राति ढिलो सुत्ने – यसले हामीलाई कसरी असर गर्छ ?

राति ढिलो सुत्ने - यसले हामीलाई कसरी असर गर्छ ?

१. राति ढिलो सुत्ने – प्रस्तावना

हामी सबै जान्न चाहन्छौं कि कसरी राम्रोसँग सुत्ने ताकि जब बिहान उठ्छौं हामी उत्तम महसुस गछौं ।  राम्रो निन्द्रा पाउन, यससँग सम्बन्धित एउटा महत्त्वपूर्ण सूत्र हो, हाम्रो सुत्ने समय । हामी मध्ये धेरैले अनुभव गरेका छौं कि राति ढिलो सुत्नाले बिहान राम्रो महसुस गर्दैनौं । हामी मध्य कोहि सचेत छौं कि ढिलो सुत्दा हुने शारीरिक र मनोवैज्ञानिक स्तरको दुष्परिणाम तर कार्यमा व्यस्त रहेर अथवा पार्टिको कारण धेरै मानिसहरु राति ढिलो सुत्न थालेका छन् । यो लेखमा राति ढिलो सुत्दा सूक्ष्म स्तरमा हुने  प्रभावबारे बुझ्ने छौं । यस लेखबाट हामी राति कुन बेला सुत्नुपर्छ र राम्रो निन्द्रा लिने  उद्देश्यले योग्य निर्णय लिनमा सहायता हुन्छ ।

२. राम्रो निन्द्रा कसरी लिने, यस सन्दर्भमा आध्यात्मिक अनुसन्धान – सुत्ने समय

राम्रो निन्द्रा कसरी लिने, यससँग सम्बन्धित मापदण्डहरु मध्ये सुत्ने समय र निन्द्रामा हुने प्रभावको सन्दर्भमा एसएसआरएफको जुन साधकहरुको छैठौं इन्द्रिय अतिजाग्रत छन् त्यस्ता साधकहरुले आध्यात्मिक स्तरमा अन्वेषण गरे । यो अनुसन्धानद्वारा प्राप्त ईश्वरीय ज्ञानको जांच परम पूज्य डॉ. आठवलेज्यूद्वारा गरिएको छ ।

३. सूर्यास्त पछि समय अनुसार कर्म गर्नाले लाभ

सूर्योदय देखि सूर्यास्तसम्म वायुमण्डलमा राम्रो अथवा घडीको सुईको दिशामा घुम्ने स्पन्दन कार्यरत रहन्छ । सूर्यास्त उपरान्त वायुमण्डलमा घडीको सुईको विपरीत दिशामा घुम्ने अथवा अनिष्ट स्पन्दनहरु घुम्न आरम्भ हुन्छ । त्यसैले हामीद्वारा गरिने कर्मबाट मिलने लाभ क्रमशः घट्दै जान्छ । यो सूत्रलाई अझै विस्तारसँग बुझ्नको लागि आउनुहोस् सूर्यास्त देखि सूर्योदयसम्म १२ घण्टाको ३ घण्टालाई ४ भागमा/कालखण्डमा विभाजित गरौं । सूर्यास्त उपरान्त हामीद्वारा गरिएको कर्मबाट मिल्ने लाभ कसरी प्रभावित हुन्छ तलको आकृतिले दर्शाउदछ । (यो उदाहरणमा हामीले साझको सूर्यास्तको समय ६.०० बजे र बिहान ६.०० बजेको समयको सूर्योदयलाई लिएका छौं  ।)

राति ढिलो सुत्ने - यसले हामीलाई कसरी असर गर्छ ?

 

४. राति मूलभूत सूक्ष्म रज-तमको बढ्दो प्रभाव

सूर्यास्त उपरान्तको कालमा मूलभूत रज-तमगुण कार्यमा वृद्धि हुन्छ । रात बढ्दै जादा मूलभूत सूक्ष्म रज-तमगुणमा पनि वृद्धि हुँदै जान्छ । मूलभूत सूक्ष्म रज-तमगुण राम्रो कर्मको लागि अनुकूल हुँदैन । त्यसैले जब हामी सूर्यास्त उपरान्त केहि गर्न चाहन्छौं, तब हामी यस वृद्धिंगत मूलभूत सूक्ष्म रज-तमगुणको विरोधमा काम गर्नु पर्छ । परिणामस्वरूप वृद्धिंगत मूलभूत सूक्ष्म रज-तमगुणको नकारात्मक प्रभाव कम गर्न अधिक शक्तिको व्यय हुन्छ । अन्तमा कुनै पनि कार्य पूरा गर्नको लागि अधिक शक्ति खर्च गर्नुपर्छ ।

मूलभूत सत्त्व, रज, तम गुणमा हुने उतार-चढाव ५% सम्म हुन्छ । बिहानको पहिला केहि घण्टाको कालखण्डमा मूलभूत सूक्ष्म सत्त्वगुण अत्यधिक मात्रामा हुन्छ । जब घाम उदाउँदै जान्छ; अर्थात दिउँसो सूक्ष्म रजगुण बढ्दै जान्छ । सूर्य ढलेपछि मूलभूत सूक्ष्म तमोगुण बढ्न थाल्दछ र रातिको १२.०० बजे देखि ३.०० बजेसम्म अत्यधिक मात्रामा हुन्छ । त्यसैले बिहानको समयको केहि घण्टा राम्रो कार्य पूर्ण गर्नको लागि अनुकूल हुन्छ । यसको कारण हो वायुमण्डलमा विद्यमान वृद्धिंगत सात्त्विकता व्यक्तिको कार्य गर्ने क्षमतामा वृद्धि गर्दछ र मूलभूत सूक्ष्म रज-तमोगुण अत्यल्प हुनको कारण कार्यमा हुने विरोध अल्प हुन्छ ।

५. अनिष्ट शक्तिबाट रातमा हुने प्रभाव

अन्य एउटा महत्त्वपूर्ण घटकको विचार गर्न आवश्यक छ र त्यो हो – अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच, आदि) । सूर्यास्त उपरान्त मूलभूत सूक्ष्म तमोगुणमा बिस्तारै-बिस्तारै वृद्धि हुनको कारण अनिष्ट शक्तिको प्रभाव दुई प्रकारले बढ्दछ ।

  • वायुमण्डलको कालो शक्ति संग्रहित गर्ने क्षमतामा वृद्धि हुने ।
  • यो शक्तिको उपयोग गर्ने क्षमतामा वृद्धि हुन्छ, उदाहरणको लागि व्यक्तिको प्राणशक्ति घटाइ दिने र उसको मनमा नकारात्मक विचारहरु हालि दिने ।

यसको प्रभाव गोधूलि समय देखि बढ्न थाल्दछ र मध्यरात्रिमा त्यो अत्यधिक मात्रामा रहन्छ । रात्रिको १२.०० बजे देखि ३.०० बजे सम्मको कालखण्ड उनको अत्यधिक प्रभावको कालखण्ड हुन्छ । माथि गरिएको विवेचन अनुसार यो कालखण्डमा गरिएको साधनाको फल पनि न्यूनतम हुन्छ । त्यसैले हामी माथि आक्रमण हुने आशंका पनि यस समय अधिक हुन्छ ।

६. सारांश

यस प्रकार राति ढिलो सुत्नाले शारीरिक र मानसिक दुष्प्रभाव अतिरिक्त, आध्यात्मिक स्तरमा पनि हानि हुन्छ । साथै राति ढिलो सुत्नाले बिहान पनि ढिलौ उठ्दछौं । माथि उल्लेख गरे अनुसार मूलभूत सूक्ष्म सत्त्वगुण सूर्योदय पूर्व तथा सूर्यदयपछि केहि घण्टा अत्यधिक हुन्छ । अतः बिहानको समयमा कार्य नगर्नाले वृद्धिंगत सात्त्विकत़ाको लाभ पाउदैनौं । त्यसैले हामीद्वारा प्रयुक्त समयको अधिकाधिक लाभ पाउने दृष्टिकोणले राती ढिलो सुत्नु राम्रो हुँदैन ।