जीवनको वास्तविकता

जीवनको वास्तविकता

जीवनको  वास्तविकता

अध्यात्मिक अनुसन्धानबाट पत्ता लागेको छ कि संसार भरका मानिस औसतमा ३० प्रतिशत समय खुसी र ४० प्रतिशत दुखी हुन्छन्। बाँकी ३०% समय मानिस उदासीन रहन्छ। यस अवस्थामा उसले सुख र दु:खको अनुभव गर्दैन। जस्तै जब व्यक्ति बाटोमा हिँडिरहेको हुन्छ वा कुनै व्यवहारिक काम गरिरहेको हुन्छ, तब उसको मनमा कुनै सुखद वा दु:खद विचार आउँदैन, काम मात्र गर्छ ।

हाम्रो जीवनमा दुःख बढी छ। यो दुर्दशाको एउटा कारण हो हाम्रो शिक्षा प्रणाली हो। शिक्षा प्रणालीमा, विद्यार्थीहरूलाई विभिन्न विषयहरू पढाइन्छ; तर जीवनमा सुख कसरी पाउन सकिन्छ, यो विषय पाठ्यक्रममा लिइएको छैन। हामीलाई औपचारिक रूपमा जीवनमा जस्तोसुकै परिस्थितिमा पनि कसरी प्रसन्न हुने भनेर सिकाइएको छैन।

तपाई एक संभ्रांत सज्जनको उदाहरण लिन सक्नुहुन्छ जसको ठूलो व्यापार छ; तर, जो व्यावसायमा आर्थिक नोक्सान हुने सम्भावना देखेर निराश भएर आत्महत्या गर्ने सोच्छ। आफ्नो कार्यालयको विकासमा उल्लेखनीय योगदानको कारण प्रशंसाको योग्य महिलाको उदाहरण लिन सक्नुहुन्छ; तर घरमा उनको श्रीमानले उनको भावनात्मक असुरक्षाको फाइदा उठाउँदै उनलाई तल्लो देखाउन्छ र यातना दिन्छ।

जीवनको यात्रालाई बलियो आधारमा सुरु गर्न, व्यक्तिले लगनशीलताका साथ अध्ययन गर्छ, धेरै परीक्षाहरूको सामना गर्छ ताकि उसले राम्रो जागिर पाउन र आरामदायी र सुखी जीवन बिताउन सकोस्।

तर के हामी सही दिशामा सोचिरहेका छौं? के जागिरले हामीलाई खुशीको ग्यारेन्टी दिन्छ? के हामी घरपरिवारबाट खुशीको आश्वासन पाउन सक्छौं? सबैजना खुशी हुन चाहन्छन्; तर, अशिक्षित र उच्च शिक्षित दुवै दुःखमा उत्तिकै पिडित भएको देखिन्छ।

अब हामीले यस्तो मार्गको खोज गर्नुपर्छ जसले हामीलार्इ कुनै पनि सांसारिक परिस्थितिमा निरन्तर सुख दिइरहन्छ।

अब तपाईहरु मध्ये कोही सोच्दै हुनुहुन्छ होला कि “मलाई लाग्दैन कि मेरो लागि त्यस्तो कुनै बाटो आवश्यक छ किनकि म यतिकै पनि खुसी छु।”

यस्तो व्यक्तिलाई हामी भन्न चाहन्छौं कि यो लेख तीन कारणले तपाईका लागि उपयुक्त छ :

  • जीवन सधैं परिवर्तनशील छ। तपाईको जीवनमा हरेक अवस्था स्थिर र अपरिवर्तित रहनेछ भन्ने कुनै ग्यारेन्टी छैन – जस्तै तपाईको जागिर, आर्थिक स्थिति, परिवार, आदि। ।
  • तपाईसँग यस्तो रणनीति हुनुपर्छ कि तपाईले खराब समयको सामना गर्न आन्तरिक शक्ति संग्रहित गर्नहोस्, किनकि हामीलाई थाहा छैन जीवनले कस्तो मोड लिन्छ र हामीले दुःखद परिस्थितिको सामना गर्नुपर्नेछ।
  • एउटा भनाइ छ “जब तिर्खा लाग्छ तब कुवा खन्न बुद्धिमानी होइन। तिर्खा लाग्दा पानी प्राप्त होस् भनेर कुवा पहिल्यै खन्नु पर्छ।