अनिष्ट शक्तिद्वारा आविष्ट हुनुबाट कसरी बच्न सकिन्छ ?

अनिष्ट शक्तिद्वारा आविष्ट हुने सङ्कटको सम्भावना कम गर्नको लागि केही उपाय इस प्रकार छन् :

आध्यात्मिक स्तरमा :

  • प्रतिदिन साधना गर्नुहोस् : अध्यात्मको छ: मूलभूत सिद्धान्त अनुसार प्रतिदिन गरिने साधना हाम्रो आध्यात्मिक स्तर वृद्धि सुनिश्चित गर्दछ । सामान्य नियम यो हो कि एउटा व्यक्ति आफू भन्दा १० प्रतिशत कम आध्यत्मिक स्तर भएको व्यक्तिको तुलनामा अनिष्ट शक्तिको आक्रमणबाट अधिक सुरक्षित हुन्छ । निरन्तर अनि बिस्तारै साधना बढाउनाले फलस्वरूप आध्यात्मिक स्तरमा हुने वृद्धि नै आध्यात्मिक विश्वको अनिष्टकारी तत्त्वसँग निरन्तर तथा उतरोत्तर उच्च सुरक्षा प्राप्त गर्ने एकमात्र निश्चित उपाय हो ।
  • आध्यात्मिक उपचार गर्ने : हाम्रो आध्यत्मिक उपचार पृष्ठ मा बताएको सुरक्षात्मक उपचारको रूपमा नियमित आध्यात्मिक उपचारले हामीलार्इ अनिष्ट शक्तिको सुरक्षा प्रदान गर्दछन् ।

मानसिक स्तरमा

  • स्वभाव दोष कम गर्ने : स्वभाव दोष जस्तै क्रोध,लोभ इत्यादि हाम्रो मनोदेहमा खुल्ला घाउ समान हो । हामीमा नियन्त्रण गर्नको लागि अनिष्ट शक्ति प्रायः यी स्वभाव दोषका उपयोग प्रवेश द्वारको रूपमा गर्दछ । हामी तपार्इलार्इ हाम्रो स्वभाव दोष निर्मूलन खण्ड अन्तरर्गत स्वभाव दोष कसरी हटाउने, यसको सन्दर्भमा बताउनेछौं । आध्यात्मिक स्तर बढाउनाले एउटा फार्इदा यो पनि हो कि आध्यात्मिक स्तरमा भएको वृद्धिको फलस्वरूप हाम्रो स्वभाव दोष पनि घटेर जान्छ । जब हामी सक्रिय रूपले दोषलार्इ कम गर्ने प्रयास गर्दछौं, तब अनिष्ट शक्तिद्वारा हामीलार्इ नियन्त्रण गरिने ढोका हामी बन्द गर्दछौं ।

भौतिक अनि मानसिक स्तरमा

  • सात्विक गतिविधि : आफ्नो जीवन अनि गतिविधिलार्इ अधिक सात्विक गर्नाले अनिष्ट शक्तिद्वारा आविष्ट गरिने सङ्कट कम गर्न सकिन्छ । अनिष्ट शक्ति रज-तम प्रधान हुन्छ अनि सात्त्विक वातावरण राम्रो लाग्दैन । यस कारण अनिष्ट शक्तिद्वारा सात्त्विक जीवन शैली  भएको व्यक्तिलार्इ आविष्ट गरिने सम्भावना कम हुन्छ ।