१. परिचय

हस्तमिलाप, एउटा ज्यादै छोटी विधि हो, जसमा दुई व्यक्ति एक अर्काको दाहिने हात पकडेर प्राय: त्यसलाई माथि तल हलाउँछ । शताब्दीदेखि हस्तमिलाप भेट हुँदा, अभिवादन दिने समय, कृतज्ञता व्यक्त गर्ने समय अथवा स्वीकार पत्र (deal) मा हस्ताक्षर गरेपछि हात मिलाउदा एउटा स्वीकार्य सङ्केत मानेको छ । खेल अथवा प्रतिस्पर्धी गतिविधिहरुमा यो एउटा राम्रो खेलाडीको सङ्केत मानिन्छ । यसको उपयोग सामान्यतया विश्वास, भरोसा एवं समानता प्रदर्शित गर्नको लागि हुन्छ ।

तर पनि यो विधिमा आध्यात्मिक अनुसन्धान गरेपछि एउटा अर्कै कथा प्रकट भयो अनि हात मिलाउदा हुने परिणाम प्रकाशमा आयो ।

२. हस्तमिलापको आध्यात्मिक दृष्टिकोण बुझाउने पृष्ठभूमि लेख

यो लेख बुझ्नकोलागि कृपया पढ्नुहोस् – अभिवादन गरिदा आध्यात्मिक दृष्टिकोण

यसमा उल्लेख गरेको छ कि कसरी स्पर्शको माध्यमबाट अभिवादन गर्ने समय सूक्ष्म शक्ति स्थानान्तरण हुन सक्छ । यसमा यो तथ्य पनि उल्लेख छ कि कुनै व्यक्तिको आध्यात्मिक स्थिति; व्यक्ति अनिष्ट शक्तिबाट आविष्ट अथवा प्रभावित हुदा अभिवादन गर्ने प्रक्रियामा अर्को व्यक्तिलाई प्रभावित गर्न सक्छ ।

हाम्रो सुझाव छ कि लेख सात्विक जीवनशैलीको लागि मार्गदर्शन एवं सत्त्व, रज, तम – ब्रह्माण्डको तीन सूक्ष्म-स्तरीय मूलभूत घटक यी लेखहरु पनि अध्ययन गर्नुहोस् ।

३. हस्तमिलापको आध्यात्मिक परिप्रेक्ष्य

३.१ हस्तमिलाप एवं नकारात्मक शक्ति हस्तान्तरण

हात मिलाउने कृतिले अर्को व्यक्तिमा विद्यमान अनिष्ट शक्तिले आक्रमण गर्ने डर अधिक हुन्छ । यो कृतिले अर्को व्यक्तिमा विद्यमान अनिष्ट शक्तिलाई हामी भित्र प्रवेश गर्नको लागि मार्ग मिल्दछ । वास्तवमा बिना स्पर्श गरिने अभिवादन गर्नुको अपेक्षा यस्तो स्पर्शयुक्त अभिवादनले अर्को व्यक्तिमा स्थित अनिष्ट शक्तिको आक्रमणको खतरा दुई गुना हुन जान्छ । तल दिएको सूक्ष्मज्ञानमा आधारित रेखाचित्र, सूक्ष्मज्ञान प्राप्तकर्त्ता चित्रकारले बनाएको हो, जहाँ दुई साधारण व्यक्तिहरु नकारात्मक अनिष्ट शक्तिबाट ग्रस्त छन्, जब उनीहरु हात मिलाएर हलाउँछन्, तब अनिष्ट शक्ति कसरी हस्तक्षेप गर्दछ यो दर्शाएको छ ।

कृपया पढ्नुहोस् – विश्वको जनसंख्याको कति प्रतिशत व्यक्ति अनिष्ट शक्तिले प्रभावित छ ?

जब दुई व्यक्तिहरुका हात एक अर्काका हातमा हुन्छन्, तब उनीद्वारा प्रक्षेपित रज-तम स्पन्दन उनीहरुका हतकेलामा स्थित रिक्तमा एकत्रित हुन जान्छन् । यसले त्यस क्षेत्रमा सूक्ष्म घर्षणमा वृद्धि हुन्छ एवं त्यहाँ उत्पन्न भएको रज-तमात्मक शक्ति हतकेलाको माध्यमबाट उनको शरीरमा संक्रमित हुन जान्छ । शक्तिको आदान-प्रदानको समय त्यो वातावरणमा पनि प्रवाहित हुन जान्छ जिसले आसपासको वातावरणमा पनि त्यसको तमोगुण फैलेर जान्छ । यस्तो अभिवादन जसमा स्पर्श गरिन्छ, त्यसमा प्राय:सूक्ष्म मोहिनी शक्तिको एउटा वलय निर्मिति हुन जान्छ । मोहिनी शक्ति एउटा विशेष प्रकारको नकारात्मक शक्ति हुन्छ जुन आनन्ददायी स्पन्दनको वेषमा हुन्छ तर त्यससँग जोडेको व्यक्तिको लागि हानिकारक हुन्छ ।

अत्यल्प अतीद्रीय ज्ञान राख्ने एउटा औसत व्यक्तिलाई कालो शक्तिको अप्रत्यक्ष विनिमयको बोध हुँदैन । व्यक्तिमा तमोगुणको वृद्धिको फलस्वरूप अन्य अनिष्ट प्रभाव, जस्तै बुद्धिमा आवरण, कष्टदायक विचार, शिर भारी हुने, वाकवाकी आदि कष्ट हुन सक्छ ।

कोहि व्यक्ति यस्तो विचार गर्न सक्छन्, कुनै व्यक्तिसँग हात मिलाउँदा के यति गम्भिर अनिष्ट हुन सक्छन् ? हाम्रो अनुसन्धान यो बताउछ कि बिना उच्च श्रेणीको साधना, आविष्ट व्यक्तिको सान्निध्यमा रहदा, स्वयंको लागि हानिकारक हुन सक्छ । यो ठीक त्यस्तो हो जुन कुनै संक्रामक रोगबाट ग्रस्त व्यक्तिसँगै रहने; तर आवेशनको अनिष्ट प्रभाव हाम्रो जीवनलाई अत्यधिक प्रभावित गर्दछ तथा त्यो अझै बढ्दै जान्छ । समय बितदै जादा जब व्यक्ति अधिकाधिक कालो शक्तिको आवरणले आच्छादित रहन्छ, तब कालो शक्तिको विनिमय अनुभव गर्ने उनको क्षमता कम हुदै जान्छ ।

SSRF ले बायोफीडबैक यन्त्र उपयोगरि यो प्रयोग गरेको छ जसमा कालो शक्तिले बाधित व्यक्ति तथा साधक अथवा सन्तलाई स्पर्श गर्दा हुने प्रभावलाई लेखीकृत गरेको छ । यो प्रयोगको सामग्री हामी हाम्रो वाचकको लागि शीघ्र नै संचारको आध्यात्मिक आयाम शीर्षक अन्तर्गत प्रस्तुत गर्नेछौं ।

३.२ हस्तमिलाप एवं अहङ्कारमा वृद्धि

हस्तमिलापको मनोवैज्ञानिक दृष्टिकोण बताउने अनेकौं लेख प्रकाशित हुन्छन् जसमा कुनै व्यक्तिसँग विश्वास एवं दृढतापूर्व हस्तमिलाप कसरी गर्ने देखि लिएर कति पल्ट हात हल्लाउनु पर्छ आदिका जानकारी दिएका हुन्छन् ।

आध्यात्मिक दृष्टिले हस्तमिलाप सामान्यत: व्यक्तिको अहङ्कारलाई बढाउँछ, किनकि अधिकांश हस्तमिलाप व्यक्तिको पञ्चज्ञानेद्रिय, मन एवं बुद्धि देखि अलग गर्ने स्थानमा अझै धेरै जोडिदिन्छ । पञ्चज्ञानेद्रिय, मन एवं बुद्धिको साथ निरन्तर सम्बन्ध हस्तमिलाप गर्दा हुनाले फलस्वरूप तमोगुणको वृद्धि हुनुको कारण, उनको आध्यात्मिक प्रगतिमा अवरोध उत्पन्न गर्दछ ।

सम्क्षेपमा यो भन्न सक्छौं कि अभिवादन गर्नको लागि कुनै व्यक्तिसँग हस्तमिलाप गर्दा कुनै आध्यात्मिक फाईदा छैन ।

४. हस्तमिलापको अनिष्ट प्रभाव सम्बन्धि हामी के गर्न सक्छौं ?

  • हस्तमिलाप गरि अभिवादन गर्ने, यसलाई आदर्श नमान्नुनै उचित हुन्छ । नमस्कार गर्नु आध्यात्मिक दृष्टिले सर्वोत्तम विकल्प हो ।
  • मित्रतामा अथवा अभिवादनको लागि हस्तमिलाप गर्ने समाजमा धेरै प्रचलित भएको छ कि यदि कोहि आफूतर्फ हात बढाउदा, त्यसलाई स्वीकार नगर्न कठिन हुन जान्छ । एउटा औसत व्यक्ति यो जान्न पनि सक्दैन कि जोसँग हात मिलाएर अभिवादन गरिरहेको छ त्यो व्यक्ति आविष्ट (possessed) छ अथवा के दुवै नै आविष्ट/प्रभावित छन् । केहि यस्ता कृतिहरु छन् जसले आध्यात्मिक स्तरमा हस्तमिलापको अनिष्ट प्रभाव कम गर्न सकिन्छ ।
    • नियमित रूपले ईश्वरको नामजप गर्दा हाम्रो चारैतर्फबाट सुरक्षा कवच प्रदान गर्दछ, जसले अनिष्ट शक्तिको आक्रमणबाट खतरा हुने सम्भावना कम हुन्छ ।
    • हात मिलाउनु भन्दा पहिला प्रार्थना गर्नु उपयुक्त हुन्छ । प्रार्थना यस्तो हुन सक्छ, हे भगवान हामी दुवैलाई अनिष्ट शक्तिको आक्रमणबाट बच्नको लागि सुरक्षा कवच प्रदान गर्नुहोस् तथा हस्तमिलापले हाम्रो साधनामा कुनै परिणाम नहोस् ।

सबै परम्परा (हस्तमिलाप जस्तो सहज कृति देखि पश्चिमी सभ्यतामा मनाउने हैलोविन देखि मृत शरीरको अन्तिम संस्कारतक) जुन समाजमा सूक्ष्म तमोगुण बढाउछन् ती मूलतः उच्चस्तरीय अनिष्ट शक्तिद्वारा प्रारम्भ गरिन्छ । कुनै व्यक्तिको मस्तिष्कमा विचार रोपि दिनाले एउटा परम्पराले जन्म लिन्छ, कोहि व्यक्तिहरु त्यसलाई समथर्न गर्दछन् तथा अन्य त्यसलाई अपनाउन्छन् । बडी मात्रामा तमोगुणले भारित परम्पराका निर्माण गर्नाले अनिष्ट शक्तिको लागि मानव जातिलाई अंकुश लगाउन सहज रहन्छ । कालान्तमा यी स्वीकार्य परम्पराको स्थान लिन्छ अनि हामीसँग एक रुप हुन जान्छ । यो विडम्बना नै हो कि यस्तो हुनाले सात्त्विक परम्पराको सामान्यतया बेवास्ता गरिदिन्छ या त्यसलाई तुच्छ सोच्न थाल्दछ । आफ्नो साधना तथा सूक्ष्म क्षमता वृद्धि गर्नाले विभिन्न परम्परा – रिवाजमा हुने सूक्ष्म तमोगुण बुझ्ने सक्षता बढ्दछ, जसको फलस्वरूप तिनीहरुमा दूरी बनाइ राख्नमा हामी अधिक निपुणता प्राप्त गर्न सक्छौं ।