chanting_posture

हाम्रो ध्येय हो कि हामी ईश्वरको नामजप निरन्तर अनि एकाग्रतासँग गर्नसकोस् । यसलार्इ ध्यानमा राखेर हामी हर समय कुनै पनि अवस्थामा – बस्दा, उठ्दा अथवा हिंड्दा जप गर्ने प्रयास गर्नुपर्छ ।

उदाहरणको रूपमा लेटेको समय, टीवी हेर्ने समय, भोजन बनाउने समय अथवा कार्यालय जाने समय पनि नामजप गर्न सक्छौं ।

बसेर नामजप गर्ने समय हामी सुखासनमा (सुलभ मुद्रामा) बसेर नामजप गर्नुपर्छ अन्यथा असुविधाको कारण हाम्रो ध्यान बाडिन्छन् अनि एकाग्रतासँग गर्ने नामजपको लाभबाट वंचित रहन्छौं ।

यहाँ यो बताउन उचित हुन्छ कि पद्मासनमा बसेर (पलेटि मारेर) नामजप गर्नाले अधिकतम लाभ हुन्छ । यस करण कि यस्तो शारीरिक आसनमा नामजप द्वारा उत्पन्न आध्यात्मिक ऊर्जाको संचार पूरै शरीरमा हुन्छ । कुनै अन्य आसनमा, उदाहरण बिस्तारामा पल्टेर जप गर्नाले ऊर्जा वातावरणमा क्षय हुन सक्छ ।

प्रयोगको रूपमा कुनै पनि सामान्य सुविधाजनक आसनमा  अनि पद्मासनमा बसेर नामजप गर्नुहोस् अनि दुवैमा के भेद छन्, यो अनुभव गर्ने प्रयास गर्नुहोस्  ।