के योग अभ्यास आध्यात्मिक उन्नतिमा सहायक हुन्छ ?

यो लेख अझ राम्रो बुझ्नको लागि हाम्रो सुझाव छ तपाई पहिला यी लेखहरु पढ्नुहोस् –

१. योग र प्राणायाम वर्गहरु र आध्यात्मिक उन्नति – एक प्रस्तावना

योगावर्गहरुमा सहभागी हुनु संसारभरी लोकप्रिय भएको छ । अनेक योगाभ्यास वर्गहरुमा प्राचीन योगिद्वारा विकसित अनेक योगमुद्रा (आसन) एवं श्वास व्यायाम (प्राणायाम) सिकाइन्छ जसले हाम्रो शरीरमा विद्यमान प्राणशक्ति विनियमित गर्दछ । आध्यात्मिक विकासमा महत्वको दृष्टिले हामीले योगावर्गहरुमा सहभाग हुँदा आध्यात्मिक लाभ थाहा पाउने निर्णय लियौं, जसमा मुख्य रुपले योगिक आसन र प्राणायाम शामिल छ ।

२. योगासन र प्राणायाम हाम्रो प्राणशक्ति एवं देहलाई शुद्ध गर्छ

SSRF द्वारा गरिएको आध्यात्मिक खोजबाट यो थाहा भयो की जब कुनै व्यक्ति योगिक आसन एवं प्राणायामको अभ्यास गर्न थाल्दछ, तब आध्यात्मिक उन्नतिको दृ्ष्टिले केहि सिमाहरुको सामना गर्नु पर्दछ ।

निम्नलिखित तालिका योगिक आसन एवं प्राणायामद्वारा हाम्रो स्थूल देहको विभिन्न सूक्ष्म देहमा हुने औसत आध्यात्मिक उन्नति दर्शाउछ ।

योगासन एवं प्राणायाम द्वारा विभिन्न देहहरुमा हुने शुद्धि *

योगासन प्राणायाम
विभिन्न देह (अधितम शुद्धि) अधिकतम सम्भव शुद्धि आवश्यक वर्ष अधिकतम सम्भव शुद्धि आवश्यक वर्ष
अन्नमय कोष (२०%)

२०%

१०

२०%

प्राणमय कोष (३०%)

७%

१०

३०%

मनोमय कोष (१००%)

५%

१०

१०%

बुद्धि (१००%)

२%

१०

२%

अहंकार (१००%)

१%

१०

१%

* शुद्धिको तात्पर्य हो – सम्बन्धित कोषमा बढेको सात्त्विकताको मात्रा

माथिको तालिकामा देख्न सक्छौं कि योगासन एवं प्राणायाम क्रमश: अन्नमय कोष (भौतिक शरीर) तथा प्राणमय कोषको शुद्धि गर्दछ, अर्थात उनमा स्थित सत्त्वगुको वृद्धि गर्दछ । उदाहरणको लागि; योगासनले भौतिक शरीरलाई आध्यात्मिक रुपले सत्व घटकमा २०% सम्म शुद्ध गरिदिन्छ, यो प्रक्रियाको लागि सामान्य १० वर्ष लाग्दछ ।

३. छिटो आध्यात्मिक विकासको लागि अझ सूक्ष्म स्तरको आध्यात्मिक अभ्यास आवश्यक

मन, बुद्धि र सूक्ष्म अहंकार जस्ता अधिक सूक्ष्म कोषहरुमा सत्त्वगुणको वृद्धि गर्नको लागि अधिक सूक्ष्म साधना गर्न आवश्यक हुन्छ । यस बाहेक भौतिक शरीर एवं प्राणमय कोषमा, योगा एवं प्राणायामबाट जुन शुद्धि हुन्छ यो साधनाको अन्य मार्गहरु पालन गर्दा प्राप्त गर्न सकिन्छ ।

४. योगा र प्राणायामले प्रारब्धको प्रभाव रोक्न सक्दैन

यहाँ यो उल्लेख गर्न आवश्यक छ कि शारीरिक शुद्धि र प्रारब्धभोगमा केहि सम्बन्ध हुँदैन । उदाहरणको लागि यदि कुनै व्यक्तिको भाग्यमा दुर्घटनामा पर्नु छ अथवा मांसपेशि क्षय हुने रोग लाग्नु छ भने योगासनले रोक्न सकिदैन । तर शारीरिक शुद्धिले प्रारब्ध भोगको लागि शरीरको सहनशीलता बढाउछ ।

५. देहावसान उपरांत स्वर्गप्राप्तिको लागि आवश्यक आध्यात्मिक शुद्धि

देहावसान उपरान्त उच्चलोक जस्तै स्वर्ग, महर्लोक, जनलोक, तपलोक अथवा सत्यलोक प्राप्ति, आध्यात्मिक उन्नतिको मुख्य उद्देश्य हो । सूक्ष्म स्वर्ग लोक, जुन सकारात्मक लोकहरु मध्ये सबै भन्दा तल्लो स्तरमा छ, त्यसलाई प्राप्त गर्नको लागि माथि तालिकामा उल्लेख गरेको कोषहरुको आध्यात्मिक शुद्धि न्यूनतम ५०% हुनुपर्छ ।

६. सारांश

  • सांसारिक जीवनमा अन्नमय कोष एवं प्राणमय कोषलाई स्वस्थ बनाउनको लागि योगासन-प्राणायाम धेरै उपयोगी हुन्छ । स्वस्थ शरीरको माध्यमले हामी परमतत्त्व प्रति सत्सेवामा अर्पित गर्न सक्छौं ।
  • यदि योगासन-प्राणायाम को साथ अन्य आध्यात्मिक साधनाहरु गर्यौं भने अन्यमय कोष एवं अन्य कोषहरुको शुद्धि शीघ्र हुन सक्छ जसले यो जीवनकालमा व्यक्तिको शीघ्र आध्यात्मिक उन्नति हुन सक्छ । जसले व्यक्ति परमात्मामा विलीन हुनको लागि आवश्यक उन्नति गर्न सक्छ, जुन हाम्रो जीवनको उद्देश्य हो ।

Datta photos