सूक्ष्म ज्ञानमा आधारित चित्र के हो ?

सार: सूक्ष्म-ज्ञानमा आधारित चित्रहरू आध्यात्मिक अनुसन्धानको महत्त्वपूर्ण माध्यम हो । क्षय-किरण (एक्स-रे) को जुन स्थान चिकित्सा विज्ञानमा छ, अध्यात्म विज्ञानमा पनि त्यही स्थान छ । जसले सूक्ष्म-जगत देख्न सक्दैन्न् उनीहरुको लागि यो आधिकारिक (विश्वसनीय) झलक प्रदान गर्छ । स्पिरिच्युअल साइन्स रिसर्च फाऊंडेशन (SSRF) ले सूक्ष्म संसारमा अन्तर्दृष्टि प्राप्त भएका साधकहरुका छैठौं इन्द्रिय प्रयोग गरेर सूक्ष्म-जगतको सन्दर्भमा लिने तथा तयसलाई मानवताको हितको लागि संरक्षित गरिरहेको छ । यसलाई जीवनमा विभिन्न कठिनाइहरूको पछाडि कारणात्मक आध्यात्मिक कारकहरू बुझ्न निदान उपकरणको रूपमा प्रयोग गरेको छ । यसले SSRF द्वारा खोजि गरिएका विभिन्न आध्यात्मिक उपचारको प्रभावलाई प्रमाणित गर्न पनि यो उपकरण प्रयोग गरेको छ । यस लेखमा, हामी सूक्ष्म-ज्ञानमा आधारित चित्रहरूको बारेमा विस्तृत दृष्टिकोण प्रस्तुत गर्दछौं ।

१. सूक्ष्म-ज्ञानमा आधारित चित्र के हो?

पञ्च इन्द्रिय, मन र बुद्धिभन्दा परको संसारलाई SSRF ले \'सूक्ष्म विश्व\' वा \'आध्यात्मिक आयाम\' भन्दछ । सूक्ष्म विश्व देवदूत, अनिष्ट शक्ति, स्वर्ग आदि अदृश्य विश्वसँग सम्बन्धित छ, जुन केवल हाम्रो छैटौं इन्द्रियद्वारा मात्र देख्न सकिन्छ ।

स्पिरिच्युअल साइन्स रिसर्च फाऊंडेशन (SSRF) का केही साधकहरु उच्च छैठौं इन्द्रियले  युक्त छन् । अतीन्द्रिय संवेदी ग्रहण क्षमता, सूक्ष्मस्तरीय ग्रहण क्षमता, अलौकिक क्षमता, दिव्य दृष्टि, पूर्वसूचना, अन्तर्ज्ञान, यी सबै छैठौं इन्द्रियका समानार्थी शब्द हुन् । आफ्नो छैटौं इन्द्रियले सूक्ष्म-संसारमा देख्न सक्छन्, जुन सामान्य मानिसले देख्न सक्दैनन् । आफ्नो छैठौं इन्द्रिय क्षमताको गहनताको आधारमा सूक्ष्म-जगतलाई विभिन्न स्तरहरूमा र त्यस अनुसार त्यति विस्तारमा देख्न सक्छन् । साथै, त्यसले समय र स्थानको अवरोध पनि पार गर्न सक्छन् । अर्थात् सूक्ष्म-ज्ञानमा आधारित चित्रहरू विगतमा भएका घटनाहरू वा संसारको कुनै पनि भागमा भएका घटनाहरू, त्यस ठाउँको भ्रमण नगरी, त्यहाँका मानिसहरू वा त्यहाँको पृष्ठभूमिको कुनै जानकारी नभइ चित्र बनाउन सक्छन् । यी साधकहरूलाई सूक्ष्म आयाममा देखाइ दिने चित्र तथा दृष्टान्तहरूलाई सूक्ष्म-ज्ञानमा आधारित चित्र भनिन्छ । आफ्नो छैठौं इन्द्रियद्वारा सूक्ष्म-जगतलाई हेरेर, साधकले पहिले पेन्सिलले प्रारम्भिक रेखाचित्र बनाउँछ । त्यसपछि त्यो चित्र प्रकाशको लागि कम्प्युटर जेनेरेटेड आर्टवर्क बनाउनको लागि दिइन्छ ।

२. सूक्ष्म-ज्ञानमा आदारित चित्र कसले बनाउन सक्छ?

यी व्यक्तिहरूलाई सूक्ष्म कलाकार वा दिव्य दृष्टि भएको कलाकार भनेर चिनिन्छ । सामान्यतया ४०% वा सोभन्दा बढी आध्यात्मिक स्तर भएका र विकसित छैठौं इन्द्रिय भएका व्यक्तिहरू, विशेष गरी सूक्ष्म दृष्टिले सूक्ष्म-आयामलाई बुझ्न सक्छन् । यी मानिसहरूले वास्तवमा अदृश्य सूक्ष्म संसारलाई देख्न सक्छन् जसरी हामी भौतिक संसार देख्छौं । यी मध्ये केही व्यक्तिहरू प्रतिभावान कलाकार पनि हुन्छन् र उनीहरूले देखेका कुरालाई यर्थार्थ रूपमा प्रस्तुत गर्न पनि सक्छन् ।

चित्रको अचूकता बढ्दछ :

  • बढ्दो आध्यात्मिक स्तर
  • व्यक्तिको उत्साहले,
  • आध्यात्मिक रुपमा उन्न्त व्यक्तिको आशीर्वादले,
  • यदि सूक्ष्म-परीक्षणलाई मानवताको हितको लागि जानकारी प्रदान गर्ने उद्देश्यले साधनाको रुपमा गरिन्छ ।

३. SSRF मा प्रकाशित हुने अनिष्ट शक्तिहरुको सूक्ष्म-ज्ञानमा आधारि चित्रहरुको सन्दर्भमा

तलको तालिकाले SSRF वेबसाइटमा प्रकाशित अनिष्ट शक्तिहरु (दानव, शैतान, दैत्य, आदि) को सूक्ष्म-ज्ञानमा आधारित रेखाचित्रहरूको बारेमा केही विवरणहरू दिन्छ । यसले दुईवटा परिदृश्य देखाउँछ ।

  • आदर्श परिदृश्य– आदर्श परिदृश्यमा हामी एक उच्च आध्यात्मिक स्तर भएको साधकद्वारा निम्न स्तरको अनिष्ट शक्ति जस्तै भुवर्लोक तथा पहिलो र दोस्रो पातालको अनिष्ट शक्तिहरुको सूक्ष्म-ज्ञानमा आधारित चित्र बनाउने लिन्छौं । यस सन्दर्भमा, यस अवधिको लागि आवश्यक चित्रको सटीकता अधिकतम हुन सक्छ र साधकलाई अनिष्ट शक्तिको पीडा न्यूनतम हुन सुक्छ ।
  • वास्तविक परिदृश्य– वर्त्तमान परिदृश्य यस्तो छ कि SSRF को सूक्ष्म-दृष्टि भएका साधक उच्च स्तरीय पाचैं पातालको सूक्ष्म-मान्त्रिकको सूक्ष्म-ज्ञानमा आधारित चित्र बनाइ रहेको छ । यस कारण अत्यधिक मात्रामा कष्टको सामना गरिरहेको छ ।

टिप्पणि : (रातो अक्षरमा दिएको नम्बरहरुको लागि)

१. हामी ब्रहमाण्डको तीन युगहरु  भएर आएका छौं र अहिले हामी चौथो तथा अन्तिम युग कलियुमा छौं । यस युगमा अधिकतर मानिसहरु २० प्रतिशत आध्यात्मिक स्तरमा छन् । यस युगमा तुलनात्मक रुपमा सूक्ष्म दृष्टिको अल्प क्षमताको कारण सकारात्मक शक्ति तथा देवताहरु  को चित्र ३० प्रतिशत अचूकतासँग बनाउन सक्दछ । साथै सूक्ष्म-ज्ञानमा आधारित चित्र ३० प्रतिशत भन्दा अधिक अचूक भएता पनि वर्तमान समयमा मनुष्यको अल्प आध्यात्मिक स्तरको कारण त्यस चित्र देखेर पनि त्यसबाट लाभान्वित हुन सक्दैन । उदाहरणको लागि यदि कुनै देवताको चित्र ३० प्रतिशत भन्दा अधिक अचूक बन्यो भने, तब हामी त्यस चित्र अथवा प्रतिमाबाट प्रक्षेपित हुने शक्ति/चैतन्य सहन सक्दैनैं । देवताहरुको व्यावसायिक चित्र औसत रुपमा त्यस देवताको १-२ प्रतिशत शक्ति/चैतन्य ग्रहण गर्न समर्थ हुन्छ । अचूकताको हाम्रो अर्थ हो, देवता अथवा अनिष्ट शक्तिको सबै सूक्ष्मताहरु ग्रहण गर्न सक्ने सूक्ष्म-क्षमता हो ।  यस्तो गर्ने समय हामी आफै देवताको चित्र बनाउने समय चैतन्य र अनिष्ट शक्तिको चित्र बनाउने समय कालो शक्ति ग्रहण गछौं ।

२. अनिष्ट शक्तिहरुको सूक्ष्म-ज्ञानमा आधारित चित्रहरुको माध्यमबाट संचारित कालो शक्तिको कारण हुने कष्टलाई मर्यादित गर्नको लागि हामीले ती चित्रहरुको अचूकता ८ प्रतिशतसम्म सीमित गरेका छौं । यो विशेष रुपमा पातालको तल्लो लोकहरुबाट आउने अत्यधिक शक्तिशाली अनिष्ट शक्तिहरु (राक्षस, शैतान, दैत्य इत्यादि) को सन्दर्भमा हो, किनकि हामी स्वाभाविक रुपमा उनको ८ प्रतिशत कालो शक्ति चित्रमा ग्रहण गर्दछ । अनिष्ट शक्तिको सूक्ष्म-ज्ञानमा आधारति चित्र यदि अधिक अचूक हुन्छ भने त्यसबाट अधिक मात्रामा नकारात्मकता प्रक्षेपित हुन्छ, जुन हाम्रो पाठहरुको लागि अति कष्टदायक हुन्छ ।
८ प्रतिशत अचूकता युक्त सूक्ष्म-ज्ञानमा आधारित अनिष्ट शक्तिको चित्र उसको स्थूल विशेषताहरुसँग समानता दर्शाउँछ । अर्थात यदि सूक्ष्म-दृष्टि भएको अन्य व्यक्ति अनिष्ट शक्तिलाई देख्दछ तब उसलाई त्यस चित्र समान नै देखाइ दिन्छ ।
८ प्रतिशत अचूकताको हाम्रो अर्थ हो, यस्तो चित्र जुन अनिष्ट शक्तिसँग यति समानता दर्शाउँछ कि त्यो उनको ८ प्रतिशत आध्यात्मि शक्ति ग्रहण गर्न सक्दछ । शेष २२ प्रतिशत (अधिकतम ३० प्रतिशत ग्रहण गर्नयोग्य को) तब सम्भव हुन्छ यदि हामी अनिष्ट शक्तिको रंगको प्रत्येक शेड (shade) र सूक्ष्मतालाई ग्रहण गर्न सक्छौं ।
यो बुझ्न महत्वपूर्ण छ कि ८ प्रतिशत कुनै प्रकारले कम मात्रा हुँदैन । यदि हामी यसको तुलना एउटा साधारण वयक्तिसँग गछौं, जोसँग सूक्ष्म-विश्व देख्न सक्ने कुनै क्षमता छैन ।

३. १०० प्रतिशत मृत्यु समान हो ।

४. पहिलो दुई पातालहरुमा रहने अनिष्ट शक्तिहरु सूक्ष्म हुन्छन् । पहिलो पातालबाट अधोदिशा (तलको दिशा) मा जादा-जादै ती अधिक सूक्ष्म हुँदै जान्छ । जुन पाचौं देखि सातौं पातालहरुमा छन् ती सूक्ष्मतम हुन्छन्, जुन प्रगत छैठौं इन्द्रियको लागि पनि लगभग पारदर्शी हुन्छ । त्यसैले उनलाई पहिचान गर्न तथा अचूकतासँग उनको चित्रण गर्न अत्यन्त कठिन हुन्छ । SSRF को साधक अति प्रगत छैठौं इन्द्रिय द्वारा उनको चित्र बनाइरहेको छ किनकि वर्त्तमानमा उच्चतर पदक्रम भएको पाचौं देखि सातौं पातालको अनिष्ट शक्तिहरु SSRF को साधकलाई कष्ट दिइरहेको छ । अधिक शक्तिशाली अनिष्ट शक्तिहरुले SSRF को साधकहरुलाई आक्रमण गर्नुको मुख्य कारण हो उनको ज्ञानको लागि अनुसन्धान गर्न तथा आध्यात्मप्रसारको विरोध गर्नु ।

४. सुरक्षात्मक किनारा

तपाईले याद गर्नु भएको होला हामी द्वारा दिएको अनिष्ट शक्तिहरु सँग सम्बन्धि प्रत्यक सूक्ष्म-ज्ञानमा आधारित चित्र तथा कुनै प्रसंगमा पूरै लेखको चारैतर्फ हामीले सुरक्षात्मक किनारा (चौखट) लगाएका छौं । प्रतेक किनारामा विशेष देवताको नाम छ । हामीलाई यो नाम प्रगत छैठौं इन्द्रियबाट प्राप्त भएको हो । सुरक्षात्मक किनारा लगाउनुको कारण हो अनिष्ट शक्तिहरुसँग सम्बन्धित सूक्ष्म-ज्ञानमा आधारति चित्र अथवा लेखबाट प्रक्षेपित हुने हानिकारक सूक्ष्म-स्पन्दनहरु निष्क्रीय गर्नु । फलस्वरुप हाम्रो पाठक यी हानिकारक सूक्ष्म-स्पन्दनहरुबाट सुरक्षित हुन्छन् ।

यो पनि ध्यान दिनुहोस् कि किनारमा प्रयोग गरिएको देवताको नाम अनुसार यसको रंग पनि परिवर्तन गरिरहन्छ । यो किनभने हामीले आध्यात्मिक अनुसन्धानबाट पत्ता लगाएका छौं कि देवता (ईश्वरको रूप) आध्यात्मिक आयाममा एक विशेष रंगको माध्यमबाट देखाइएको हुन्छ । किनारामा त्यहि रंग प्रयोग गरेर, हामीले किनाराको क्षमता बढाएका छौं ताकि त्यो देवताको रक्षात्मक दैवी शक्तिलाई आकर्षित गर्न सकियोस् ।

कृपया यी सुरक्षात्मक किनाराहरुमा सूक्ष्म-प्रयोग गर्नुहोस् ।

५. सूक्ष्म-ज्ञानमा आधारित चित्रको अचूकताकाको प्रतिशत कसरी निर्धारण गरिन्छ?

सूक्ष्म-ज्ञानमा आधारित चित्रको अचूकताको प्रतिशत र त्यसैले सर्व परीक्षणको अचूकता तब बढ्दछ जब त्यससँग सम्बन्धित विवरण प्रमाणको अनुसार वर्णित हुन्छ । उदाहरणका लागि, सूक्ष्म-ज्ञानमा आधारित चित्रमा चित्रण गरिएको व्यक्तिको वास्तविक नाम लुकाउँदा पनि चित्रको अचूकता घट्छ ।

सूक्ष्म-कलाकार (दिव्यद्रष्टा कालाकार) को चित्रको अचूकता प्रभावित गर्ने विविध कारकहरुका पूर्ण विभाजन निम्नलिखित छ ।

अनुचित सूक्ष्म-चित्रों का क्या कारण है ?
१. अनिष्ट शक्तिहरु(राक्षस,  शैतान,  दैत्य इत्यादि)  द्वारा निर्मित भ्रम ३० प्रतिशत
२. अनिष्ट शक्तिहरुद्वारा रूप अथवा आध्यात्मिक शक्तिमा परिवर्तन हुनु १० प्रतिशत
३. कल्पना १० प्रतिशत
४. अनिष्ट शक्तिको कष्टको कारण चित्र बनाउन नसक्नु १० प्रतिशत
५. वास्तविक रूपमा कष्टको निर्माण गर्ने अनिष्ट शक्तिको चित्र हो अथवा त्यो मात्र उच्च स्तरीय अनिष्ट शक्तिको माध्यमको रूपमा उनीहरुको आदेशानुसार कार्य गरिरहेको,  यसको भ्रम हुनु १० प्रतिशत
६. समय,  चंद्रमाको दशा इत्यादि १० प्रतिशत
७. मानसिक स्थिति ५ प्रतिशत
८. शारीरिक स्थिति ३  प्रतिशत
९. अन्य १२  प्रतिशत
कुल १००  प्रतिशत

टिप्पणी

  • भ्रमको अर्थ हो नभएको कुरालाई देख्नु । यो पाँच इन्द्रियहरु मध्ये कुनै पनि मार्फत हुन सक्छ । यो सामान्यतया हामी बाहिर कुनै न कुनै रुपमा देख्न सकिन्छ (अनुभव गरिन्छ) ।
  • कल्पना एक आन्तरिक घटना हो जुन व्यक्तिको मनमा घटित हुन्छ ।

माथिको तालिकामा तपाई देख्न सक्नुहुन्छ कि सूक्ष्म-आयाममा अचूक चित्र बनाउन धेरै कारकहरुले प्रभाव पार्छ ।

कहिलेकाहीँ हामी धेरै सूक्ष्म-कलाकारहरू (दिव्यद्रष्टा कलाकारहरू) देख्छौं जसले मानिसहरूका लागि सूक्ष्म-लोकहरूबाट आएको मार्गदर्शक आत्माहरू वा देवदूतहरु चित्र बानउँछन्। प्रायः सबै अवस्थामा, ती चित्रहरू अनिष्ट शक्तिहरु (राक्षस, शैतान, दैत्य आदि) द्वारा सूक्ष्म-कलाकार (दिव्यद्रष्टा कलाकार) लाई दिएका झूटा दृश्यहरू हुन्छन् । सूक्ष्म-कलाकारहरू आफैं आध्यात्मिक रूपमा उन्नत छैनन्, न त उनीहरूलाई आध्यात्मिक रूपमा उन्नत मार्गदर्शक हुन्छन्, त्यसैले धेरै पटक उनीहरू उच्च स्तरको अनिष्ट शक्तिद्वारा मार्गबाट भ्रमित हुन्छन् । यी सबैबाट अनभिज्ञ मानिसहरू जसले आफूसँग देवदूतको चित्र छ भनी ठान्छन् वास्तवमा कुनै पातालको लोकको अनिष्ट शक्तिको चित्र हुन्छ । जब त्यो तस्विर घर लिएर जान्छ तब त्यो अनिष्ट शक्तिको लागि कालो शक्ति प्रक्षेपित गर्ने एक माध्यम बन्न जान्छ ।

६. सूक्ष्म-ज्ञानमा आधारित चित्रहरुको अचूकता कसरी जाच्ने?

SSRF को साधक आफ्नो क्षमताको जाच गर्नको लागि निम्नलिखित तकनीकका उपयोग गर्दछ ।

      • छैठौं इन्द्रिय अतीन्द्रिय संवेदी क्षमता युक्त साधकको जाच गर्नको लागि विभिन्न प्रयोग गरिन्छ जसको सत्यता तत्काल जाचन सकिन्छ । उदाहरणको लागि:
        • एउटा पुस्कतकबाट कुनै पनि एक पृष्ठ छनोट गरि र नहेरी पृष्ठ नम्बर अनुमान लगाउने ।
        • ताशको एउटा पूरै प्याकेटबाट कुनै एक ताश छनोट गर्ने र यसलाई नहेरी पहिचान गर्ने ।
        • अज्ञात व्यक्तिको घरको विवरण बताउने
        • मृतकको चिताको खरानी हेरर मात्रै उसको जीवनको वर्णन गर्ने ।
      • त्यस्ता ३०० वटा प्रश्नहरुको ९०% उत्तर सहि पाइयो । प्रमाणिकरण योग्य उत्तरहरु अचूक मिल्दा हामीले असमर्थ उत्तरहरुमा पनि विश्वास गर्न थाल्यौं ।
      • छैठौं इन्द्रियद्वारा विभिन्न विषयहरूमा विभिन्न साधकहरूले प्राप्त गरेको ज्ञान समान थियो । उदाहरण को लागी, जब एक आविष्ट व्यक्तिमा आध्यात्मिक उपचार गरिन्छ, सूक्ष्म आयाम मा वास्तव मा के हुन्छ भन्ने बारेमा विभिन्न साधकहरु द्वारा दिएको विवरण समान पायो ।
      • यस बाहेक, सबै साधकहरूले प्राप्त गरेका सबै निष्कर्षहरू परम पूज्य डा. आठवलेज्यूले आफ्नो उच्च उन्नत छैठौं इन्द्रियद्वारा प्रमाणित गर्नुहुन्छ ।

७. SSRF को साधकहरुले बनाएको सूक्ष्म-ज्ञानमा आदारित चित्रहरुको केही मुख्य विशेषताहरु

सूक्ष्म-दृष्टिले युक्त धेरै सूक्ष्म-कलाकारहरू (दिव्यद्रष्टा कलाकारहरू) कालो र सेतो रंगमा दृश्यहरू देख्छन् । धेरैजसो अवस्थामा, उनीहरू सूक्ष्म-आयामको केवल स्थूलतम भागत्रै देख्न सक्छन् । उदाहरणका लागि, भुवर्लोकको अनिष्ट शक्ति कस्तो देखिन्छ । पातालको तल्लो लोकहरुका अनिष्ट शक्तिहरु जुन अत्यधिक सूक्ष्म हुन्छन् वा दिव्यदृष्टि भएका मानिसहरूले देख्न सक्ने क्षमताभन्दा धेरै पर हुन्छन् । SSRF को साधकहरू सूक्ष्म-आयामको सर्वाधिक सूक्ष्म विवरणहरु र रंगहरू ग्रहण गर्ने क्षमताले युक्त हुन्छन् । SSRF को साधकहरू अझै गहिरो आयामहरु पनि देख्न सक्छन् जस्तै अनिष्ट शक्तिको लोक, विशिष्ट समयमा के गरिरहेको छ, कसको आदेशमा यस्तो गरिरहेको छ, त्यस्ता गतिविधि गर्ने प्रक्रिया के हो आदि ।

  • SSRF को साधिका अनुराधा वाडेकरज्यूले अपरिचित व्यक्तिले अनुभव गरिरहेको लक्षणहरू वर्णन गरिन् । जब ती व्यक्तिसँग अन्तर्वार्ता लिइयो, उनको लक्षण ८० प्रतिशत समान पाइयो । अनुराधाजीले आफ्नो छैटौं इन्द्रियबाट थाहा पाएका यी तथ्यहरू पत्ता लगाउन मनोचिकित्सकलाई धेरै घण्टा लाग्ने थियो ।
  • SSRF को अर्को साधिका, योया वालेज्यूलाई सूक्ष्म-ज्ञानमा आधारित चित्रहरु धेरै भागहरूमा ग्रहण गर्नुहुन्छ, अर्थात् पहिले आँखा, त्यसपछि खुट्टा आदि र त्यसपछि ती सबै भागहरू जोडेर चित्र पूरा गर्नुहुन्छ ।

सूक्ष्म-आयाममा जे देखिन्छ, ती सबै हुँदैनन् । उदाहरणका लागि, सूक्ष्म-कलाकारलाई लाग्न सक्छ कि उनले मार्गदर्शक आत्माको दृश्य देखिरहेको छ जब कि त्यो अनिष्ट शक्तिहरु हुन सक्छन् जसले उनलाई झूटो दृ्श्य देखाइरहेको हुन्छ । सूक्ष्म आयाममा एउटा अनिष्ट शक्ति उच्च स्तरको अनिष्ट शक्तिको  नियन्त्रणमा हुन्छ । यसमा धेरै स्तरहरुको नियन्त्रण हुनु सामान्य हो । तल्लो स्तरको अनिष्ट शक्तिले गरेको कामको जिम्मेवारी सातौं पातालको सूक्ष्म-स्तरीय मान्त्रिकलाई सफलतापूर्वक पत्ता लगाउन, सर्वोच्च स्तरको छैठौं इन्द्रिय (एक्स्ट्रासेन्सरी पर्सेप्शन) हुन अनिवार्य हुन्छ ।

कृपया सन्दर्भको लागि हाम्रो लेख “असामान्य गतिविधि बुझ्नको लागि छैठौं इन्द्रियको गहन क्षमता”, पढ्नुहोस् ।