दक्षिण दिशामा खुट्टा राखेर सुत्ने र उत्तर-दक्षिण दिशामा आफ्नो ओछ्यान लगाउने

दक्षिण दिशामा खुट्टा राखेर सुत्ने र उत्तर-दक्षिण दिशामा आफ्नो ओछ्यान लगाउने

१. उत्तर-दक्षिण दिशामा पलङ्ग (खुट्टा दक्षिण दिशामा) राखेर सुत्ने

राम्रो निन्द्रा कसरी लिने, विभिन्न अंगसँग सम्बन्धित सात्विक जीवनशैलीमा आधारित यस लेखमा, राम्रो निन्द्रा लिने सम्बन्धि सूत्रहरुको जानकारी हामी लिइरहेका छौं । यो लेखमा दक्षिण दिशामा खुट्टा राखेर सुत्दा हुने प्रभाव हामी अध्ययन गर्ने छौं । राम्रो निन्द्रासँग सम्बन्धित यो लेखमा हामी पूर्णतः आध्यात्मिक परिप्रेक्ष्यबाट अध्ययन गर्ने छौं । यो लेखमा दक्षिण दिशामा खुट्टा राखेर सुत्ने विषयमा हामीले अभ्यासपूर्ण निर्णय लिनको लागि जानकारी पाउने छौं ।

१.१  राम्रो निन्द्रा कसरी लिने, यस सम्बन्धमा आध्यात्मिक अनुसन्धान – दक्षिण दिशामा खुट्टा राखेर सुत्दा हुने प्रभाव

आध्यात्मिक स्तरबाट राम्रो निन्द्रा लागोस् यसको लागि दक्षिण दिशामा खुट्टा राख्दा हुने प्रभावको विषयमा SSRF को साधकहरुको अतिजाग्रत छैठौं इन्द्रिय (अतिंद्रिय संवेदनक्षमता) को माध्यमद्वारा अनुसन्धान गर्यो । साधकहरुले पाएका ईश्वरीय ज्ञान परम पुज्य डा. आठवलेद्वारा प्रमाणित गरिन्छ ।

२. दक्षिण दिशामा खुट्टा राखेर सुत्दा हुने आध्यात्मिक प्रभाव

२.१ अधोगामी र तिर्यक स्पन्दनहरुको कार्यमा वृद्धि

वायुमण्डलमा विविध प्रकारको तरङ्ग/स्पन्दन स्वाभाविक रुपमा विद्यमान हुन्छ । कुनै विशिष्ट दिशामा यसको अस्तित्व तथा प्रवाह धेरै हुन्छ । हाम्रो देह जब यसको प्रवाहको दिशासँग समानान्तर हुन्छ, तब हामी यसको क्षत्रमा प्रवेश गर्दछौं र यसले हामी माथि यस क्षेत्रमा नरहेको अवस्थामा भन्दा अधिक प्रभाव पार्दछ । यो तरङ्गहरुमा दुई तरङ्गहरु कष्टप्रद अथवा नकारात्मक (अनिष्ट) प्रकारको हुन्छन् । यस मध्ये तल्लो दिशामा प्रवाहित हुने एवं पातालतर्फ जाने तरङ्ग हुन्छ र अर्को तरङ्ग तिर्यक तरङ्ग हुन्छ । तिर्यकको शब्दार्थ हो, तिरछा । यो तरङ्गहरु तिरछा भएको कारण कष्टप्रद हुन्छ । यो दुवै तरङ्गहरु दक्षिण दिशातर्फ प्रवाहित हुन्छन् । त्यसैले दक्षिण दिशा यी नकारात्मक (अनिष्ट) तरङ्गहरुले चार्ज भएको हुन्छ ।

जब हामी दक्षिण दिशामा खुट्टा राखेर सुत्छौं, तब हाम्रो देह अधोगामी र तिर्यक तरङ्गहरुको कार्यक्षेत्रमा पर्दछ । यसले देहभित्र तथा देह बाहिरको सूक्ष्म रज-तम कणहरुको गतिविधि वृद्धि गर्दछ । बढेको सूक्ष्म रज-तम गतिविधिहरुले अनिष्ट शक्तिहरु (भूत, प्रेत, राक्षस, पिशाच आदि) को गतिविधिहरुमा सहायक हुन्छ । परिणामस्वरूप अनिष्ट शक्तिहरु (भूत, प्रेत, पिशाच आदि) बाट प्रभावित वा आविष्ट हुने आशंका बढ्दछ ।

२.२ पाताल तथा यमलोकबाट आउने तरङ्गहरुमा वृद्धि

दक्षिण दिशा यमलोक, सूक्ष्म रज-तम तरङ्गहरु र कष्टसँग सम्बन्धित हुन्छ । यो कष्टप्रद पनि हुन्छ । जब हामी दक्षिण दिशामा खुट्टा राखेर सुत्द्छौं, तब पाताल र यमलोकको तरङ्गहरु एकत्रित हुन थाल्छ ।

यसले गर्दा हामीले सूक्ष्म रज-तम तरङ्गहरु र अनिष्ट शक्तिहरु (भूत, प्रेत, पिशाच आदि) आकर्षित गर्दछौं । जब हामी दक्षिण दिशामा खुट्टा राखेर सुत्छौं, तब उपर्युक्त सबै घटकहरुको संयुक्त प्रभावको परिणामस्वरूप हामीलाई विभिन्न प्रकारको कष्टहरु हुन सक्छन्, उदारणको लागि –   निन्द्रा न आउनु, सपनाहरु आउनु, निन्द्रामा भय लाग्नु अथवा भयको कारण निन्द्राबाट उठ्नु आदि ।

३. सारांश

राम्रो निन्द्रा लाग्नको लागि घर बनाउने समय हाम्रो पलङ्गको दिशा सम्बन्धि विचार गर्नु महत्वपूर्ण हुन्छ । घरको बाहिर कुनै अन्य स्थानमा अथवा होटलमा अथवा अरुको घरमा उत्तर-धक्षिण दिशामा नसुत्न सावधानी अपनाउन पर्छ (खास गरि दक्षिण दिशामा आफ्नो खुट्टा नराख्नुहोस्) ।

राम्रो निन्द्रा कसरी लिने, यस सम्बन्धी आउने लेखमा हामी अन्य दिशामा खुट्टा राखेर सुत्दा हुने प्रभाव माथि विचार गर्ने छौं ।