वैकल्पिक उपचार – परिणाम

वैकल्पिक उपचारहरु

१. परिचय

यस लेखमा हामी प्रत्येक वैकल्पिक चिकित्सा (उपचार) को नतीजा/परिणाम को स्तरमा विभिन्न वैकल्पिक उपचारहरूको तुलना गर्नेछौं । ‘परिणाम’ को तात्पर्य यो हो कि वास्तममा व्यक्तिलाई उपचारले कुन स्तरसम्म लाभ मिल्दछ । यहाँ हामीले केवल ठिक हुन मात्र परिणामको चर्चा गरि रहेको छैनौं । स्वस्थ हुनु वा लक्षणमुक्त हुनु कुनै पनि वैकल्पिक उपचारको माध्यमबाट हुन सक्छ जुन रोग/बिामरीको मूल कारणको स्तरमा निर्भर गर्दछ । हामी सिधै त्यो स्तरमा जान्छौं जहाँ चिकित्सा/उपचार को नतीजा भइरहेको हुन्छ । यसले हाम्रो पाठकहरूलाई प्रत्येक वैकल्पिक उपचारको अधिकतम सम्भव परिणामको गहिराईमा अन्तरदृष्टि दिन्छ।

२. एलोपथी

वैकल्पिक उपचार - परिणामएलोपैथिक उपचारको परिणाम अधिक्तम रोग अथवा रोगको लक्षणहरूलाई अस्थायी रुपमा हटाउनसम्म मात्र सिमित हुन्छ । यस श्रृखलाको पूर्व लेखहरुमा हामीले देख्यौं कि विभिन्न मापदण्डहरु जस्तै – कार्यको स्तर, कार्यात्मक उर्जा, क्षमता एवं कार्य मा एलोपैथी कति सफल हुन्छ, यी पक्षहरुमा विचार गर्यौं । यी सबैबाट हामीले यो बुझ्न सक्छौं कि यो वैकल्पिक उपचार सीमित छ ।

 

 

३. युनानी (उनानी) औषधि

वैकल्पिक उपचार - परिणामयुनानी चिकित्साको विषयमा, उपचारको प्रभाव केहि समय पछि देखाई दिन्छ र यो पनि बिरामीको मनको स्थितिमा निर्भर गर्दछ । हामीलाई थाहा छ कि युनानी औषधी तुलनात्मक रूपमा स्थूल स्तर अर्थात् शरीरको उर्जा प्रवाहको स्तरमा कार्य गर्दछ । यसैले यो वैकल्पिक चिकित्साले मनमा असर गर्दैन । मन युनानी औषधीले काम गर्ने स्तर भन्दा अझ सूक्ष्म हुन्छ । तसर्थ यस वैकल्पिक उपचारको प्रभाव बिरामीको मन/दिमाग को अवस्थाले प्रभावित हुन्छ । यदि बिरामीको मनमा धरै उतार चढावहरू छन् भने यस वैकल्पिक चिकित्साको नतिजा विपरीत हुन सक्छ । यो सजिलैसँग दीर्घकालीन रोगबाट पीडित अथवा भावुक प्रकृति भएको व्यक्तिको साथ हन सक्छ |

४. एक्युप्रेशर

वैकल्पिक उपचार - परिणामएक्युप्रेशर चिकित्सामा विशिष्ट एक्युप्रेशर बिन्दुसँग सम्बन्धित अंगमा कार्यान्वित भएको ऊर्जाको स्पन्दनको सक्रियताको परिणाम हो । यो सक्रिय ऊर्जाले रोगसँग लड्ने एवं अङ्गको उपचार गर्नमा सहायता गर्दछ ।

 

 

 

५.  मुद्रा

वैकल्पिक उपचार - परिणामजब शरीरको अंग सूक्ष्म आध्यात्मिक स्तरमा रोगले ग्रस्त हुन्छ, तब त्यहाँ सूक्ष्म आध्यात्मिक स्तरमा तमोगुण वृद्धि हुन्छ । भूतहरूले यसको फाइदा लिन्छन् र उनीहरूको सूक्ष्म कालो ऊर्जा त्यो  शरीरको अंगमा हाल्छन् । यसले रोगको प्रक्रियालाई तिव्र बनाइदिन्छ र भूतहरूको पकड व्यक्तिमा कडा हुन जान्छ । मुद्राले रोगी कोशिकाको शक्ति बढाएर सूक्ष्म कालो उर्जालाई बाहिर फ्याँक्न मदत गर्छ र शरीरको कोशिकालाई सूक्ष्म-स्तरमा लड्ने शक्ति प्रदान गर्दछ । यसैले यस वैकल्पिक उपचारले रोगलाई प्रतिरोध गर्न सूक्ष्म आध्यात्मिक स्तरमा व्यक्तिलाई सशक्त बनाउँछ ।

 

६. होमियोपेथी

वैकल्पिक उपचार - परिणामहामीले अघिल्लो लेखमा देख्यौं कि कार्यको स्तरमा विभिन्न वैकल्पिक उपचारहरू तुलना गरेर, होमियोपैथी चकित्सा पद्धतिले शरीरको कोशिकामा चेतना उत्पन्न गरेर काम गर्दछ । चेतना, चैतन्यको त्यो पक्ष हो जुन शरीर र मनको प्रक्रियालाई संचालन गर्दछ । यस चेतनाले शरीरको कोषिकाहरूमा पुन: सिर्जना गर्ने क्षमता प्रदान गर्दछ । यस प्रकार यो वैकल्पिक उपचार पद्धतिले रोगसँग लड्नको लागि शरीरको कोषहरूलाई पुनः निर्मित हुनमा आवश्यकता अनुसार गुणात्मक एवं संख्यात्मक रुपले क्षमता प्रदान गर्दछ ।

 

७. आयुर्वेद

वैकल्पिक उपचार - परिणामहामीले यस श्रृंखलाको अघिल्लो लेखमा हेर्यौं कि आयुर्वेद शरीरको कोषहरूको रिक्त स्थानमा चैतन्य निर्माण गरेर कार्य गर्दछ । जब कोषहरू चैतन्यले प्रभारित (charged) हुन्छ, आध्यात्मिक स्तरमा लडाई गर्ने क्षमता बढ्दछ । आध्यात्मिक स्तर सबै भन्दा सूक्ष्म हो र सबैभन्दा शक्तिशाली पनि हो । यसैले यस परिप्रेक्ष्यबाट पनि, यो वैकल्पिक चिकित्सा सबैभन्दा व्यापक छ ।