जन्मदिन कसरी मनाउने केक काटेर अथवा आरती उतारेर

प्रमुख अन्वेषक: डा. नन्दिनी सामन्त, एम.बी.बी.एस, डी.पी.एम.

यस लेखलाई राम्ररी बुझ्नको लागि, पहिले हाम्रो लेख पढ्नुहोस् इलेक्ट्रोमोटोग्राफिक स्क्यानिङ प्रविधिहरू प्रयोग गरी  आध्यात्मिक अनुसन्धानको  परिचय

. प्रस्तावना

जन्मदिन मनाउने धेरै तरिकाहरू छन्। तिमध्ये धेरैले हामीलाई शारीरिक र मानसिक स्तरमा खुशी दिन्छन्।तर के हामीले हाम्रो जन्मदिन मनाउँदा आध्यात्मिक लाभ पनि पाउन सक्छौं?

यस प्रयोगमा, हामीले जन्मदिन मनाउने व्यक्तिको कुण्डलिनी चक्रहरूमा प्रभावको तुलनात्मक अध्ययन गर्यौं।जसमध्ये दुई विधि अपनाइयो जसको जन्मदिन मनाइँदै थियो उसको आरती गरेर र अर्को केक काटेर।

कुण्डलिनी चक्रहरू सूक्ष्म ऊर्जाका केन्द्रहरू हुन्। यिनीहरूले स्थूल शरीरका विभिन्न अंगहरूका साथै मन र बुद्धिको कार्यका लागि आवश्यक सूक्ष्म ऊर्जा प्रदान गर्छन्।

. प्रयोगको संक्षिप्त विवरण

.प्रयोगको अवधि

१९ फेब्रुअरी २००९ देखि २८ फेब्रुअरी २००९

. प्रयोगकर्ता (व्यक्ति) को आयु

१४ वर्ष

.कार्यप्रणाल

कार्यप्रणालीको विवरणको लागि हाम्रो सन्दर्भ लेख इलैक्ट्रोसोमैटोग्राफिक स्कैनिंग तकनीकको प्रयोगले गरिएको आध्यात्मिक अनुसन्धानको परिचय हेर्नुहोस्।

सिद्धार्थ पुरोहित S.S.R.F. को एक बाल साधक हो, उनी नकारात्मक ऊर्जाबाट प्रभावित छैन।मिति अनुसार अर्थात् हिन्दू क्यालेन्डर अनुसार उनको जन्मदिन सन् २००९ फेब्रुअरी १९ मा थियो। यस दिन, D.D.F.O. उपकरण प्रयोग गरेर उनको कुण्डलिनी चक्रहरूको आधारभूत पठनहरू प्रविष्ट गरेपछि, एक साधिकाले उनको आरती गरे।

उनको कुण्डलिनी चक्रहरूमा आरती गर्दा प्रभाव नाप्न हामीले D.D.F.O. उपकरण प्रयोग गरेर स्क्यान गरियो र रिडिंग १-४ घण्टाको अन्तरालमा लिइयो जबसम्म २१ फेब्रुअरीको रिडिंगहरू मूल रिडिंगमा नपुग्दासम्म। त्यसपछि प्रयोगको यस भागको निष्कर्ष निकाल्यो।

२४ फेब्रुअरी, जुन दिन रोमन क्यालेन्डर अनुसार उनको जन्मदिन थियो, नयाँ रिडिंग लिएपछि, हामीले उनलाई केक काट्न भन्यौं र माथिको प्रक्रिया दोहोर्याइएको थियो जबसम्म उनी आफ्नो आधारभूत अवस्थामा नपुगेसम्म, जुन २८ फेब्रुअरी पुगेको थियो।

.अवलोकन

माथिल्लो चार चक्रहरुको गतिविधि

तल्लो तीन चक्रहरुको गतिविधि

जन्मदिन मनाउने प्रभावको अवधि

प्रयोग

सहस्रार

आज्ञा चक्र

विशुद्ध

अनाहत

मणिपुर

स्वाधिष्ठान

मूलाधार

आरती उतारेर जन्मदिन मानाएको

घट्यो

घट्यो

घट्यो

घट्यो

बढ्यो

बढ्यो

बढ्यो

५० घण्टा

३४ मिनेट

केक काटेर जन्मदिन मनाए

घट्यो

घट्यो

घट्यो

घट्यो

घट्यो

बढ्यो

बढ्यो

९५ घण्टा

मिनेट

हाम्रो अवलोकनको सारांश निम्न हुन्।

.सिद्धार्थको समक्ष आरती उतारेर जन्मदिन मनाउदाउनको कुण्डलिनी चक्रहरुको गतिविधिमा भएको प्रभाव

..माथिल्लो चार चक्रहरुको गतिविधमा भएको प्रभा

माथिल्लो चार चक्रहरुको गतिविधि घट्यो।

..तल्लो तीन चक्रहरुको गतिविधिमा प्रभाव

तल्लो तीन चक्रहरूको गतिविधि बढ्यो।

.सिद्धार्थको कुण्डलिनी चक्रहरुको गतिविधिमा केक काटेर जन्मदिन मनाउदा भएको प्रभाव

..माथिल्लो चार चक्रहरुको गतिविधिमा प्रभाव

माथिल्लो चार चक्रहरुको गतिविधि घट्यो।

..तल्लो तीन चक्रहरुको गतिविधिमा प्रभाव

तीन तल्लो चक्रहरु मध्ये दुईको गतिविधि बढ्यो।

.सिद्धार्थको कुण्डलिनी चक्रहरुको गतिविधिमा आरती उतारेर उनको जन्मदिन मनाउदा भएको प्रभावको अवधि 

५० घण्टा, ३४ मिनेट

.सिद्धार्थको कुण्डलिनी चक्रहरुको गतिविधिमा केक काटेर उनको जन्मदिन मनाउदा भएको प्रभावको अवधि

९५ घण्टा, ७ मिनेट

. सूक्ष्म-ज्ञान विभागद्वारा प्राप्त विवरण

सूक्ष्म-विश्लेषण गर्ने क्षमता भएका SSRF को सूक्ष्म-ज्ञान विभाग का साधकहरूलाई हामीले तालिकाहरू र माथिको अवलोकनहरू देखायौं।

हामीले उनीहरूलाई केही अवलोकनहरूको बारेमा प्रश्नहरू सोध्यौं र सूक्ष्म स्तरमा वास्तवमा के भयो भनेर बुझ्नको लागि उनीहरूको मद्दत लियौं। उनको विवरणले हामीलाई अवलोकनहरूको मूल कारणहरू र परिणामहरू निर्धारण गर्ने विभिन्न परिवर्तनहरू बुझ्नको लागि अन्तरदृष्टि दियो। हाम्रा प्रश्न र उत्तर यस प्रकार थिए:

.आरती उतारेर सिद्धार्थको जन्मदिन मनाएपछि, उसको माथिल्लो चार कुण्डलिनी चक्रहरु सँगसम्बन्धित डीडीएफओ रिडिंगले गतिविधिमा कमी दर्शायो किनकि चक्र निर्गुण अवस्था गएको थियो।

प्रश्न : हिन्दू पञ्चांग अनुसार सिद्धार्थको जन्मदिन प्रज्वलित दीपबाट उनको आरती उतारेपछि, उनको माथिल्लो चार चक्रहरुको डीडीएफओ रिडिंगले गतिविधिमा कमी किन देखाएको छ?

सूक्ष्मज्ञान विभाग : आरती गर्ने कृत्यबाट निस्कने सात्विक (सत्व-प्रधान) स्पन्दनको सम्पर्कमा आएपछि सिद्धार्थको शरीरमा पंचप्राण शक्तिहरु सक्रिय भए र उनको शरीरमा चेतना (चेतनाको रूप जसले मन र बुद्धिको कार्यलाई संचालित गर्छ) को कार्यमा सुधार भयो। फलस्वरूप, सत्वगुण चाँडै उनको शरीरभरि फैलियो।

सिद्धार्थलाई, सकारात्मक स्पन्दनहरु एक साधक भएको कारण, सत्वगुण आत्मसात गर्ने प्रक्रियामा कुनै बाधा आएन, उनीमा सत्त्वगुण तुरुन्तै बढ्यो। यस कारणले उहाँको माथिल्लो चार चक्रहरू सत्वगुणले भरिएर निर्गुण अवस्थामा गए। यो अवस्था अति-जागृत चक्रहरूको सगुण अवस्था भन्दा पनि परे र श्रेष्ठ छ। यद्यपि, DDFO उपकरणको यो मर्यादा भएको कारण, यसमा रिडिंगको गतिविधिमा कमी भएको रूपमा देखाइएको थियो।

.आरती उतारनाले उत्पन्न चैतन्यको लाभले तल्लो तीन चक्रहरुको कालो आवरण हट्दछ जसले गर्दा तिनीहरुको गतिविधिमा वृद्धि हुन जान्छ। 

प्रश्न : आरती उतारेर सिद्धार्थको जन्मदिन मनाएपछि सिद्धार्थको तल्लो तीन कुण्डलिनी चक्रहरुको अनुरूप डीडीएफओ रिडिंगले गतिविधिमा वृद्धि भएको किन दर्शायो?

सूक्ष्मज्ञान विभाग : तल्लो तीन चक्रहरूले शारीरिक गतिविधिहरूको लागि सूक्ष्म ऊर्जा प्रदान गर्दछ। आरती गरेपछि सिद्धार्थले चैतन्य ग्रहण गर्यो। फलस्वरुप, तीन तल्लो चक्रहरूको कालो आवरण घट्यो। यस कारणले, यी चक्रहरूको गतिविधि बढ्यो।

.केक काट्दा शरीरमा तमोगुण एकत्रीकरण हुनाले माथिल्लो चारकुण्डलिनी चक्रहरुको गतिविधिमा कमी आयो

प्रश्न : सिद्धार्थले रोमन क्यालेन्डर अनुसार केक काटेर आफ्नो जन्मदिन मनाएपछि, उनको माथिल्लो चार कुण्डलिनी चक्रहरूको DDFO रिडिगले किन गतिविधिमा कमी देखाएको छ?

सूक्ष्मज्ञान विभाग : केक काट्ने कृत्य धेरै कारणले तामसिक हुन्छ। केक बनाउँदा अण्डा प्रयोग गर्ने, केकमा बालेको मैनबत्ती निभाउने र चक्कुले केक काट्ने सबै तामसिक क्रियाकलापहरु हुन्। केक काट्ने कृत्यबाट तमोगुण घटकको सम्पर्कमा आएपछि सिद्धार्थको शरीरमा तम घटक जम्मा हुन्छ, जसले चारवटा माथिल्लो चक्रको गतिविधिलाई कम गर्छ।यस्ता तामसिक कर्महरूका निरन्तर सम्पर्कमा रहँदा व्यक्तिमा तमगुण निर्माण हुन्छ र उसको स्वभाव सदाको लागि दुष्प्रभावित हुन जान्छ।

.केक काट्दा साधकहरुमा कालको कारण व्याप्त कालो आवरणको कार्यको लागि पूरक हुन्छ,जसका कारण यसको प्रभाव आरती उतारनुको अपेक्षा अधिक समयसम्म रहन्छ।

प्रश्न : आरती उतारेर जन्मदिन मनाउँदा सिद्धार्थको कुण्डलिनी चक्रहरूमा प्रभाव पर्ने अवधि किन ५० घण्टा ३४ मिनेट थियो जबकि केक काटेर जन्मदिन मनाउॅंदा ९५ घण्टा ७ मिनेट थियो?

सूक्ष्मज्ञान विभाग : वर्तमान समयमा अध्यात्मिक रूप (रज-तम) बाट वातावरण दूषित हुनाले साधकहरू वातावरणबाट निस्कने कष्टदायक स्पन्दनको आवरण हुन्छ। केक काट्ने जस्ता तम-प्रभुत्व गतिविधिहरूले साधकहरूमा व्याप्त कालो आवरणले कार्यको लागि पूरक बनाउँछ। यस कारण केक काट्दा हुने प्रभाव आरती गर्नुभन्दा लामो समयसम्म रहन्छ।

.सिद्धार्थको मणिपुर चक्र स्वाभाविक रूपमा कमजोर हुनाले, केक काट्दा उनको स्वाधिष्ठान चक्र मूलाधार चक्रको तुलनामा अधिक निष्क्रिय भइरहेको थियो। 

प्रश्न : केक काट्दा सिद्धार्थको मणिपूर चक्रको गतिविधि किन घट्यो; जबकि स्वाधिष्ठान तथा मूलाधार चक्रको गतिविधि बढ्यो?

सूक्ष्मज्ञान विभाग : कुनै पनि तम-प्रभुत्व गतिविधिले लगभग सबै कुण्डलिनी चक्रहरूमा कालो आवरण निर्माण हुन्छ। प्रत्येक व्यक्तिको प्रकृति अनुसार, उनको विशिष्ट चक्रहरूले मुख्य रूपमा विशिष्ट स्पन्दनहरू अवशोषित वा उत्सर्जन गर्दछ। ती चक्रहरू जुन स्वाभाविक रूपमा विशिष्ट स्पन्दनहरू अवशोषित गर्न वा उत्सर्जन गर्नमा कमजोर हुन्छन्, तम-प्रधान कृत्य समक्ष उजागर हँदा अधिक निष्क्रिय हुन्छन्। सिद्धार्थको मामलामा, उनको मणिपुर चक्र कमजोर भएकोले, यो अधिक निष्क्रिय भयो, यसको मतलब यो चक्रमा कालो आवरण बढ्यो।

स्वाधिष्ठान तथा मूलाधार चक्रको गतिविधिमा सुधार भयो किन भने तिनीहरुको गतिविधि तम-प्रधान प्रक्रियासँग लड्नको लागि बढ्यो।

.जब आरती उतारेको थियो तब आज्ञा चक्र निर्गुण अवस्थामा गएको कारणले घट्दै गयो र केक काट्दा कालो आवरण निर्माण भएको कारण घट्दै गएको थियो

प्रश्न : जब सिद्धार्थको जन्मदिन आरती उतारेर र केक काटेर मनाइँदा उहाँको माथिका चार चक्रको क्रियाशीलतामा कमी आएको थियो । यद्यपि, उनको आज्ञा चक्रको गतिविधि सबैभन्दा कम भयो। यसको कारण के हो ?

सूक्ष्मज्ञान विभाग : सिद्धार्थको आज्ञा चक्रमा कष्टदायक स्पंदन विद्यमान थियो।

जब आरती उतारेको थियो: सिद्धार्थको आज्ञाचक्रमा कष्टदायी कम्पनहरूले आरती गरेर उत्पन्न भएको ईश्वरीय चैतन्यको प्रवेश प्रक्रियालाई रोक्न खोज्यो। यो बाधामा नियन्त्रण पाउनको लागि, यो चक्र निर्गुण अवस्थामा गयो। यसलाई DDFO उपकरणले गतिविधिमा कमीको रूपमा देखायो।

जब केक काटियो : केक काट्ने कृत्य तामसिक भएकाले रज-तमले वातावरण प्रदूषित भएको थियो । फलस्वरूप, वातावरणबाट नकारात्मक शक्तिको आक्रमण बढ्यो। त्यसैले, चक्र कालो शक्तिले ढाक्यो र निष्क्रिय भयो।

.निष्कर्

.हाम्रो कर्मले हामीलाई प्रभावित गर्दछ

हाम्रो हरेक कार्यले हामीलाई र हाम्रो वातावरणलाई असर गर्छ। तामसिक कर्मले हामीलाई र हाम्रो वातावरणलाई तामसिक बनाउँछ। जबकि सात्विक कर्मले हामीलाई र हाम्रो वातावरणलाई सात्विक बनाउँछ। जब हामी मध्ये धेरैले कुनै कार्य वा व्यवहार गर्छौं, यो सामान्यतया शारीरिक र मानसिक स्तरमा हुन्छ, जसले मनलाई प्रभाव पार्छ। उदाहरणको लागि, जन्मदिन मनाउने साधारण कृत्यले हामीलाई प्रसन्नता तथा हर्ष प्रदान गर्दछ। यद्यपि, हामी यसको आध्यात्मिक प्रभाव (पक्ष) मा विरलै ध्यान दिन्छौं। आध्यात्मिक अनुसन्धानले देखाएझैं, सामान्य देखिने कृत्यहरूले हामी र हाम्रो वरपरका मानिसहरूमा अत्यधिक आध्यात्मिक प्रभाव पार्न सक्छ।

.केक काटेर जन्मदिन मनाउनुको हानिकारक प्रभाव

अध्यात्मको आधार नभएको र सुख मात्र प्रदान गर्ने अधिकांश क्रियाकलाप तमप्रधान हुन्छ। केक काटेर जन्मदिन मनाउनु तामप्रधान हुन्छ किनभने केकमा मैनबत्ती बाल्ने, फुकेर निभाउने,चक्कुले केक काट्ने लगायतका तामप्रधान क्रियाकलाप हुने भएकाले यसले वातावरण र वातावरणमा बसोबास गर्ने मानिसमा नकारात्मक असर पार्छ। तसर्थ, त्यस्ता व्यक्तिहरूको कुण्डलिनी चक्रहरू निष्क्रिय हुन्छन् अथवा उनीहरू तमोगुण ग्रहण गर्नको लागि अधिक सक्रिय हुन्छन्। केवल सत्वगुणले मात्रै हाम्रो जीवनलाई वास्तवमा सुखी र आनन्दमय बनाउँछ।

.आरती उतारेर जन्मदिन मनाउँदा उत्पन्न हुने सात्त्विकताको लाभ

तालिकामा दिइएको प्रमाण अनुसार आरती गरेर आफ्नो जन्मदिन मनाउनाले हाम्रो कुण्डलिनी चक्रमा रहेको तमो गुणलाई कम गरी सक्रिय बनाउँछ।

.घटनाको पूर्ण जानकारी प्राप्त गर्नमा सूक्ष्म-ज्ञानको महत्त्

सिद्धार्थको अज्ञान चक्रको क्रियाशीलतामा कमी आउनुको वास्तविक कारणलाई सूक्ष्म-ज्ञान बुझ्न सकेमा मात्र थाहा हुन्छ। दुवै प्रयोगमा डीडीएफओ यन्त्रले आज्ञा चक्रको गतिविधिमा कमी आएको देखाएको थियो तर दुवैको कारण फरक–फरक थियो– आरती उतारर्दा आज्ञाचक्र निर्गुण अवस्थामा गएको थियो र केक काट्ने क्रममा कालो शक्तिले भरिएको थियो। यस घटनाको पूर्ण जानकारी प्राप्ति गर्नको लागि सूक्ष्म ज्ञान बुझ्नु महत्त्व देखाउँछ।

सन्दर्भको लगि लेख पढ्नुहोस् – आधुनिक अनुसन्धानमा प्रयोग गरिएका उपकरणहरुको सीमितताहरुमा टिप्पणी

.दैनिक जीवनमा सूक्ष्म-ज्ञानको महत्त्व

हामीमध्ये धेरैलाई आफ्नो प्रत्येक कृत्यको आशय बुझ्नको लागि सूक्ष्म-ज्ञान विभागका साधकहरूको सुविधा हुँदैन जसले हामीलाई बुझाउन सक्छ। जब हामी आफ्नो दिन प्रतिदिनको गतिविधिहरुलाई यस धारणबाट गर्दछौं कि हामी स्वयं तथा वातावरणको लागि सर्वोचित पद्धतिबाट कार्य गरिरहेका छौं। तर यथार्थमा त्यतिबेला हामी सूक्ष्म स्तरमा आफ्नो हितमा ती कार्यहरू गर्दैनौं। SSRF द्वारा सात्विक जीवनशैलीमा समर्पित खण्डले हामीलाई सुरु गर्नका लागि केही आधारभूत दिशानिर्देशहरू प्रदान गर्न सक्छ।

तर, प्रत्येक क्षण हामी सात्तिवक जीवन बिताइरहेका छौँ कि छैनौँ भनेर सचेत रह्यौँ भने राम्रो हुन्छ। तसर्थ, छैठौं इन्द्रियको विकास गर्न, हाम्रो प्रत्येक कर्मको आध्यात्मिक पक्षलाई बुझ्न र तदनुसार कार्य गर्नको लागि उत्तम उपाय भनेको आध्यात्मको छवटा आधारभूत सिद्धान्तहरू अनुसार नियमित र निरन्तर साधना गर्नु हो।

यसो गरेर, हामी अरूलाई र आफूलाई जन्मदिनमा मात्र होइन तर हरेक दिन अधिकाधिक आध्यात्मिक लाभहरू प्राप्त गर्न मद्दत गर्छौं।