छानुसार गर्ने ।

२. साधनामा स्वेच्छा-परेच्छा र ईश्वरेच्छाको अवधारणा र प्रगति

लगभग हामी सबै स्वयंलाई आफ्नो शरीर (पञ्चज्ञानेन्द्रिय) मन र बुद्धिको रूपमा चिन्ने गर्छौं । यसलाई हामी अहं पनि भन्ने गर्छौं; तर अध्यात्मले हामीलाई हाम्रो वास्तविक स्वरूप आत्माहो भन्छ अथवा हामी सबैमा ईश्वर विद्यमान हुन्छन् । आत्माको स्वभाव निरन्तर आनन्द हुन्छ अर्थात सुखको सर्वोच्च स्थिति जो कुनै उद्दीपक (stimulus) सँग निर्भर गर्दैन । साधनाको मुख्य उद्देश्य हुन् :

  • पञ्च ज्ञानेन्द्रिय मन, बुद्धिको साथ आफ्नो सम्बन्द कम गर्दै अंततः समाप्त गर्ने
  • आफू भित्र विद्यमान आत्मा (ईश्वरीय तत्व) लाई चिन्ने तथा त्यसको अनुभव गर्ने

यस्तो गर्नको लागि एउटा मार्ग छ साधनाद्वारा स्वेच्छा देखि परेच्छा र अंततः ईश्वरेच्छा तिर जाने ।

जब हामी सबै कुरा आफ्नो इच्छा अनुसार गर्छौं भने यो हाम्रो पञ्चज्ञानेन्द्रिय मन र बुद्धि अनुसार हुने गर्दछन् । जसरी हामी यी इच्छा अनुसार काम गर्ने गर्छौं हामी पञ्चज्ञानेन्द्रिय, मन र बुद्धि प्रति आफ्नो निर्भरता बढाउने गर्छौं । यसले हामी भित्र विद्यमान आत्मालाई चिन्न र अनुभव गर्न असम्भव हुन जान्छ । यो प्रकारको स्वेच्छा एउटा पशु जस्तै हुन्छ जसले अरुको विचार गर्दैन ।

यस्तो भनाई छ की कुनै बस्तु तिर ध्यान नदिनाले हामीमा त्यसको प्रभाव कम हुन जान्छ । यही सिद्धान्त हामी आफ्नो साधनाको लागि पनि प्रयोग गर्न सक्छौं । जब हामी अरुको इच्छाहरु सुन्छौं र मान्छौं तब हामी आफ्नो इच्छाहरुलाई अनदेखा गर्न थाल्छौं अनि कम महत्त्व दिन्छौं । जब हामी अरुहरुको इच्छा अनुसार काम गर्ने बानी पर्छ, हाम्रो अहं घटन थाल्दछन् (अर्थात पञ्ज्ञानेन्द्रिय, मन र बुद्धिको लय हुन थाल्दछन्) ।

आउनुहोस्, एउटा व्यक्तिको परेच्छासँग आचरण गरेको उदाहरण हेरौं ।

रोहित र अनुश्री एक विवाहित जोडी हुन् र शुक्रवार राती उनीहरु दुवै भिन्न कार्यक्रममा जान चाहन्छन् । अनुश्री संगीत कार्यक्रममा जाना चाहन्छे र रोहित फुटबल खेल हेर्न जान चाहन्छ । रोहित साधना गर्ने गर्छ र परेच्छाको अवधारणा सँग उ परिचित छ अतः उ अनुश्रीको इच्छानुसार काम गर्ने गर्छ । उ फुटबल खेल छोडेर अनुश्रीको साथ संगीत कार्यक्रममा जान्छ । रोहितले यो कार्य गरेको हुनाले उसको आध्यात्मिक उन्नति हुन्छ किनकी यो घटनाबाट उसले आफ्नो पञ्चज्ञानेन्द्रिय, मन र बुद्धि भन्दा माथि उठेर आफ्नो इच्छाको त्याग गरेको छ ।

परेच्छालाई स्वेच्छा समझनु नै त्यसलाई पूर्ण रूपमा पालन गर्नु हो ।

साधना नियमित र निरन्तर बढाउदै परेच्छासॅंग जोडि दिदा व्यक्तिको सम्बन्घ पञ्चज्ञानेन्द्रिय, मन र बुद्धिसँग पर्याप्त रुपमा कम हुन थाल्छ । यस्तो स्थितिमा व्यक्तिको जीवनमा सगुण गुरु प्राप्त हुन्छ । गुरुको विश्व मन र विश्व बुद्धिसँग सम्बन्ध हुन्छ अतः गुरु ईश्वरेच्छा अनुसार कार्य गर्नु हुन्छ । गुरुले भन्नु भएको मान्ने र उहाँको इच्छा अनुसार कार्य गर्नु अर्थात ईश्वरेच्छा अनुसार कार्य गर्नु हो । जब व्यक्तिको अहं प्रर्याप्त मात्रामा कम हुन्छ (अर्थात सन्तको स्तरमा) त्यति बेला  सिधै विश्व मन र विश्व बुद्धिसँग जोडिन्छ र प्रत्यक्ष रूपमा ईश्वररेच्छा अनुसार कार्य गर्नुहुन्छ । ईश्वरेच्छा अनुसार व्यवहार गर्नाले हामीलाई स्वयं ईश्वरको अनुभूति प्राप्त हुन्छ ।

३. यस विषयमा अधिकांश सोधिने प्रश्नहरु :

१. परेच्छाको पालन कुन सीमासम्म गर्न सक्छौं ? यदि कोही हामीलाई अयोग्य कार्य गर्नको लागि भन्छ भने त्यतिखेर पनि हामीले परेच्छा अनुसार कर्म गर्नु पर्छ अथवा आफ्नो सामान्य बुद्धिको उपयोग गर्दै उसले भनेको कुरा नमान्ने ?

उत्तर : हामीले यो कुरा ध्यानमा राख्नु पर्छ की जब परेच्छाअनुसार चल्छौं अनि हाम्रो साधनामा बाधा आउछन् तब त्यो कार्य गर्न उचित हुदैन । यदि कोही पचास प्रतिशत योग्य र पचास प्रतिशत अयोग्य छ तब पनि अरुको इच्छा पालन गर्न सक्छौं । यो पूर्णतः आध्यात्मिक दृष्टिकोणले हो जहाँ अन्य व्यक्तिको कुरा सुनेर उनको इच्छाले कर्म गर्नुको उद्देश्य हो आफ्नो अहं क्षीण गर्नु । यो सांसारिक दृष्टिकोणले होइन । अगाडी दिएको उदाहरणले यो कुरालाई विस्तारमा भनिएको छ ।

२. के हामी घर र परिवारमा मात्र परेच्छा अनुसार गर्ने अथवा सम्पर्कमा आउने कुनै पनि व्यक्तिको लागि यस्तो गर्ने ?

उत्तर : साधनामा बाधा नगरि जहाँ सम्भव छ गर्नुपर्छ  ।

उदाहरणको लागि यदि कोही व्यक्ति हामीलाई प्रतिदिन उनको साथ चलचित्र हेर्न जाने भन्छ भने हामीलाई त्यो कृति गर्न जरुरी छैन । किन कि हामीसँग प्रतेक दिन चलचित्र हेर्ने, साथ-साथै सांसारिक कर्तव्य पूर्ण गर्ने र साधनाको प्रयास गर्न समय हुँदैन । तर यदि हाम्रो मित्र हामीलाई प्रत्येक सप्ताह चलचित्र हेर्न जाने भन्छ भने यद्यपि  हामीलाई समय व्यर्थ गुमाउनु लाग्छ तर परेच्छाको दृष्टिकोणले हामी जान सक्छौं ।

३. के हुन्छ यदि प्रतिरोध अनि क्रोधको साथ परेच्छा पालन गर्छौं ?

हामीले परेच्छाको आध्यात्मिक लाभ बुझ्नुपर्छ । कहिलेकाहि बैद्धिक स्तरमा परेच्छा स्वीकार गर्नु पर्छ भन्ने बुझदा पनि केहि स्थितिमा अझै पनि अधिक प्रतिरोध र प्रतिक्रियाहरु हुन्छन् । प्रतिरोध र प्रतिक्रिया निवारणको लागि हामी स्वयंसूचना दिन सक्छौं ।