कसरी अभिवादन गर्ने – चुम्बन | एक आध्यात्मिक दृष्टिकोणचुम्बन | एक आध्यात्मिक दृष्टिकोण

१. प्रस्तावना

संस्कृति या सन्दर्भ अनुसार, चुम्बन विभिन्न भावनाहरु व्यक्त गर्न सक्छ जस्तै प्रेम, खुसि, स्नेह, सम्मान, अभिवादन, मित्रता र शुभकामना इत्यादि । साथै संस्कृति, सम्बन्ध र सन्दर्भ अनुसार एक व्यक्तिले अर्को व्यक्तिको ओठ, गाला, निधार र हातमा चुम्बन गर्छन् र यी सबै कृत्यको भिन्न सामाजिक महत्त्व हुन्छ । आजकल, विशेषतः पश्चिमी संस्कृतिमा गालामा चुम्बन अभिवादनको एक सामान्य रुप हो ।

अभिवादनहरूमा आध्यात्मिक अनुसन्धानको हाम्रो शृङ्खलाको यस भागमा, हामी आध्यात्मिक दृष्टिकोणबाट चुम्बनको प्रभावहरूलाई हेर्नेछौं ।

२. अभिवादनबारे पृष्ठभूमि जानकारी

सुरुमा, हामी तपाईलाई हाम्रो लेख, ‘अभिवादनको आध्यात्मिक परिप्रेक्ष्य‘ सँग परिचित हुन अनुरोध गर्दछौं । यो लेख बुझ्नको लागि आवश्यक पृष्ठभूमि जानकारी प्रदान गर्दछ । यस लेखले व्याख्या गर्दछ कि जब अभिवादनमा स्पर्श समावेश हुँन्छ, सूक्ष्म-शक्तिहरु आदान-प्रदानको लागि प्रवृत्त हुन्छ ।  आध्यात्मिक अनुसन्धान मार्फत हामीले थाहा पाएका छौं कि अधिकांश मानिसहरू केहि हदसम्म अनिष्ट शक्तिबाट प्रभावित हुन्छन् । परिणामस्वरुप, स्पर्श वा अँगालोद्वारा दुई मानिसहरु बिच सूक्ष्म-शक्तिहरुको आदान-प्रदान आध्यात्मिक दृष्टिले हानिकारक हुन सक्छ । हामी मध्ये धेरैले यो हानिकारक प्रभाव बुझ्न सक्दैनौं किनभने हामीसँग छैठौं इन्द्रियको क्षमता हुँदैन ।

३. स्पर्श समावेश अभिवादन सम्बन्धि सूचना

जब अभिवादनमा स्पर्श समावेश हुन्छ, निम्न कुराहरुलाई ध्यानमा राख्न सकिन्छ । स्पर्श समावेश नभएको अभिवादनको तुलनामा स्पर्शयुक्त अभिवादनमा १००% सम्म आध्यात्मिक वा सूक्ष्म-शक्तिहरूको स्थानान्तरण बढ्न सक्छ । (नकारात्मक शक्तिको प्रकार अनुसार एकअर्काको आँखामा हेर्दा पनि सूक्ष्म-शक्तिको आदानप्रदान हुन्छ।)

एक अर्कालाई अभिवादन गर्ने दुई व्यक्ति बीचको सम्पर्कको प्रकार अभिवादन गर्ने मानिसहरू बीच शक्ति हस्तान्तरणको सुगमता अभिवादनको उदाहरण
छाला देखि छाला शक्तिको सजिलो हस्तान्तरण हात मिलाउनु, अंगालो मार्नु
छाला देखि मुख छाला देखि छाला भन्दा अधिक सुगम हात या गालामा चुम्बन
मुख देखि मुख अधिकतम शक्ति स्थानान्तरण मुख देखि मुखमा चुम्बन

४. चुम्बनमा आध्यात्मिक अनुसन्धान

माथिको तालिकामा उल्लेख गरिए अनुसार मुखबाट मुख चुम्बन गर्दा सूक्ष्म-शक्तिहरू सबैभन्दा सहज र अधिक स्थानान्तरण हुन्छ । अनिष्ट शक्ति सामान्यतया मुख, नाक, कान आदिको माध्यमबाट व्यक्तिमा प्रवेश गर्दछ । खाना ग्रहण गर्नु एक सरल पद्धति हो जसले अनिष्ट शक्ति व्यक्तिलाई प्रभावित गर्न सक्दछ ।

आध्यात्मिक दृष्टिकोणबाट, मुखलाई अशुद्ध रिक्त मानिन्छ । यसको दुई कारणहरु छन् :

  • पहिलो कारण मुखमा आपतत्त्वको प्रभुत्व हुन्छ । आपतत्त्वको एउटा विशेषता यो हो कि त्यसमा अनिष्ट र सकारात्मक शक्तिलाई राख्ने क्षमता हुन्छ । (धेरै जसो मानिसहरु नियमित रुपमा साधना गर्दैनन् र सांसारिक चीजहरुप्रति बढी आकर्षित हुन्छन् । कुनै पनि आध्यात्मिक उद्देश्य बिना सांसारिक चीजहरूको आकर्षणले व्यक्तिमा अनिष्ट तरङ्गहरू उत्पन्न र आकर्षित गर्दछ । यसले व्यक्ति अनिष्ट शक्तिबाट प्रभावित हुनको सम्भावना बढ्छ ।) मुख यस्तो ठाउँ हो, जहाँ अनिष्ट शक्ति एकत्रित हुन सक्छ विशेषतः आपतत्त्वको प्रधानताको कारण । परिणामस्वरूप व्यक्तिको मुखको सम्पर्क छाला अथवा अर्को व्यक्तिको मुखसँग हुन्छ भने निश्चितरूपमा त्यहाँ अनिष्ट शक्तिहरुको आदान-प्रदान हुन्छ ।
  • मुखलाई अपवित्र रिक्त मान्नुको अर्को कारण हो, मुख श्वासप्रश्वास र पाचन प्रणालीको लागि एउटा नाली हो । यस कारण, शरीर प्रणालीहरूबाट अनिष्ट शक्तिको प्रवेश र निष्कासन सबै मुखबाट हुन्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा हस्तान्तरण हुनु अधि यी तन्त्रहरुको अनिष्ट शक्ति मुखमा हुन्छन् ।

अर्को व्यक्तिलाई हात मिलाएर छुनु भन्दा अर्को व्यक्तिको मुखमा चुम्बन गर्दा यौन अत्कंठा उत्पन्न गर्दछ । यसले सामान्यतया अर्को व्यक्तिमा भावनात्मक प्रतिक्रिया निम्त्याउँछ जसले मनलाई सम्भावित रूपमा अस्थिर बनाउन सक्छ । मनको कुनै पनि अस्थिरतालाई अनिष्ट शक्तिहरूले फाइदा लिन सक्छन् किनभने तिनीहरूसँग कसैको भावनालाई बढाइचढाइ गरेर हानिकारक तरिकामा अझ बढी भावनात्मक बनाउने क्षमता हुन्छ ।

तल दिएको सूक्ष्म-ज्ञानमा आधारित रेखाचित्रले एक व्यक्तिले अर्को व्यक्तिलाई गालामा चुम्बन गर्दा सूक्ष्म-शक्तिको आदानप्रदान देखाउँछ । यस विशेष अवस्थामा, संलग्न व्यक्तिहरू मध्ये एक व्यक्ति अनिष्ट शक्तिको कब्जामा छ भने अर्को व्यक्ति अनिष्ट शक्तिबाट प्रभावित छ । SSRF द्वारा गरिएको आध्यात्मिक अनुसन्धान अनुसार, विश्वको करिब ३०% जनसंख्या अनिष्ट शक्तिको कब्जामा छन् । लगभग सबै अवस्थामा, कब्जा भएको व्यक्तिलाई थाहानै हुँदैन की ऊ अनिष्ट शक्तिद्वारा नियन्त्रित छ ।

सूक्ष्म-ज्ञानमा आधारित यो रेखाचित्र श्रीमती पूज्य योया वालेले छैठौं इन्द्रिय दृष्टिबाट बनाउनु भएको हो । यो रेखाचित्र परम पुज्य डा. आठवलेद्वारा प्रमाणित गर्नु भएको छ । उन्नत छैठौं इन्द्रिय मार्फत जाँच गर्दा सूक्ष्म-ज्ञानमा आधारित यस रेखाचित्र ८०% सहि पाइयो ।

निम्नलिखित सारणीमा उपर्युक्त सूक्ष्म-ज्ञानमा आधारित चित्रको विभिन्न पक्ष विस्तृत रूपमा दर्शाएको छ । निम्नलिखित सारणीलाई राम्ररी बुझ्नको लागि कृपया चक्र सम्बन्धी लेख पढनुहोस् ।

क्रमांक स्पष्टीकरण
१. महिला अनिष्ट शक्तिको कब्जामा भएको कारण, उसको शरीरको चारैतर्फ कालो शक्तिको मोटो कालो आवरण छ; तर छैंठौ इन्द्रियको अभावको कारण उसलाई चूमने व्यक्तिले यो अनिष्ट स्पन्दनहरु अनुभव गर्न सक्दैन ।
१ अ. अनाहत चक्रमा अनिष्ट शक्तिको चक्र उत्पन्न भएर सक्रिय हुन्छ ।
१ आ. महिलाको अनाहत चक्रबाट निस्केर अनिष्ट शक्तिको बाक्लो प्रवाह सामान्य व्यक्तिको अनाहत चक्रमा अवशोषित हुन्छ ।
१ इ. यसको परिणामस्वरूप अनिष्ट शक्तिको घना वलय सामान्य व्यक्तिको अनाहत चक्रमा उत्पन्न हुन्छ ।
१ ई. अनिष्ट शक्तिको कण स्त्रीको मुखबाट उसको गालामा चूमने व्यक्तिसम्म पुग्छ ।
१ उ. यसको सबै परिणाम स्वरूप सामान्य व्यक्तिको शरीरको चारैतर्फ अनिष्ट शक्तिको आवरण उत्पन्न हुन्छ ।
१ ऊ. अनिष्ट शक्तिको वलय स्त्रीको मनको चारैतर्फ उत्पन्न हुन्छ ।
२. अनिष्ट शक्तिको कालो घना आवरण फैलिएर नजिकको वातावरणमा प्रक्षेपित हुन्छ ।
२ अ. कालो शक्तिको तरङ्गहरु अनिष्ट शक्तिको कब्जामा भएको स्त्रीबाट प्रक्षेपित हुन्छ ।
२ आ. कालो शक्तिको आवरण सामान्य व्यक्तिको शरीरको चारैतर्फ उत्पन्न हुन्छ ।
२ इ. कालो शक्तिले सामान्य व्यक्तिको मनलाई घेरीदिन्छ ।
३. अनिष्ट शक्तिको कब्जामा भएको व्यक्तिको मनमा मोहिनी शक्तिको वलय उत्पन्न र सक्रिय हुन्छ, यसले स्त्रीलाई वास्तविकता भन्दा अधिक आकर्षक देख्न थाल्दछ ।
४. दुवै व्यक्तिहरुलाई मायावी शक्तिको वलयको प्रक्षेपण र प्रसारणले घेर्दछ । वस्तुको वास्ताविकता भन्दा पर देखाउनको लागि अनिष्ट शक्तिले मायावी शक्ति उत्पन्न गर्दछ । यस कारण अनिष्ट शक्तिको कब्जामा भएको व्यक्तिलाई चूमनु पुरुषको लागि आध्यात्मिक दृष्टिले हानिकारक हुन्छ, तर स्त्रीलाई चुम्दा उसलाई राम्रो लाग्दछ ।

अर्को व्यक्तिलाई चुम्बन गर्दा समान्यतया अनिष्ट तरङ्गहरु उत्पन्न हुन्छ, जसले गर्दा वातावरणको अनिष्ट शक्ति आकर्षित हुन्छ । अभिवादनको सबै शैलिहरु मध्ये, चुम्बन वास्तवमा सर्वाधिक तम प्रधान तरङ्ग उत्पन्न गर्ने पद्धति हो । अनिष्ट शक्तिको कब्जामा रहेको व्यक्तिलाई चुम्दा नकारात्मक परिणामहरु धेरै दिनसम्म रहन सक्छ, जस्तै उदाहरणको लागि निराशा, नकारात्मक विचार, अत्यधिक विचारहरु इत्यादि । प्रभावित व्यक्ति आध्यात्मिक विश्व देखि अनभिज्ञ हुन्छ र यो बुझ्न सक्दैन कि यो आध्यात्मिक आयामको कारण भैरहेको छ ।

यस नियमको केहि अपवादहरु छन्  :

  • प्रेमको प्रकार अनुसार : आफन्त, आफ्नो जीवनसाथी तथा आमाद्वारा बच्चालाई चुम्नाले केहि मात्रामा सकारात्मक तरङ्ग उत्पन्न हुन सक्छ । यो सकारात्मकता प्रेमको प्रकारमा निर्भर गर्दछ की प्रेम अपेक्षा सहित हो अथवा अपेक्षा बिना । यही कारणले आमाद्वारा बच्चालाई चुम्नाले, उनको प्रेम तथा बच्चा प्रति सदभावको कारण सकारात्मक तरङ्ग उत्पन्न हुने सम्भावना अधिक हुन्छ । यसको विपरीत आमा र बच्चाको सम्बन्ध तनावपूर्ण भएमा, त्यहाँ सकारात्मक परिणाम हुँदैन ।
  • आध्यात्मिक स्तर अनुसार :  उपरोक्त उदाहरणको साथमा, यदि अनिष्ट शक्तिको कब्जामा भएको व्यक्तिले ६० प्रतिशत भन्दा अधिक आध्यात्मिक स्तरको व्यक्तिलाई चुम्छ भने, अनिष्ट शक्तिको कब्जामा भएको व्यक्तिमा उपचारात्मक परिणाम हुन्छ । यसको कारण हो ६० प्रतिशत भन्दा अधिक आध्यात्मिक स्तर भएको व्यक्तिबाट सत्त्व प्रधान तरङ्गहरु प्रक्षेपित हुन्छ, जसमा आध्यात्मिक उपचारात्मक क्षमता हुन्छ ।

यदि हामी सदभावको साथ मित्र र परिचित मानिसहरुलाई चुम्दछौं भने, त्यो सदभाव नगण्य हुन्छ; किनभने यस्तो चुम्बन सामान्यतया नियमित हात मिलाउने कार्य जस्तै हुन्छ । यस्तो परिस्थितिहरुमा भावनाहरु सतही हुन्छन् जसले सकारात्मक तरङ्गहरु उत्पन्न हुँदैन र कुल परिणाम अनिष्ट तरङ्ग उत्पन्न हुने सम्भावना अधिक हुन्छ ।

५. चुम्बनको हानिकारक आध्यात्मिक प्रभावबाट बच्ने

यो लेखको उद्देश्य हाम्रो दैनिक क्रियाकलापहरुको आध्यात्मिक परिणाम  बारे सचेत गराउनु हो, भयभीत गराउनु होइन । हामी माथि हानिकारक प्रभाव हुने कुराको जानकारी भएमा हामी त्यसको रोकथामको लागि उपाय अपनाउन सकछौं ।

निम्नलिखित सूत्रहरु ध्यान दिन सक्छौं :

  • सर्वाधिक सुरक्षित आध्यात्मिक विकल्प हो, चुम्बन गरेर व्यक्तिहरूलाई अभिवादन गर्ने अथवा कुनै पनि प्रकारको स्पर्श गर्नु भन्दा नमस्कार गरेर अभिवादन गर्नु ।
  • यदि हामी कसैलाई चुम्बनबाट टालन सक्दैनौ भने, यो गर्न सक्छौं :
      • निरन्तर ईश्वरको नामजप गर्नाले एउटा सूक्ष्म सुरक्षा-कवच बन्दछ, जसबाट अनिष्ट शक्तिको प्रभाव न्यूनतम हुन्छ ।
      • सुरक्षाको लागि प्रार्थना गर्नाले पनि सुरक्षा-कवच दृढ हुनमा सहायता हुन्छ ।
      • संलग्न मानिसहरुलाई असर गर्ने अनिष्ट शक्तिहरु बीच कालो ऊर्जाको आदानप्रदान रोक्नको लागि प्रार्थना गर्दे ।