भूतहरूको कारणले हुने मानसिक रोगहरुको लागि आध्यात्मिक उपचार

भूतहरूको कारणले हुने मानसिक रोगहरुको लागि आध्यात्मिक उपचार

सार : हामीलाई थाहा छ कि मानसिक रोगको लक्षण जैविक कारकको साथै मनोवैज्ञानिक कारणले हुन्छ । तर हामी मध्ये धेरै जसो व्यक्तिलाई थाहा छैन कि धेरै अवस्थाहरुमा,

  • हाम्रो मानसिक रोगको लक्षणहरुको पहिलो कारण आध्यात्मिक कारकहरु हुन् या
  • भएको रोगलाई अवक्षेपण (precipitate) या अधिक बढाउनुमा (aggravate) आध्यात्मिक कारकको ठूलो हात हुन्छ, या
  • आध्यात्मिक कारकहरू जिम्मेवार हुन्छन् जब बिरामी प्रयाप्त उपचार हुँदा पनि कुनै प्रतिक्रिया देखाउदैनन् ।

यस लेखमा हामी आध्यात्मिक कारक, अर्थात् भूत (प्रेतहरु, शैतानहरु, नकारात्मक उर्जाहरु आदि) को कारण हुने मानसिक रोगहरुको आध्यात्मिक अनुसन्धान साथै सम्बन्धित आध्यात्मिक उपचारहरु प्रस्तुत गरेका छौं ।

यो कुनै पनि हिसाबले मानसिक रोगहरुको लागि सबै लक्षणहरूको पूर्ण थिसिस होईन तर यसको उद्देश्य अवधारणा दिनको लागि हो; भूतहरुको कारण हुने विभिन्न लक्षणहरु कस्तो हुन्छन् र आध्यात्मिक अनुसन्धानको डाटा को उपयोग गरेर आध्यात्मिक उपचार उपनाएर कसरी ठीक हुन सकिन्छ ।

SSRF ले पारम्परिक चिकित्सा उपचारलाई निरन्तरता दिदै शारीरिक र मानसिक रोगहरूको उपचारको लागि आध्यात्मिक उपचार अपनाउनको लागि सल्लाह दिन्छ ।

पाठकहरूलाई कुनै पनि आध्यात्मिक उपचारको उपाय सुरु गर्नको लागि आफ्नो विवेक अपनाउन सल्लाह दिन्छ ।

विषयसूची

१. परिचय

हामी सबैले कुनै न कुनै प्रकारले मानसिक गडबडी अनुभव गरेका छौं । यो चिन्ता जस्तो समान्य लक्षण या डिप्रेसन, आत्महत्याको विचार या स्किजोफ्रेनिया जस्तो गम्भीर रुपको हुन सक्छ । जीवनको कठिनाइहरूको खण्डमा हामीले वर्णन गरेका छौं कि जीवनमा समस्याहरूको मूल कारण (स्वास्थ्य समस्याहरू समावेश गरेका छौं) शारीरिक, मनोवैज्ञानिक र आध्यात्मिक हुन सक्छन् । आधुनिक चिकित्सा विज्ञानले मानसिक रोगहरूको केवल शारीरिक र मनोवैज्ञानिक करणहरु उजागर गरेका छन् ।

भूतहरूको कारणले हुने मानसिक रोगहरुको लागि आध्यात्मिक उपचार

माथिको चार्टले हाम्रो जीवनको समस्या र कठिनाईहरूको मूल कारणको औसत विश्लेषण दिन्छ । आध्यात्मिक अनुसन्धानले संकेत गर्छ कि जीवनको ८० % समस्याहरू आध्यात्मिक आयाममा हुन्छ । यो ध्यान दिन महत्त्वपूर्ण छ कि कुनै पनि मानसिक रोगको शारीरिक, मनोवैज्ञानिक या आध्यात्मिक आयाममा मूल कारणको अनुपात हुन सक्छ र तिनीहरु परस्पर विशेष होईन्न् ।

भूतहरूको कारणले हुने मानसिक रोगहरुको लागि आध्यात्मिक उपचार

२. मानसिक रोगहरुको मूल सूक्ष्म कारणहरू र आध्यात्मिक उपचारहरू के हुन् ?

हाम्रो जीवनको विशिष्ट समस्याको आध्यात्मिक मूल कारणहरुको पूर्ण विवरण जीवनको समस्याहरुका मूल आध्यात्मिक कारण  लेखमा दिएको छ ।

विभिन्न आध्यात्मिक कारणहरू मध्ये कुनै पनि एउटा कारणले गर्दा व्यक्ति मानसिक अशान्तिबाट पीडित हुन सक्छ । उदाहरणको लागी, आत्महत्याको विचार सम्बन्ध विच्छेदको परिणामस्वरूप हुन सक्छ जुन स्वाधिष्ठान चक्र मा भूतद्वारा उत्पन्न दुर्बलताको कारण हुन सक्छ । रोगहरु जुन आध्यात्मिक मूल कारणले हुन्छ त्यसता रोगहरु विशिष्ट आध्यात्मिक उपचारहरूद्वारा मात्र ठिक हुन सकिन्छ । आध्यात्मिक कारणको चिन्ता नगरि, आध्यात्मिक अभ्यासको ६ आधारभूत विश्वव्यापी सिद्धान्तहरू अनुसार साधनाको जग बसालेमा विशिष्ट आध्यात्मिक उपचार छिटो काम गर्नुको साथै अधिक प्रभावी हुन मद्दत गर्दछ ।

यस लेखमा, हामीले आध्यात्मिक उपचारहरूमा केन्द्रित गरेका छौं जसले लक्षणहरूलाई कम गर्न मद्दत गर्दछ, जसको मूल आध्यात्मिक कारण भूतहरू (प्रेतहरू, शैतानहरू, नकारात्मक उर्जाहरू आदि) को कारणले हुन्छन् ।

हामी त्यही स्त्रीको उदाहरणमा जाऔं जो जागिर गुमेको कारण चिन्तित छ । यदि भूतले ७० % मानसिक चिन्तामा योगदान गरिरहेको छ भने, यस लेखमा दिएको आध्यात्मिक उपचारहरू प्रयोग गरेर, उनीले केही हदसम्म राहत पाउन सक्छिन् ।

३. भूतहरूले गर्दा हुने मानसिक रोगहरु

वर्तमान कालमा संसारमा प्रायः सबैजना कुनै न कुनै तरिकाबाट भूतहरूद्वारा प्रभावित छन् (प्रेतहरू, शैतानहरू, नकारात्मक उर्जाहरू, आदि) । थप विवरणको लागि खण्ड भूतहरु हेर्नुहोस् । भूतहरुले आफ्नो कालो ऊर्जाको माध्यमबाट विभिन्न स्तरहरुमा मस्तिष्कको कार्यलाई बिगारेर मानसिक बिरामीको कुनै पनि लक्षणको कारण बन्न सक्छ । भूतहरु आफ्नो कालो ऊर्जाको हतियार प्रयोग गरेर कुनै पनि मानसिक लक्षण वा बिमार स्वास्थको नक्कल गर्न सक्छन् । हाम्रो मृत पूर्खाहरुको सूक्ष्म शरीरहरु पनि यो श्रेणीमा समावेश हुन्छन् ।

३.१ हामी कसरी थाहा पाउन सक्छौं कि हाम्रो लक्षणहरू भूतले गर्दा भएका हो ?

  • केवल सन्तहरुले मात्र उनीहरूको अत्यधिक सक्रिय छैठौं इन्द्रियको सहायताले निदान गर्न सक्छन् की निश्चित लक्षणहरु भूतले गर्दा भएको हो कि होइन । उनीहरूले हामीलाई आक्रमण गर्ने भूतको विवरण, आक्रमण गर्नुको कारण, सटीक उपाय आदि पनि बताउन सक्नुहुन्छन् । थप विवरणहरूको लागि, कृपया छैठौं इन्द्रियको क्षमताद्वारा हामी कति गहिराईमा अलौकिक गतिविधिहरु बुझ्न सक्छौं लेख पढ्नुहोस् ।
  • सक्रिय छैठौं इन्द्रिय भएको साधकले पनि केहि स्तरसम्म पत्ता लगाउन सक्छन् कि लाक्षण भूतहरुको कारणले भएको हो या होइन । तर उनीहरू १००% निश्चित हुन सक्दैनन् र आक्रमणको प्रकृतिको बारेमा धेरै विवरणहरू पनि थाहा हुँदैन्न् ।
  • हामी मध्य बाकी मानिसहरु जोसँग छैठौं इन्द्रिय (ESP) को क्षमता छैन उनीहरुले लक्षणहरु भूतको कारणले भएको हो भनेर कसरी थाहा पाउने ? यसको लागि एउटा साधारण नियम छ जुन हामी प्रयोग गर्न सक्दछौं, कुनै पनि निर्णय गर्नको लागि, जसमा हामीले आफ्नो बौद्धिकता प्रयोग गर्नु पर्छ । हामी थाहा पाउन सक्छौं कि लक्षणहरू भूतको कारणले भएको हो यदि :
    • नियमित, पारम्परिक औषधीले ठिक हुँदैन, 
    • क्षणिक,
    • अस्पष्ट,
    • पूर्णिमा या औंसीको दिनमा लक्षणहरु बढ्नु
    • आध्यात्मिक उपचारबाट ठिक हुनु

उदाहरणको लागी, यदि व्यक्ति बिना कारण चिन्ता अनुभव गर्दछ र परम्परागत औषधिद्वारा ठिक हुँदैन भने भूतको कारण हुन सक्छ ।

यद्यपि मूल कारण शारीरिक/मनोवैज्ञानिक या आध्यात्मिक (भूत बाहेक) हुन् भने, हाम्रो सुझाव छ कि चिकित्सा उपचारको साथ-साथ तल उल्लेख गरेको आध्यात्मिक उपचार अपनाउनुहोस् । यसको कारण यो हो कि भूतहरूले मानसिक रोगको कारण हुने कम्जोरीपनको लाभ उठाएर व्यक्तिलाई आक्रमण गरि समस्यालाई बढाउँछ । तसर्थ, एउटा रोग जुन शुद्ध मनोवैज्ञानिक रोगको रूपमा शुरू भए पनि धेरै जसो अवस्थामा भूतहरूले आक्रमण गरेपछि समस्यालाई जटिल बनाइ दिन्छन् ।

निम्नलिखित चार्टमा क्रोध, उदासीनता, नकारात्मक सोचाइ, चिन्ता र रक्सी मन पर्ने जस्ता स्वाभाबदोषहरु भएको व्यक्तिको पाश्र्वचित्र देखाउँदछ । भूतले अनुचित लाभ उठाएर नकारात्मक सोचको तिव्रता बढाई दिन्छ । यसले अन्य दोषहरु जस्तै उदासीनता, स्क्सी मनपर्ने आदिमा लहर सम्मान प्रभाव पार्दछ । कहिले काहि स्वाभावदोषलाई चरम सिमामा पुराई दिन्छ, यदि व्यक्तिमा आत्मा हत्याको विचार छ भने वास्तवमा गर्न सक्छ जब आत्महत्याको विचारको तिव्रता चरम सिमासम्म भूतद्वारा बढाई दिन्छ ।

भूतहरूको कारणले हुने मानसिक रोगहरुको लागि आध्यात्मिक उपचार

४. चार्टको व्याख्या र यसलाई कसरी प्रयोग गर्ने

चार्टको स्पष्टीकरणको लागि कृपया मानसिक रोगहरूको लागि आध्यात्मिक उपचारक नामजपहरुको सन्दर्भ लिनुहोस् ।

आध्यात्मिक उपचार नामजप खण्डमा पाँच प्यारामिटरहरू प्रदान गरिएको छ :

. लक्षण : यसको अर्थ हो की व्यक्ति एउटा लक्षणबाट पीडित छ र त्यो भूतले गर्दा भएको हो, उदाहरणको लागि चिन्ता, डरलाग्दो सपनाहरु, मानसिक चिन्ता आदि । हामीले हाम्रा पाठकहरूलाई सजिलो होस् भनेर रोगको सट्टा लक्षणहरू दिएका छौं ।

२. यो कुनै पनि हिसाबले सबै मानसिक रोगहरूमा पूर्ण शोध प्रबन्ध होईन तर यसले कसरी विभिन्न लक्षणहरू भूतहरूको कारणले गर्दा हुन्छन् र कसरी आध्यात्मिक अनुसन्धानको तथ्याड़क प्रयोग गरेर आध्यात्मिक उपचारद्वारा कसरी त्यसलाई निको पार्न सकिन्छ भन्ने कुराको कल्पना दिने उद्देश्य हो ।

३. पञ्चतत्वको स्तर : यस स्तम्भले हामीलाई बताउँछ कि कुन पञ्चतत्तवहरुले प्रभावित छन् जसले गर्दा यी विशेष लक्षणहरु देखा परेको हुन् । चिकित्सा विज्ञानको प्रचलित प्रणाली जुन हामी सबैलाई थाहा छ त्यसले मस्तिष्कको कुन न्यूरो ट्रान्समिटर प्रभावित छ भनेर जान्नमा सीमित छ । यहाँ विज्ञान कोषको जैविक या भौतिक-जैविक रसायनिक स्तरमा मात्र पुगेको छ ।

भारतको पुरातन चिकित्सा विज्ञान, आयुर्वेद, कुनै रोग या अराजकको निदान गर्दा धेरै गहिरो सम्म जान्छ । यो प्रोटोन, न्यूट्रन, मेसन, ग्लुओन्स र क्वार्क्सको स्तर भन्दा पनि धेरै गहिराईसम्म जान्छ । यसले पञ्चतत्तवको स्तरमा निदान गर्दछ, जसले सम्पूर्ण सृष्टि बनेको छ । कृपया लेख मूलभूत पञ्चतत्तव के हुन् ? पढ्नुहोस् ।

कुन पञ्चतत्तवको कारण हामीलाई प्रभाव भएको हो भनेर जान्नु महत्त्वपूर्ण छ किन कि उपचार त्यहि स्तरको हुनुपर्छ अथवा त्यो भन्दा उच्च पञ्चतत्त्वको हुनुपर्छ ।

तल केही आध्यात्मिक उपचारहरू दिएका छन् जुन पञ्चतत्तवसँग सम्बन्धित निम्न स्तर देखि उच्च स्तरको क्रममा छन् । सूक्ष्म पञ्चतत्तव मध्ये पृथ्वत्त्व सबैभन्दा कम र अमूर्त छ भने आकाशतत्तव सबैभन्दा सूक्ष्म (अमूर्त) र श्रेणीकरणमा सबैभन्दा उच्च स्थानमा छ ।

पञ्चतत्तव

आध्यात्मिक उपचार

पृथ्वीतत्तव इत्रको उपाय
आपतत्तव पवित्र जलको सेवन, नुन पानीको उपचार 
तेजतत्तव पवित्र खरानी लगाउनु (विभूति)
वायुतत्तव पवित्र खरानी फुक्ने
आकाशतत्तव बक्स र आकाश उपाचार

हामी यी प्रत्येक उपायहरुको भविष्यमा आध्यात्मिक उपचार खण्डमा विस्तार गर्नेछौं ।

यदि यो लक्षणले हामीलाई पृथ्वीतत्तवको स्तरमा असर गरेको भए र यदि यो तल्लो श्रेणीको / शक्तिको भूतद्वारा गरिएको छ भने या कष्ट हल्का छ भने हामी इत्र प्रयोग गरेर आध्यात्मिक उपचारको लाभ उठाउन सक्छौं, जुन आध्यात्मिक पृथ्वीतत्तव स्तरको आध्यात्मिक उपचार हो । तर यदि असर गर्ने भूत उच्च श्रेणीको छ अथवा आक्रमण गम्भीर छ भने हामीले नुन पानीको उपचार छनौट गर्नुपर्नेछ जुन आपतत्तवको स्तरमा कार्य गर्दछ । यदि लक्षण आकाशतत्तवको स्तरमा छ भने उपचार आकाशतत्तवको स्तरमा नै गरिन्छ ।

४. आध्यात्मिक ऊर्जा केन्द्र (चक्र) : व्यक्तिले न्यासको माध्यमद्वारा आध्यात्मिक ऊर्जा कता केन्द्रि गर्नुपर्छ भनेर व्याख्या गरिएको छ । कृपया लेख न्यास पढ्नुहोस् ।

हाम्रो शरीरमा सात अदृष्य या सूक्ष्म आध्यात्मिक उर्जा केन्द्रहरू छन् र निम्न रेखाचित्रले देखाउँदछ कि ती हाम्रो शारीरिक शरीरको सम्बन्धमा कहाँ अवस्थित छन् ।

भूतहरूको कारणले हुने मानसिक रोगहरुको लागि आध्यात्मिक उपचार

न्यास लाई त्यो ठाउँमा राख्नुपर्छ जहाँ आध्यात्मिक उर्जालाई केन्द्रित गर्नुपर्छ । यसको लागि हातको औंलाहरु जोडेर साथ-साथै भगवानको नामजप गर्नुपर्छ । उदाहरणको लागी यदि हामीले न्यास आज्ञाचक्रमा गर्नपर्छ भने तलको चित्रमा देखाएको अनुसार गर्नुपर्छ ।

भूतहरूको कारणले हुने मानसिक रोगहरुको लागि आध्यात्मिक उपचार

न्यासको कार्य विधि

न्यास  जहिले पनि नामजपको साथ गर्नुपर्छ । नामजप गर्दा हामी जुन भगवानको नामजप गर्छौं त्यहि भगवानको ईश्वरीय उर्जा ग्रहण गर्दछौं । न्यासको सहायताले हामी नामजपको माध्यमबाट प्राप्त ईश्वरीय उर्जालाई विशेष आध्यात्मिक उर्जा केन्द्रमा पठाउन सक्छौं । यस्तो गर्दा उर्जा त्यस क्षेत्रको अंगहरूमा फैलिनछन् ।

यदि एउटा विशेष लक्षणको लागि न्यास कता गर्नुपर्छ भनेर थाहा भएन भने हामी सामान्य नियमको रूपमा मानसिक गड़बडीको लागि एउटा हातको न्यास आज्ञाचक्र र अर्को हातको न्यास अनाहतचक्रमा राख्न सक्छौं ।

यदि तपाईको हात न्यान्स गर्ने क्रममा दुख्न थाल्यो भने हात तल ल्याएर केही समय आराम गर्न सक्नुहुन्छ अथवा तपाई आफ्नो हात अर्को हातसँग अदल-बदल गर्न सक्नुहुन्छ ।

५. देवताको विशिष्ट नामजप : हामीले विभिन्न लक्षणहरूको लागि कुनै खास भूतलाई प्रतिरोध गर्नको लागि आवश्यक विशिष्ट आध्यात्मिक ऊर्जा प्राप्त गर्नको लागि भगवानको एउटा विशेष पक्षको नामजप गर्नुपर्दछ । कहिलेकाँही विशिष्ट शक्ति (ऊर्जा) प्राप्त गर्नको लागि देवताहरु को दुई या दुई भन्दा अधिक पक्षहरुको संयोजनको नामहरुको जप विशिष्ट क्रममा गर्नुपर्दछ । हामीले दिएको अनुक्रममा नामहरू दोहोर्याउनु पर्छ र अनुक्रम पूरा गरेपछि त्यसलाई फेरि सुरु गर्नुपर्छ ।

हाम्रो पाठकहरूको फाइदाको लागि, हामीले विज्ञान अनुसार नामजपको अडियो बनाएका छौं । जुन व्यक्तिहरुको लागि यो नयाँ भाषा हो तिनीहरुले तलको चरणबद्ध तरिकाबाट उपचार गर्न सक्छन् ।

चरण १ : केवल ध्यानपूर्वक यसलाई सुन्नुहोस् र तपाईको आँखालाई प्रिन्ट गरेको नामजपमा राख्नुहोस् ।

चरण २ : अडियोसँगै जप भन्ने कोशिस गर्नुहोस् ।

चरण ३ : आफू एक्लौ भन्नुहोस् । यो चरणमा तपाई यसलाई ठूलो स्वरमा अथवा मन-मनै जहिले पनि मानसिक रूपमा खाली हुनुहुदा, जहाँ भएपनि वा जे गरिरहेको भएपनि दोहोर्याउन सक्नुहुन्छ । यदि सम्भव छ भने नामजप न्यासको साथ गर्नुहोस् । न्यास गर्न सम्भव छैन उदाहरणको लागि यदि तपाई रेलबाट कामको लागि यात्रा गरिरहनु भएको छ तब न्यास नगरि मन-मनै जप गर्नुहोस् ।  नामजपको प्रिन्टमा दृष्टी राखेर नामजप सुन्दा पनि केहि लाभ प्राप्त हुन्छ । तल दिईएको नामजपहरु तोकिएको नामजपहरु जस्तै हुन् जुन मानसिक रोगको लक्षणहरुको उपचार गर्नको लागि बनाएको हो । यी नामजपहरु गर्दा केवल रोगको लागी उपचारको रूपमा कार्य गर्दछ र आध्यात्मिक उन्नति हुँदैन ।

६. विशिष्ट संख्याको नामजप : यस स्तम्भमा, हामी एउटा वैकल्पिक उपचार प्रदान गरेका छौं जसलाई हामी संख्यात्मक नामजप भन्छौं । यदि कुनै कारणले ईश्वरको नाम दोहोर्याउन सकेन भने (किनकि तपाई नास्तिक हुनु हुन्छ या नामजपको शब्द उच्चारण गर्न गाह्रो लाग्छ) विशिष्ट संख्यात्मक नामजपको साथ-साथै न्यास गर्न सकिन्छ । यिनीहरु कसरी काम गर्छन् भनेर बुझ्नको लागि कृपया लेख संख्यात्मक नामजप पढ्नुहोस् ।

हामीले तपाईलाई ब्रैकेटमा नम्बर पनि प्रदान गरेकाछौं जुन केवल प्रत्येक अंकको जोड हो । यो तेर्सो प्रकारको नामजप तपाई न्यासको साथ गर्न सक्नुहुन्छ ।

संख्यात्मक नामजप सबैभन्दा प्रभावकारी हुन्छ जब संस्कृत भाषामा गरिन्छ किनकि संस्कृत भाषा सबैभन्दा सात्विक भाषा हो । यदि तपाईलाई बहु-अंक नम्बर उच्चारण गर्न गाह्रो लाग्छ भने, जस्तै १३१, तपाई नम्बर ५ लाई दोहोर्याउन सक्नुहुन्छ, जुन १३१ (१ + ३ + १ =५) सबै अंकहरू जोडेर प्राप्त गरिएको संख्या हो । तर तपाइँले पाउने लाभ यो प्रक्रियाद्वारा केहि कम हुनेछ ।

यदि तपाइँलाई संस्कृतमा संख्याको उच्चारण गर्न धेरै गाह्रो हुन्छ भने, तपाइँ यसलाई आफ्नै भाषामा पनि दोहोर्याउन सक्नुहुन्छ ।

४.१ कति लामो समय सम्म नामजप गर्नुपर्छ ?

यो सुझाव छ कि तपाईले यो उपचार दैनिक रुपमा गर्नुहोस् र यसको अवधि चै लक्षणहरुको गंभीरतामा निर्भर गर्दछ ।

  • हल्का कष्ट छ भने एकै पटकमा १-२ घण्टा नामजप गर्न सक्नुहुन्छ या धेरै पटक छोटो समयको गरेर दिनभरिमा १ देखि २ घण्टासम्म गर्न सक्नुहुन्छ ।
  • यदि लक्षणहरू मध्यम छन् भने ३-४ घण्टा या यो भन्दा पनि बढी गर्न आवश्यक पर्दछ ।
  • यदि गम्भीरता तीव्र छ भने कृपया दैनिक रूपमा जति सक्नुहुन्छ अधिक आध्यात्मिक उपचार गर्नुहोस् ।

लक्षणहरू हराइसके पछि पनि तपाईले २-४ महिनासम्म उपचार जारी राख्नुपर्दछ । जसरी एउटा मुख्य डिप्रेसनको उपचारमा एन्टी-डिप्रेसनन्ट क्याप्सुल लिदा, उदासीनता र रुन हराउनुको मतलब यो होइन कि बिरामीको रोग ठीक भयो । न्यूरो ट्रान्समिटरको असंतुलनले डिप्रेसन निम्त्याउछ र यसले दुखि हुने र रुने जारी रहन्छ । तसर्थ बिरामी उन्मूलनको लागि तोकिएको एन्टि-डिप्रेसनन्ट क्याप्सुल निर्धारित दिनको लागि जारी राख्नु आवश्यक हुन्छ । त्यसैले लक्षणहरू हराइसके पनि भूतको प्रभाव रहि रहन्छ त्यसैले पूर्णत: रोग निर्मूलन गर्नको लागि उपचार जारी राख्न आवश्यक हुन्छ ।.

४.२ कुन उपाय प्रयोग गर्नुपर्छ ?

तलको तालिकामा हामीले तीन उपचारहरूको विकल्प प्रदान गरेका छौं जसको तपाईंले लाभ लिन सक्नुहुनेछ । तलको तालिकाले प्रत्येक उपचारको तुलनात्मक प्रभावकारितालाई वर्णन गर्दछ । पञ्चतत्तव सिद्धान्त अनुरुपको उपचार अन्य उपचारहरूको लागि पूरक हुन्छ र चाँडो र अधिक पूर्ण उपचारको लागि कुनै पनि अन्य उपचारहरूलाई यसको साथमा गर्न सकिन्छ । तिनीहरू आफैंमा पनि लाभदायक हुन सक्दछन् यदि कष्ट हल्का छ या निम्नस्तर क्षेत्र भुर्वलोकको भूतबाट भएको हो । अन्यथा तिनीहरू नामजपको साथ सहायक उपचारको रूपमा कार्य गर्दछन् ।

उपचार

प्रभावकारीता

देवताहरुको नामजप गर्नुहोस्

१०० %

संख्यात्मक नामजप

५० %*

संख्यात्मक नामजपको अंक जोडेर आएको संख्याको नामजप

३० %*

* यो प्रभावकारिता तब मात्र हुन सक्छ जब नामजप संस्कृतमा गरिन्छ

४.३ के जन्मेको धर्म अनुसार नामजप र भगवान दत्ताको नामजप जारी राख्नुपर्छ ?

जारी राख्नुपर्छ, यदि हामीले साधनाको (आध्यात्मिक अभ्यासको) मूलभूत जारी राख्यौं भने लाभ अधिक र प्रारम्भिक हुन्छ । यदि दुबै गर्नको लागि सम्भव छैन भने प्राथमिक विशेष उपचारमा ध्यान केन्द्रित गर्न उत्तम हुन्छ । यस्तो किन हुन्छ भने सामान्यतया शारीरिक रोगको कारण साधनामा ध्यान केन्द्रित गर्न गाह्रो महसुस हुन्छ जसले या त व्यक्तिलाई चिडचिडा बनाइ दिन्छ अथवा व्यक्तिलाई विचलित या व्याकुल बनाइ दिन्छ ।

४.४ के हामीले चिकित्सकिय उपचार जारी राख्नु पर्छ ?

यदि व्यक्तिलाई यी लक्षणहरू भूतले गर्दा भएको महसुस गरे पनि, उनीहरूले आफ्नो चिकित्सकिय र मनोवैज्ञानिक उपचार जारी राख्नु पर्छ । यस्तो किन भने यसले हामीलाई कम्तिमा पनि लाक्षणिक राहत दिन्छ यदि यसको उपचार नभएपनि । हामीले हाम्रो विरल र अमूल्य आध्यात्मिक स्रोतलाई खेर फाल्नु हुँदैन जुन सजिलै उपलब्ध औषधीबाट गर्न सक्छौं ।

४.५ नामजपबाट फाइदा लिनको लागि के नामजपमा श्रद्धा हुनु पर्छ ?

श्रद्धाले हामीलाई मद्दत गर्दछ, तर यो वेबसाइटमा दिएको कुनै पनि आध्यात्मिक उपायबाट बिना श्रद्धा पनि फाइदा लिन सक्छौं । यो बिना श्रद्धा पनि औषधीको फाइदा प्राप्त भएको जस्तै हो । त्यस्तै, यो एउटा आध्यात्मिक औषधि हो र व्यक्तिको यसमाथि श्रद्धा भए या नभए पनि यसलाई व्यवहारमा कृति गर्नाले यसबाट फाइदा लिन सकिन्छ ।

५. भूतहरूले गर्दा हुने मानसिक रोगहरूको उपचारको तालिका

आध्यात्मिक उपचारको नामजप हेर्न कृपया यहाँ क्लिक गर्नुहोस् ।