आध्यात्मिक स्तरले कतिको अनिष्ट शक्तिहरु (भूत, प्रेत, राक्षस, इत्यादि) विरुद्ध सुरक्षा-कवज प्रदान गर्दछ?

आध्यात्मिक स्तरले कतिको अनिष्ट शक्तिहरु (भूत, प्रेत, राक्षस, इत्यादि) विरुद्ध सुरक्षा-कवज प्रदान गर्दछ?

अनिष्ट शक्ति (भूत, प्रेत, दानव, शैतान, आदि) ले हामीलाई धेरै कारणले समस्यामा दिन्छन् जसलाई ‘भूतको उद्देश्य के हो’ लेखमा व्याख्या गरिएको छ। तिनीहरूले हामीलाई भौतिक, मनोवैज्ञानिक र आध्यात्मिक रूपमा धेरै तरिकामा असर गर्न सक्छन्।

(कृपया हाम्रो जीवनमा समस्याहरूको सतही कारणहरू र आध्यात्मिक मूल कारणहरूको उदाहरणहरूमा लेख पढ्नुहोस्। )

हाम्रो जीवनमा अनिष्ट शक्ति अर्थात् आध्यात्मिक कारण कारणले उत्पन्न हुने समस्याको समाधान गर्न हामीलाई आध्यात्मिक उपचार चाहिन्छ। साधना र साधनाको फलस्वरूप हाम्रो आध्यात्मिक स्तरमा हुने वृद्धि नै मुख्य कारक हो जसले हामीलाई अनिष्ट शक्ति (भूत, दानव, शैतान, नकारात्मक ऊर्जा आदि) को आक्रमणबाट जोगाउँछ। यहाँ सिद्धान्त यो छ कि जो आध्यात्मिक रूपमा बलियो हुन्छ, उसले जित्छ।

(कृपया यस लेखको सन्दर्भ लिनुहोस्- आध्यात्मिक स्तर के हो?)

यस सिद्धान्ले व्यावहारिक रुपमा कसरी काम गर्छ भन्ने बारे केही विविधताहरु हेरौं :

  • हाम्रो पहिलो उदाहरण एक व्यक्तिको हो जसले साधनाद्वारा ४०% आध्यात्मिक स्तर हासिल गरेको छ। यदि २५% आध्यात्मिक स्तर भएको सामान्य भूतले आक्रमण गर्छ भने, उसलाई आक्रमणको प्रभाव धेरै सीमित अथवा नगण्य हुनेछ। कृपया तलको रेखाचित्र हेर्नुहोस्।

आध्यात्मिक स्तरले कतिको अनिष्ट शक्तिहरु (भूत, प्रेत, राक्षस, इत्यादि) विरुद्ध सुरक्षा-कवज प्रदान गर्दछ?

भूतहरू धेरै उच्च आध्यात्मिक स्तरको हुन सक्छ, उदाहरणका लागि ६-७ पातालको केही मान्त्रिकका उच्च आध्यात्मिक स्तर अर्थात ८०-९० प्रतिशत हुन्छन्। तिनीहरु हुन् जसले धेरै जन्मदेखि नियमित साधना गरेका छन्; तर घोर पाप गरेका वा अहंकार अत्यधिक बढने कारणले उनीहरु अनिष्ट शक्ति (भूत, प्रेत, दानव, पिशाच,आदि) बनेर पातालको निम्नतम क्षेत्रमा जान्छन्। यद्यपि तिनीहरूको पूर्व जन्मको साधनाको कारण आध्यात्मिक स्तर उच्च रहुन्छन् त्यसैले उनीहरुको आध्यात्मिक शक्ति पनि उच्च हुन्छन्।
  • यद्यपि मानौं कि सामान्य भूत (२५% आध्यात्मिक स्तर भएको) पाताल (नरक) को तल्लो क्षेत्रबाट एक सूक्ष्म-मान्त्रिक जस्ता अधिक शक्तिशाली भूतहरू (दानव, राक्षस, शैतान, आदि) को आदेशमा काम गरिरहेको छ। माथि उल्लेखित व्यक्तिको लागि (४०% आध्यात्मिक स्तर भएको) स्थिति प्रतिकूल रूपमा परिवर्तन हुन सक्छ। सूक्ष्म-मान्त्रिकहरूले सामान्य भूतहरूलाई कार्यहरू पूरा गर्न प्रयोग गर्छन् र उच्च आध्यात्मिक स्तर भएका व्यक्तिलाई कष्ट दिनको लागि आवश्यक कालो ऊर्जा प्रदान गर्दछ।

सुचना: पातालको (नर्कको) लोकहरूको सन्दर्भमा, लोक जति कम हुँदै जान्छ, नकारात्मकताको तीव्रता त्यति नै अधिक हुँदै जान्छ। उदाहरण को लागी, पातालको सातौं लोक पहिलो छ क्षेत्रहरु भन्दा तल छ र उच्च आध्यात्मिक शक्ति अर्थात उच्चतम कालो शक्ति युक्त अनिष्ट शक्ति (भूत, प्रेत, दानव, शैतान, आदि) निवास गर्दछन्।

आध्यात्मिक स्तरले कतिको अनिष्ट शक्तिहरु (भूत, प्रेत, राक्षस, इत्यादि) विरुद्ध सुरक्षा-कवज प्रदान गर्दछ?

  • सन्तको उच्च आध्यात्मिक स्तरमा भएका मानिसहरूलाई पनि उच्च स्तरका भूतहरूले आक्रमण गर्न सक्छन्। यहाँ भूतहरूले सन्तको मन र बुद्धिलाई असर गर्न सक्दैनन् किनभने तिनीहरू विभिन्न स्तरहरूमा भगवानसँग विलीन भएका हुन्छन्; त्यसैले तिनीहरू सन्तको भौतिक शरीरलाई लक्षित गर्छन्। उच्च स्तरका अनिष्ट शक्तिहरू (राक्षस, शैतान, आदि) द्वारा उत्पन्न कष्टको परिणाम स्वरूप रक्तस्राव वा प्राण-शक्ति अल्प हुने अनुभव हुन्छ।
  • समष्टि साधना गर्ने साधकहरूलाई व्यक्तिगत साधना गर्ने साधकहरूको तुलनामा विशेष गरी भूतले आक्रमण गर्ने जोखिम हुन्छ। किन भूतहरुले साधकलाई आक्रमण गर्छ भन्ने कारण ‘भूतको उद्देश्य के हो’ यस लेखमा दिइएको छ। समाजको लागि आध्यात्म आफ्नो साधनाको एक भागको रूपमा फैलाउने प्रयास गरेर ईश्वरको सेवा गर्ने साधकहरू धेरै हदसम्म ईश्वरको सुरक्षात्मक छातामुनि आउँछन् र भूत (दानव, पिशाच, नकारात्मक ऊर्जा, आदि) बाट जोगिन उहाँको कृपा प्राप्त गर्छन्।

निम्न तालिकाले अनिष्ट शक्ति (भूत, प्रेत, दानव, पिशाच, आदि) को आक्रमणको कारण व्यक्तिले अनुभव गर्ने पीडाको विवरण उनको आध्यात्मिक स्तर तथा साधनाको प्रकार अनुसार देखाइएको छ।

आध्यात्मिक स्तर व्यक्तिगत (व्यष्टि) साधना समाको उत्थानको लागि गरिने (समष्टि) साधना
लोक भुवर्लोक कष्ट को तीव्रता लोकभुवर्लोक पाताल कष्ट को तीव्रता
२०% पूर्वज १० पूर्वज १०
३०% पूर्वज १० पूर्वज/भुवर्लोक २०
४०% पूर्वज २० पूर्वज/भुवर्लोक ३०
५०% भुर्वर्लोक २५ ३५
६०% भुवर्लोक तथा १ ३० ४०
७०% ४० ५०
८०% ३० ७०
९०% १० ८०
१००%

माथि दिएको तालिकाबाट हामी देख्न सक्छौं कि :

  • आध्यात्मिक स्तर बढ्दै जाँदा, व्यक्तिलाई उच्च स्तरको अनिष्ट शक्तिले आक्रमण गर्छ। यो किनभने व्यक्ति आफ्नो आध्यात्मिक स्तर भन्दा १०% कम आध्यात्मिक स्तरका अनिष्ट शक्तिको आक्रमणबाट अप्रभावित रहुन्छ। उदाहरण को लागी, ४०% आध्यात्मिक स्तर भएको एक व्यक्ति ३०% भन्दा कम आध्यात्मिक स्तरको अनिष्ट शक्तिहरुको आक्रमण द्वारा अप्रभावित हुन्छ।
  • निम्न आध्यात्मिक स्तरका व्यक्तिलाई अनिष्ट शक्तिको कारण हुने कष्ट मुख्यतया तिनीहरूका पुर्खाहरूको सूक्ष्म-देहहरुको कारणले हुन्छन्। यो विशेष गरी व्यक्तिगत साधना गर्ने व्यक्तिहरूको बारेमा हो।

टिप्पणिहरु :

  1. यो स्तम्भले सूक्ष्म-लोक अथवा अस्तित्वको लोक, जहाँबाट अनिष्ट शक्तिहरू आउँछन्। यो भुवर्लोक अथवा सप्त पातालहुरु मध्ये एउटा हुन सक्छ। यस स्तम्भमा भएका संख्याहरूले पातालको लोक जनाउँछ। पातालको लोक जति तल हुन्छ जस्तौ छैठौं तथा सप्तम अनिष्ट शक्ति (भूत, प्रेत, दानव, शैतान, राक्षस, आदि) त्यति नै शक्तिशाली हुन्छ।

    सम्पूर्ण ब्रह्माण्ड अस्तित्वको १४ मुख्य लोकहरू मिलेर बनेको छ। जसमध्ये ७ लोकहरु सकारात्मक छन् र ७ लोकहरु नकारात्मक छन्। पृथ्वी मात्र स्थूल लोक हो, अन्य सबै लोकहरु सूक्ष्म स्तरका छन्। यस पछि, स्वर्ग एक सकारात्मक लोक हो, जहाँ हामी मृत्यु पछि जान सक्छौं।
  2. धेरैजसो पुर्खाहरू भुवर्लोकमा रहन्छन, हामीले चार्टमा पूर्वजको भुवर्लोकको अनिष्ट शक्तिसँग पृथक देखाएका छौं। भुवर्लोक शब्दको अर्थ यहाँ भुवर्लोकको अनिष्ट शक्तिद्वारा गरिने आक्रमण, त्यो व्यक्तिको पुर्खा होइन भन्ने अर्थमा प्रयोग गरिएको छ।

  3. जो व्यक्ति आफ्नो साधनाको अङ्ग मानेर अध्यात्मप्रसार गर्छ, उनीमाथि अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस, दानव आदि) ले बढी प्रहार गर्छ। तर उनीले थप सुरक्षा पनि पाउँछन्। अर्कोतर्फ, जुन व्यक्ति व्यष्टि साधना गर्छ, उनीमाथि आक्रमण कम हुन्छ, जब उनीको आध्यात्मिक स्तर ७० प्रतिशत पुग्छ, अनिष्ट शक्ति (भूत, प्रत, राक्षस, दानव आदि) उनीमाथि आक्रमण गरेर आफ्नो शक्ति व्यर्थ गर्दैन किन भने अनिष्ट शक्ति निश्चित रहुन्छ कि उनी केवल व्यष्टि साधना गर्छ।  ती मानिसहरू जो केवल आफ्नो लागि मात्र चिन्तित छन् अनिष्ट शक्ति (भूत, प्रेत, साक्षस, दानव, आदि) तिनीहरूलाई कुनै कष्ट दिदैन। अर्कोतर्फ, जुन व्यक्ति अध्यात्म प्रसार गर्छ, उनी समाजको सात्त्विकता बढाउन मद्दत गर्छ। यो अनिष्ट शक्तिहरूको जीवन पद्धतिको लागि प्रत्यक्ष संकट हुन्छ किनभने तिनीहरू रज-तमप्रधान हुन्छन् र सात्त्विकता सहन सक्दैनन्।

  4. यो स्तम्भले अनिष्ट शक्तिको आक्रमणको कारण व्यक्तिले भोग्नु परेको कष्टको तीव्रतालाई देखाउँछ। यहाँ कष्टको तीव्रता ० देखि १०० प्रतिशत मापनको छ, जहाँ १०० प्रतिशतको अर्थ हो व्यक्तिको मृत्यु।

अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस, दानव आदि) को आक्रमणको तुलनामा व्यक्तिगत साधना गर्नेलाई १० प्रतिशत र समष्टि साधना गर्नेलाई २० प्रतिशत बढी भगवानको संरक्षण हुन्छ। ईश्वरको संरक्षण सबैको लागि समान हुन्छ; तर उच्च आध्यात्मिक स्तर भएका र समष्टि साधना गर्नेहरूको अहं कम हुनाले उनीहरूले यसलाई धेरै मात्रामा ग्रहण गर्न सक्षम हुन्छन्।

यसको मतलब यो होइन कि ईश्वरको संरक्षण प्राप्त भएको कारण व्यक्ति पूर्णतया अप्रभावित रहनेछ। ईश्वरको संरक्षण प्राप्त गर्नुको अर्थ हो:

  • व्यक्तिलाईआक्रमणको पिडा कम बनाउने, अर्थात व्यक्तिले कष्ट सहन सकोस्
  • व्यक्तिको जीवनको रक्षा गर्ने
  • समाजको कल्याणको लागि साधना गर्नेहरूलाई आध्यात्मिक शक्ति प्रदान गर्ने किनभने उनीहरूलाई आध्यात्म प्रसार गर्नको लागि अधिक आध्यात्मिक शक्ति आवश्यक पर्दछ। अर्को कारण उनीमाथि हुने आक्रमणको तीव्रता बढी हुन्छ।

साधना नगर्नेले ईश्वरको आवश्यक सुरक्षा पाउन सक्दैनन्। यसको कारण यो हो कि उनीहरूको आत्मा वरिपरि अत्यधिक अहंकार हुन्छ। फलस्वरुप, अनिष्ट शक्तिको आक्रमणको तुलनामा प्राप्त संरक्षण कम हुन्छ। यस कारण, अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच, राक्षस, आदि) ले यी व्यक्तिहरूको जीवनमा शारीरिक, भावनिक, बौद्धिक तथा आध्यात्मिक स्तरमा विध्वंस गर्न सक्छ।