१. केश खुल्ला राख्नाले स्त्रीमा हुने आध्यात्मिक प्रभाव – प्रस्तावना

संसारभरिकै स्याम्पुको विज्ञापनहरु तथा फेशन र सेलिब्रिटी पत्रिकामा लामो समयदेखि स्त्रीहरुका मोहकताको प्रदर्शित गर्नको लागि लहराउदो केशको चित्रीकरण गरेका छन् । यस्तो व्यवसाय वृद्धिको सन्देशको फलस्वरूप यस्तो सामान्य बोध भएको छ कि यदि कुनै महिला मोहक दिख्न चाहन्छ भने उनले आफ्नो केश खुल्ला छोड्नु पर्छ । आजकल, विश्वव्यापी स्त्रीहरु आफ्ना कपाल खुला राख्ने सामान्य भएका छन् । संध्या कालमा घूम्नको लागि बाहिर जाने समय, सर्वत्र स्त्रीहरुका यो आकांक्षा हुन्छन् कि उनीहरु सुन्दरतम दिखोस् अनि त्यसैले उनीहरु आफ्ना केश खुल्ला राख्छन् ।

SSRF द्वारा केश रचनामा गरिएको अनुसन्धानले विभिन्न केशका रचनाहरुले कस्ता आध्यात्मिक प्रभाव हुन्छन्; यो प्रकाशमा आएको छ । यो लेखमा हामी चर्चा गर्छौं कि पुरुष एवं स्त्रीद्वारा केश खुल्ला राख्नाले आध्यात्मिक प्रभाव के हुन्छन् ।

तपार्इ यो लेख राम्रोसँग बुझ्नको लागि हाम्रो परामर्श छ कि निम्नलिखित लेख पढ्नुहोस् :

१. सत्त्व, रज, तम — ब्रह्माण्डको तीन सूक्ष्म मूल तत्त्व

२. सात्त्विक जीवन शैलीको सङ्कल्पनाको प्रस्तावनात्मक विवेचन (दैनिक जीवनमा आध्यात्मिकता)

३.  केशको देखभाल एवं केश रचनाको आध्यात्मिक प्रभाव – प्रस्तावना

२. केश खुल्ला छोड्दा आध्यात्मिक प्रभाव

यस लेखमा हामी तपार्इलार्इ एउटा चित्रको जानकारी दिनेछौं, जुन सूक्ष्म-ज्ञानको आधारमा कु. प्रियंका लोटलीकरले बनाएकी हुन्, जो अतिजाग्रत छैटौं ज्ञानेन्द्रिय ले युक्त छिन् ।  ईश्वरको असीम अनुकम्पा एवं अनेक वर्षको नियमित आध्यात्मिक साधनाको फलस्वरूप कु. प्रियंका आध्यात्मिक आयाममा ठीक उसी प्रकार देख्न सक्छिन्, जसरी हामी भौतिक जगतलार्इ देख्न सक्छौं । आफ्नो सूक्ष्म-ज्ञानमा आधारित चित्र द्वारा कु. प्रियंका, उनी द्वारा सूक्ष्ममा प्राप्त जानकारी हामीलार्इ बाडछिन् ।

सूक्ष्मज्ञानको आधारमा बनाएको माथिको चित्र दर्शाउ छ कि कुन प्रकार जब एउटा स्त्री आफ्नो केश खुल्ला राख्छ, तब उनीमा आध्यात्मिक स्तरमा हानिकार प्रभाव कसरी पर्छ । प्रभावका कारणहरु तलको खण्डमा व्याख्या गरेका छन् :

. रजोगुणमा वृद्धि हुनाले मन अनि बुद्धि विचलित हुने

सूक्ष्म रजोगुणको सम्बन्ध क्रिया एवं आवेशसँग हुन्छन् अनि यही सूक्ष्म गुणलार्इ गति प्रदान गर्दछन् । आध्यात्मिक स्तरबाट सामान्यतया स्त्री पुरुषको अपेक्षा अधिक रजप्रधान हुन्छ एवं यसको प्रकटीकरणको कारण हो उनी अधिक भावुक हुन्छ ।

जब कुनै स्त्री आफ्नो केश खुला छोडछ, तब उनको केशमा विद्यमान रजोगुणमा अझै अधिक वृद्धि हुन्छ । रजोगुण वृद्धि हुनाले व्यक्तिको मन अधिक विचलित हुन्छ एवं चन्चल हुने वृत्ति बढेर जान्छ । मनको यस चन्लताको नराम्रो लाभ लिएर अनिष्ट शक्ति स्त्रीलार्इ प्रभावित गर्दछ तथा उनलार्इ यस्तो बोल्न एवं गर्नको लागि बाध्य गर्दछ, जुन सामान्यतया गर्दैन ।

यसको साथै जब कुनै स्त्री आफ्ने केश खुला छोडछ तब उनी आफ्नो पञ्चज्ञानेन्द्रिय एवं आफ्नो शरीर प्रति अधिक जागरूक हुन जान्छ । अनिष्ट शक्ति यस रजोगुणलार्इ अतिशीघ्र तमोगुणमा रूपान्तरित गरिदिन्छ जसले उनीमा निराशा अनि चिन्ताको भावनाहरु तथा कामुक विचार वृद्धिको कारण स्वैराचार बढ्छ ।

केशको खुल्ला टुप्पाद्वारा अनिष्ट शक्तिको आक्रमण

आध्यात्मिक अनुसन्धानको माध्यमबाट हामीले देख्यौं कि केश  मूलत: नै शरीरको अन्य भाग भन्दा अधिक रज-तम प्रधान हुन्छ एवं यसको फलस्वरूप स्वाभाविक रूपले अनिष्ट शक्ति को लक्ष्यमा आउछ जो स्वयं पनि मूलत: रज-तम प्रधान हुन्छ । वास्तवमा केश लक्ष्य हुनको लागि सहज यस कारण हुन्छ, किनकि केशको टुप्पामा सूक्ष्म प्वाल हुनाले अनिष्ट शक्ति भित्र प्रवेश गर्न सक्छ । यो प्वाल अत्यन्त सूक्ष्म हुन्छ, तर प्रत्येक पल्ट स्त्री केश काट्दा प्वाल खोलिन्छ ।

शरीरको सबै रिक्त स्थान सूक्ष्म-आक्रमणको दृष्टिले सम्वेदनशील हुन्छ उदा; भोजनको साथ अनिष्ट शक्ति मुखको माध्यमबा शरीरमा प्रवेश गर्न सक्छ ।

सूक्ष्म ज्ञान द्वारा निर्मित चित्रमा जस्तो देखाएको छ, जब केश खुला हुन्छ तब केशको टुप्पामा स्थित खुला केशमुखबाट अनिष्ट शक्ति प्रवेश गरि मस्तकको केशमूलसम्म जान सक्छ । फलस्वरूप कष्टदायक शक्ति केशको सबै प्वालहरुमा एकत्रित हुन जान्छ, जसले स्त्रीको बुद्धिमा विपरीत प्रभाव पर्छ । यस प्रकार कुनै महिला जब केश खुला छोडछ तब उनको शरीरमा कालो शक्तिको संग्रह अधिक मात्रामा हुन्छ, त्यसैले हाम्रो अनुरोध छ कि स्त्री आफ्नो केश नकाटनुहोस् ।

२.१ छोटो कपाल स्त्रीमा प्रभाव

छोटो केश भएको स्त्रीमा अधिक हानि हुन्छ, किनकि उनको केश अधिकतर खुला हुन्छ । अनिष्ट शक्ति निरन्तर खुला केशतर्फ आकर्षित हुन्छ । स्त्रीको केश छोटो भएको कारण उनी शीघ्र कष्टदायक स्पन्दनले आवेशित हुने आशंका अधिक हुन्छ । अनिष्ट प्रभाव कम गर्ने उपाय यस लेखको अन्तिम खण्डमा दिएको छ ।

 

२.२. केश खुल्ला राखेर सुत्ने

जब कुनै स्त्री आफ्नो केश खुला राखेर सुत्दा, केशका टुप्पाहरु धेरै उजागर हन्छन् । निद्रावस्थमा हामी अनिष्ट शक्तिको लागि अधिक कम्जोर (vulnerable) हुन्छौं, किनकि रातिको समयमा वातावरणमा रज-तम प्रचुर मात्रामा हुनुको कारण अधिक कृतिशील हुन्छन् । विशेष गरेर यो ती स्त्रीहरुमा अधिक लागू हुन्छन्, जो साधना गर्दैन्न् ।

 

२.३ पुरुष छोटो एवं खुल्ला केश राख्छ उनी प्रभावित किन हुदैन ?

आध्यात्मिक स्तरमा सामान्यतया पुरुषमा रज-तमको मात्रा स्त्रीको तुलनामा अल्प हुनुको कारण भावनाप्रधान अनि सम्वेदनशील हुदैन । उनीमा अनिष्टतासँग संघर्ष गर्ने क्षमता पनि अधिक हुन्छ । यसको फलस्वरूप उनको केश काट्दा पनि अनिष्ट शक्ति द्वारा अल्प आक्रमणको खतरा हुन्छ । पुरुष छोटो केश राखदा पनि सत्त्वगुण ग्रहण गर्ने क्षमता अधिक हुन्छ । त्यसैले पुरुषको लागि केश छोटो राखन उचित हुन्छ । पुरुष द्वारा केश लामो राख्नाले शरीरमा सूक्ष्म-उष्णताको वृद्धि हुन्छ अनि शरीरको आन्तरिक सन्तुलन खलबलाउन्छ ।

३. आध्यात्मिक परिप्रेक्ष्यबाट केश रचनाको लागि केहि व्यावहारिक सुझावहरु

  • SSRF द्वारा गरिएको अनुसन्धानबाट यो सिद्ध भएको छ कि जति सम्भव छ स्त्री केश खुला राखनु हुदैन । यो योग्य हुन्छ कि जूडा अथवा चुल्ठो बनाएर केशको रचना गर्ने ।
  • स्त्रीको लागि यो उचित हुन्छ कि सुतने समय पनि केश बाधेर राख्ने ।
  • केशको टुप्पामा विभूति लगाउनाले सूक्ष्म आक्रमणबाट बच्न सक्छ ।
  • केश धोएपछि अथवा शिरको स्नान गरेपछि स्त्रीहरुलार्इ सल्लाह छ कि केश सुकाउने समय केशको टुप्पा बाधेर राख्नुहोस् अथवा तौलिएले बाधेर राख्नुहोस् ।
  • अनिष्ट शक्तिबाट रक्षणार्थ प्रार्थना गर्दा एवं साधनाको लागि तीव्र इच्छा शक्ति जागृत हुदा सबैतर्फ सुरक्षा कवच निर्मित हुनाले सहायता मिल्दछ ।
  • अहं एवं स्वभावदोषन्यून गर्नको लागि नियमित आध्यात्मिक साधना गर्नु बाहेक अरु कुनै विकल्प छैन ।
  • यस्तो देखिएको छ कि स्त्री जब आफ्नो केश खुला राख्छ तब उनी पञ्चज्ञानेन्द्रिय एवं स्वशरीर सम्बन्धमा अधिक सम्वेदनशील हुन जान्छ । शरीर प्रति जागृत सम्वेदनशीलता, जीवनको उद्देश्य आध्यात्मिक उन्नतिमा गतिरोध उत्पन्न गर्छ । आध्यात्मिक उन्नतिको लागि हामी आफ्नो पञ्चज्ञानेन्द्रिय युक्त शरीर, मन, बुद्धिका परे गएर हामी भित्रको आत्मा अथवा परमात्माको पहिचान गर्नु पर्छन् अर्थात देहबुद्धिको परे गएर आत्मबुद्धि वृद्धिंगत गर्नु पर्छ ।
  • नियमित साधनाको फलस्वरूप हामी सत्त्व एवं तम क्रियाहरुमा विद्यमान अन्तर बुझ्न थाल्छौं । जसले यो बुझ्न थाल्छ उनलार्इ यो भन्न आवश्यकता हुदैन कि आध्यात्मिक दृष्टिले के योग्य छ, किनकि उनलार्इ अन्तरमन देखिनै यसको ज्ञान हुन जान्छ । हामी नियमित साधना गर्नाले एवं सात्त्विक जीवन शैली अपनाउनाले नै श्री गुरुको कृपा प्राप्त हुन्छन्, जुन सूक्ष्म शक्तिको आक्रमणबाट हाम्रो संरक्षण गर्दछन् तथा तीव्र गतिले स्वयंको आध्यात्मिक उन्नति गर्नमा सक्षम बनाइ दिन्छन् ।