शिशु अपनाउने – के हामीले यस्तो गर्नुहुन्छ?
विषयसूची
१. शिशु अपनाउने एक परिचय
जब दम्पतीहरूले बच्चा जन्माउन सक्षम हुँदैनन्, शिशु अपनाउँनाले सम्भावित आमाबाबुलाई बच्चा जन्माउने अनुभव र आनन्द दिन्छ। विश्वभर हरेक वर्ष सयौं हजार बालबालिकालाई धर्मपुत्र-धर्मपुत्री बनाइन्छ। विकसित देशहरूमा, एकल बच्चालाई अपनाउनको लागि ५०,००० अमेरिकी डलरसम्म लाग्न सक्छ। बच्चालाई अपनाउँदा बच्चाको भविष्य राम्रो र स्थिर हुन्छ भन्ने सामान्य धारणा रहेको भए पनि यस लेखमा हामी निम्न दुई कुरामा आध्यात्मिक दृष्टिकोण प्रस्तुत गर्नेछौं। :
- बच्चा अपनाउनको लागि छोड्ने अभ्यास
- बच्चा अपनाउने अभ्यास
२. बांझपन र गर्भधारण गर्न सक्षम नहुनु पछाडिको आध्यात्मिक कारणहरु
सन्तान नभएका परिवारले सन्तानको चाहना भएकाले बच्च अपनाउन चाहन्छन् भन्ने कुरा बुझ्न सकिन्छ। गर्भधारण गर्न सक्षम नहुनु धेरै पीडादायी हुन सक्छ, विशेष गरी जब हामीलाई कारण थाहा हुँदैन।
तलको तालिकामा हामीले गर्भधारण गर्न नसक्ने कारणहरुको विभाजन दिएका छौं।
गर्भधारण गर्न नसक्ने कारणहरु | |
---|---|
प्रकार | प्रतिशत |
१. आनुवांशिक (जैविक कारक) | २० |
२. मानसिक कारक | ३० |
३. प्रारब्धको कारणले आध्यात्मिक कारकहरु | ५० |
३अ.पुर्खाको कष्ट | (३५) |
३आ. अनिष्ट शक्तिहरुसँग सम्बन्धित कष्ट | (१५) |
स्रोत: वर्ष २०१४ मा SSRF.org द्वारा गरिएको आध्यात्मिक अनुसन्धान
१. आनुवंशिक वा जैविक कारकहरू अण्डात्सर्जन (ओभुलेशन) मा समस्या, हार्मोनल असंतुलन, अवरुद्ध गर्भाशय नलिका र शुक्राणु विकार संग समस्या समावेश गर्दछ।
२. मनसिक अवस्थाहरू, जस्तै निराशा तथा तनाव, यौन इच्छालाई कम गर्न सक्छ तथा हर्मोनको स्तरहरूमा परिवर्तन ल्याउन सक्छ (शरीर द्वारा उत्पादित रसायनहरू)।
३. आध्यात्मिक कारक:
अ. बांझपन आध्यात्मिक कारणले हुन्छ, यसको सम्भावित लक्षण भनेको बिरामीको निदान गरेपछि बिना कारण बाँझोपनको समस्या भएको वा गर्भधारणमा बाधा पर्ने कारण पत्ता नलागेको बताइन्छ।
आ. पितृदोषका कारण गर्भधारणमा कठिनाई भएमा भगवान दत्तात्रेयको नाम जप गरेर यस समस्याबाट मुक्ति पाउन सकिन्छ ।
इ. सन्तान नभएका परिवारले अध्यात्मका छ: सिद्धान्त अनुसार साधना गरेर आफ्नो प्रारब्धको तीव्रता कम गर्न सक्छन्।
ई. यदि दम्पतीले उत्तम उपायहरू अपनाएर पनि गर्भधारण गर्न असमर्थ छन् भने, आध्यात्मिक दृष्टिकोणबाट यसलाई ईश्वरको इच्छाको रूपमा स्वीकार गरी जीवनकालमा आध्यात्मिक प्रगतिको लागि प्रयासहरूमा ध्यान केन्द्रित गर्नुपर्छ।
उ. यद्यपि, आध्यात्मिक दृष्टिकोणबाट हामी बुझ्न सक्छौं कि बच्चा नहुनु हाम्रो प्रारब्ध हो र हामीले यसलाई स्वीकार गर्नुपर्छ। निम्न खण्डहरूमा, हामीले बच्चा अपनाउन चाहने जोडीहरूका लागि केही परिप्रेक्ष्यहरू पनि दिएका छौं।
SSRF वेबसाइटमा पितृदोष , प्रारब्ध, भूतावेश एवं आध्यात्मिक समस्याहरुबाट छुटकारा पाउनका लागि जानकारी सम्बन्धित खण्डहरुमा उपलब्ध छन्।
३. बच्चा अपनाउँदा, बच्चा तथा अपनाउने परिवारमा हुने आध्यात्मिक प्रभाव
वर्तमान समयमा हामी प्रायः सबैले दिवंगत पैतृक आत्माहरूको कारणले गर्दा कुनै न कुनै प्रकारको संकटको अनुभव गर्दछौं। सन्तान जन्माउन नसक्ने परिवारहरूमा सामान्यतया मध्यमदेखि गम्भीर पितृदोष समस्या हुन्छ। प्राय: बांझपन र बच्चा जन्माउन असक्षमताको मूल कारण हो। जब गम्भीर पितृदोष भएको परिवारले बच्चालाई अपनाउँछ, बच्चाले स्वत: त्यस परिवारको तीव्र पितृदोष अपनाउँछ। आध्यात्मिक दृष्टिकोणबाट, यो वास्तवमा बच्चाको लागि हानिकारक छ। थप रूपमा, बच्चाले आफ्नो जैविक परिवारबाट दिवंगत पैतृक आत्माहरूसँग कर्म सम्बन्ध राख्न जारी राख्छ। यसरी बच्चा कर्म बन्धनद्वारा आफ्नो जैविक परिवाका मृत पूर्खाहरुका आत्माहरुसँग पनि जोडिएको हुन्छ। यस प्रकार बच्चा अनजानमा नै दुई परिवारहरुको मृत पूर्खाहरुको दुई समूहहरुको वारिस बन्दछ। बच्चा अपनाउँदा नयाँ परिवारको साथ नयाँ लेन-देन पनि निर्मित हुन्छ, जसले सम्बन्धि व्यक्ति जन्म-मृत्युको चक्रमा फसि रहने सम्भावना बढ्दछ।
यसको साथै, यदि अपनाएको बच्चालाई भूत वा उच्च स्तरको अनिष्ट शक्तिले प्रभावित अथवा आविष्ट छ भने यसले अपनाउने परिवारमा नकारात्मक प्रभाव हुन्छ। यसले परिवारका सबै सदस्यहरूले अनुभव गरिरहेको पीडा बढाउन सक्छ। शारीरिक पिडा चिकित्सा उपचार द्वारा निको हुन सक्छ; यद्यपि तीव्र आध्यात्मिक कष्टलाई केवाल तीव्र साधना गरेर मात्र हटाउन सकिन्छ। नत्र यो पीडा हाम्रो अर्को जन्ममा पनि जारी रहन्छ। जब हामीले त्यस्ता परिप्रेक्ष्यहरूलाई ध्यानमा राख्छौं, बच्चा अपनाउने विषयमा पुनर्वचार गर्न सक्छौं।
३.१.१ बच्चा अपनाउनको लागि छोड्ने पछाडिको मनसाय
त्यहाँ धेरै कारणहरू छन् जुन आमाबाबुले आफ्नो बच्चालाई अरुले अपनाउनको लागि छोड्ने विचार गर्न सक्छन्। उदाहरणका लागि केही मानिसहरूले आफ्नो बच्चालाई अरुले अपनाउनको लागि त्याग्छन् ताकि कम्तिमा उसले आर्थिक रूपमा स्थिर भविष्य प्राप्त गर्न सकोस्। यो सत्य हो कि बच्चा अपनाउने परिवार आर्थिक रूपमा सम्पन्न हुन सक्छ तर यसको विपरीत यदि अपनाउने परिवार अनिष्ट शक्तिहरुले प्रभावित छ भने बच्चाको वास्तविक आमा-बाबाले आफ्नो बच्चालाई आध्यात्मिक कष्टतर्फ धकेलिरहेको हुन्छ। वैकल्पिक रूपमा, यदि आमाबाबुले बच्चालाई आफ्नै साथ राखेर उसलाई साधना गर्न प्रेरति गर्दछ भने ईश्वरले उनीहरूको आर्थिक स्थिति परिवर्तन गरिदने सम्भावना हुन्छ।
३.१.२ बच्चा अपनाउने पछाडिको मनसाय
बच्चा अपनाउने निर्णयको उद्देश्य भिन्न हुन सक्छ। यद्यपि यो लाग्न सक्छ कि बच्च अपनाउनु हामीलाई हाम्रो इच्छा लाग्न सक्छ तर आध्यात्मिक कारकहरूको कारणले हुन्छ, हाम्रो ६५% निर्णयहरू केवल आध्यात्मिक कारणले लिइन्छन्। कहीलेकाहीं बच्चा अपनाउनु एक पुण्य कर्म प्रतित हुन्छ; तर आध्यात्मिक दृष्टिकोणबाट यसले हामीलाई सांसारिक जीवनमा थप लिप्त बनाउँछ। जसले हाम्रो जीवनको मुख्य उद्देश्य आध्यात्मिक प्रगति गर्नबाट विमुख गर्न सक्छ।
४. बच्चा अपनाउने प्रथाको सारंश तथा के यसलाई रोज्नुहुन्छ
बच्चा अपनाउन चाहने परिवारको लागि:
पृथ्वीमा मनुष्य भएर जन्मिनु एउटा वरदान हो। किन भने पृथ्वी एकमात्र लोक हो जहाँ हामीले जीवको उद्देश्य आध्यात्मिक प्रगति गर्नको लागि सर्वाधिक प्रयास गर्न सक्छौं। तसर्थ, यदि दम्पतीले सबै प्रयास गरेपनि सन्तान प्राप्त गर्न सकेन भने, विशुद्ध आध्यात्मिक दृष्टिकोबाट यसलाई आफ्नो प्रारब्धको रुपमा स्वीकार गर्नु राम्रो हुनेछ। उनीहरुले आध्यात्मिक रुपमा प्रगति गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। यसले अपनाएको बच्चासँग कुनै पनि दिने-लिने सिर्जना नगर्ने परिणाम हुनेछ।
यदि यो सम्भव छैन र उनीहरूलाई लाग्दछ कि बच्चा हुनैपर्छ, तब पनि नियमित साधना गरेर उनीहरूले आफूलाई र आफूले अपनाउने बच्चा दुवैलाई मद्दत गर्न सक्छन्। फलस्वरुप बच्चा अपनाउँदाको कारण हुने कष्ट कम गर्न सक्छ।
त्यो परिवार जसले आफ्नो बच्चालाई कसैले अपनाउनको लागि दिन इच्छा राख्दछ:
बच्चाको आध्यात्मिक स्वास्थय सर्वाधिक महत्वपूर्ण छ प्राथमिकतामा आर्थिक सम्पन्नता भन्दा पनि अगाडि छ। यदि हामी आध्यात्मिक उन्नति हेतु समर्पित छैं भने तब यस भैतिक संसारमा जीवनयापन हेतु आवश्यक सबै ईश्वरले हामीलाई दिनुहुन्छ। बच्चाको जन्म पनि एउटा आशीर्वाद हो तथा कसैलाई दिन योग्य सर्वोत्त्म उपाहर हो, उनको साधनाको लागि समर्थन र मद्दत गर्नु तर साधनाको छ: मूलभूत सिद्धान्त अनुसार नै हुनुपर्छ, सांप्रदायिक साधना हुनुहुँदैन।
अन्तमा, जीवनमा ठूला निर्णयहरू जस्तै बच्चालाई त्याग्न चाहने वा बच्चालाई अपनाउन चाहने सामान्यतया प्राय: प्रारब्धनुसार तथा लेन-देनको हिसाबको कारण हुन्छ। साधनाले हामीलाई सधैं उच्च मार्ग रोज्नको लागि शक्ति प्रदान गर्दछ: जुन परिवारको आध्यात्मिक उन्नति हेतु सर्वाधिक योग्य हुन्छ र यसले तीव्र नकारात्मक प्रारब्धबाट मुक्ति पाउन सक्छ।