झुकेर अभिवादनको गर्ने एक आध्यात्मिक परिप्रेक्ष्य

. प्रास्ताविक

केही संस्कृति देशहरूमा, उदाहरणका लागि, जापानमा एक अर्कालाई झुकेर अभिवादन गर्ने चलन छ । अभिवादनको बारेमा हाम्रा लेखहरूको शृङ्खलाको एक भागको रूपमा, हामी यहाँ अभिवादनको रूपमा झुक्नुको आध्यात्मिक अनुसन्धान साझा गर्नेछौं ।

२. झुकेर अभिवादन गर्ने पद्धतिको विवरण

दुई मानिसहरु एक-अर्का अगाडि उभिएर आफ्नो शरीरलाई अरुतर्फ विशिष्ट कोणमा एक साथ झुकेर अभिवादन गर्दछ ।

अभिवादनको एउटा रूपमा (विशेष गरी जापान, कोरिया, ताइवान भियतनाममा), ढाड सीधा राखि, हातहरु छेउमा राखि (पुरुषको लागि), दुबै हात अगाडि जोडेर राखि (स्त्रिहरूका लागि),  दृष्टि झुकाएर, कम्मरदेखि झुकेर अभिवादन गर्दछन् । झुकेर गर्ने अभिवादन सामान्यतया तीन मुख्य प्रकारहरूमा विभाजित गर्न सकिन्छ: अनौपचारिक, औपचारिक, अधिक औपचारिक । अनौपचारिक झुक्नेमा लगभग पन्ध्र डिग्री कोण, औपचारिक अभिवादनमा ३० डिग्री कोण अधिक औपचारिकमा तीस डिग्री भन्दा अधिक कोण हुन्छ । (सन्दर्भ: विकिपिडिया)

सूक्ष्म-ज्ञानमा आधारित चित्रको सत्यता प्रतिशतमा व्यक्त गरिएको छ । यसको शुद्धता परम पूज्य डाक्टर आठवलेज्यू द्वारा उन्नत छैठौं इन्द्रिय मार्फत निर्धारण गरिन्छ, उहाँले यदि विज्ञानमा केही त्रुटिहरू भएमा सुधार गर्नुहुन्छ । सूक्ष्म-ज्ञान पाँच इन्द्रिय, मन र बुद्धिको दायराभन्दा बाहिर हुन्छ । त्यसैले, उदाहरण ८०% धेरै उच्च शुद्धता दर प्रतिनिधित्व गर्दछ । औसत व्यक्तिको छैठौं इन्द्रिय क्षमताको तुलनामा जसले आध्यात्मिक आयामलाई पूर्ण रूपमा बुझ्न सक्दैन।

३. झुकेर अभिवादन गर्ने एक आध्यात्मिक परिप्रेक्ष्य

हाम्रो एक साधक (पू.) श्रीमती योया वाले जसको छौठौं इन्द्रिय जागृत छ, उहाँले दैवी ज्ञानको आधारमा, यसरी दुई मानिसहरु मिल्दा के परिणाम हुन्छ, यस विषयमा सूक्ष्म चित्र बनाउनु भएको छ । प.पू डा. आठवलेज्यूले तस्विरको विश्वसनीयता परीक्षण गरेर प्रमाणित गर्नु भएको छ । प्रगत छैठौं इन्द्रियबाट परीक्षण गर्दा यो तस्विर ८० प्रतिशत सहि पाइयो ।

झुकेर अभिवादन गर्दा सूक्ष्म-पक्षहरुको विषयमा तलको चित्रमा विस्तृत विवरण दिएको छ । चित्रलाई राम्रोसँग बुझ्नको लागि चक्र यो लेखको सन्दर्भ लिनुहोस् ।

जब दुई मानिसहरुले एक अर्कालाई झुकेर अभिवादन गर्दछ, तब उनीहरूको वरिपरि दिव्य ऊर्जा (शक्ति) को सुरक्षात्मक-कवच निर्माण हुन्छन् । उनीहरूबाट दिव्य ऊर्जाका कणहरू उत्सर्जन हुन थाल्दछन् उनीहरूको बीचको खाली ठाउँ भर्दछन् । उनीहरुको देहको सबैतर्फ आध्यात्म प्रसारको लक्ष्यको लागि सहायक सृजनशक्तिको कवच निर्माण हुन्छन् र उनीहरु बिचको खाली ठाउँ यस ऊर्जाको कणहरुले भरिन्छन् ।

आजकल अधिकांश मानिसहरूले साधना नगर्ने भएकाले तिनीहरूको शरीरको वरिपरि कालो शक्तिको सूक्ष्मआवरण निरन्तर रहन्छन् । यस प्रकारको अभिवादनमा मानिसबीच शारीरिक सम्पर्क नभएको कारणले यो कालो शक्तिको आवरण एकबाट अर्को व्यक्तिमा सर्दैन ।

दुई व्यक्तिले एकअर्कालाई नछोए पनि मन, बुद्धि र अहंमा अनेक विचार, स्वाभावदोष भावनाहरु हुन्छन् । यस कारणले गर्दा आज्ञाचक्र र सहस्रारचक्रहरुबाट धमिलो कालो शक्तिको तरङ्गहरु, साथै कालो शक्तिको कणहरु प्रक्षेपित हुन्छन् । श्वरको आंतरिक सान्निध्यमा होइन तर एक-अर्कासँग वैचारिक एवं भावनिक स्तरमा सम्पर्कमा हुनाले यस्तो हुन्छ ।

यस अभिवादनमा कुनै दिव्य चेतना (चैतन्य) हुँदैन, किनकि श्वरसँग कुनै आंतरिक सान्निध्य हुँदैन तर दुवैबाट दैवी कणहरुको प्रक्षेपण हुन्छन् ।

३.१ अभिवादनको रुपमा झुक्नुको आध्यात्मिक लाभ

  • यस अभिवादनमा संलग्न व्यक्तिहरू बीच कालो ऊर्जा प्रसारित हुँदैन ।
  • ईश्वरीय ऊर्जाले केही समयको लागि अभिवादन गर्ने मानिसहरूलाई ढाकेको हुन्छ । 
  • यसले कार्यशक्तिको गतिशीलता बढाउने ऊर्जालाई बढाउँछ, जसले अभिवादनमा संलग्न व्यक्तिहरूलाई फाइदा पुर्याउँदछ ।
  • अभिवादनको यो विधि आदरयुक्त एवं अहंकार कम गर्दछ । यस अभिवादनबाट अहंकारको कमीको मात्रा झुक्ने व्यक्तिको श्वरप्रतिको आध्यात्मिक भावना (भाव) मा निर्भर गर्दछ ।

३.२ झुकेर अभिवादन गर्दा अध्यात्मशास्त्रको दृष्टिले कमजोरी

  • ईश्वरको विचार वा श्वरसँग आंतरिक सान्निध्य हुँदैन ।
  • औपचारिकताको कारण एक-अर्काप्रति निकटताको भावनालाई घटाउँछ ।
  • यस प्रकारको अभिवादनमा संलग्न दुई व्यक्तिहरू बीच विचार र भावनाको रूपमा कालो ऊर्जा आदानप्रदान हुन्छ ।

४. सारांश

आध्यात्मिक दृष्टिकोणबाट, अंगालो, चुम्बन वा हस्तमिलाप जस्ता अभिवादनका अन्य सामान्य रूपहरू भन्दा झुकेर अभिवादन बढी लाभदायक हुन्छ। यद्यपि नमस्कारद्वारा अभिवादन गर्ने कृत्यमा सत्वगुणमा वृद्धि हुन्छ, जुन झुकेर अभिवादन गर्दा प्राप्त हुँदैन ।