मन्त्र के हो?

मन्त्र भनेको अक्षरहरूको संग्रह हो जसले इष्ट प्राप्त गर्न सक्छ बाधाहरूलाई नष्ट गर्न मद्दत गर्दछ । मन्त्र यस शब्दमा मन्को तात्पर्य मन र मनन हो र त्रको तात्पर्य शक्ति र रक्षासँग सम्बन्धित छ ।

पछिल्लो स्तरमा, मन्त्र अर्थात जसको मननबाट व्यक्तिको पूरा ब्रह्माण्डसँग उनको एकरुपताको ज्ञान प्राप्त हुन्छ । यस स्तरमा मनन (चिन्तन) रोकिन्छ मनको लय हुन्छ र मन्त्र पनि शान्त हुन्छ । यस चरणमा व्यक्ति जन्म मृत्युको चक्रबाट मुक्ति प्राप्त गर्छ ।

मन्त्र जप गर्दा आध्यात्मिक उन्नति, शत्रुको विनाश, अलौकिक शक्तिको प्राप्ति, पापको क्षय वाणी शुद्धि जस्ता लाभहरू समावेश हुन्छन् ।

मन्त्र जप्नु भनेको भगवानको नाम जप गर्नु जस्तै होइन । मन्त्र जप गर्ने सम्बन्धमा धेरै नियमहरू पालन गर्नुपर्छ जुन भगवानको नाम जप गर्दा आवश्यकता हुँदैन । उदाहरणका लागि मन्त्रको जप सात्विक स्थानमा नै गर्नुपर्छ भने भगवानको नाम जप जहाँ पनि जुनसुकै बेला गर्न सकिन्छ ।

मन्त्रबाट उत्पन्न आध्यात्मिक ऊर्जा खराब राम्रो उaद्देश्यका लागि प्रयोग गर्न सकिन्छ । यो पैसा कमाउनु जस्तै हो; पैसा कसरी प्रयोग गरिन्छ त्यो कमाउने व्यक्तिमा भर पर्छ ।