समाजमा भईरहेको अनिष्ट शक्तिहरुको प्रभावबाट स्वयंलाई बचाउनको लागि आध्यात्मिक समाधानहरु

१. प्रस्तावना

हामी जुन युगमा बाँचिरहेका छौं, हामीलाई हाम्रो पाँच इन्द्रिय, मन र बुद्धि मार्फत संसारलाई हेर्न र बुझ्न सिकाइएको छ। । परिणामस्वरूप हामी विश्वास गर्छौं कि हामीले जे देख्छौं, केवल त्यहि अस्तित्वमा छ, यस्तो हाम्रो धारणा बन्दछ । धेरै विरलै मानिसहरु स्पन्दनको स्तरमा अनुभव गर्ने प्रयास गर्दछन् । उदाहरणार्थ आभूषणको रुपमा खोपडी लगाउनु केही सेलिब्रेटीहरुले सुरु गरेको नयाँ फेसन प्रवृति हुन सक्छ ।  मानिसहरु केहि नसोचि यसले कस्तो प्रकारको स्पन्दन उत्सर्जन गर्छ, उपयुक्त छ कि छैन विचारै नगरि फेसन प्रवृतिला अँगाल्न हतार गर्छन् ।

हामी जुन संसारमा छौं, त्यहाँ धेरै नकारात्मक प्रचलन (प्रवृत्ति) र व्यवहारहरु छन् जसले धेरै नकारात्मक स्पन्दनहरु उत्सर्जन गर्दछ तर पनि समाजका धेरै वर्गहरूले अपनाएका छन् । समाजको विशाल बहुमतले स्पन्दनको स्तरमा बुझ्ने प्रयास गर्दैनन् । तसर्थ, धेरै मानिसहरूले नकारात्मक प्रवृत्ति र व्यवहारहरू पछ्याउँछन् र प्रचलित गर्ने मानिसहरुपनि नकारात्मकता सम्बन्धि अनभिज्ञ छन् ।

आध्यात्मिक अनुसन्धान मार्फत हामीला थाहा भयो कि यस खण्डमा व्याख्या गरिएका प्रचलित प्रवृत्ति र व्यवहारहरु मानिसला असर गर्ने वा प्रभाव पार्ने अनिष्ट शक्तिहरुबाट भएको हो । यी प्रवृत्ति र व्यवहारहरूले अत्यन्त हानिकारक प्रभाव पार्छ, विशेष गरी आध्यात्मिक स्तरमा, र समाजको आध्यात्मिक शुद्धतालाई कम गर्दछ । नतिजाको रूपमा, हामी सीधै अनिष्ट शक्ति  हरूको हातमा खेल्छौं । वास्तवमा, यी कार्यहरू हामीमाथि आफ्नो पकड बलियो बनाउन अनिष्ट शक्तिहरूलाई आमन्त्रित गर्नु समान छन् ।

के समाजमा भइरहेको अनिष्ट शक्तिको घातक प्रभावबाट बच्नको लागि कुनै मार्ग ?

छ । समाजमा अनिष्ट शक्तिहरु द्वारा प्रभावित कृत्यको विषयमा जानकारी दिएर, यस विश्वव्यापी समस्याको विषयमा जागृतिको आशा छ । (यस लेखको सन्दर्भ लिनुहोस् : अनिष्ट शक्तिद्वारा प्रभावित प्रवृत्ति र व्यवहार) चेतना महत्त्वपूर्ण छ किनभने जबसम्म दिमाग र बुद्धिले यो पक्षलाई बुझ्दैन, व्यक्तिले यसलाई कहिल्यै खोज्दैन वा त्यसमा कार्य गर्न सक्षम हुनेछैन । यस लेखमा, हामी संसारमा सांस्कृतिक र आध्यात्मिक परिवर्तन सिर्जना गर्न मानव जातिसँग भएका विकल्पहरू खोज्छौं, जसले गर्दा समाजले अधिक सात्विक अभ्यास र व्यवहारहरू अपनाउन सकोस् ।

२. घटनालाई स्पन्दनको स्तरमा बुझ्न साधनाको आवश्यकता छ

जब बच्चाले चुलो छोएर जलेको अनुभव गर्दछ, कसैले फेरि बच्चालाई स्टोभ नछुन भन्नु पर्दैन । किनभने बच्चाले अनुभव मार्फत बुझ्दछ कि तातो चुलो छुँदा पीडा हुन्छ ।

यही तत्त्व आध्यात्मिक स्पन्दनहरुको विषयमा पनि लागू हुन्छ । कुनै पनि कृत्य अथवा वस्तुबाट प्रक्षेपित अनिष्ट स्पन्दनहरुको अनुभव बुद्धिको स्तरमा बुझ्न असम्भव छ । यो ध्यान राख्नुहोस् कि आध्यात्मिक स्पन्दन, बालक र स्टोवको उदाहरण जस्तो देखा दिदैन ।

आध्यात्मिक स्पन्दनहरु अनुभव गर्न र बुझ्नको लागि नियमित साधना गर्न आवश्यक छ । जब हामी अध्यात्म को छ: मूलभूत सिद्धान्तहरु अनुसार साधना गर्छौं तब आध्यात्मिक प्रगतिको साथ-साथ अन्य धेरै लाभहरु हुन्छन् । एउटा फाइदा यो पनि हो कि हामी सूक्ष्म-स्पन्दनहरु बुझ्न र अनुभव गर्न सक्छौं । जब हामी आध्यात्मिक स्पन्दनहरू अनुभव गर्न सक्षम हुन्छौं, हामी शारीरिक इन्द्रियहरूलाई जतिसुकै लोभलाग्दो लागे तापनि हाम्रो लागि आध्यात्मिक रूपमा के राम्रो छ भनेर छनौट गर्ने सम्भावना बढी हुन्छ ।

नियमित साधना गर्नाले अर्को कुरा हुन्छ । हाम्रो आध्यात्मिक शुद्धता बढ्छ र हामी आध्यात्मिक रुपमा अपवित्र चीजहरु सहन सक्दैनौं । यही कारणले गर्दा व्यक्ति जब आध्यात्मिक प्रगति गर्दै जान्छ, जसरी सर्पले आफ्नो छाला फेरेको जस्तै साधक पनि आफ्नो विगतका अशुद्ध आचरण र व्यवहारहरु जस्तै मासांहार, मद्यपान  इत्यादिला स्वत: छोड्दछ ।

SSRF ले विभिन्न लेखहरु प्रकाशित गरेको छ, जसले तपाला आफ्नो आध्यात्मिक अभ्यास (साधना) सुरु गर्न वा अगाडि बढ्न मद्दत गर्नेछ:

१. आध्यात्मिक यात्रा आरम्भ गर्नुहोस् : यस लेखले तपाला प्रभावकारी साधना (आध्यात्मिक अभ्यास) कसरी सुरु गर्न सक्नुहुन्छ भन्ने बारे प्रभावी मार्ग मिल्दछ । स्वयंमा सकारात्मक परिवर्तन ल्याउनको लागि नियमित साधना गर्नु, यही उत्तम मार्ग हो ।

२. आध्यात्मिक उपचारको  विधिहरु : हामीले हाम्रा पाठकहरुला विभिन्न स्व-उपचार विधिहरु प्रदान गरेका छौं जस्तै नुन पानीको उपचार , गत्ताको बक्सको उपचार  तथा अन्य उपचारहरु । यी आध्यात्मिक उपचारहरु अत्यन्त सरल तर अत्यधिक प्रभावी छन् जुन अनिष्ट शक्तियहरुको प्रभावमाथि विजय प्राप्त गर्न सहायक छन् ।

३. अनलाईन सत्संग : SSRF ले अनलाइन सत्संगहरु सञ्चालन गर्दछ जसले साधकहरुला आध्यात्मिक यात्रामा अडिग रहन प्रेरणा र दिशा दर्शन गर्दछ ।।

४. SSRF वेबसाइटको अध्ययन गर्नुहोस् : SSRF वेबसाइटको अध्ययन गरेर, व्यक्तिले जीवन र घटनाका विभिन्न पक्षहरूमा आध्यात्मिक दृष्टिकोण प्राप्त गर्न सक्छ । यसले आध्यात्मिक आयाम र हाम्रो जीवनलाई कसरी व्यापक रूपमा प्रभाव पार्न सक्छ भन्ने बुझ्न सक्छौं ।

माथिका अभ्यासहरु नियमित रुपमा आफ्नो जीवनमा लागू गरेर कालान्तरमा हामी तल दिएकाहरु गर्न सक्छौं :

१. अनिष्ट शक्तिको प्रभावला परास्त गरी आध्यात्मिक प्रगति गर्न ।

२. सकारात्मक एवं नकारात्मक स्पन्दहरु बिच भिन्नता चिनेर स्वयं तथा प्रियजनहरुको लागि योग्य निर्णय लिन सक्षम बन्ने ।

३. शारीरिक, मानसिक एवं आध्यात्मिक स्तरमा असर गर्ने खराब बानीहरु स्वत: हटाउनको लागि ।

४. तीव्र प्रारब्ध न्यून गर्न

३. समाजमा आवश्यक मूल परिवर्तनहरु

. शिक्षा : आदर्श रूपमा विश्वभरका हाम्रा शैक्षिक प्रणाली पाठ्यक्रममा सात्विक, राजसिक र तामसिक  के हो भन्ने बारे मार्गदर्शन समावेश गर्नुपर्छ । सत्ययुग र त्रेतायुग जस्ता पुरातन युगहरूमा यसलाई सामान्य रूपमा स्वीकार गरिएको थियो र आध्यात्मिक आयामले हाम्रो जीवनलाई कसरी असर गर्छ भन्ने बुझ्दथे । गुरुकुल शिक्षा प्रणालीमा, गुरुले विद्यार्थीहरूलाई उनीहरूको सांसारिक जीवनको लागि आवश्यक पर्ने कुराहरू मात्र नभएर उनीहरूको आध्यात्मिक उन्नतिको लागि पनि सिकाउनु हुन्थ्यो । यसले विद्यार्थीहरूलाई आध्यात्मिक विज्ञान बुझ्न मद्दत गर्दछ ।

. अभिभावकको भूमिका : अभिभावकहरु आफ्ना बच्चाहरुको लागि सकारात्मक आदर्श हुन आवश्यक छ; सात्विक आचरण र प्रवृत्ति तर्फ डोर्याउनको लागि । यसको लागि विभिन्न प्रवृत्ति र व्यवहारहरुका आध्यात्मिक प्रभावहरु बुझ्ने जिम्मेवारी अभिभावकहरुको हो । उनीहरु आफैले साधना गर्नुपर्छ ।

. समाजका नेताहरु : समाजका नेताहरू र नीति निर्माताहरूसँग बलियो आध्यात्मिक आधार र समझ हुनुपर्छ, अन्यथा देश वा राज्यमा धर्माधिष्ठित राज गर्न धेरै गाह्रो हुन्छ ।

. विरोध गर्ने : समाजमा रहेका नकारात्मक प्रवृति र व्यवहारहरू विरुद्ध विरोध गर्ने, जस्तै आफ्नो शहरमा जोम्बी वाकको लागि आपत्ति जनाउनाले यी प्रवृत्तिहरू बन्द हुनुपर्छ भन्ने चेतना जगाउन मद्दत गर्छ ।

४. सारांश

नियमित साधना गर्नाले व्यक्ति धर्मविरोधी कृत्य र पाप गर्नबाट बच्दछन् र साधनाले नै जीवना आनन्दको आश्वासन दिन्छ । तपाले केही गुमाउनु पर्दैन तर सबै प्राप्त गर्नु हुनेछ । साधना सरल छ, यसमा केही पनि खर्च गर्नु पर्दैन र साधनाले हामीला आनन्दतर्फ लैजान्छ – जुन मनुष्य जीवन को ध्येय  हो जुन हामीले बुझे पनि नबुझेपनि प्राप्त गर्न प्रयासरत छौं ।

समाजका प्रत्येक व्यक्ति स्वस्थ र सुखी भएमा मात्र समाज स्वस्थ र सुखी हुन्छ र यसको विपरी पनि त्यति नै सत्य छ ।

साधना गर्नको लागि SSRF सबैला स्वागत गर्दछ र सबैला आश्वास्त गर्छौं कि यस वेबसाइट, लगइन सुविधा, अनलाईन सत्संग र साधकहरुको माध्यमबाट सहायता गर्न पूरा प्रयास गर्नेछौं ।

आउनुहोस् हामी आध्यात्मिक स्तरमा सचेत जीवन बिताऔं र आनन्दको अनुभव गरौं!

कुनै शंका छ भने हाम्रो  लगइन सुबिधा मा हामीला सम्पर्क गर्नुहोस् ।