आनन्द के हो – आध्यात्मिक परिभाषा

आनन्द के हो – आध्यात्मिक परिभाषा

आनन्दको परिभाषा

सुख भन्दा अनन्त गुणा एवं त्यसभन्दा परको उच्चतम अवस्थालाई आनन्द भनिन्छ। सामान्य भाषामा जसलाई हामी सुख भन्छौं त्यो बाह्य संसारसँग सम्बन्धित छ। जबकि आनन्द आत्मासँग सम्बन्धित अनुभूति हो, यो कुनै बाह्य उत्तेजनासँग सम्बन्धित छैन।

हामी आफ्नो जीवनमा देख्छौं कि जसले हामीलाई खुशी दिन्छ, हामी त्यहिबाट दुःख पनि पाउँछौं। यो बुझ्नको लागि, हामीले सुख प्राप्त गर्ने माध्यमहरू बुझ्नु पर्छ।

यी माध्यामहरु हुन् :

  • पञ्चज्ञानेन्द्रिय : हामीले स्पर्श, स्वाद, ध्वनि, गन्ध र दृष्टि मार्फत पाँच इन्द्रियबाट प्राप्त सुख अनुभव गर्छौं।

उदाहरण : आइसक्रिम धेरै मन पराउने व्यक्ति, आइसक्रिम पार्लरमा जान चाहन्छ। उसलाई पहिलो आइसक्रिम एकदमै स्वादिष्ट लाग्छ र जति धेरै खान्छ, उसको इच्छा घट्दै जान्छ र सातौं वा आठौं पटमा उसलाई कष्ट हुन थाल्छ। यसरी आइसक्रिम खाँदा प्राप्त हुने सुख धेरै समयसम्म टिक्दैन। यस्तै अवस्था हाम्रा अन्य सांसारिक इच्छाहरूको पनि हुन्छन्, बारम्बार केही गर्दा त्यसको सुख घट्छ र अन्त्यमा त्यही कुराले दुःख दिन थाल्छ।

  • मन : यो हाम्रा विचारहरूको एउटा अंश हो, जुन हाम्रा भावनाहरूसँग जोडिएको हुन्छ (हाम्रो भावना र विचारहरू एकअर्कासँग जोडिएका हुन्छन् – दुःखी विचारहरूले दुःखी भावनालाई जन्म दिन्छ र खुसी विचारहरूले सुख दिने भावना उत्तपन्न हुन्छ)। मनबाट प्राप्त हुने सुख पञ्चज्ञानेन्द्रियबाट प्राप्त सुख अधिक श्रेष्ठ हुन्छ।

उदाहरण : हाम्रो लागि सबैभन्दा सुखद अनुभूति के हो? सम्भवतः प्रेमको अनुभव। हामी दुई व्यक्तिको उदाहरण हेरौं, जो एकअर्कालाई धेरै माया गर्छन् र एकअर्का बिना आफ्नो जीवन कल्पना गर्न सक्दैनन्। तर, एकपटक विवाह गरेपछि उनीहरुको त्यो खुसीको अवस्था धेरै दिन टिक्दैन। दुबैको एक अर्काप्रतिको दृष्टिकोण बदलिन्छ, उनीहरूलाई महसुस हुन थाल्छ कि उनीहरूलाई जसले अत्यधिक सुख दिन्थे त्यही व्यक्तिले अधिक दु:ख दिन्छ अथवा क्रोधित बनाउन जुन अरु कसैले बनाउन सक्दैन।

  • बुद्धिमत्ता : यो निर्णय र तर्क-वितर्क गर्ने क्षमतासँग सम्बन्धित छ। यसले मनबाट आउने सुख भन्दा उच्च स्तरको र धेरै खुशीको अनुभव दिन्छ।

उदाहरण : हामी एक वैज्ञानिकको उदाहरण हेरौं जसले आफूलाई पूर्णतया अनुसन्धान कार्यमा समर्पित गरेको छ। एक दिन उसले सयौं वर्षदेखि मानवजातिलाई अलमल्लमा पारेको रहस्यको समाधान फेला पार्छ – ऊ खुसी हुन्छ। तर जनतामा उनको प्रशंसा घट्न थालेपछि उसको खुसीको शिखरमा  ऊ अब त्यो उचाइमा छैन भन्ने सोचले- चिन्तित हुन्छ र आफूलाई व्यस्त राख्न केही नयाँ अनुसन्धान गर्न व्याकुल हुन्छ। अझ नराम्रो कुरा, उहाँ निराशामा जान्छ किनकि उसले देख्छ कि उसको ठूलो अनुसन्धान (जस्तै ऊर्जाको लागि सूत्र, E=mc2 ) लाई परमाणु बमले मानवजातिलाई नष्ट गर्न प्रयोग भइरहेको छ।

यस तथ्याङ्कले विभिन्न देहहरु (अर्थात पञ्चज्ञानेन्द्रिय, मन र बुद्धि) द्वारा प्राप्त सुखको स्तर गुणात्मक मात्रै होइन, दीर्घकालीन पनि हुन्छ।

जब हामी आत्माबाट आन्नदको अनुभव गर्छौं, यो सबै भन्दा उच्चतम स्तरको सुख हुन्छ तथा अनन्त कालसम्म रहन्छ। आनन्दलाई शब्दमा व्याख्या गर्न सकिदैन, अनुभव मात्र गर्न सकिन्छ।

शब्दको सीमा थाहा पाउन चिनीको मिठासको उदाहरण हेरौं। जिब्रो नभएको व्यक्तिलाई चिनीको मिठास शब्दद्वारा बुझाउन सकिन्छ कि ? सकिदैन, हामीलाई चिनीको वास्तविक मिठास वर्णन गर्न सक्ने कुनै पनि शब्द थाहा छैन। त्यसैगरी आनन्दलाई बुझ्नको लागि त्यसलाई अनुभव गर्न आवश्यक हुन्छ। हामीले साधनाको माध्यमबाट मात्र आनन्दको अनुभव गर्न सक्छौं।