आध्यात्मिक उपचार पद्धतिको कार्यपद्धति – आध्यात्मिक उपचारक

SSRF को सुझाव छ कि शारीरिक अनि मानसिक रोगको लागि आध्यात्मिक उपचारको साथ-साथै चिकित्सकीय उपचार जारी राख्नुहोस् ।

पाठकलार्इ अनुरोध छ कि आफ्नो विवेकले कुनै पनि आध्यात्मिक उपचार गर्न सक्नुहुन्छ ।

१.आध्यात्मिक उपचारको परिचय

यो लेख “वस्तुद्वारा गरिने आध्यात्मिक उपचार पद्धतिको कार्यविधि” को क्रमश: भाग हो ।

यस लेखमा दिएको ज्ञानको स्रोत आध्यात्मिक अनुसन्धान हो ।

जुन व्यक्ति आध्यात्मिक उपचार गर्दछ उनको आध्यात्मिक स्तर ५०% भन्दा अधिक हुन अनिवार्य छ । यदि उनको आध्यात्मिक स्तर ६०% भन्दा अधिक छ भने श्रेयस्कर हुन्छ । केहि उदाहरण यस्तो पनि छन् जसको आध्यात्मिक स्तर कम हुँदा पनि उपचार गर्न सक्छ अनि यो लेखमा यस्तो सम्भव हुनको लागि आवश्यक मापदण्डको सन्दर्भमा बताउने छौं ।  हामी त्यस मूलभूत कार्यविधिको विषयमा पनि बताउने छौं जसको कारण कुनै व्यक्ति उपचारको लागि शक्ति दिन सक्छ । यो लेखमा आध्यात्मिक उपचारको दृष्टिले तथा जसलार्इ उपचारको आवश्यकता छ, त्यस सन्दर्भमा महत्वपूर्ण जानकारी दिएको छ ।

२ . आध्यात्मिक उपचारको आध्यात्मिक स्तरको महत्व

आध्यात्मिक स्तर: मानौं यदि हामी र्इश्वरसँग एकरुप भएको व्यक्तिको आध्यात्मिक स्तर १०० प्रतिशत हो भने, वर्तमान समयमा सामान्य व्यक्तिको औसत आध्यात्मिक स्तर २० प्रतिशत हुन्छ । विश्वको ९० प्रतिशत जनसंख्याको आध्यात्मिक स्तर ३५% भन्दा कम छ । सन्त प्राप्तिको लागि कम्तिमा ७०% आध्यात्मिक स्तर हुन अनिवार्य छ ।

आध्यात्मिक उपचार गर्ने व्यक्तिको आध्यात्मिक स्तर, एक महत्वपूर्ण अंग हो, जसमा निम्न कुराहरु निर्भर हुन्छन् :

  • उनले अरुलार्इ कसरी उपचार वा निको पार्न सक्छ ,
  • कुन उपचार-पद्धतिहरुको उनी उपयोग गर्न सक्छ अनि
  • कुन वैश्विक शक्तिको उपयोग गर्न उनको लागि सम्भव छ

३. आध्यात्मिक उपचारकले पीडितलार्इ उपचार गर्ने एक समान उदाहरण

हामी यो भागमा बल्ब प्रकाशित गर्ने एउटा सरल उदाहण द्वारा स्पष्ट गर्नेछौं । बल्ब प्रकाशित गर्नको लागि पहिलो चरण हो, उचित बटन दबाउने । त्यसपछि तराबाट बिजुलीको प्रवाह संक्रमित हुन्छ अनि अन्तिम परिणामको रुपमा दीपक प्रकाशित हुन्छ । कुन दिपक प्रकाशित गर्ने हो, त्यसको लागि कुन बटन दबाउने हो, यो निर्भर हुन्छ । यस प्रकार आध्यात्मिक उपचारमा विविध उपचार पद्धतिहरुले विविध प्रकारको परिणाम दर्शाउछन् सबै पद्धतिहरुमा उपचारको अन्तिम परिणाम (अर्थात दीपक प्रकाशित गर्ने) ब्रह्माण्डको ५ मूलभूत तत्व (पञ्चतत्व) को माध्यमबाट नै देखाइ दिन्छन् ।

आध्यात्मिक उपचार पद्धतिको कार्यपद्धति – आध्यात्मिक उपचारक

यहाँ ‘बटन’ आध्यात्मिक उपचारक द्वारा प्रयुक्त विभिन्न पद्धिहरु हुन् जस्तै – नामजप, प्रार्थना, रेकी, प्राणिक हीलिङ्ग, संकल्प तथा अस्तित्व । आफ्नो आध्यात्मिक क्षमतानुसार उपचारक यी विभिन्न ‘बटन’ हरुका उपयोग गरि पीडित अथवा उपचार आवश्यक्ता भएको व्यक्तिमा शक्तिको संचार गर्न सक्छ ।

४. आध्यात्मिक उपचारको आध्यात्मिक स्तरको महत्व (तर)

हामीले आध्यात्मिक स्तरको यस पक्षलार्इ आध्यात्मिक उपचारको क्षमता जसले ब्रहमाण्डको विभिन्न स्तरको शक्तिको उपयोग गर्ने अथवा उनको माध्यम बन्न सक्नेसँग जोडेको छौं ।

हामी मनुष्य स्थूलदेह (पञ्चज्ञानेन्द्रिय), प्राणदेह, मन, बुद्धि, सूक्ष्म अहं तथा आत्माले बनेका छौं । मनमा विचार अनि भावनाहरु हुन्छन्, जब कि बुद्धिसँग तर्क गर्ने क्षमता तथा घटनामा विद्यमान कार्य कारणभाव बुझ्ने छमता हुन्छ । यो प्रत्येक देह एक अर्कासँग सूक्षमतर (अनाकलनीय) हुन्छ । पढ्नुहोस् लेख : ‘मनुष्य कुन घटकले बनेको हुन्छ ?

साधना द्वारा जसरी-जसरी हाम्रो आध्यात्मिक विकास हुन थाल्दछन् हाम्रो पञ्चज्ञानेन्द्रिय, मन एवं बुद्धिको लय आरम्भ हुन थाल्दछन् । अर्थात हाम्रो प्रयत्न अनि विचार आत्मज्ञान अथवा र्इश्वरसँग एकरुप हुने दिशामा हामी लाग्दछौं । यो प्रक्रियामा हामी आफ्नो व्यक्तिगत मन अनि बुद्धिको लय गर्न आरम्भ गर्दछौं जसले विश्वमन अनि विश्वबुद्धिको सम्पर्कमा आउन सक्छ । निम्न आकृतिमा हामीले आध्यात्मिक अनुप्रस्थ (cross-section view) देखाएका छौं, जुन दर्शाउछ कि हामीमा विदय्मान आत्मा अथवा र्इश्वरीय तत्व उचित साधना गर्नाले कुन प्रकारले प्रकाशमान हुन थाल्दछ अनि हामीमा अरुप्रति निरपेक्ष प्रेम  (प्रीति), नम्रता, निरहंकारिता जस्ता र्इश्वरीय गुण आउदछन् ।

आध्यात्मिक उपचार पद्धतिको कार्यपद्धति – आध्यात्मिक उपचारक

साधनाको कारण जब हाम्रो विविध प्रकारको देहहरु को लय हुन आरम्भ हुन्छन् तब आध्यात्मिक उपचारकको दृष्टिले एक महत्वपूर्ण घटना घट्न थाल्दछ । आध्यात्मिक उपचारकको लागि ब्रह्माण्डको उच्चतर शक्तिहरुको उपयोग गर्न सम्भव हुन जान्छ ।

उपचार गर्नको लागि आध्यात्मिक उपचारको न्यूनत आध्यात्मिक स्तर ५० प्रतिशत हुन आवश्यक छ । किन कि यस आध्यात्मिक स्तरमा उपचारको लागि वैश्र्विक शक्तिको उपयोग गर्न सक्न आरम्भ हुन्छ । तथापि आध्यात्मिक उपचारकको आध्यात्मिक स्तर ६० प्रतिशत हुनु श्रेयस्कर हुन्छ । किन कि यो स्तरमा साधकको मनोलय हुन आरम्भ हुन्छ । उनी आध्यात्मि समस्याको मूल कारणलार्इ सूक्ष्म स्तरमा बुझ्न सक्छ एवं उनलार्इ उच्चतम स्तरको आध्यात्मिक सुरक्षा पनि प्राप्त हुन्छ ।

तल दिएको तालिकामा र्इश्वरको सगुण तथा निर्गुण शक्तिको उपयोग गर्ने क्षमता कुन प्रकार आध्यात्मिक स्तरमा आधारित छ, यो सम्बन्धमा जानकारी दिएको छ । र्इश्वरको निर्गुण शक्ति अधिक सामर्थ्यवान हुन्छ ।

आध्यात्मिक स्तर प्रकट शक्ति (सगुण) अप्रकट शक्ति (निर्गुण)
६०% १००
७०% (संतत्व आरम्भ) ७० ३०
८०% ५० ५०
९०% २० ८०
१००% १००

आरम्भमा कुनै पनि प्रकारको उपचारको छमता र्इश्वरको प्रकट (सगुण) स्वरुपको शक्तिको माध्यमबाट हुन्छ । जसरी-जसरी मन, बुद्धि अनि अहंकारको लय हुन आरम्भ हुन थाल्दछ, व्यक्ति र्इश्वरको अप्रकट (निर्गुण) शक्तिको अधिकाधिक उपयो गर्न सक्छ । ९०% आध्यात्मिक स्तरमा यस निर्गुण शक्तिबाट असीम उपचारी क्षमता निर्माण हुन्छ ।

संकल्प शक्ति अनि अस्तित्वले कार्य गर्ने सन्तद्वारा गरिने उपचार केवल र्इश्वरेच्छाले हुन्छ । सन्तको विविध देहरुको अधिक मात्रामा लय भएको कारण उनी र्इश्वरेच्छा अनुसार कार्य गर्न सक्छ ।

सन्दर्भको लागि लेख : ब्रह्मण्डको शक्तिको रुपमा संकल्प कसरी कार्य गर्दछ अनि ब्रह्माण्डको शक्तिको पदक्रम

५. निम्न आध्यात्मिक स्तर रहदा उपचार गर्दा सम्भावित संकट

कसैको इच्छा अत्यधिक छ भने उनले ४० प्रतिशत आध्यात्मिक स्तरमा पनि उपचार गर्न सक्छ । यद्यपि यो स्तरमा उनले कुनै व्यक्ति निम्न स्तरको अनिष्ट शक्तिको प्रभाव निराकरण गर्न सक्छ । यो सीमित क्षमताको साथै, जब अल्प आध्यात्मिक स्तरको उपचारक कसैमा उपचार गर्ने प्रयास गर्दछ भने तब अनेक संकट उत्पन्न हुन सक्दछ ।

  • उपचारक पीडित व्यक्तिको आध्यात्मिक कष्टबाट प्रभावित हुने सम्भावना अत्यधिक हुन्छ ।
  • यदि उपचार गर्ने व्यक्ति उच्च स्तरको अनिष्ट शक्तिबाट आविष्ट छ भने त्यो शक्तिले गम्भिर रुपमा उपचारकलार्इ प्रत्युत्तर दिन सक्छ । जसको फलस्वरुप उपचारक प्रभावित हुन सक्छ ।
  • आध्यात्मिक स्तर अल्प हुनाले उपचारकको शक्ति पनि सीमित हुन्छ । त्यसैले सूक्ष्मस्तरीय आक्रमण हटाउन पनि लामो समय लाग्छ ।
  • यसबाट अपेक्षित परिणाम नमिलेर आध्यात्मिक उपचारमा विश्वास हटेर जान सक्छ । अपेक्षित उपचार नहुनाले पीडित व्यक्ति निराशाले ग्रस्त हुन सक्छ ।
  • अल्प आध्यात्मिक स्तरमा उपचारकको अहं बढ्ने सम्भावना अधिक हुन्छ जुन साधनाको दृष्टिकोणले अत्यधिक हानिकारक हुन्छ । अहंको अत्यधिक मात्राको उपयोग अनिष्ट शक्ति उपचारकलार्इ आविष्ट अथवा प्रभावित गर्न सक्छ ।
  • यदि कोही मात्र सांसारिक प्रसिद्धिको लागि उपचार गर्दछ भने पनि कालांतरमा उनी अनिष्ट शक्तिको लक्ष्य बन्न सक्छ ।

आध्यात्मिक रुपले सकारात्मक जसको उच्च आध्यात्मिक स्तर छ अनि कुनै सांसारिक लाभमा ध्यान नदिइ नि:स्वार्थ भावले उपचार गर्दछ उनको आध्यात्मिक सकारात्मकता बनि रहन्छ । यो विशेष गरि हो जब गुरुको मार्गदर्शनमा आध्यात्मिक उपचार गर्दछ ।

अर्को तर्फ उपचारको जसमा अधिक अहं छ अनि नाम र पैसाको लागि उपचार गर्दछ तब उनी अनिष्ट शक्तिद्वारा आविष्ट हुनुको साथै आध्यात्मिक शक्ति नष्ट भएर जान्छ ।

सामान्य नियम यो हो कि ३० प्रतिशत उपचारक आध्यात्मिक रुपले सकारात्मक छ तथा ७० प्रतिशत अनिष्ट शक्तिको प्रभावमा उपचार गर्दछ । ३० प्रतिशत उपचारक मध्य जो आध्यात्मिक रुपमा सकारात्म छन्, १० प्रतिशतलार्इ आध्यात्मिक आयमा सकारात्मक शक्ति द्वारा मद्धत मिलिरहेको हुन्छ, २० प्रतिशतले आफ्नै आध्यात्मिक शक्तिको उपयोग गर्दछ । जो व्यक्तिगत लाभ अनि नमाको लागि आफ्नै आध्यात्मिक शक्ति उपयोग गर्दछ उनको आध्यात्मिक शक्ति क्षीण हुँदै जान्छ ।

स्रोत : SSRF द्वारा गरिएको आध्यात्मिक अनुसन्धान

६. व्यक्तिको प्रारब्ध ध्यानमा राख्दै यी तिन पद्धतिहरु कति प्रतिशतसम्म उपचार गर्न सक्छ ?

जुन तीन पद्धतिहरुको बारे हामी कुरा गरिरहेका छौं ती निम्नलिखित छन् :

  1. निर्जीव वस्तुको माध्यमबाट उपचार गर्ने
  2. व्यक्ति (उपचारक) को माध्यमबाट उपचार गर्ने
  3. सन्तद्वार उपचार गर्ने

जीवनमा सुख-दु:खको अनुभवको मात्रा व्यक्तिको प्रारब्धमा निर्भर गर्दछ । जुन हामीले पहिला बताएका थियौं कि प्रारब्धमा विजय प्राप्त गर्नु अथवा प्रारब्धबाट हुने, दु:खबाट सुरक्षित रहनुको एकमात्र उपाय हो, साधनाको ६ सिद्धान्त अनुसार साधना गर्नु ।

व्यक्तिको जीवनमा आउने समस्याको तीव्रताको वर्गीकरण अनि उपर्युक्त तीन उपचार-पद्धतिहरु (निर्जीव वस्तु, उपचारक, सन्त) समस्याको उपशमन गर्नमा कुन प्रकार सहायक हुन्छ, यो निम्न तालिकाले देखाउदछ ।

जिवनमा आउने सम्याहरु अनि तदनुसार उपतारपद्धति

सौम्य मध्यम तीव्र
जीवनको समस्याहरु
सौम्य, मध्यम एवं तीव्रताको मात्रा कस्तो हुन्छ ? १० % ४० % ७० %
इ.स. २००६ मा समस्याको तीव्रता अनुसार प्रभावित विश्‍वको जनसंख्याको प्रतिशतमा मात्रा ३० % ६० % १० %
आध्यात्मिक उपचार कसरी सहायता गर्न सक्छ ?
निर्जीव वस्तुद्वारा उपचार ३० % १० % ० %
व्यक्तिद्वारा उपचार ५० % ३० % ३० %
सन्तद्वारा उपचार ७० % ५० % ५० %

टिप्पणी : १. १००% को अर्थ हो, यस्तो समस्या जस्को अकाल मृत्यु हुन्छ
२. यस तालिकालाई कसरी पढ्ने उदाहरण, यसको अर्थ हो निर्जीव वस्तुद्वारा उपचार गरेपछि कुनै मध्यम समस्या केवल १०% नै कम हुन्छ ।

७. यी आध्यात्मिक शक्ति उपयोग गर्न सक्नुमा के सहायक हुन्छ ?

  • कुनै व्यक्तिमा उपचार गर्ने छमता छ या छैन यो निश्चित गर्ने प्रमुख घटक हो उनको आध्यात्मिक स्तर । उच्च आध्यात्मिक स्तर भएको व्यक्तिमा उपचार गर्ने क्षमता अधिक हुन्छ ।
  • नियमित साधनाले व्यक्तिको आध्यात्मिक स्तर बढ्दछ । व्यक्तिको आध्यात्मिक स्ततर उनको यस जन्मको साधनाको फलस्वरुप अथवा पूर्वजन्मको साधनाको फलस्वरुप पनि हुन सक्छ ।
  • उपचारकको उपचार गर्ने इच्छाशक्ति द्वितीय घटक हो, जसले उनको छमतालार्इ प्रभाव पार्दछ ।

यस श्रृंखलाको अर्को लेख अवश्य पढ्नुहोस् : “आध्यात्मिक उपचारकले कसरी उपचार गर्नुपर्छ?”.