आत्माद्वारा हामी कसरी आनन्द प्राप्त गर्न सक्छौं?

आत्माद्वारा हामी कसरी आनन्द प्राप्त गर्न सक्छौं?हाम्रो आध्यात्मिक विकासको प्रक्रियामा, हामी त्यो क्षमता प्राप्त गर्छौं जसले आत्माद्वारा आनन्दसम्म पुग्न सक्छौं तथा त्यसलाई प्राप्त गर्न गर्छौं। हामी प्रत्येक आध्यात्मिक विकासको फरक चरणमा छौं। हामीले अनुभव गर्ने आनन्दको गुणस्तर र मात्रा र त्यसको अनुभूति हुने कालावधि हाम्रो आध्यात्मिक विकासको स्तरको अनुपातमा हुन्छ।
जब हामी हरेक बिहान ऐनामा हेर्छौं, हामी हाम्रो आफ्नै छवि देख्ने बानी पर्छ; तर के तपाईले कहिल्यै सोच्नुभएको छ कि यदि तपाईले आफ्नो आत्माको छवि देख्न सक्नुहुन्छ भने, तपाई कस्तो देखिनुहुन्छ?
अध्यात्म शास्त्र अनुसार हामी यसलाई जीव भन्छौं किनभने यसले आफ्नो ‘आत्मा’ को पहिचान गुमाउँछ र आफूलाई पाञ्चज्ञानेन्द्रिय, मन र बुद्धिको रूपमा सोच्न थाल्छ। सूक्ष्म देह (मृत्यु पछि स्थूल शरीर बिना) लाई जीवको रुपमा पनि जानिन्छ।

अध्यात्म शास्त्र अनुसार हामी यसलाई जीव भन्छौं किनभने यसले आफ्नो \'आत्मा\' को पहिचान गुमाउँछ र आफूलाई पाञ्चज्ञानेन्द्रिय, मन र बुद्धिको रूपमा सोच्न थाल्छ। सूक्ष्म देह (मृत्यु पछि स्थूल शरीर बिना) लाई जीवको रुपमा पनि जानिन्छ।.

यो आजको संसार सामान्य व्यक्ति कस्तो देखिन्छ भन्ने आंतरिक छवि हो।

बाहिरी रूपमा, हामी हाम्रो घर सफा गर्छौं र हरेक दिन आफ्नो शरीरलाई नुहाउँछौं किनभने हामी सजिलै बाहिरको फोहोर देख्छौं। तर भित्री आध्यात्मिक स्वच्छता अर्को कुरा हो र यो गर्न दुर्लभ छ। हामी भित्र आत्माको रूपमा दिव्य प्रकाश छ तर सबैभन्दा चम्किलो ज्योतिलाई पनि बाक्लो कम्बलले ढाक्यो भने आँखाले देख्न सक्दैन। हाम्रो आत्मालाई घेरेको अन्धकार भनेको हाम्रो वास्तविक रूपको आनन्दप्रति ‘अज्ञानता’ हो। यो आध्यात्मिक अज्ञानता भनेको हाम्रो पञ्चज्ञानेन्द्रिय, मन र बुद्धिभन्दा बाहिर हेर्न तथा आत्मालाई चिन्न नसक्नु हो। जब हामी (जीव) साधना गर्छौं, अन्धकार बिस्तारै कम हुन थाल्छ र हामी आत्मा र यसको आनन्दको अनुभव गर्न सक्षम हुन्छौं।

जब हामी नियमित रूपमा साधना गर्छौं, हामीले अनुभूति नामक दिव्यताको चमत्कारी अनुभवहरू गर्न थाल्छौं। हामी यी केही अनुभवहरू पछि वर्णन गर्नेछौं।

शिवदशा नै परम अवस्था हो (अर्थात् ईश्वरसँग एक हुनु अथवा ईश्वरसँग अटूट आन्तरिक सानिध्यमा हुनु)। अन्तिम चरण तब मात्र आउँछ जब आवरण पूर्ण रूपमा नष्ट हुन्छ र पवित्र आत्मा प्रकाशमान हुन्छ जब आत्माको ज्योतिलाई रोक्ने अज्ञानता नष्ट हुन्छ।