यस लेखमा हामी सूक्ष्म ज्ञानमा आधारित चित्रहरुको माध्यमबाट लोकप्रिय कोला पेयबाट आकर्षित र प्रक्षेपित हुने सूक्ष्म स्पन्दनहरुको बारेमा बुझ्नेछौं । यो चित्र साधिका पू. श्रीमती योया वालेले बनाउनु भएको हो, जसको छैटौं सूक्ष्म इन्द्रिय जागृत छ । यो परम पुज्य डा. आठवले द्वारा प्रमाणीकरण गरिएको छ । जागृत छैटौं इन्द्रियको मार्फत जाँच गर्दा, सूक्ष्म ज्ञानमा आधारित यो चित्र ८०% सहि पाइयो ।

लोकप्रिय पेय कोलाको सूक्ष्म - चित्र

तलको तालिकाले माथिको सूक्ष्मज्ञानमा आधारित रेखाचित्रको विवरण प्रदान गर्दछ

क्र.

विवरण

कोलाको तामसिक प्रकृतिको कारण कष्टदायक शक्तिको वलय उत्पन्न हुन्छ
१ अ परिणामस्वरुप कार्यरत कष्टदायक शक्तिको वलय बाहिरतर्फ प्रक्षेपित हुन्छ
१ आ यस बाहेक, मारक कष्टदायक शक्तिको कण उत्पन्न तथा कार्यरत हुन्छ
१ इ कष्टप्रद शक्तिको काँटेदार सूक्ष्म कणहरु निरन्तर कार्यरत हुन्छ
१ उ कष्टदायक शक्तिको कार्यरत सूक्ष्म कण प्रक्षेपित हुन्छ
१ ऊ माथिको दिशामा कष्टप्रद ऊर्जाको तरङ्गहरु प्रक्षेपित हुन्छ
मायावी शक्तिको वलय उत्पन्न तथा कार्यरत हुन्छ
२ अ मायावी तरङ्ग वातावरणमा प्रक्षेपित हुन्छ
२ आ मायावी तरङ्ग माथिको दिशामा प्रक्षेपित हुन्छ
आकर्षण शक्तिको कम्पन युक्त वलय उत्पन्न हुन्छ
३ अ आकर्षण शक्तिको प्रवाह वातावरणमा प्रक्षेपित हुन्छ
३ आ वातावरणबाट कष्टदायक शक्ति आकृष्ट हुन्छ

पेय कोला पदार्थको सूक्ष्म परिणामको विषयमा (आध्यात्मिक अनुसन्धान मार्फत प्राप्त) अतिरिक्त अवलोकनहरु निम्न छन्:

    • पेय कोला रजतम प्रधान हुन्छ अत: यसको नियमित सेवन हाम्रो आध्यात्मिक प्रगतिको लागि हानिकारक हुन्छ ।
    • कोला पिउनाले हाम्रो शरीरमा सूक्ष्म तमगुण संक्रमित हुन्छ । पृथ्वी तत्वको प्रयोग गरेर शरीरका कोशिकाहरुमा विभिन्न ठाउँमा कालो ऊर्जा केन्द्रहरु बनाउँछ ।
    • अधिक सूक्ष्म तम प्रधान स्पन्दहरुले शरीर थकित र प्राण शक्ति घट्दछ ।
    • पेय प्रदार्थमा विद्यमान अनिष्ट शक्ति मानिसहरुलाई पेय पदार्थतर्फ आकर्षित गर्छ । केहि समयपछि यो आकर्षण समाप्त हुन जान्छ । तसर्थ, अधिक उपभोग गर्दा वास्तवमा व्यक्ति अस्वस्थ महसुस गर्दछ ।
    • परिणामत: तुलनात्मकरुपमा छोटो अवधिमा नै व्यक्तिलाई अनिष्ट शक्तिद्वारा बढी मात्रामा आक्रमण गर्दछ ।