देवताको नामजप एवं मन्त्रजपमा अन्तर

1. देवताको नामजप तथा मन्त्रजपमा अन्तर – प्रस्तावना

धेरै मानिसहरू मन्त्रको अवधारणा सँग मोहित भएको धेरै पटक भगवान को नाम जप सँग पर्यायवाची रूपमा प्रयोग गरिन्छ । नामजप र मन्त्रजप दुवैमा कुनै अक्षर, शब्द, मन्त्र वा वाक्य बारम्बार दोहराइन्छ, त्यसैले दुवैमा अन्तर बुझ्न कठिन हुन्छ । तर, आध्यात्मशास्त्रको दृष्टिकोणबाट, तिनीहरू दुवैमा धेरै तरिकामा अन्तर छन् यस लेखमा हामीले मन्त्र जप भगवानको नाम जपको तुलना बताएका छौं ।

2.मन्त्रको परिभाषा

मन्त्र शब्दको विभिन्न परिभाषाहरु छन्, जसले आध्यात्मिक सूक्ष्म भिन्नताहरु व्याख्या गर्दछ । सामान्यत: मन्त्रको अर्थ हो अक्षर, नाद, शब्द अथवा शब्दहरुको समूह; जुन आत्मज्ञान अथवा र्इश्वरीय स्वरुपको प्रतीक हो । मन्त्रजपले स्व-रक्षा अथवा विशिष्ट उद्देश्य साध्य गर्न सम्भव हुन्छ । मन्त्र दोहराउने समय विधि, निषेध तथा नियमको विशेष पालन गर्न आवश्यक हुन्छ । यो मन्त्र तथा मन्त्र साधना (मन्त्रयोग) को महत्वपूर्ण अंग हो ।

3. भगवानको नाम जपको परिभाषा

नमाजप भनेको कुनै पनि भगवानको नाम बार-बार दोहराउनु हो । मन्त्र जपको विपरीत, यसलाई कुनै पनि नियम, प्रतिबन्ध नियमहरूको आवश्यकता पर्दैन किनकि यो जुनसुकै बेला जहाँ पनि गर्न सकिन्छ । ईश्वरको नामको जप गर्नुको उद्देश्य ईश्वरको नाममा अन्तर्निहित दिव्य शक्तिलाई आत्मसात गरेर आध्यात्मिक रूपमा उन्नति गर्नु हो । यसका साथसाथै, अनिष्ट शक्तिहरुले हाम्रो साधनामा बाधा निर्माण गर्दछन्, तिनीहरुबाट रक्षा प्राप्त गर्न नामजप एक शक्तिशाली उपाय हो ।

प्रस्तुत तालिकाको माध्यमबाट नामजप तथा मन्त्रजपको तुलना गरेका छौं :

       विशेषता देवताको नामजप गर्ने मत्रजप गर्ने
१.के यो बारम्बार दोहोर्याउन आवश्यक छ?  
. संकल्प को आवश्यकता छैन
. होमहवन इत्यादि विधान हुँदैन हुन्छ
. जपसंख्याको गिनती राख्ने राख्न आवश्यक छैन यो आवश्यक छ किनकि जप संख्यात्मक छ यदि हामीले गिनती गरेनौं भने हामीले फल प्राप्त गर्दैनौं ।
. उद्देश्य सकाम अथवा निष्काम सकाम, स्वरक्षा, शत्रुको नाश, सिद्धि प्राप्ति अथवा निष्काम
. गुरु द्वारा दीक्षा कनै देवताको नामजप गर्ने समय उहाँको नाममा नै त्यस देवताको शक्ति हुन्छ । त्यसैले गुरुद्वारा दीक्षाको आवश्यक्ता हुँदैन । गुरु द्वारा दीक्षाको आवश्यकत हुन्छ, किनकि गुरुको संकल्पबाट नै मन्त्रमा शक्ति आउँछ तथा मन्त्रको योग्य उच्चारण पनि गुरुले सिकाउनुहुन्छ 
. विधिनिषेध पालन हुँदैन  हुन्छ । विधिको उदाहरण होमन्त्र जप गर्नुअघि नुहाउने, मन्त्रको अनुष्ठान गर्ने समय दूध, फलाहार गर्ने . निषेधको उदाहरण मांसाहार नगर्ने
. योग्य उच्चारणको महत्त्व आवश्यक छैन शुद्ध उच्चारण गर्नाले नै लाभ हुन्छ 
. कहिले गर्ने ? जहिले पनि, समयको बन्धन छैन विशिष्ट समय, उदाहरण गायत्रीमन्त्रको उच्चारण सूर्योदय एवं सूर्यास्तको समय गर्नाले अधिक लाभ हुन्छ 
१०. कहाँ गर्ने ? जहाँ पनि गर्न सकिन्छ, जुन स्थान सात्त्विक छैन, त्यहाँ पनि गर्न सकिन्छ, उदा. स्नानगृह पवित्र स्थानमा मात्र उदाहरण घर, नदी किनार , गोशाला, अग्निशाला, तीर्थक्षेत्र, उपास्य देवताको मूर्ति  सामुन्य .
११. हानि छैन अयोग्य उच्चारणले हानि हुन सक्छ 

टिप्पणी:

  1. संकल्पको व्याख्याको लागि संकल्प, ब्रहमाण्डको शक्तिहरु मध्ये एक, यस लेखको सन्दर्भ लिनुहोस् ।
  2. इन्टरनेटमा वा विभिन्न पुस्तकहरुमा हामी विभिन्न मन्त्रहरु भेट्छौं जुन कुनै विशेष उद्देश्यको लागि सुझाव गरिएको हुन्छ । विशेष लाभप्राप्तिको लागि हामी त्यस मध्य केही मन्त्रहरु स्वयंको लागि चुनछौं । तर कुनै मन्त्र जबसम्म कुनै सन्त वा गुरुद्वारा दिएको हुँदैन भने तबसम्म हामीलार्इ कुनै पनि लाभ हुँदैन अथवा मर्यादित स्तरमा नै लाभ हुन्छ ।
  3. कुनै विशेष उद्देश्य प्राप्तिको लागि गरिने विभिन्न मन्त्रहरु निश्चित/विशिष्ट संख्यामा जप गर्नुपर्छ (उदा. १०८ अथवा १००८ पटक) । गिनती नगर्नाले हामीलार्इ कुनै पनि लाभ हुँदैन ।
  4. कुनै पनि मन्त्रको परिणाम त्यसमा अन्तर्भूत एवं कार्यरत पञ्चतत्त्व अनुसार हुन्छ । यदि मन्त्र योग्य पद्धतिले गरेन भने अथवा मनानुसार गर्यौं भने हामीलार्इ त्यसमा अन्तर्भूत पञ्चतत्त्वबाट हानि हुन सक्छ । जस्तै यदि मन्त्र तेजतत्त्वसँग सम्बन्धित छ र हामीले आफ्नो मन अनुसार बारम्बार दोहोर्याउँछौं भने, हाम्रो शरीरमा उष्णता निर्मित भएर शरीरको कुनै पनि अंग वा कार्यमा प्रतिकूल प्रभाव पर्न सक्छ ।

4. वर्तमान कालमा नामजप सर्वोत्तम साधना हो

देवताको नामजप एवं मन्त्रजपमा अन्तरप्रत्येक युगको लागि, भगवानले एक निश्चित आध्यात्मिक अभ्यास निर्धारित गर्नुभएको जुन मानिसहरूले त्यस विशिष्ट युगमा सजिलै गर्न सक्छन् । हाम्रो जीवन आजको समयमा धेरै फरक जब मानिसहरूले मन्त्रजप साधना गर्न सक्दथे र सबै विधि-विधानका पालन पनि गर्न सक्दथे, जुन उसलार्इ फलप्राप्ति हेतु आवश्यक थियो । हाम्रो व्यस्त जीवनशैली वातावरणको आध्यात्मिक अशुद्धता (रज तम प्रधान) जस्ता अन्य कारकहरूले, साधनाको अन्य योगमार्ग जस्तै ध्यानयोग, कर्मकण्ड इत्यादि मार्गबाट साधना गरि आध्यात्मिक उन्नति गर्न कठिन छ । त्यसैले आध्यात्मिक रूपमा विकसित सिद्धपुरुषहरु र सन्तहरूले वर्तमान कलियुगमा सबैको लागि सरल तथा सर्वोत्तम साधना, नामजप साधना बताउनु भएको छ । जुन साधनाको छ: मूलभूत तत्त्व अनुरुप छ र शीघ्र आध्यात्मिक उन्नति गर्नमा सहायक छ ।  

5. सारांश

  • भगवानको नाम जप मन्त्र जप दुवैमा कुनै अक्षर, शब्द, मन्त्र वा वाक्यलार्इ बार बार दोहराइन्छ, दुवैमा अन्तर छुटाउन कठिन हुन सक्छ । तर, यी दुवैमा धेरै भिन्नताहरू छन् । सबैभन्दा उल्लेखनीय भिन्नता भनेको कठोर विधि-विधानको पालन मन्त्रजपको समय गर्न आवश्यक छ ।
  • नामजप र मन्त्रजप दुवैबाट आध्यात्मिक उन्नति गर्न सक्दछ । तर कालानुसार नामसाधना नै बताएको छ, जुन आध्यात्मिक उन्नति हेतु वर्तमान युगको सर्वोत्तम साधना हो ।
  • जबसम्म सन्त अथवा गुरु हामीलार्इ विशेष रुपमा कुनै मन्त्रजप गर्नको लागि भन्नु हुँदैन, SSRF द्वारा शीघ्र आध्यात्मिक उन्नति गर्नको लागि नामजप साधनानै बताइन्छ ।