छैठौं इन्द्रिय

विषयसूची

. छैठौं इन्द्रिय के हो ?

छैठौं इन्द्रिय अथवा सूक्ष्मस्तरीय अनुभव गर्ने सक्ने क्षमताको अर्थ हो, सूक्ष्म आयाम अथवा देवदूत, भूत, स्वर्ग इत्यादिको अदृश्य शक्ति र जगतलाई महसुस गर्न सक्ने क्षमता । यसमा बुद्धि भन्दा पर अनेक घटनाहरुको कारण बुझ्ने क्षमता पनि सम्मिलित हुन्छ । मानसिक शक्ति, सूक्ष्मदृष्टि, पूर्वसूचना, पूर्वाभास, छैठौं इन्द्रिय अथवा सूक्ष्मज्ञान क्षमताको नै एउटा पर्यायवाची शब्द हो । यस पूरा जालस्थलमा हामी छैठौं इन्द्रिय, अतीन्द्रिय शक्ति र सूक्ष्म ज्ञानको क्षमता जस्तो शब्दको उपयोग एकअर्काको स्थानमा गर्नेछौं ।

. अदृश्य शक्ति र जगतलाई हामी कसरी बुझ्न र अनुभव गर्न सक्छौं ?

SSRF सूक्ष्म-विश्व अथवा सूक्ष्म आयाम शब्द त्यो विश्वको रूपमा परिभाषित गर्दछ जो पन्च-ज्ञानेंद्रिय, मन र बुद्धि भन्दा पर हुन्छ । सूक्ष्म-विश्व देवदूत, भूत, स्वर्ग इत्यादिको अदृश्य विश्वसँग सम्बन्धित हुन्छ, जसलाई केवल छैठौं इन्द्रियको माध्यमबाट नै अनुभव गर्न सकिन्छ ।

हामी स्थूल अथवा देखिनेविश्वलाई आफ्नो पन्च स्थूल ज्ञानेन्द्रिय (शब्द, स्पर्श, रूप, रस र गन्ध), आफ्नो मन (आफ्नो भावना) तथा आफ्नो बुद्धिले (निर्णय लिने क्षमता) महसुस गर्दछौं; तर जब सूक्ष्मविश्व अथवा अदृश्य शक्ति र जगतको कुरा आउँछ, तब त्यसलाई हामी पन्च सूक्ष्मज्ञानेन्द्रिय, सूक्ष्ममन र सूक्ष्मबुद्धिले महसुस गर्न सक्छौं, जसलाई छैठौं इन्द्रिय भनिन्छ । जब छैठौं इन्द्रिय विकसित अथवा कार्यरत हुन्छ, त्यसले सूक्ष्मविश्व अथवा अदृश्य शक्ति र जगतलाई महसुस गर्नमा सहायक गर्दछ । सूक्ष्मविश्वको यही अनुभवलाई आध्यात्मिक अनुभूति भनिन्छ । यो छैटौं इन्द्रिय मार्फत SSRF को साधकहरूले मृत्यु पछिको जीवन, कुण्डलिनी जागरणआगामी तेस्रो विश्वयुद्ध जस्ता विभिन्न विषयहरूमा ईश्वरीय ज्ञान प्राप्त गरेका छन् ।

  अनुभव अनुभूति
के अनुभव भयो एक महिला गुलाबको गुच्चाबाट गुलाबको सुगन्ध लिन्छ। एक महिला चन्दनको अनुपस्थितिमा चन्दनको सुगन्ध लिन्छ।
स्रोत प्रत्यक्ष एवं स्थूल आयामबाट । अप्रत्यक्ष एवं स्थूल आयामबाट ।
माध्यम जस द्वारा यो अनुभव गरियो पञ्च ज्ञानेन्द्रिय, मन एवं बुद्धि द्वारा अनुभव गरियो । यो उदाहरणमा, गन्धको इन्द्रियद्वारा, अर्थात नाक । छैटौं इन्द्रियले अनुभव गरियो अर्थात सूक्ष्म इन्द्रिद्वारा जुन पांच सूक्ष्म ज्ञानेन्द्रिय, सूक्ष्म मन एवं सूक्ष्म बुद्धि हुन् । यस उदाहरणमा, गन्धको सूक्ष्म इन्द्रिय द्वारा ।

माथिको चित्रमा हामी एक स्त्रीले गुलाबको गुच्छा सुंगदै गरेको देख्छौं । यो एउटा अनुभव भयो किनभने सुगन्धको स्त्रोत अथवा कारण हो – गुलाबको गुच्छा । अर्को चित्रमा हामी एउटा स्त्रीलाई देख्छौं, जसले आफ्नो दिनको कार्य सुरु गर्न थाल्दैछिन् । अचानक बिना कुनै कारण उसलाई चन्दनको तीव्र सुगन्ध आउँछ । सुरुमा उसले विश्वास गर्दिनन्; किनभने सुगन्धको कुनै स्त्रोत अथवा कहाँबाट आउँदैछ भनेर देख्न सक्दिन्न् र उनी आफ्नो काममा व्यस्त हुन थाल्छिन् । तर सुगन्धले उसको पीछा गर्दछ र बिहानभरि उसको साथ रहन्छ । उसले अरु मानिसहरुलाई यसको बारेमा सोध्छिन् की उनीहरुलाई कुनै सुगन्ध आइरहेको छ, तर कसैलाई पनि सुगन्ध आएको छैन । यो एउटा आध्यात्मिक अनुभूति हो । यस प्रकरणमा स्त्रीले सूक्ष्मआयामबाट आएको सुगन्ध अनुभव गरिन् र त्यसलाई सूक्ष्म ज्ञानेन्द्रियको (सूक्ष्मस्तरीय सुँघ्ने क्षमता भएको) माध्यमबाट महसुस गरिन् । पन्चसूक्ष्म ज्ञानेन्द्रिय, सूक्ष्म मन र सूक्ष्म बुद्धिद्वारा महसुस गर्न सक्ने क्षमतालाई छैठौं इन्द्रिय भनिन्छ ।

. पाँच सूक्ष्म इन्द्रियहरू मार्फत छैटौं इन्द्रिय बोध के हो?

सम्पूर्ण ब्रह्माण्ड पन्चतत्त्वबाट बनेको हुन्छ । यो पन्चतत्त्व अदृश्य हुन्छ; तर चराचर ब्रह्माण्ड यसैबाट बनेको हुन्छ । जब हाम्रो छैठौं इन्द्रिय जागृत हुन्छ, हामीलाई पन्चतत्त्वको अनुभूति स्थूलतम देखि सूक्ष्मतम यस क्रममा हुन थाल्छ । त्यसैले हामी पन्चतत्त्व पृथ्वी, जल, तेज, वायु, आकाश क्रमश: गन्ध, रस, रूप, स्पर्श, ध्वनिको माध्यमबाट महसुस गर्न सक्छौं ।

निम्न तालिकाले सकारात्मक नकारात्मक आध्यात्मिक अनुभवहरूको उदाहरणहरू प्रदान गर्दछ जुन हामीले हाम्रो छैटौं इन्द्रिय, अर्थात् पाँच सूक्ष्म इन्द्रियहरूको माध्यमबा अनुभव गर्न सक्छौं ।

छैठौं इन्द्रिय सूक्ष्म ज्ञानेन्द्रिय

ब्रह्माण्ड सम्बन्धित मूलतत्त्व

सम्बन्धित अनुभूतिको उदाहरण
राम्रो अनुभूति

सम्बन्धित अनुभूतिको उदाहरण
नराम्रो अनुभूति

गन्ध

मूल पृथ्वीतत्त्व

दृश्य अथवा स्थूल स्रोत हुँदा चन्दनको सुगन्ध आउने

बिना कुनै कारण घरको सबै तिर मूत्रको गन्ध आउन

स्वाद

मूल आपतत्त्व

मुखमा प्रत्यक्ष केहि कुरा नराखीकन गुलियो अनुभव हुनु

मुखमा तीतो स्वाद आउनु

रूप

मूल तेजतत्त्व

देवताको दर्शन हुनु अथवा स्पन्दन/आभा मण्डलको अनुभव हुनु

अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इत्यादि) देखाई दिनु

स्पर्श

मूल वायुतत्त्व

कोहि नजिक नभए पनि टाउको माथि हात राखेको अनुभव हुनु

रातमा कुनै अनिष्ट शक्तिद्वारा (भूत, प्रेत, पिशाच इत्यादि) त्रसित हुने

ध्वनि

मूल आकाशतत्त्व

घण्टी अथवा शंख हुँदा पनि घण्टी अथवा शंखको ध्वनि सुनिने अनुभव हुनु

कोहि आसपास नभए पनि विचित्र भयप्रद संभाषण सुनाई दिनु

जब कुनै व्यक्तिलाई सूक्ष्म इन्द्रियको माध्यमबाट अनुभूति हुन्छ, जस्तै गन्ध, स्त्रोत सकारात्मक उदाहरण जस्तै देवता अथवा नकारात्मक जस्तै अनिष्ट शक्ति हुन सक्छ ।

. छैठौं इन्द्रियको विकास कसरी गर्ने ?

सूक्ष्मविश्व सर्वत्र विद्यमान छ । तर हामी यो संसारलाई बुझ्न सक्दैनौं । हामीले सुक्ष्म जगतलाई बुझ्न नसके पनि यसले हाम्रो जीवनलाई अधिक प्रभाव पार्दछ । यो सूक्ष्मविश्व (अदृश्य शक्ति) को स्पन्दन थाहा पाउनको लागि हामीसँग आध्यात्मिक एन्टेना हुनुपर्छ अर्थात हाम्रो छैठौं इन्द्रिय जागृत हुनुपर्छ । जब हामी साधना गर्छौं, हाम्रो छैठौं इन्द्रिय जागृत हुन्छ । अध्यात्मको : मूलभूत सिद्धान्त अनुसार नियमित साधना गर्नाले हाम्रो आध्यात्मिक स्तर बढ्दछ र हामी थप गहिराईबाट अदृश्य शक्ति र सूक्ष्मविश्वलाई अनुभव गर्न सक्छौं ।

विश्वव्यापी मन र बुद्धि: जसरी ईश्वरको सृष्टि जस्तै मानव, जनावर आदिमा मन र बुद्धि हुन्छ, त्यसैगरी ईश्वरको सम्पूर्ण सृष्टिमा पनि ब्रह्माण्डको एउटा विश्वव्यापी मन र बुद्धि हुन्छ जसमा ब्रह्माण्डको सबै सृष्टिको पूर्णतया वास्तविक जानकारी समावेश हुन्छ । यसलाई ईश्वरको मन र बुद्धि मान्न सकिन्छ । जब मानिस आध्यात्मिक रूपमा प्रगति गर्दै जान्छ, व्यक्तिको सूक्ष्म मन र बुद्धि विश्वव्यापी मन र बुद्धिमा विलय हुन्छ त्यसैले व्यक्तिले सम्पूर्ण ईश्वरको सृष्टिको बारेमा जानकारी प्राप्त गर्न सक्षम हुन्छ ।

यो टेलिभिजन सेट जस्तै हो, जसले कालो र सेतो धब्बा दिन्छ जबसम्म एन्टेनासँग जोडिएको हुँदैन । टेलिभिजन स्टेसनले सिग्नलहरु प्रसारण गरिरहेको भएपनि टेलिभिजन सेट एन्टेनासँग जडान नभएसम्म टेलिभिजनले स्टेशनबाट पठाएको सिगन्लहरु पक्डन सक्दैन्न् । त्यसैगरी सूक्ष्मविश्व (अदृश्य शक्ति) र ईश्वरको अस्तित्त्व सदैव हाम्रो वरिपरि निरन्तर रहन्छ, तर हामीले साधना (आध्यात्मिक अभ्यास) सुरु नगरेसम्म हामी यसलाई बुझ्दैनौं, जसले हाम्रो छैठौं इन्द्रिय सक्रिय बनाउँदछ ।

छैठौं इन्द्रिय अथवा सूक्ष्मम्वेदी क्षमता विकसित गर्नको लागि कृपया हाम्रो साधना सम्बन्धि खण्ड पढ्नुहोस् ।

कहिलेकाहीँ हामी यस्तो मानिसहरु देख्छौं जसले साधना नगरेपनि सानै उमेरदेखि सूक्ष्मविश्व (अदृश्य शक्ति) बुझ्ने क्षमता हुन्छ । यसको कारण हो उनीहरुले पूर्वजन्ममा गरेका साधनाका प्रयासले आवश्यक आध्यात्मिक स्तर प्राप्त गरेका हुन्छन् । अर्को कारण यो पनि हुन सक्छ की उनीहरु बाल्यकालदेखिनै सूक्ष्ममान्त्रिकद्वारा आवेशित हुन्छन् । यो अवस्थामा वास्तवमा सूक्ष्ममान्त्रिकको छैठौं इन्द्रिय प्रकट हुँदछ ।

. छैठौं इन्द्रिय र आध्यात्मिक स्तरबीच के सम्बन्ध छ ?

सूक्ष्म संसार वा सूक्ष्म आयामको तुलनामा ज्ञात संसारको अनुपात १ देखि अनन्तता हुन्छ ।

जसरी हाम्रो आध्यात्मिक स्तर बढ्दै जान्छ, हामी आफ्नो सूक्ष्मसंवेदी क्षमता अर्थात आफ्नो छैठौं इन्द्रियबाट सूक्ष्मविश्वलाई (अदृश्य शक्ति) क्रमश: थप गहराईसँग जान्न थाल्छौं । निम्नलिखित सारणीमा प्रस्तुत गरेको छ की कसरी बढ्दै गरेको आध्यात्मिक स्तरको साथ हाम्रो छैठौं इन्द्रिय विकसित हुन्छ ।

सूक्ष्म संसार वा सूक्ष्म आयामको तुलनामा ज्ञात संसारको अनुपात १ देखि अनन्तता हुन्छ ।

छैठौं इन्द्रिय क्षमता र आध्यात्मिक स्तर

व्यक्तिको आध्यात्मिक स्तर (%)

पन्च सूक्ष्मज्ञानेन्द्रिय

सूक्ष्ममन सूक्ष्मबुद्धि

४०%

१०%

४०%

५०%

३०%

५०%

६०%

७०%

६०%

७०%

१००%

७०%

८०%

१००%

८०%

९०%

१००%

९०%

१००%

१००%

१००% (अद्वैत)

उपरोक्त तालीकाबाट हामी यो देख्न सक्छौं कि सूक्ष्म इन्द्रियद्वार जुन आध्यात्मिक अनुभव गर्न सक्छौं त्यो ७०% आध्यात्मिक स्तरमा प्राप्त गर्न सक्छौं । तसर्थ आध्यात्मिक स्तरमा थप वृद्धिसँगै पन्च सूक्ष्म इन्द्रियहरुद्वारा सूक्ष्मबोधमा थप वृद्धि हुँदैन । तथापि सूक्ष्ममन र सूक्ष्मबुद्धि विश्वमन र विश्वबुद्धिसँग १००% आध्यात्मिक स्तर नभएसम्म निरन्तर लयबद्ध भइरहन्छ । यदि केवल आध्यात्मिक स्तरनै कसैको छैठौं इन्द्रियको कार्यको सूचक हुन्छ भने, निम्नलिखित तालिकाले त्यो न्यूनतम आध्यात्मिक स्तर देखाउँछ जुन प्रत्येक सूक्ष्म पन्चज्ञानेन्द्रियद्वारा अनुभूति लिन आवश्यक हुन्छ । उदाहरणार्थ व्यक्ति ४०% आध्यात्मिक स्तरमा सूक्ष्मगन्धको अनुभूति लिन सक्छ ।

यद्यपि यो बार ग्राफले आध्यात्मिक स्तर र छैठौं इन्द्रिय बीचको प्रत्यक्ष सम्बन्ध के हो भनेर व्याख्या गर्न मद्दत गर्दछ, तथापि हामीले निम्नलिखित कुराहरु ध्यान दिन पनि आवश्यक हुन्छ:

  • जब कसैलाई सूक्ष्मन्धको आध्यात्मिक अनुभूति हुन्छ यसको तात्पर्य यो हुदैन की उसले ४०% आध्यात्मिक स्तर प्राप्त गरेको छ । प्राय: यो क्षणिक आध्यात्मिक स्तरमा वृद्धिको कारण हुन सक्छ जस्तै तीव्र साधना जस्तै भगवानको नामजप, वा सन्तहरुको सत्सङ्गमा रहनु इत्यादि

  • अन्य कारणहरु पनि अनुभूतिको कारकहरु हुन सक्छन् । उदाहरणको लागि, यदि कुनै अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच आदि) ले व्यक्तिलाई डराउनको लागि घरको वरिपरि पिसाबको दुर्गन्ल्याउनको लागि आफ्नो आध्यात्मिक ऊर्जा प्रयोग गर्न सक्छ ।

  • यस्तो अर्थ यो पनि होइन कि ४०% आध्यात्मिक स्तर भएका सबै मानिसहरुलाई सूक्ष्मन्धको अनुभूति हुन्छन्एक व्यक्तिको आध्यात्मिक स्तर उसको अनेक विशेषताको कुल योग हुन्छ, छैठौं इन्द्रिय त्यो मध्धे एउटा हो । आध्यात्मिक स्तर सम्बन्धि लेख पढ्नुहोस् ।

  • यसको अर्थ यो पनि होइन कि यी मानिसहरुले उपलब्ध सबै प्रकारक सूक्ष्मगन्धहरुको १००% अनुभव गर्न सक्छन अथवा यो पनि होइन कि कुनै पूरा समय र कुनै पनि समय अनुभव गर्न सक्छन्

  • यसको मतलव यो पनि होइन कि ४०% आध्यात्मिक स्तर भएका व्यक्तिले सूक्ष्मगन्ध अवश्यनै अनुभव गर्नेछन्एक व्यक्तिले पन्चसूक्ष्म ज्ञानेन्द्रिहरुद्वारा एक पटक पनि अनुभव नगरी सन्तत्व (अर्थात ७०% आध्यात्मिक स्तर) प्राप्त गर्न सक्छ । यस्तो अनुभव नपाउनुको एउटा कारण यो पनि हुन सक्छ कि व्यक्तिले विगतको जीवनमा यी अनुभवहरू भोगिसकेका छन् अहिले त्यसको आवश्यकता छैन तथापि, सबै न्तहरूमा छैटौं इन्द्रिय हुन्छ जुन सूक्ष्ममन बुद्धिसँग सम्बन्धित

ग्राफबाट देख्न सक्नुहुन्छ कि स्पर्श र ध्वनि उच्च आध्यात्मिक स्तरमा मात्र प्राप्त गर्न सकिन्छ । यसको कारण हो पन्च सूक्ष्म ज्ञानेन्द्रियहरु मध्ये यी अधिक सूक्ष्मतर हुन्छन् ।

. छैठौं इन्द्रिय (ESP) र लिङ्ग बीचको सम्बन्ध के हो ?

सामान्यतया स्त्रिको छैठौं इन्द्रिय पुरुषको तुलनामा बढी हुन्छ । सूक्ष्मसंवेदी क्षमता प्राकृतिकरूपमा स्त्रिमा धेरै हुन्छ र पुरुषको तुलनामा महिलालाई अझै पूर्वाभास हुन्छ । यसको मुख्य कारण यो हो पुरुषको बौद्धिकता तर्फ झुकाव हुन्छ तथा उनीहरुको प्रवृत्ति बुद्धिवादी हुन्छ ।

. सूक्ष्म मन र बुद्धि सम्मिलित आध्यात्मिक अनुभवहरु

कुनै बेला कुनै अनजान घरमा जादाँ पनि आफ्नै घरमा आएको जस्तो अनुभव हुनु, कुनै बेला अनहोनी हुने आशंका हुन्छ अथवा कुनै अन्यथा अरुचिकर व्यक्तिलाई देखेर पनि अटूट प्रेमको अनुभव हुन्छ । यो सूक्ष्ममनको अनुभूति हो । यो भावनालाई हामी बुझ्न सक्दैनौं । कहिलेकाही हामी यस्तो व्यक्तिको बारेमा सुन्दछौं जसलाई सूक्ष्मआयामबाट जानकारी प्राप्त हुन्छ अथवा जो सूक्ष्मलोकवासिसँग कुरा गर्न सक्छ । निम्न अनुछेदहरुले यस घटनालाई थप विस्तृतमा व्याख्या गर्नेछ ।

.१ मानिसहरुले यो जानकारी कसरी बुझ्छन् ?

सूक्ष्मआयामबाट ज्ञानप्राप्तकर्तालाई सामान्यतया तीन प्रकारले ज्ञान प्राप्त गर्दछ ।

  • एक सूक्ष्मअस्तित्वलाई आफ्नो सन्देश लेख्नको लागि हात प्रयोग गर्न दिएर (स्वचालित लेखन भनिन्छ)

  • कुनै दुश्यद्वारा जहाँ वास्तवमा केही शब्दहरू वा परिच्छेदहरू आफ्नो आँखा अगाडि देखिने

  • विचारहरुको माध्यमबाट

उपरोक्त सबै प्रकारहरु मध्य विचारहरुबाट उत्तर प्राप्त गर्न तीन तरिकाहरुमध्ये सबै भन्दा सूक्ष्म हुन्छ ।

.२ ज्ञानको स्रोत के हो जुन छैठौं इन्द्रियले प्रधान गर्दछ ?

सूक्ष्मआयामबाट ज्ञान प्राप्त गर्ने व्यक्तिलाई निम्न मध्ये कुनै पनि एक माध्यमबाट ज्ञान प्राप्त गर्दछन् :

  • विश्वमन र विश्वबुद्धिमा प्रवेश गर्ने क्षमताको कारण अथवा

  • सूक्ष्मशक्तिलाई प्रश्न उत्तरको रूपमा सोधेर । उनीहरु आफ्नो छैठौं इन्द्रियद्वारा सूक्ष्ममन र बुद्धिको माध्यमबाट यो कार्य गर्न सक्छन

उपरोक्त दुवै प्रकरणमा, व्यक्ति सूक्ष्म आयामलाई बुझ्दछ, तर केवल आध्यात्मिक दृष्टिले उन्नत व्यक्तिले मात्र भन्न सक्नुहुन्छ कि ज्ञान पहिलो अथवा दोस्रो माध्यमबाट प्राप्त भएको हो । अधिकांश प्रकरणमा, व्यक्ति विभिन्न सूक्ष्मलोकहरु उदाहरण भुवर्लोक र पातालको सूक्ष्मदेहसँग कुरा गर्दछन् र अल्प प्रकरणमा देवता अथवा ईश्वर अर्थात विश्वमन र विश्वबुद्धिसँग कुरा गर्न सक्छन् ।

प्राप्त जानकारीको प्रकार तथा कोटि (श्रेणी) अथवा स्तर, त्यसलाई पाउन व्यक्तिको आध्यात्मिक स्तरमा निर्भर हुन्छ ।

तल्लो स्रोहरुबाट जानकारी प्राप्त: 

परम ज्ञान, जसलाई दिव्य ज्ञान पनि भनिन्छ, त्यो ज्ञान जुन पूर्ण हुन्छ, पूर्णतया प्रामाणिक छ र कहिले पनि परिवर्तन हुँदैन अथवा जुन चरम सत्य हो ।

तल्लो लोकको उदाहरण भुवर्लोक अथवा पातालको सूक्ष्मदेहबाट प्राप्त जानकारी, अधिकांशत: माया सम्बन्धी हुन्छ र त्यसको महत्त्व केवल विश्वको सीमित क्षेत्रसम्म र छोटो समयको लागि हुन्छ । यस प्रकारको जानकारीको एउटा उदाहरण हो कसैको विवाह अथवा जागिर पाउने सम्बन्धी ज्ञान । कुनै देशको कुन राजनीतिक दलले चुनाव जीत्नेछ, यो पनि सूक्ष्म आयामको निम्नस्तरीय सूक्ष्मदेहबाट प्राप्त ज्ञानको उदाहरण हो ।

नास्त्रेदेमसद्वारा प्राप्त जानकारी पनि यस श्रेणीको एउटा उदाहरण हो । नास्त्रेदेमस स्वयंको आध्यात्मिक स्तर ५०% थियो, उसलाई ४०% आध्यात्मिक स्तरको सूक्ष्मदेहले ज्ञान दिईरहेको थियो । अनेक माध्यम ज्ञानप्राप्तिको यहि श्रेणीमा पर्दछ ।

४०% स्तरको कुनै सूक्ष्मदेह आफ्नो क्षमता भन्दा माथिको ज्ञान आफु भन्दा अधिक स्तरको सूक्ष्मदेहबाट ज्ञान प्राप्त गर्न सक्छ । साथै सूक्ष्मदेह जुन अर्को सूक्ष्मदेहको समान आध्यात्मिक स्तरको हुन्छ अथवा ऊ भन्दा थोरै अधिक आध्यात्मिक स्तर भएमा, उनीले आवश्यक ज्ञान उनीसम्म पुर्याउन सक्छ । यो कुनै श्रमिकद्वारा कुनै अरु वास्तुकला अथवा सिकर्मीलाई सोध्नु समान हो ।

उच्च स्रोतद्वारा ज्ञानप्राप्ति :

सम्पूर्ण ब्रह्माण्डको (विश्व) अस्तित्व चौदह विभागहरुमा अथवा लोकहरुमा विभाजित छन् । यसमा सात राम्रो लोकहरु र सात नराम्रो लोकहरु छन् । पृथ्वीनै एउटा स्थूल लोक हो, जब कि अन्य लोकहरु सूक्ष्म-स्तरको हुन्छन् । राम्रो लोकहरुमा स्वर्ग एउटा राम्रो लोक हो, जहाँ हामी मृत्यु पछि जान सक्छौं ।

महर्लोक (स्वर्गभन्दा माथि) जस्ता उच्च लोकहरूको सूक्ष्म देहबाट प्राप्त ज्ञान आध्यात्मिक प्रकृतिको हुन्छ यो ज्ञान अधिक वैश्विक हुन्छ र युगसम्म महत्त्व राख्दछ । विश्वमन एवं बुद्धिबाट प्राप्त ज्ञान (अर्थात ईश्वरको मन एवं बुद्धिबाट प्राप्त ज्ञान) उच्चतम हुन्छ । उपरोक्त चित्रमा दर्शाए अनुसार, केवल सन्त ले मात्र यो ज्ञान प्राप्त गर्न सक्छन् । यसको एउटा उदाहरण हो प्राचीन भारतको ऋषिमुनिद्वारा प्राप्त वेदको ज्ञान ।

ज्ञानको स्त्रोतको वास्तविकता सुनिश्चित गर्नको लागि अथवा त्यसको प्रामाणिकरण गर्नको लागि व्यक्तिको आध्यात्मिक स्तर उच्च हुनुपर्छ अर्थात ९०% अथवा त्यो भन्दा अधिक स्तरको सन्त ।

सूक्ष्मविश्व र लोकको विषयमा थप जानकारीको लागि कृपया पढ्नुहोस् –‘स्थूल मृत्युको उपरान्त व्यक्ति कहा जान्छ ?

.३ अदृश्य शक्ति यो कसरी जान्ने कि प्राप्त ज्ञान बाहिर स्त्रोतबाट प्राप्त भएको हो अथवा व्यक्तिको अवचेतनमा लुकेको विचार हो ?

केहि सूचकहरु छन् जसबाट यो पत्ता लाग्छ कि ज्ञान व्यक्तिको आफ्नो कल्पनाबाट नभएर बाहिरको स्त्रोतबाट प्राप्त भएको हो ।

  • जब ज्ञानको सार प्राप्तकर्ताको जानकारी क्षेत्र भन्दा बाहिर हुन्छ । उदाहरणको लागि, एउटा साधक छ, जसले उच्चमाध्यमिक शिक्षा लिएक, तर उसलाई यन्त्रको जटिल रेखाचित्रको ज्ञान मिल्दछ ।

  • ज्ञानको मात्रा पनि एउटा अन्य सूचक हो । SSRF को एउटा साधिकालाई २८ अक्टूबर २००३ देखि सूक्ष्मआयामको दिव्य ज्ञान प्राप्त भइरहेको छ । प्रतिदिन उहालाई A4 आकारको १५२० पृष्ठको ज्ञान मिलिरहेको छ । मानव कल्याणको लागि यस आध्यात्मिक ज्ञानको जाच र वर्गीकरण भैरहेको छ ।

.४ अदृश्य शक्ति र जगतको ज्ञान सूक्ष्मबुद्धिबाट कसलाई मिल्न सक्छ, यो निर्धारित गर्ने केहि घटकहरु

अनेक घटक मिलेर यो निर्धारित गरिन्छ कि सूक्ष्मबाट कसलाई ज्ञान मिल्न सक्छ । आध्यात्मिक स्तर यी घटकहरु मध्धे एउटा महत्त्वपूर्ण घटक हो । आध्यात्मिक स्तरको अतिरिक्त त्यो घटक जो उच्चतर आध्यात्मिक अनुभूतिहरु, जसबाट ज्ञानप्राप्ति निर्धारित गरिन्छ, त्यो यस प्रकारका छन् :

  • व्यक्तिको प्रेरणा र तीव्र उत्कंठा

  • ईश्वरीय कार्य हेतु आवश्यकता

  • गुरुको (७०% आध्यात्मिक स्तर भन्दा माथिको आध्यात्मिक शिक्षक र मार्गदर्शकको) संकल्प र आशीर्वाद

  • व्यक्तिको प्रारब्ध

यहा ध्यान दिनु पर्ने कुरा यो हो की यदि कुनै उच्च आध्यात्मिक स्तरको व्यक्तिको रुचि निम्न प्रकृतिको ज्ञान पाउनमा छ भने, जस्तौ पृथ्वीमा हुने दैनिक गतिविधिहरुको विषयमा, यद्यपि उसमा उच्च स्तरीय सूक्ष्मदेहसँग ज्ञान प्राप्त गर्न क्षमता छ भने, उसलाई निम्नस्तरीय सूक्ष्मदेहबाट नै ज्ञान प्राप्त हुन्छ । यसको विपरीत यदि कुनै व्यक्तिको आध्यात्मिक स्तर न्यून छ भने, उदाहरण ५०%, तर उसमा अध्यात्म शास्त्रको उच्चतर सिद्धान्तहरुको ज्ञान प्राप्त गर्न तीव्र उत्कंठा छ भने, उसलाई उच्चस्तरीय सूक्ष्मदेहबाट अथवा उच्च लोकहरुको सूक्ष्मदेहबाट ज्ञान प्राप्त हुन्छ, विशेषत: जब उसको साथ गुरुको कृपा आशीर्वाद हुन्छ ।

.५ अदृश्य शक्ति र जगतलाई जान्न हेतु छैठौं इन्द्रिय, पूर्वाभास तथा काल र अन्तरिक्ष

कुनै बेला व्यक्तिलाई आगामी घटनाको, अथवा भूतकालमा भैइसकेको घटनाको विषयमा आभास हुन्छ । यो दुई प्रकारबाट हुन सक्छ :

. सूक्ष्म देहको माध्यमबाट : सूक्ष्मदेहले उनको अवचेतन मनमा पूर्वाभास (जानकारी) दिन्छ । प्रायः यो सूक्ष्मदेह अथवा शक्तिहरु भुवर्लोक अथवा पातालको अनिष्ट शक्तिहरु हुन् । केहि प्रकरणमा सूक्ष्मदेहसँग काल भन्दा पर देख्न सक्ने क्षमता हुन्छ । यदि उनी स्वयंसँग क्षमता नभएमा, उनी यस्तो क्षमता युक्त उच्चस्तरीय अनिष्ट शक्ति, उदाहरण सूक्ष्मस्तरीय मांत्रिकबाट यो जानकारी प्राप्त गर्दछ ।

. विश्वमन विश्वबुद्धिमा प्रवेश गरेर : विश्वमन र विश्वबुद्धिको सात सतहहरु (लेयर) हुन्छ । व्यक्तिको छैठौं इन्द्रियको श्रेणी अनुसार, उसले विश्वमन र विश्वबुद्धि माथि अथवा तल सतहमा प्रवेश गरेर ज्ञान प्राप्त गर्न सक्छ ।

पूर्वाभास (भविष्यको घटनाको आभास) परोक्षदर्शन (कुनै टाढाको स्थलबाट जानकारी मिल्ने) र पूर्वबोध (परको कालबाट जानकारी मिल्नु) को लगभग सबै घटनाहरुको जानकारी सूक्ष्मदेहबाट मिल्दछ, न कि व्यक्तिको विश्वमन र विश्वबुद्धि सम्म पुग्न सक्ने क्षमताको कारण । सूक्ष्मदेहबाट सम्भावित हानि आगामी विभागमा स्पष्ट गरिएको छ ।

.६ सूक्ष्मविश्वबाट (अदृश्य शक्तिबाट) प्राप्त जानकारीको सत्यता

सामान्यतया कुनै व्यक्तिको समान आध्यात्मिक स्तरको सूक्ष्मदेहबाट ज्ञान मिल्दछ र त्यो ज्ञानको सत्यता र दर्जा पनि त्यो व्यक्ति समान हुन्छ । यो कुरालाई बुझ्नकोलागि हामी शून्य () % १०० % को मापकको कल्पना गर्नेछौं, जहा ज्ञानको अभावलाई ० % बुझ्नेछौं । यहाँ बुद्धिबाट आउने न्यूनतम ज्ञानको मात्रा १ % हुन्छ र विश्वबुद्धिबाट प्राप्त ज्ञानको मात्रा १०० % सम्म हुन्छ ।

  • ४०% आध्यात्मिक स्तरको कुनै व्यक्ति समान आध्यात्मिक स्तर अर्थात ४०% स्तरको सूक्ष्मदेहबाट ज्ञान प्राप्त गर्दछ । यो ज्ञानको सत्यता पनि ४०% रहन्छ तथा गुणस्तर पनि ४०% न्छ ।

  • ७०% आध्यात्मिक स्तरसम्म अनिष्ट शक्तिबाट (भूत, राक्षस, चुडैल आदि) ज्ञान प्राप्त हुन्छ, त्यसैले त्यो ज्ञानसँग केहि अनुपातमा कालो शक्ति रहन्छ । जसलाई ज्ञानप्राप्ति प्रक्रियाको जानकारी थाहा हुदैन उसलाई यो पक्ष थाहा हुँदैन र आखा बन्द गरेर प्राप्त ज्ञान माथि पूर्णतया विश्वास गर्न थाल्दछ । यदि यो ज्ञान सूक्ष्मदेहबाट प्राप्त भैरहेको छ भने, त्यो ज्ञानको केहि भाग अथवा पूर्ण ज्ञान त्रुटिपूर्ण हुने आशंका रहन्छ । सूक्ष्मदेहले आरंभिक ज्ञान उचित दिन्छ, जसले गर्दा उ माथि विश्वास जाग्न थाल्छ । विश्वास प्राप्त गरेपछि सूक्ष्मदेहले विभिन्न कोटिको त्रुटिपूर्ण अथवा दिशाहीन गर्न जानकारी दिन थाल्छ । एउटा अन्य महत्त्वपूर्ण कुरा जुन सबैले ध्यानमा राख्नु पर्दछ कि सूक्ष्मदेहबाट प्राप्त ज्ञान सदैव कालोशक्तिले ओतप्रोत हन्छ । यसबाट ज्ञानप्राप्तकर्ता विभिन्न प्रकारले प्रभावित हुन्छ उदाहरण स्वस्थ समस्याहरु, मानसिक अवस्था, विचारमा अस्पष्टता इत्यादि; तर यो प्रक्रिया यति बिस्तारै हुन्छ कि व्यक्ति, परिवार अथवा मित्रको ध्यान यस तिर जादैन । यदि ज्ञानप्राप्तिको प्रक्रिया केहि समयसम्म चालू रहयो भने, ज्ञानप्राप्तकर्ता सूक्ष्मदेहको हातको कठपुतली बन्दछ, जसको उपयोग त्यो सूक्ष्मदेहले आफ्नो लाभको लागि विभिन्न प्रकारले गर्न सक्छ ।

  • तथापि ७०% भन्दा अधिक आध्यात्मिक स्तरमा ज्ञान सकारात्मक सूक्ष्मदेह उदाहरण स्वर्ग भन्दा अधिक उच्च लोकहरुमा बस्ने सन्त अथवा ऋषिमुनिबाट प्राप्त हुन्छ । अर्को सम्भावना यो पनि हुन्छ कि ज्ञान विश्वमन र विश्वबुद्धिबाट प्राप्त हुन्छ जसको साथ कुनै कालो शक्ति हुदैन ।

  • ७०% आध्यात्मिक स्तर प्राप्त गरेपछि व्यक्तिलाई विश्वमन र विश्वबुद्धिबाट परमसत्यको ज्ञान प्राप्त हुन्छ ।

सूक्ष्मआयामको नकारात्मक पक्षलाई बुझ्नको लागि विभिन्न स्तरहरु छन् उदाहरण अनिष्ट शक्तिहरु (भूत, प्रेत, पिशाच इत्यादि) अनिष्ट शक्तिबाट आवेशित हुने र अनिष्ट शक्तिहरुको आक्रमण । कुनै बेला व्यक्तिलाई जे अनुभव हुन्छ, त्यो मात्र एउटा झलक हुन्छ । ९०% भन्दा अधिक आध्यात्मिक स्तरमा व्यक्ति सूक्ष्मआयामको पुरै चित्र देख्न सक्दछ ।

कृपया हाम्रो लेख अवश्य पढनुहोस् मानसिक गतिविधिहरुलाई आफ्नो छैठौं इन्द्रियद्वारा अनुभव गर्ने क्षमताको गहिराई

. अदृश्य शक्ति एवं जगतलाई जान्नको लागि छैठौं इन्द्रियको दुरुपयोग?

छैठौं इन्द्रियको उपयोग केवल आध्यात्मिक उन्नति गर्नेको लागि, अर्थात ईश्वरप्राप्ति अर्थात आध्यात्मिक उन्नतिको सर्वोच्च शिखर प्राप्त गर्न हेतु हुनुपर्छ । शुद्ध आध्यात्मिक परिप्रेक्ष्यमा, छैठौं इन्द्रियलाई कुनै अरु उद्देश्यको लागि उपयोग जस्तौ सांसारिक कार्यकलापको लागि उपयोग गरेमा, दुरुपयोग गरेको मानिन्छ । अर्को शब्दमा, यदि कुनै अतींद्रियदर्शी आफ्नो अतींदिय शक्तिको उपयोग यो जान्नको लागि गर्दछ कि कुनै व्यक्तिको विवाह हुन्छ अथवा उसले जागिर पाउँछ की पाउँदैन, तब आध्यात्मिक परिप्रेक्ष्यमा यसको दुरुपयोग भएको मानिन्छ । 

जब कुनै अतींद्रियदर्शीद्वारा छैठौं इन्द्रियको दुरुपयोग गरिन्छ, समयको साथ दुईटा कुरा हुन सक्छन् :

. उनीले आफ्नो क्षमता गुमाउँदछ । यो लगभग ३० वर्षको अवधिमा हुन्छ ।

. उनी उच्च आध्यात्मिक क्षमता भएको सूक्ष्मस्तरीय मांत्रिकको लक्ष्य बन्दछ । सूक्ष्मस्तरीय मानत्रिक आरम्भमा उचित जानकारी दिन्छ, जसबाट उसले त्यो व्यक्तिको विश्वास जित्न सकोस् । अगाडी गएर उनलाई दिशाहीन बनाउँदछ साथै ती मानिसहरुलाई पनि जसलाई मार्गदर्शन गर्दछन् । यस्तो प्रकरणमा, उसको अतींद्रित क्षमता लामो समयसम्म बनि रहन्छ र कुनै बेला त बढेको प्रतीत हुन्छ । तर यो अतींद्रिय क्षमता भएको व्यक्तिको आफ्नो अंगभूत क्षमता हुँदैन, तर त्यो सूक्ष्मस्तरीय मानत्रिकको हुन्छ, जसले त्यो अतींद्रियदर्शीलाई मार्गदर्शन गरिरहेको हुन्छ । यस्तो प्रकरणमा व्यक्तिलाई प्राप्त छैठौं इन्द्रियको अनमोल देन जसको उपयोग ईश्वप्राप्तिको लागि हुनुपर्ने, त्यो निम्नस्तरीय कार्यमा व्यर्थ हुन्छ ।