साधक को हुन् ?

१. भूमिका

आध्यात्मिक अनुसन्धानबाट हामीलाई ज्ञात भयो की हाम्रो जन्म दुई कारणहरुले गर्दा भएको हुन्छन् :

१. प्रारब्ध भोग्न

२. आध्यात्मिक उन्नति गर्न

प्रारब्ध एउटा यस्तो प्रक्रिया हो, जसमा प्रायः हाम्रो नियन्त्रण हुदैन; तर हामी आफ्नो आध्यात्मिक उन्नतिलाई गम्भीरतासँग प्रयत्न गर्न सक्छौ । हामीले आध्यात्मिक उन्नतिलाई आफ्नो जीवनको उद्देश्य बनायौं र स्वयंमा कुनै विशिष्ट गुणहरु अपनायौं भने त्यसले हामीलाई अध्यात्ममा सहायता मिल्दछन् । यो लेखमा हामीले आध्यात्मिक साधक कसलाई भन्ने, आध्यात्मिक यात्रामा सहायताको लागि साधकमा कुन-कुन गुणहरु हुनुपर्छ र ती गुणहरुको विकास कसरी गर्न सकिन्छन्, यी कुराहरुको व्याख्या गरेका छौं ।

२. साधक को हुन् ?

साधक त्यो हो :

  • जो आफ्नो आध्यात्मिक उन्नतिको लागि प्रतिदिन ईमानदार र निष्ठासँग गम्भीर प्रयास गर्छ ।
  • जसमा आध्यात्मिक उन्नतिको तीव्र लगन छ र
  • जो प्रति दिन साधनाको गुणवत्ता अनि मात्रा, दुवै बढाउने प्रयास गर्छ ।

यो आवश्यक हुन्छ की, आध्यात्मिक उन्नतिको लागि साधकको प्रयत्न साधनाको ६ मूलभूत सिद्धान्तको अनुसार हुनुपर्छ ।

३. साधक अनि सामान्य व्यक्तिमा अन्तर

सहि साधक बन्नको लागि आध्यात्मिक अंर्तमुखता अथवा ईश्वरप्रति ध्यान केन्द्रित गर्न आवश्यक हुन्छ । आध्यात्मिक अंर्तमुखताले पञ्चज्ञानेन्द्रिय, मन एवं बुद्धिको अस्तित्व बिस्तारै घट्दै जान्छ । अर्कोतर्फ सामान्य व्यक्ति आफ्नो पञ्चज्ञानेन्द्रिय, मन एवं बुद्धिको अस्तित्व वृद्धि गर्नेको लागि श्रम गर्ने गर्छ । तल दिएको तालिकामा साधक र सामान्य व्यक्ति बिच अन्तर प्रस्तुत गरिएको छ :

सामान्य व्यक्ति साधक
मुख्य उद्देश्य भौतिक उन्नति गर्ने मुख्य उद्देश्य आध्यात्मिक उन्नति गर्ने
शरीर, मन, र बुद्धिको विकास हेतु प्रयास शरीर, मन, र बुद्धिको लय गर्नको लागि प्रयास
बाहिरको यात्रा आन्तरिक यात्रा
स्वभावदोषहरु बढाउछन् जस्तै आसक्ति, घमण्ड, क्रोध इत्यादि । दैवी गुणहरु बढाउछन् ; जस्तै – प्रीति, अन्तर्मुखता, ईश्वर प्रति भाव इत्यादि ।
स्वयंलाई कर्त्ता मान्छ । ईश्वरलाई कर्त्ता मान्छ ।

४. साधकको गुणहरु

साधकमा केही आधारभू गुणहुरु हुन्छ । ती गुणहरुले साधकलाई साधनामा यस प्रकार मद्दत गर्दछन् ।

साधक को हुन् ?

यस अतिरिक्त, एक आदर्श साधकमा निम्नानुसार केहि अन्य विशेषताहरु पनि हुनुपर्छ –

  • जन्म-मृत्युको चक्रबाट मुक्त हुनको लागि तीव्र इच्छा
  • स्वयंमा परिवर्तन ल्याउनको लागि तडप एवं त्यसको लागि आफ्नो स्वभाव दोषलाई हटाउने तथा दैवी गुणहरुलाई बढाउने इच्छा
  • प्रत्येक घटनालाई आध्यात्मिक दृष्टिकोणले हेर्न प्रयास गर्ने
  • सेवा गर्ने समयमा ईश्वर अथवा गुरुको निरन्तर स्मरण गर्ने
  • आफ्नो प्रत्येक कार्यको कर्तापन ईश्वरलाई अर्पित गर्न प्रयास गर्ने
  • प्रत्येक कार्य परिपूर्ण गर्नको लागि प्रयास गर्ने
  • प्रत्येक कार्य साधनाको रूपमा गर्न प्रयास गर्ने र अरुलाई पनि यसरीनै गर्नको लागि प्रोत्साहित गर्ने
  • ईश्वर निर्मित प्रत्येक वस्तु प्रति प्रेम अनुभव गर्ने

जब साधक आध्यात्मिक उन्नति गर्दै जान्छ, तब साधक धेरै आदर्श गुणहरु अपनाउदै जान्छ । यी गुणहरु एउटा शिष्यको प्रत्येक कार्यमा झल्किन्छ ।

५. साधकत्व कसरी विकसित गर्ने

जब हामी निश्चय गर्छौ की असल मनुष्य र राम्रो साधक बन्नको लागि तब सबै परिवर्तनहरु सजिलै हुन जान्छन् । आध्यात्ममा आध्यात्मिक उन्नति गर्ने इच्छा शक्तिको महत्त्व ८०% हुन्छ ।

साधकत्व विकसित गर्नको लागि तल केहि ठोस उपाय दिएका छन्, जुन दैनिक जीवनमा, कार्यस्थल, घर इत्यादि स्थानहरुमा आचरणमा अभ्यास गर्न सकिन्छ ।

  • वर्तमान समयमा गरिरहेको साधनाको गुणवत्ता र मात्रा दुवै नियमित रूपले बढाउने । उदाहरणको लागि, यदि हामी दैनिक कार्य गर्दै प्रतिदिन २ घण्टा नामजप गरिरहेका छौं भने, आगामी महीनादेखि प्रतिदिन ३ घण्टा नामजप गर्नको लागि प्रयास गर्न सक्छौ, आउने आगामी महीना प्रतिदिन ४ घण्टा नामजप गर्न सक्छौ ।
  • अरुको गुणको निरीक्षण तथा अनुकरण गर्ने जस्तै: सुव्यवस्थितता, समयपालन । उदाहरणको लागि, जब हाम्रो मित्र हामीसँग सदैव निर्धारित समयमा मिल्छ भने, त्यति बेला हामीले स्वयंलार्इ प्रस्न सोध्नुपर्छ की के म निर्धारित समयमा पुग्ने गर्दछु र समयनिष्ठ हुनको लागि प्रयास गर्ने ।
  • प्रत्येक घटनाबाट सिक्ने मनसायमा रहने । उदाहरणको लागि, यदि कुनै सहकर्मी क्रोधित हुन थाल्यो भने, तपाई क्रोधित नभएर शान्त रहन प्रयास गर्ने; अरुको सहायता गर्न सिक्नु, घटनाहरुलाई आध्यात्मिक दृष्टिकोणले हेर्ने प्रयास गर्ने । यसले तपाईमा प्रेम र दैवी गुणहरुको विकास हुन्छ ।

उपर्युक्त बिन्दुहरुमा प्रयास गर्यौं भने आफै साधकत्व विकसित हुन्छ । यो बुझ्न महत्वपूर्ण छ कि साधक हुनु कुनै पद-प्रतिष्ठा होइन; यो त एउटा प्रवृत्ति हो जसलाई दैनिक जीवनमा आचरणमा ल्याउन सकिन्छ ।

६. निष्कर्ष

यदि कसैले आफुमा साधकको गुण आत्मसात गर्छ भने, उनको आध्यात्मिक उन्नति तीव्र हुन्छ । यी गुणहरुको विकासले आध्यात्मिक यात्रा सजिलो हुन्छ र आनन्द पनि अधिक मिल्छ ।

हामीले कोही यस्तो व्यक्ति भट्छौं जसले ईमानदारी पूर्वक आध्यात्मिक अभ्यासको पालन गरेको हुन्छ, कहिले काहि त २० अथवा ३० बर्षसम्म तर पनि अपेक्षित आध्यात्मिक उन्न्ति प्राप्त गरेको हुँदैन । यस्तो हुनबाट बचन्को लागि आफूमा साधकको गुण बढाउनुको साथ-साथै हाम्रो सुझाव छ की साधना, अध्यात्मको ६ मूलभूत सिद्धान्त अनुरूप गर्नुपर्छ ।

साधकहरु, श्रद्धा पूर्वक अगाडी बढ्नुहोस्, मुक्ति तपाईकै हातमा छ । – प.पू. डॉ. आठवले