कुदृष्टि (नराम्रो नजर) हटाउनको लागि फिटकिरी-विधि

कुदृष्टि (नराम्रो नजर) हटाउनको लागि फिटकिरी-विधि

फिटकिरीद्वारा नराम्रो नजर हटाउने अतिरिक्त यो फार्इदा पनि हुन्छ कि कष्ट दिने अनिष्ट शक्तिको रूप पनि जान्न सक्छौं । जब नराम्रो नजर हटाउने विधि पछि फिटकिरीलार्इ जलाउछ, तब त्यसबाट बाहिर आइरहेको रज-तम तरङ्गहरुको घनीकरण (solidification ) हुन जान्छ । त्यो घनीभूत आकारबाट कष्टको तीव्रता अनुमान लगाउन सकिन्छ ।

यो विधिको लगि आवश्यक सामग्री 

  • चरण १ : प्रार्थना

    जुन व्यक्तिमा विधि गरिने हो उनी श्रीहनुमानको चरणमा नतमस्तक भएर प्रार्थना गर्नुहोस्, ‘मलार्इ (आफ्नो पूरा नाम लिनुहोस्) जो कुदृष्टि (नराम्रो नजर) लागेको छ, त्यो हटोस् तथा … (विधि गर्नेको पूरा नाम लिनुहोस्) लार्इ कुनै दुष्प्रभाव नपरोस् ।’

    जो व्यक्ति विधि गर्ने हो, उनी श्रीहनुमानलार्इ प्रार्थना गर्नुहोस् कि कष्ट दिने अनिष्ट शक्तिको दुष्प्रभावबाट मलार्इ रक्षा गर्नुहोस् ।

  • चरण २ : स्थान ग्रहण गर्नुहोस्

    अनिष्ट शक्तिको कष्टबाट पीडित जसमा धार्मिक कृत्य गरिने हो, उनीलार्इ होच्चो काठको पिर्कामा पूर्व दिशामा मुख गरेर घुँडालार्इ छाती नजिक राखेर बस्नुहोस् (तलको चित्र हेर्नुहोस्) । हातलार्इ माथि पट्टि फर्काएर घुँडामा राख्नुहोस् ।

  • चरण ३ : विधि गर्ने

    विधि गर्ने व्यक्तिद्वारा गरिने कृती यस प्रकार छन् :

    अनिष्ट शक्तिको कष्टद्वारा पिडित व्यक्तिको अगाडि उभिनुहोस् । पैयुँ (cherry) को आकारको एउटा-एउटा फिटकिरीको टुक्रा दुवै हातमा लिनुहोस् (तल दिएको चित्रको सन्दर्भ लिनुहोस्)।

    त्यसपछि मुट्ठी बनाउनुहोस् मुट्ठी आफ्नो शरीरको सामुन्य राख्नुहोस् अनि मुट्ठी एक अर्का माथि गुणन चिन्ह जस्तो गरेर राख्नुहोस् ।

    त्यसपछि मुट्ठीलार्इ अनिष्ट शक्तिको कष्टले पिडित व्यक्तिको टाउकोदेखि खुट्टासम्म विपरीत दिशामा लैजानुहोस् तथा भूमिलार्इ स्पर्श गर्नुहोस् ।

    आरम्भ गर्नको लागि मात्र हात एक-अर्काको माथि हुन्छ । जब विधि आरम्भ हुन्छ हात अलग गर्नुहोस्, दाहिने मुट्ठी घडीको दिशामा तथा बायाँ मुट्ठी घडीको विपरीत दिशामा टाउकोदेखि खुट्टासम्म घुमाउनुहोस् । जब तल पुग्छ मुट्ठीलार्इ भूमिमा स्पर्श गर्नुहोस् ।

    भूमिलार्इ स्पर्श गरिसकेपछि, माथि बताएनुसार पुनः गर्नुहोस् अर्थात हातलार्इ अलग गरि एकै साथ दाहिने मुट्ठी घडीको दिशामा खुट्टादेखि टाउनकोसम्म तथा बायाँ मुट्ठी घडीको सुइको विपरीत दिशामा खुट्टादेखि टाउनकोसम्म घुमाउनुहोस् ।

    विधि गरिरहेको समय यो भन्नुहोस् ‘‘आगन्तुक, आत्मा, रुख, आउने-जाने, स्थानहरुको कुदृष्टि लागेको छ भने हटोस् अनि रोग तथा चोटबाट उनको रक्षा गर्नुहोस् ।

  • चरण ४ : तातो तावा अथवा जलिरहेको कोइलामा फिटकिरी हालेपछि प्रभावको निरिक्षण

    विधि समाप्त भएपछि फिटकिरीको टुक्रालार्इ तातो तावा अथवा जलिरहेको कोइलामा हाल्नुहोस् । यदि फिटकिरी केही सेकेन्डमा नै कुनै आकार नलिइ जलेर समाप्त भयो भने यसको अर्थ हो कुनै पनि समस्या छैन । यदि फिटकिरी बिना कुनै आकार नलिइ लामो समयसम्म जली रहयो भने यसको अर्थ हो कष्ट दिने अनिष्ट शक्ति धेरै शक्तिशाली छ ।

    यदि फिटकिरी कुनै प्राणी अथवा पक्षीको आकार लियो भने यस्तो निष्कर्ष आउछ कि अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इत्यादि) व्यक्तिलार्इ कुनै प्राणी अथवा पक्षीको माध्यमद्वारा पीडा दिरहेको छ ।

    यदि फिटकिरी कुनै प्राणी अथवा पक्षीको आकार लियो भने यस्तो निष्कर्ष आउछ कि अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इत्यादि) व्यक्तिलार्इ कुनै प्राणी अथवा पक्षीको माध्यमद्वारा पीडा दिरहेको छ ।

    यदि फिटकिरी कुनै प्राणी अथवा पक्षीको आकार लियो भने यस्तो निष्कर्ष आउछ कि अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इत्यादि) व्यक्तिलार्इ कुनै प्राणी अथवा पक्षीको माध्यमद्वारा पीडा दिरहेको छ ।

    कहीलेकाहीं फिटकिरी जलेर खोपडीको आकार लिन्छ । यसको अर्थ हो कम स्तरको तीव्र इच्छा भएको अनिष्ट शक्तिले व्यक्तिलार्इ पीडा दिरहेको छ ।

    अन्य पदार्थको तुलनामा अधिक लाभकारी भएपनि फिटकिरी ज्यादा उपयोगमा यो कारण ल्याउदैन : कारण यो हो फिटकिरी जलेपछि थाहा हुन्छ कुन प्रकारको अनिष्ट शक्तिले कष्ट दिरहेकोछ । त्यसैले विधि गर्ने व्यक्तिलार्इ अनिष्ट शक्तिद्वारा आक्रमण गर्ने सम्भावना बढेर जान्छ । यदि व्यक्ति साधना गर्छ भने उनको आध्यात्मिक स्तर ५० प्रतिशत भन्दा माथि छ भने मात्र उनी अनिष्ट शक्तिद्वारा गरिने आक्रमणसँग लडन सक्छ । त्यसैले यो विधि गरिदैन  ।

  • चरण ५ : शेष सामग्री फ्याक्ने

    शेष सामग्री एउटा प्लास्टिकको थैलीमा बन्द गरेर फोहको भाडामा फ्याक्न सकिन्छ । फोहरमा फाल्नु पहिला श्री हनुमानलार्इ प्रार्थना गर्नुहोस्, हे श्री हनुमान यसबाट विद्यमान अनिष्ट शक्तिलार्इ नष्ट गरिदुनुहोस् ।