फलको रस पिउँदा आध्यात्मिक स्वास्थ्यमा प्रभाव

फलको रस पिउँदा आध्यात्मिक स्वास्थ्यमा प्रभाव

हाम्रो पाठकहरूलाई सुझाव: यो लेखलाई राम्रोसँग बुझ्नको लागि, कृपया लेख पढ्नुहोस् सूक्ष्म ज्ञानमा आधारित रेखाचित्र के हो ?” 

कृपया फलको रसको आध्यात्मिक प्रभाव बारे हाम्रो भिडियो हेर्नुहोस् :

यस लेखमा हामी सूक्ष्मज्ञानमा आधारित रेखाचित्र को माध्यमबाट फलको रसले आकर्षित गर्ने सूक्ष्मस्पन्दनहरुको वर्णन गर्नेछौं । यो चित्र (श्रीमती) योया वालेद्वारा बनाइएको हो, उहाँलाई उच्च छैठौं इन्द्रिय प्राप्त छ । चित्र परम पूज्य डॉ.आठवलेज्यूद्वारा प्रमाणित गरिएको छ । सूक्ष्मज्ञानमा आधारित यो चित्र उच्च छैठौं इन्द्रियद्वारा जाँच गर्दा यसको सत्यता ८० प्रतिशत पाईएको थियो ।

फलको रस पिउँदा आध्यात्मिक स्वास्थ्यमा प्रभाव

सूक्ष्म-ज्ञानमा आधारित रेखाचित्रमा विभिन्न तत्वहरुलार्इ छाप (लेबल) लगाउनको लागि विभिन्न रंगहरु प्रयोग गरिएको छ किनकि तिनीहरु आध्यात्मिक स्पन्दहरुसँग मिल्दछन् ।  उदाहरणको लागि, जब हामी उन्नत छैठौं इन्द्रियको माध्यमबाट ईश्वरीय चैतनयको आध्यात्मिक स्पन्दन नियाल्छौं तब त्यो पहेंलो देखिन्छ । त्यहि आधारमा हामीले पहिलो रंग ईश्वरीय चैतन्यसँग सम्बन्धित बुदाहरू लेबल गर्न प्रयोग गरेका छौं ।

  • फलको रस रजसत्व प्रमुख हुन्छ र यसले स्वास्थ्य प्रदान गर्दछ ।
  • आध्यात्मिक दृष्टिकोणबाट फलको रस सिफारिस गरिन्छ किनभने यसले सकारात्मक आध्यात्मिक उर्जा आकर्षित र उत्पन्न गर्दछ ।
  • यसले प्राणशक्ति प्रदान गरेर शरीरलाई बलियो बनाउँदछ र कार्यको लागि उत्साहको साथ शरीरलाई सुस्त बनाएर अल्छी पना कम गर्दछ ।
  • फलफूलको रस पिउदा हामीलाई नकरात्मक उर्जाले आक्रमण गर्ने सम्भावना कम हुन्छ ।
  • ताजा फलफूलको रसलाई प्राथमिकता दिइन्छ किनभने यसमा सात्त्विकताको उच्च अनुपात हुन्छ । यद्पि टिन वा बोतलको फलको रस पनि सिफारिस गरिन्छ किनकि यो भर्खरै निचोरेको फलको रस भन्दा थोरै कम सात्विक हुन्छ ।