आधुनिक चिकित्सा विज्ञानको सीमा एवं आध्यात्मिक उपचारको आवश्यक

१. आध्यात्मिक परिप्रेक्ष्यबाट आधुनिक चिकित्सा विज्ञानको परिचय

अनादि कालदेखि रोग एवं रोगको उपचारको अध्ययनले मानव जातिलार्इ आकर्षित गरेको छ । आज आधुनिक चिकित्सा विज्ञान जस्तै एलोपैथी, रोगोपचारको लागि प्राथमिक विधिको रुपमा व्यापक स्वीकृति एवं ख्याति अर्जित छ । आधुनिक औषधि क्षेत्रमा प्रगतिले विभिन्न रोगको शारीरिक एवं मनोवैज्ञानिक कारण स्पष्ट गरेको छ । तथापि, यो पनि सत्य हो कि धेरै रोगहरुको कारण अझै पनि आधुनिक चिकित्सा विज्ञानले पूर्णतया बुझ्न सकेको छैन ।

२. आधुनिक चिकित्सा विज्ञानको सीमा

यो बुझ्न महत्तवपूर्ण छ कि कुनै रोगको स्पष्ट कारणहरु के हो, जस्तै रोगको उपचार; यो बुझ्न पनि त्यति नै महत्वपूर्ण छ कि दुर्इ मध्य एक व्यक्ति बिरामी किन हुन्छ, जहाँ दुवैलार्इ रोगले समात्ने अवसर बराबर थियो । आधुनिक चिकित्सा विज्ञानले प्रथम बिन्दुबारे धेरै बताउँछ, तर दोस्रो बिन्दुको बारेमा अधिक वर्णन गर्नमा असमर्थ छ ।  आधुनिक चिकित्सा विज्ञान धेरै पटक रोगको उपचारको अर्थ रोगको लक्षण अथवा सूचकको उपचार गर्दछ । यसकारण धेरै रोगहरुका लक्षणहरुलार्इ दबार्इएता पनि जीवन काल भरी उपचार निरन्तर गर्नुपर्छ; जसले लक्षण दबार्इ रहन्छ, यसले वास्तविक रोगको उपचार हुँदैन । किन कि यसको कुनै स्थायी उपचार हुँदैन, रोगको उपचारबाट हुने दुष्प्रभावको साथ-साथै रोगबाट उत्पन्न शारीरिक एवं मनोवैज्ञानिक तनाब पनि सहनु पर्छ ।

३. राम्रो स्वास्थ्यको लागि आध्यात्मिक उपचारको महत्तव

पारंपरिक भारतीय स्वास्थ्य प्रणाली आयुर्वेद यो बताउछ कि रोगको कारण तीन स्तरमा हुन सक्छन्, जस्तै शारीरिक, मानसिक एवं आध्यात्मिक । SSRF को आध्यात्मिक अनुसन्धानको माध्यमबाट यो ज्ञात भयो कि रोगको मूल कारण मुख्यत: आध्यात्मिक स्वरुपको हुन्छ । वास्तवमा व्यक्तिको कुनै विशिष्ट रोग हुनुको मूल कारण ८०% सम्म आध्यात्मिक स्वरुपको हुन्छ । यी आध्यात्मिक कारणहरुमा व्यक्तिको भाग्य, कर्म, मृत पूर्वज अथवा अनिष्ट शक्ति (भूत, राक्षस, दानव आदि) सम्मिलित हुन सक्छन् । प्रत्येक व्यक्तिको आध्यात्मिक कारण भिन्न हुन्छ । यही कारण हो कि दुर्इ व्यक्ति मध्य एक रोगी हुन जान्छ, जबकि दुवैलार्इ रोग लाग्ने समान अवसर थियो ।

साधना एवं आध्यात्मिक उपचार, आध्यात्मिक मूल रोगबाट मुक्त हुनको लागि एक महत्तवपूर्ण साधन हो । व्यक्तिको रोगको आध्यात्मिक कारण बुझ्न अथवा अनुभव गर्न कठिन हुन्छ, त्यसैले रोगी व्यक्ति निर्धारित चिकित्सकीय उपचारको साथ-साथै आध्यात्मिक उपचार जारी राख्नुपर्दछ । जब व्यक्ति साधना गर्छ तब उनको आध्यात्मिक स्तर बढ्न थाल्दछ अनि उनको आध्यात्मिक संरचनामा आन्तरिक बदल हुन थाल्दछ । यसले मन अनि शरीरलार्इ पनि असर गर्दछ । यसको लाभ यो हो कि, रोगबाट अथवा त्यसबाट उत्पन्न हुने अन्य समस्यामा सुरक्षा वृद्धि हुन जान्छ । उदाहरणको लागि यदि कुनै व्यक्ति रोगको सम्पर्कमा आएता पनि रोगको कारण हुने शारीरिक एवं मानसिक कष्टबाट साधना नगर्ने व्यक्तिको तुलनामा कम प्रभावित हुन्छ । साधना एवं आध्यात्मिक उपचार न केवल रोग ठीक गर्छ, यसले व्यक्तिको मनको आध्यात्मिक शुद्धि अनि उनलार्इ अधिक निस्वार्थ बनाउनमा सहायता गर्दछ ।

४. आउने समयमा चिकित्सा विज्ञान भन्दा अधिक आध्यात्मिक उपचारको महत्व

विश्व यस समय अस्थिर स्थितिमा छ । अनेक सन्तहरुले आफ्नो भविष्यवाणीमा अगामी केही वर्षमा तेस्रो विश्व युद्ध अनि अभूतपूर्व प्राकृतिक आपदाको संभावना बताउनु भएको छ । परिणामस्वरुप अनेक आधारभूत वस्तुहरुको कमी हुनेछन् । कारखानाहरु बन्द हुनेछन् र चिकित्सा विज्ञानद्वारा निर्माण हुने अैषधि अनुपलब्ध हुनेछ । त्यस समय, रोगोपचारको लागि व्यक्ति आध्यात्मिक उपचार अनि उपलब्ध वैकल्पिक चिकित्सा पद्धति मा नै निर्भर रहनुपर्छ ।  यो दुष्टिकोणले, अहिले देखि नै आध्यात्मिक उपचार सिक्ने अनि अभ्यास गर्न आवश्यक छ ।

हेर्नुहोस् खण्ड –  विभिन्न रोगहरु अनि विकारहरुको लागि आध्यात्मिक उपचारी जप