परिवारको कुनै सदस्यको निधन पछि, हाम्रो संस्कृति अनि परम्परा अनुसार, हामी अनेक प्रकारले  श्रद्धान्जलि दिन्छौं

  • उनको समाधिमा फूल चढाएर

  • समाचारपत्रको निधन सूचना पृष्ठमा उनको स्मृतिमा आभार छपाएर

  • उनको छायाचित्र घरमा टागेर

सामान्य रूपमा गरिने माथि दिएका सबै विधिहरु हाम्रो दिवंगत पूर्खालार्इ मृत्युपछि को जीवनमा सहायता गर्नको लागि कुनै महत्त्व राख्दैन, वास्तव ती उनको लागि हानिकारक हुन सक्छ । तल दिएको तालिकामा हामीले वंशजद्वारा आफ्नो पूर्खाको लागि गरिने केहि सामान्य विधियहरुका तुलनात्मक महत्त्व देखाएका छौं । यो तालिकामा दिएको तथ्याङ्क ४० प्रतिशत आध्यात्मिक स्तर भन्दा कम स्तर व्यक्तिको सन्दर्भमा हो । जसरी-जसरी व्यक्तिको आध्यात्मिक स्तर ४० प्रतिशत भन्दा माथि बढ्दै जान्छ, तल दिएको विधिहरुमा तुलनात्मक महत्त्वमा परिवर्तन हुन सक्छ । यो ज्ञान आध्यात्मिक अनुसन्धानबाट प्राप्त भएको हो ।

विधि तुलनात्मक प्रतिशत महत्त्व
दिवंगत व्यक्तिको निधन-सूचना लेख्ने ०%
व्यावसायिक शोक मनाउने व्यक्तिहरु नियुक्त गर्ने नकारात्मक प्रभाव
अन्तिम संस्कारको समय प्रशंसा भाषण ०%
दिवंगत व्यक्तिको चित्र राख्ने / अथवा माला लगाएर घरमा राख्ने नकारात्मक प्रभाव
च्यान धाटमा जाने तथा फूल चढाउने नकारात्मक प्रभाव
अन्तिम संस्कार पछि केहि समयको लागि कालो कपडा लगाउने ०%
दिवंगत व्यक्तिको नाममा स्मारक बनाउने नकारात्मक प्रभाव
दिवंगत व्यक्तिको लागि उनको परिवार तथा प्रियजनहरुले प्रार्थना गर्ने १०%
श्री गुरुदेव दत्त’ को सुरक्षात्मक नामजप गर्ने १००%

टिप्पणि :

१. श्री गुरुदेव दत्त नामस्मरणको कुल लाभ विभिन्न कारणमा निर्भर गर्दछ जस्तै – पूर्खाको कष्टको तीव्रतालार्इ प्रतिकार गर्नको लागि गरिने नामजपको संख्या, ध्यानपूर्वक नामजप गर्ने, नामजप गर्ने व्यक्तिको श्रद्धा तथा    भाव इत्यादि ।

२. ‘नकारात्मक प्रभाव’ को अर्थ हो, त्यस्तो विधिहरु गर्नाले केहि समय पहिला बित्नु भएको  व्यक्तिको सूक्ष्म-देह, पृथ्वीमा पूर्व जन्मसँग भावनात्मक रूपले जोडि राख्न सक्छ । अनिष्ट शक्ति उनको यो आसक्ति अथवा नजिक पनको उपयोग मृत पूर्खालार्इ आफ्नो नियन्त्रणमा गर्ने तथा मृत्यु पछि उनीलार्इ आगाडिको गतिमा बाधा गर्नको लागि उपयोग गर्न सक्छ । यस्तो मुख्यतः निम्न आध्यात्मिक स्तर भएको मृत पूर्खाको सन्दर्भमा हुन्छ ।

आध्यात्मिक अनुसन्धानद्वारा थाहा भयो कि मृत्यु पश्चात लभगभ ६०% पूर्खाहरुलार्इ पर्याप्त आध्यात्मिक स्तरको अभावले एवं तीव्र र्इच्छाहरुको कारण गति मिल्नमा कठिनाई हुन्छ अनि भूलोकलार्इ पार गर्न पनि कठिन हुन जान्छ । त्यसैले ती मध्य अधिकतर पारिवारिक घरमा नै निवास गर्दछ ।

मृत्यु पछि जीवनमा हामी आफ्नो पूर्खालार्इ सहायताको लागि धेरै गर्न सक्छौं । आगामी लेखमा हामी यो सम्बन्धित विभिन्न सूत्रहरु बुझ्नेछौं ।

१. आध्यात्मिक दृष्टिले सुरक्षा-कवच – ‘श्री गुरुदेव दत्त’ को जप

आफ्नो पूर्खालार्इ तत्काल सहायताको लागि, हाम्रो अनुरोध छ कि श्री गुरुदेव दत्तको जप आरम्भ गर्नुहोस् । यो आध्यात्मिक दृष्टिले सुरक्षा प्रदान गर्दछ । आध्यात्मिक दृष्टिले सुरक्षा प्रदान गर्ने ‘श्री गुरुदेव दत्त’ को जपको अर्थ के हो ?, यो लेखको सन्दर्भ लिनुहोस् ।

२. हाम्रो मृत पूर्खाहरुलार्इ सहयोग चाहिन्छ किन कि मृत्युको समय मृत्य शरीर अनि सुस्मदेह असुरक्षीत हुन्छ

मृत्युको समय उत्सर्जित वायु (excretory gases) वायु नित्यरूपमा शरीरबाट बाहिर फ्याक्ने निरुपयोगी स्थूल वायु हुन्छ । यसको स्पन्दन तथा तरङ्ग नकारात्मक अर्थात् अनिष्ट हुनुको कारण सम्लग्न वायुमण्डलमा तमोगुण बढेर जान्छ । अनिष्ट शक्ति यी कष्टप्रद स्पन्दन तर्फ आकर्षित भएर मृतदेहसँग सम्लग्न वायुमण्डलमा प्रवेश गर्दछ ।

यो अनिष्ट शक्ति पञ्चप्राणको तथा पञ्चउपप्राणको शक्तिहरुमा, जुन मृत्युको समय ब्रह्माण्डमा मुक्त (विलीन) हुने प्रक्रियामा हुन्छ, नियन्त्रण प्राप्त गरि मृतदेहमा आक्रमण गर्दछ । अनिष्ट शक्ति मृतदेहलार्इ धुवाँ समान कालो शक्ति प्रक्षेपित गर्दछ अनि मृतदेहलार्इ सबै तर्फबाट घेरेर कालो आवरण निर्माण गर्दछ । अनिष्ट शक्तिको आक्रमणको कारण कालो तरङ्ग मृतदेहमा सम्क्रमित हुँदा भूत (राक्षस, दुष्ट, नकरात्मक शक्ति) जस्तो कालो तरङ्गबाट प्रभारित (charged) हुन जान्छ ।

पञ्चप्राण एवं उपपञ्चप्राणको शक्तिमा नियन्त्रण पाएपछि अनिष्ट शक्ति सूक्ष्मदेहलार्इ जालमा फसाउनको लागि कालो शक्तिको भुमरी संक्रमित गर्दछ । यस प्रकार अनिष्ट शक्ति मृत पूर्वजको सूक्ष्मदेहलार्इ आफ्नो आक्रमण क्षेत्रमा  खिच्दछ । त्यसपछि त्यो सूक्ष्म-देहलार्इ उनको कालो तरङ्ग जालमा फसाएर मृत्युपछि जीवनमा उनीलार्इ आगाडिको यात्रामा बाधा निर्माण गर्दछ । केहि समयपछि अनेक अनिष्ट शक्ति सूक्ष्मदेहमा कालो शक्तिको भुमरी निर्मित गरेर उनीद्वारा आक्रमण गरि उनलार्इ आफ्नो सम्पूर्ण नियन्त्रणमा लिन्छ । अनिष्ट शक्ति मृतदेहमा अनि मृत पूर्खाको सूक्ष्म-देहमा योजनाबद्ध पद्धतिले नियन्त्रण प्राप्त गर्दछ ।

स्पिरिच्युअल साईन्सको अनुसार मृत्युको समय अनिष्ट शक्तिद्वारा गरिने आक्रमणबाट सूक्ष्म-देहलार्इ सुरक्षाको लागि विशिष्ट धार्मिक संस्कार आवश्यक हुन्छ । अधिकतर प्रसङ्गमा व्यक्तिको यो संस्कार अथवा यसलार्इ प्रत्यक्ष कसरी गर्ने हो, यसको सन्दर्भमा जानकारी हुँदैन ।

३. ‘श्री गुरुदेव दत्त’ को जप गर्दा फार्इदा

आध्यात्मिक सुरक्षा प्रदान  श्री गुरुदेव दत्त’ को जप गर्दा हुने प्रमुख फार्इदा निम्न प्रकारले हुन्छन् ।

  • रज-तम कम गर्ने : दत्त देवता हाम्रो पूर्खालार्इ गति प्रदान गर्ने ईश्वरीय तत्त्व हो । ‘श्री गुरुदेव दत्त’ को नामजपबाट लक्षणीय तेजःपुंज तरङ्ग प्रक्षेपित हुन्छ । यो तरङ्ग मृत पूर्खाको सूक्ष्मदेहको सबैतर्फ विद्यमान इच्छा तरङ्गको तीव्रता कम गरिदिन्छ । यसले सूक्ष्मदेहको रज-तम कम हुन्छ अनि परिणामस्वरूप उनको भार कम हुन्छ । यसले सूक्ष्म-देहललार्इ उनको अगाडिको यात्राको लागि शक्ति प्राप्त गर्न सम्भव हुन्छ ।
  • सुरक्षा-कवच : मृत शरीर तथा सूक्ष्म-देह को सबैतर्फ सुरक्षा-कवच निर्मित हुन्छ ।
  • गति प्राप्त हुने : इच्छारूपी आसक्ति पनि कम हुनाले सूक्ष्म-देहलार्इ कम समयमा भूलोक पार गर्न सम्भव हुन्छ ।
  • आध्यात्मिक स्तरमा वायुमण्डलको शुद्धि : नामजप गर्नाले वायुमण्डलमा चैतन्यको कण निर्मित हुन्छ । यसले सूक्ष्म-देहलार्इ फार्इदा हुन्छ । वायुमण्डलमा विद्यमान कष्टप्रद तरङ्गबाट नामजप गर्ने व्यक्तिलार्इ पनि सुरक्षा मिल्दछ ।
  • निरन्तर सुरक्षा : प्रतिदिन ‘श्री गुरुदेव दत्त’ को नामजप गर्नाले हामीलार्इ पूर्खाद्वारा निर्मित कष्टबाट सुरक्षा मिल्दछ । यसले हामी आफ्नो पूर्खालार्इ मृत्युपछिको जीवनमा आवश्यक सत्त्वगुण दिएर उनको आगाडिको यात्रामा सहायता गर्दछौं ।

४. तपार्इको कुन पूर्खालार्इ यो नामजपले फार्इदा हुन्छ ?

जुन पूर्खा हामीलार्इ अत्यधिक कष्ट दिन्छ, उनलार्इ अत्यधिक फार्इदा हुन्छ तथा त्यही पूर्खालार्इ प्रधानताले ‘गुरुदेव दत्त’ को नामजपले आध्यात्मिक सुरक्षा मिल्न सहायता हुन्छ ।