निकट सम्बन्धिको मृत्यु भएपछि कसैको विवाहको योजना बनाउनु

कुनै निकट सम्बन्धी जस्तै कि कसैको आमा अथवा बाबाको अकस्मात निधन भएमा, विवाहको योजना सन्दर्भमा हुने दुविधा निराकरणको लागि निम्नलिखित आध्यात्मिक दृष्टिकोण ध्यानमा राख्न सक्छौं :

  • निकट सम्बन्धीको मृत्यु भएमा न्यूनतम एक वर्षसम्म विवाह समारोहको योजना नबनाउनु उचित हुन्छ: किन कि कुनै निकट सम्बन्धीको मृत्यु भएपछिको समयलार्इ अशुभ मानिन्छ । यसको निम्न कारण छन् :
  • मृत्युको समय तथा मृत्युपछि तमोगुण मा वृद्धि हुन जान्छ ।
  • जसको मृत्यु भएको छ, उनको अपूर्ण इच्छाहरुको कारण उनको आसक्तिसँग सम्बन्धित शक्तिशाली स्पन्दन उनी जहाँ रहन्थ्यो, त्यो घरमा रहन्छ ।
  • पैतृक घर मृत व्यक्तिको सूक्ष्म देहले प्रभावित हुन्छ । यदि हुन लागेको दूल्हा अन्य देशमा रहन्छ, तब पनि मृत व्यक्तिको साथ कार्मिक सम्बन्ध भएको कारण उनी तथा उनको घर प्रभावित हुन्छ ।
  • आध्यात्मिक अनुसन्धान यो दर्शाउॅंछ कि त्यस्तो व्यक्ति जसकोसाथ हाम्रो अत्यधिक भावुक सम्बन्ध छ जस्तै हाम्रो घनिष्ठ मित्र, उनी हाम्रो निकट सम्बन्धिको परिभाषामा अउँदैन ।
  • यस्तो समयमा, यदि विवाह एक वर्ष भित्र भयो भने नवविवाहित दम्पतिलार्इ परिवारमा नै अटकि रहेको मृत पूर्वजबाट कष्ट हुन सक्छ । यसको अतिरिक्त, मृत पूर्वजको सूक्ष्म-देह यदि कुनै आध्यात्मिक कष्ट  जस्तै भूतावेशद्वारा पीडित थियो भने विवाहमा सम्मिलित हुने सबै व्यक्तिहरुलार्इ आध्यात्मिक कष्ट हुन सक्छ ।
  • त्यसैले, निकट सम्बन्धिको मृत्यु भएको एक वर्षसम्म विवाह अथवा अन्य कुनै शुभ कार्यक्रमको आयोजना नगर्नुनै उचित हुन्छ ।
  • निकट सन्बन्धिको मृत्युबाट हानिकारक प्रभाव अल्प गर्नका लागि नियमित साधना गर्नु नै श्रेयस्कर हुन्छ ।

Datta chant
अडियो फाइल डाउनलोड गर्नको लागि कृपया तस्वीरमा दायाँतर्फ क्लिक गर्नुहोस् र “save link as / save target as” क्लिक गर्नुहोस् ! ।

Datta photos