१. अङ्ग-छेड्ने – एक परिचय

आजकल व्यक्तिको लागि विभिन्न अङ्ग छेडेर त्यहाँ अलङ्कार धारण गर्ने सामान्य कुरा हो अनि स्त्री, पुरुष, बच्चा सबैमा यसको बढ्दो प्रवृत्ति हामी देख्न सक्छौं । अङ्ग छेड्ने विभिन्न सांस्कृतिक, धार्मिक अथवा व्यक्तिगत कारण हुन सक्छ । अङ्ग छेड्ने अधिकतर सौन्दर्यको दृष्टिले गरिन्छ; तर हामीलार्इ यो कुराको जानकारी हुदैन कि यदि  अयोग्य स्थानमा गर्यो भने यसको हानिकारक प्रभाव पनि हुन सक्छ । जब उचित स्थानमा, एक्यूप्रेशर (acupressure) बिन्दु अनुसार अङ्ग छेड्यो भने हामीलार्इ त्यसको सकारात्मक आध्यात्मिक लाभ मिल्न सक्दछन् ।

स्पिरिच्युअल साइंन्स रिसर्च फाऊंडेशन (SSRF) मा हामीले आध्यात्मिक  अनुसन्धान गर्यौं कि नाक एवं कान छेड्नुको तुलनामा शरीरको अन्य भागहरु छेड्ने व्यक्तिमा आध्यात्मिक दृष्टिले के प्रभाव पर्दछ ।

२. नाक एवं कान छेड्दा आध्यात्मिक प्रभाव

हाम्रो आध्यात्मिक अनुसन्धानबाट यो ज्ञान भयो कि कानको लोति (तल्लो भग) अनि नाकको बायाँ भाग छेडेर त्यहाँ अलङकार धारण गर्नाले हामीलार्इ आध्यात्मिक लाभ प्राप्त हुन्छन् ।

कान एवं नाकको बिन्दुमा दबाव पर्नाले एक्यूप्रेशर उपचार पद्धतिको लाभ हुन्छ । यस उपचारले शरीरको त्यस भागमा विद्यमान कष्टदायक शक्ति घटेर जान्छ ।

३. आध्यात्मिक रूपले हानिकारक अङ्ग छेड्ने स्थान

शरीरमा जुन भाग छेड्ने दृष्टिले हानिकारक हुन्छन्, ती हुन् – आँखीभौं, मुख, जिब्रो अनि अनुहार अथवा शरीरको अन्य भाग । तल दिएको सूक्ष्म ज्ञानमा आधारित चित्र त्यस्तो स्थानमा छेड्दा हुने प्रभाव दर्शाउछ ।

३.१ आँखीभौं छेड्दा तल दिएको सूक्ष्म ज्ञानमा आधारित चित्र

सूक्ष्म ज्ञानमा आधारित निम्न चित्र SSRF को साधिका पू. श्रीमती योया वाले ले आफ्नो विकसित छैटौं इन्द्रिय द्वारा बनाएको हो ।

पू. श्रीमती योया वालेसँग सूक्ष्म आयाम देख्ने शक्ति छ अनि उनी आफ्नो साधना एवं सत्सेवा को रूपमा सूक्ष्म ज्ञानमा आधारित चित्र बानाउनु हुन्छ ।

तल दिएको सूक्ष्म ज्ञानमा आधारित चित्र आँखीभौंमा छेडेको प्रभाव दर्शाउछ ।

सूक्ष्म ज्ञानमा आधारित चित्रको माध्यमबाट हामी निम्नलिखित बुदाहरु बुझ्न सक्छौं –

  • आँखीभौं छेङ्नाले व्यक्तिमा देहभान बढ्दछ, जसले उनको अहं बढ्दछ । अहंको वलय सक्रिय भएर व्यक्तिबाट प्रक्षेपित हुन थाल्दछ ।
  • त्यस व्यक्तिबाट आकर्षण तथा मायावी शक्तिको तरङ्ग प्रक्षेपित हुन्छन् तथा जब अन्य व्यक्ति उनीतर्फ हेर्दा, यी तरङ्गहरुले हर्ने व्यक्तिलार्इ सकारात्मकता अनुभव गराउँदछ ।
  • अङ्ग छेड्नाले कष्टदायक शक्ति छेडेको स्थानतर्फ आकर्षित भएर व्यक्तिको सबैतर्फ सूक्ष्म आवरण निर्माण गर्दछ ।
  • यदि जिब्रो, मुख अथवा शरीरको कुनै अन्य भागलार्इ छेड्यो भने पनि तब यो प्रभाव हुन्छ ।

४. सारांश – अङ्ग छेङ्ने, आध्यात्मिक परिप्रेक्ष्य

यस विषयमा अध्ययन गरेपछि हामी निम्नलिखित निष्कर्षमा पुग्यौं –

  • योग्य स्थान जस्तै कानको लोति अथवा नाकको बायाँ भागमा छेड्नाले व्यक्तिलार्इ स्वास्थ्य सम्बन्धी अनेक आध्यात्मिक लाभ मिल्दछ तथा उनलार्इ अनिष्ट शक्ति (भूत, प्रेत , पिशाच आदि) बाट रक्षण हुन्छ ।
  • आँखीभौं, मुख अथवा जिब्रोमा  छेड्नाले कुनै आध्यात्मिक लाभ हुदैन तर छेड्ने व्यक्तिलार्इ कष्ट नै हुन्छ ।

हामीले हाम्रो दैनिक जीवनका विविध गतिविधिहरुका हामीमा के प्रभाव पर्दछन्, यो बुझ्न महत्वपूर्ण छ । सात्त्विक स्पन्दन बढाउने विधिहरुका पालन सुनिश्‍चित गर्नाले हामीलार्इ आध्यात्मिक लाभ हुन्छन् । साथै वातावरणमा विद्यमान कष्टदायक शक्तिबाट हाम्रो रक्षा हुन्छन् ।