बाथटबमा स्नान गर्दा आध्यात्मिक प्रभाव

1 . प्रस्तावना

स्नान सबै संस्कृतिको एउटा सार्वभैमिक क्रिया हो. सम्पूर्ण विश्वमा मानिस व्यक्तिगत स्वास्थ्य, थेरेपी अथवा धार्मिक कारण अनि मनोरञ्जनको लागि पनि आफ्नो शरीरलार्इ स्वच्छ गर्दछ. बिभिन्न स्थान एवं संस्कृतिको मानिस स्नान गर्दछन् त्यसैले यो स्वाभाविक हो पूरै विश्वमा स्नानको विभिन्न पद्धतिहरु अपनएका छन्. विश्वको अनेक भागहरुमा बाथटबमा स्नान गर्ने एउटा सामान्य पद्धति हो. आध्यात्मिक अनुसन्धानको माध्यमबाट हामीले बाथटबमा स्नान गर्दा आध्यात्मिक प्रभाव बुझ्यौं.

. पृष्ठभूमि

यो लेख बुझ्नको लागि, हामी निम्नलिखित लेख पढ्न परामर्श दिन्छौं :

. बाथटबमा स्नान गर्दा आध्यात्मिक परिप्रेक्ष्य

हाम्रो धारणा छन् कि बाथटबमा स्नानको पद्धति स्वच्छता राख्नुको साथै विश्राम पाउनको लागि एउटा हानिरहित पद्धति हो; तथापि आध्यात्मिक अनुसन्धानद्वारा हामीलार्इ यो ज्ञात भयो कि बाथटबमा स्नान गर्नाले वास्तवमा नकारात्मक उर्जा आकर्षित हुन्छ अनि स्नान गर्ने व्यक्तिलार्इ हानि पुग्दछ ।

यसलार्इ बुझ्नको लागि हामीले कु. प्रियंका लोटलीकरको सहायता लियौं । उनी SSRF अन्तर्गत साधना गर्दछिन अनि उनीमा प्रगत छैटौं इन्द्रिय प्राप्त छिन् । उनीले आध्यात्मिक दृष्टिबाट सामान्य व्यक्ति बाथटबमा स्नान गर्ने क्रियाको अध्ययन गरिन् तथा आध्यात्मिक आयाममा के हुन्छ, यसको परिणाम तल दिएको सूक्ष्म ज्ञानमा आधारित चित्रमा प्रस्तुत गरिन् । यस सूक्ष्म ज्ञानमा आधारित चित्रको प्रामाणिकता प.पू. डॉ. आठवले ज्युले जाच्नु भएको छ ।

बाथटबमा स्नान गर्दा आध्यात्मिक प्रभाव

 

निम्नलिखित कारणले बाथटबमा स्नान गर्ने क्रियामा आध्यात्मिक आयामद्वारा नकारात्मकता अनुभव भयो :

  • जब कुनै व्यक्ति टबमा स्नान गर्दछ, उसको शरीरमा लागेको धूलो टबमा एकत्र हुन जान्छ । धूलो रज-तम प्रधान हुन्छ, त्यसैले नकारात्मक ऊर्जा ग्रहण गर्दछ । आपतत्त्व नकारात्मक एवं सकारात्मक दुवै प्रकारको तरङ्ग प्रभावी रूपमा बचत गर्ने क्षमता राख्दछ । त्यसैले जब व्यक्ति स्नान गर्दछ, तब कालो शक्ति स्नानको जलमा एकत्र हुन्छ । यो जल लामो समयसम्म व्यक्तिको सम्पर्कमा रहन्छ, अतः कष्टदायक तरङ्ग आपतत्त्वको माध्यमबाट व्यक्तिको देहमा संक्रमित हुन्छ ।
  • ढल्किदा तमोगुण उच्चतम स्तरमा सक्रिय हुन्छ । यसको तात्पर्य यो हो कि ढल्किएर बाथटबमा स्नान गर्नाले आध्यात्मिक दृष्टिले नकारात्मक प्रभाव बढेर जान्छ ।
  • सामान्यतः स्नानको लागि उपयोग गरिने रसायनले पनि नकारात्मकता बढाउँदछ ।

बाथटबमा स्नान गर्ने व्यक्तिमा नकारात्मक प्रभाव :

  • बाथटबमा स्नान गर्ने व्यक्तितर्फ मायावी शक्ति एवं कालो शक्ति दुबै आकर्षित हुन्छन् । मायावी शक्ति अनिष्ट शक्तिद्वारा उत्पन्न गर्दछ, जसले वस्तु वास्तविकता भन्दा अधिक सुखदायी लाग्दछ । यस कारण यद्यपि बाथटबमा स्नान गर्दा कसैलार्इ राम्रो लाग्छ, यो कृत्य आध्यात्मिक दृष्टिले हानिकारक हुन्छ । यो नकारात्मक ऊर्जा व्यक्तिलार्इ प्रभावित गर्दछ, साथै आसपासको वातावरण पनि दूषित गर्दछ ।
  • नियमित रूपले बाथटबमा स्नान गर्नाले व्यक्तिको आसपास कालो आवरण बढ्दछ अनि उनी अनिष्ट शक्तिद्वारा आवेशित हुने आशंका बढेर जान्छ ।
  • टबमा स्नान गर्नाले कालान्तरमा शारीरिक एवं मानसिक कष्ट हुन सक्छ । मानसिक स्तरमा, व्यक्तिको विचारमा अस्थिरता तथा चिडचिडापन अनुभव हुन सक्छ ।

४. बाथटबमा स्नान गर्दा आध्यात्मिक दुष्परिणामको विषयमा हामी के गर्न सक्छौं ?

आदर्श रूपका हामी बाथटबका स्नान गर्नुबाट बच्नु पर्छ । हामी उभिएर नुहाउन सक्छौं अनि यो भन्दा पनि श्रेष्ठ हो खुट्टा पलेटी मारी बसेर नुहाउने । हामी अरुलार्इ पनि बाथटबमा स्नान गर्दा दुष्परिणामको अवगत गराउन सक्छौं ।

यदि हामी यस्तो स्थितिमा छौं, जहाँ बाथटबमा स्नान गर्नु अतिरिक्त अरु कुनै विकल्प छैन, तब हामी निम्नलिखित सावधानि अपनाउन सक्छौं :

  • स्नानको जलमा केहि चम्मच ढिक्का नुन अथवा गोमूत्रको केहि बूंद मिलाउनुहोस् ।यदि ढिक्का नुन उपलब्ध छैन भने खानामा उपयोग गर्ने नुन प्रयोग गर्न सक्छौं तर यसको परिणामकारिता ३० % कम हुन्छ (ढिक्का नुनको उपयोग भन्दा) ।
  • नुन मिश्रित जल अथवा गोमूत्र युक्त जल स्नानपछि आफ्नो शरीरमा हाल्न सक्छौं, यसले नकारात्मक परिणाम केहि सीमासम्म कम गर्नेछ ।
  • नियमित रूपसँग तथा स्नान गर्ने समय ईश्वरको नामजप गर्नुहोस् । नियमित रूपसँग नामजप गर्नाले हाम्रो चारैतर्फ सुरक्षा कवच बन्दछ अनि अनिष्ट शक्तिको आक्रमणबाट हाम्रो रक्षा हुन्छन् ।
  • बाथटबमा स्नान गर्दाको दुष्परिणामबाट बच्नको लागि ईश्वरसँग प्रार्थना गर्नुहोस् । प्रार्थना यस प्रकार गर्नसक्छौं, हे भगवान, मलार्इ स्नानको समय कुनै पनि प्रकारको नकारात्मक शक्तिबाट बचाउनुहोस् अनि मेरो साधना प्रभावित हुन नदिनुहोस् ।

. निष्कर्ष

एक तर्फ बाथटबमा स्नान गर्नु एक सुखदायी एवं आरामदायक क्रिया मानिन्छ, अर्कोतर्फ आध्यात्मिक स्तरमा यो कष्टदायक स्पन्दन बढाउछ, जसको शरीरिक एवं मानसिक दुष्परिणाम हुन्छन् । यदि तपार्इसँग बाथटबमा स्नान गर्नु अतिरिक्त कुनै विकल्प छैन, तब हामी तपार्इलार्इ यो सुझाउन चाहन्छौं कि तपार्इ केहि सावधानी राक्नुहोस् जसले बाथटबमा एकत्र भएको नकारात्मक ऊर्जाबाट बाचेर स्वयंलार्इ आध्यात्मिक दृष्टिले शुद्ध गर्न सकोस् ।