दिनमा सुत्नु

दिनमा सुत्नु

 

१.  परिचय

सबै सुखदायक निद्रा प्राप्त गर्ने चाहन्छन् र हामी उठेपछि हाम्रो शरीर पूर्णतः ऊर्जावान भएको अनुभव गर्ने चाहनछौं । आन्नद दायक निन्द्रा कसरी प्राप्त गर्ने – यस सम्बन्धमा विभिन्न पक्षहरु मध्धे एउटा पक्ष हो सुत्न जाने समय । धेरै व्यक्तिहरु कार्यालय समाप्त भएपछि आफ्नो घर आएर  सुत्ने बानि हुन्छन् । प्रस्तुत लेखमा व्याख्या गर्नेछौं कि साँझमा सुत्नाले वास्तवमा सूक्ष्म स्तरमा के घट्दछ जसले गर्दा हामी सुखदायक निद्रा प्राप्त गर्नको उचित निर्णय लिन सक्छौं ।

पहिला हामीले यो कुरा बुझ्नु पर्छ :

  • आध्यात्मिक दृष्टिकोणले, निन्द्रा मूलतः तमोगुणसँग सम्बन्धित अवस्था हो । यसको अर्थ हो, सुत्दा  हाम्रो शरीरमा सूक्ष्म आधारभूत तमोगुण बढ्दछ ।
  • यो मात्रै होइन, निन्द्राको अवस्थामा साधना सबै भन्दा अल्प हुने हुँदा निदाउँदा हामी आध्यात्मिक तवरमा सबैभन्दा कमजोर हुन्छौं । परिणामस्वरूप, निन्द्राको अवस्थामा हामी मूल रज-तम गुणको आध्यात्मिक प्रदूषण एवं भूतहरु (प्रेत, पिशाच, नकारात्मक ऊर्जा इत्यादि ) को आक्रमण प्रति अति सम्वेदनशील हुन्छौं ।

२. हामी सुत्दा के हुन्छ ? 

जब हामी सुत्छौं :

  • हामी चेतन अवस्था बाट निष्क्रिय अवस्थामा जान्छौं ।
  • यस कारण, हाम्रो शरीरको आन्तरिक स्थान अर्थात शरीर भित्रको दुई अंगहरुको बिचको स्थानको एवं शरीरको संचार प्रणाली तथा कोशिकाको क्षमता अत्यन्त घट्दछ ।
  • निद्राको अवस्थामा हाम्रो शरीर भित्र उपप्राण प्रवाहित हुन्छन् जसको कारण आन्तरिक मलोत्सर्गिक वायु (गैस) सक्रिय हुन्छ र तलको दिशातर्फ बढ्न आरम्भ गर्द्छ ।
  • तलको दिशामा भैरहेको यस प्रवाहको प्रभावबाट, पातालबाट प्रक्षेपित हुने कष्टदायक स्पन्दन निदाइरहेको व्यक्तितर्फ आकर्षित हुन्छ ।

साँझको वातावरणमा रज – तम कणको संवेग (momentum) दिनको अन्य समयको तुलनामा अधिक हुन्छ । पातालको अनिष्ट शक्ति रज-तम कणको गतिको उपयोग गरेर सहजताले वातावरणमा प्रवेश गर्दछन् । आध्यात्मिक दृष्टिले प्रदूषित वातावरणको प्रभावले, रज-तम तरंगहरु व्यक्तिको स्थूल शरीरदेखि उसको प्राणदेहमा अल्प समयमा स्थानांतरित हुन्छ ।

यसको फलस्वरूप, व्यक्ति निम्नलिखित कष्टबाट पीडित हुन सक्छ ।

  • डरलाग्दो सपना
  • चकित भएर उठ्नु
  • शरीरमा कम्पन
  • विद्युतको झटका समान सम्वेदना
  • भूतहरुद्वारा नियन्त्रित हुनु

यस प्रकार, साँझको एक छिनको निद्राले शारीरिक स्तरमा हाम्रो शरीरलाई विश्राम मिल्दछ, तर आध्यात्मिक स्तरमा अत्याधिक हानि हुन्छ । यो शास्त्रबाट हामी अनभिज्ञ छौं, त्यसैले हामी प्रभावित भएको अनुभव गर्न सक्दैनौं, न त हामी माथि उल्लेखित कष्टहरुको कारण बुझ्न सक्छौं।

३. सारांशमा

अतः आध्यात्मिक परिप्रेक्ष्यबाट, साँझको समय रज-तम तत्वको मात्रा अधिक हुन्छ, त्यसैले हामी निद्रा जस्तो कुनै पनि तामसिक गतिविधिमा लिप्त हुनु हुदैन ।