वैकल्पिक उपचार – जोखिम

वैकल्पिक उपचारहरु

१. परिचय

यो लेखमा हामी एलोपथीमा हुने जोखिमका साथै यो अध्ययनमा समावेश गरिएका प्रत्येक वैकल्पिक उपचारलाई हेर्नेछौं । यो लेखले हामीलाई अधिकतम जोखिमको बिषयमा जानकारी दिनेछ जब हामी विशिष्ट वैकल्पिक चिकित्साको छनौट गर्छौं ।

२. एलोपथी

वैकल्पिक उपचार – जोखिमएलोपथीमा संलग्न जोखिम यो हो कि बिरामी कोषहरुको साथमा यो उपचारमा स्वस्थ कोषहरु पनि नष्ट हुन्छन् । यो कुरा एलोपथीमा तालिम नभएका व्यक्तिहरूलाई पनि यस पक्षको बारेमा थाहा हुन्छ र कोहि व्यक्तिहरुले त वास्तवमै यसको अनुभव गरेका हुन्छन् । उदाहरणको लागि, एउटा ब्यक्तिले क्यान्सरसँग लड्न किमोथेरापी लिन्छ भने उसको केश झर्ने थाल्छ । यहाँ उपचार वास्तवमा बिरामीको क्यान्सरको कोषहरुमा निर्देशित हुन्छ तर स्वस्थ कपालको कोषहरु (follicles) क्यान्सरको कोषहरु सँगै नष्ट भइरहेको हुन्छ ।

 

३. युनानी (उनानी) औषधि

वैकल्पिक उपचार – जोखिमपाठकहरूलाई सम्झना होला यो वैकल्पिक चिकित्साले शरीरमा उर्जा प्रवाहको तहमा काम गर्ने गर्दछ । यदि औषधि सही मात्रा (right dose) मा दिइएको छैन भने, त्यहाँ ऊर्जा प्रवाहको दबाबमा असंतुलन सिर्जना हुने जोखिम हुन्छ । यो असंतुलनको कारण, शरीरको कोषहरु अचानक संकुचन र फैलावटको सम्भावना हुन्छ । एक पटक कोषहरू संकुचित वा फैलिएमा तिनीहरू क्षतिग्रस्त हुन्छन् । यो प्रक्रियाले रोगसँग लड्ने छमतामा बाधा पुर्याउँछ ।

 

४. एक्युप्रेशर

वैकल्पिक उपचार – जोखिमएक्युप्रेशर चिकित्साको क्रममा यदि एक्युप्रेशर पोइन्टमा अत्यधिक दवाव दियो भने पोइन्ट्समा कष्ट हुने कम्पनहरू (vibrations) सक्रिय हुने सम्भावना हुन्छ । साथै, यदि एक्युप्रेशर गर्ने व्यक्ति भूतबाट प्रभावित छ भने भूतले उपचार लिने व्यक्तिलाई असर गर्ने सम्भावना पनि हुन्छ । भूतहरूले व्यक्तिमा सूक्ष्म कालो उर्जा प्रसारण गरेर वा वास्तवमा व्यक्तिलाई आफ्नो अधिकारमा राखेर प्रभावित गर्न सक्छ । फेरि, यो सबै घटना सूक्ष्म आयाममा हुन्छ, यो कुरा अमूर्त भएको हुनाले व्यक्तिलाई यस बिषयमा थाहा हुँदैन ।

 

५. मुद्रा

वैकल्पिक उपचार – जोखिमहामीले यस श्रृंखलाको अघिल्लो लेखमा देख्यौं कि मुद्राले बिरामी शरीरको भागबाट सूक्ष्म कालो उर्जा फ्याँक्ने कार्य गर्दछ । हामीले यो पनि देख्यौं कि कसरी भूतले मान्छेलाई प्रभाव पार्न वा व्यक्तिलाई आफ्नो अधिनमा राख्न प्रयोग गर्न सक्छ । मुद्रा प्रयोगको जोखिम यो हो कि यदि व्यक्ति एक उच्च स्तरको भूतबाट प्रभावित छ भने, भूतले त्यहि मुद्रा प्रयोग गरेर आफ्नो लागि कालो उर्जा निर्माण गर्न सक्छ । अझ महत्त्वपूर्ण कुरा, यो सम्पूर्ण प्रक्रिया सूक्ष्म, अमूर्त स्तरमा हुन्छ, तसर्थ भूतहरूको कालो ऊर्जासँगको सम्पर्कको बारेमा व्यक्ति पूर्ण रूपमा अनजान हुने सम्भावना बढी हुन्छ । यदि मुद्राहरू प्रयोग गर्ने व्यक्तिको आध्यात्मिक स्तर क्रमिक रूपमा ५० % भन्दा माथि छ भने यो जोखिम क्रमिक रूपमा कम हुन्छ ।

६. होमियोपेथी

वैकल्पिक उपचार – जोखिमन्यूनतम

 

 

 

७. आयुर्वेद

वैकल्पिक उपचार – जोखिमन्यूनतम