भगवान दत्त एउटा देवता हो । उहाँको अनेक कार्यहरु मध्य एउटा कार्य हो उपासकको जीवनमा पुर्खाको सूक्ष्म-देहको कारण भर्इ रहेको समस्याहरु हटाउनको लागि क्षमता प्रदान गर्नु ।

प्रायः विविध धार्मिक पृष्ठभूमिका व्यक्तिहरु (उदाहरणको लागि, ईसाई अथवा बौद्ध) प्रश्न गर्दछन् कि म यस्तो देवताको नामजप किन गर्ने जुन मेरो धर्मसगँ सम्बन्धित नै छैन ?

चाहे व्यक्ति कुनै पनि धर्ममा आस्था राख्छ अथवा कुनै पनि धर्ममा जन्मा हुन्छ, ईश्वरको यस तत्वको सार्वभौमिकता (वैश्‍विकता) को एउटा साधारण उदाहरण द्वारा बुझ्न सक्छौं ।

पेनाडोल (panadol जसको रासायनिक सूत्र C8H9NO2 हो) एउटा एलोपेथिक औषधि हो जसको उत्पादन अष्ट्रेलिया तथा अन्य देशमा पनि हुन्छ । यस औषधिले ज्वरो, टाउको दुखेको तथा अन्य दुखार्इमा राहत मिल्दछ । यसको उत्पादन चाहे कुनै पनि स्थानमा भएको होस् (यस प्रकरणमा अष्ट्रेलिया) यसले कुनै प्रभाव पार्दैन । पेनाडोल जसको रासायनिक सूत्र संसारमा समान हुन्छ, यसको प्रयोग केवल अष्ट्रेलियाको व्यक्तिहरुलार्इ मात्र होइन यो पूरै संसारको समान लक्षणले प्रभावित सबै व्यक्तिहरुलार्इ लाभान्वित गर्दछन् ।

यस प्रकार, दत्त भगवानको नामजप कुनै पनि राष्ट्रीयता, धर्म अथवा कुनै पनि सभ्यता भएको पृष्ठभूमि बिना व्यक्तिको पितृदोष अर्थात पूर्खाको कारण हुने कष्टमा विजय प्राप्त गर्नुमा सहायता गर्दछ । पूरै विश्वमा SSRF को मार्गदर्शनमा अनेक साधकहरुले यस नामजपबाट भएको फार्इदाको अनुभव गरेका छन् ।

सन्दर्भको लागि सिरियाकको प्रकरण अध्ययन पढ्नुहोस्, उनी आफ्नो पूर्खाको सूक्ष्म-देहबाट कष्टग्रस्त थियो तथा दत्त भगवानको नामजपले उनलार्इ कसरी सहायता गर्यो ।