अनावश्यक यौन विचारहरू कसरी नियन्त्रण गर्ने

अनावश्यक यौन विचारहरू कसरी नियन्त्रण गर्ने

SSRF यी उदाहरणरुको अध्ययनबाट पाठकहरूलाई समस्याहरूको बारेमा केही दिशा प्रदान गर्ने उद्देश्यले प्रकाशित गर्दछ, जुन शारीरिक या मनोवैज्ञानिक स्तरमा प्रकट हुन्छ, तर जसको आध्यात्मिक आयाममा मूल कारण हुन्छ । जब समस्याको मूल कारण आध्यात्मिक प्रकृतिमा हुन्छ तब हामीले पायौं कि आध्यात्मिक उपचारको समावेशीकरणले सामान्यतया राम्रो परिणाम दिन्छ । SSRF ले शारीरिक र मानसिक रोगहरूको उपचारको लागि पारम्परिक चिकित्सा उपचारलाई निरन्तरता दिदै आध्यात्मिक उपचारको सल्लाह दिईन्छ । पाठकहरूलाई उनीहरूको विवेक अनुसार कुनै पनि आध्यात्मिक उपचारको उपाय अपनाउन सल्लाह दिईन्छ ।

सार :

यो लुइसको उदाहरण हो र अहिले ऊ ३९ वर्षको भयो, ऊ अत्यन्तै कलिलो उमेरदेखिनै यौन विचारहरूद्वारा ग्रस्त थियो । यौन विचार पछाडिको वास्तवमा कारण बोक्सीद्वारा आविष्ट हुनु थियो । व्यक्तिलाई यौन स्तरमा अनुभव गर्नको लागि बोक्सीले उनको मनमा विचार हालिदिन्थ्यो । समस्या अन्तमा आध्यात्मिक उपचार विधिहरू मार्फत समाधान भयो ।

१. अत्यधिक र अनियंत्रित यौन विचारहरूको समस्याको एउटा वृत्तान्त

तल लुइसको आफ्नै शब्दहरुमा अत्यधिक यौन विचारहरुको समस्याको एउटा वृत्तान्त हो ।

[लुइस उसको वास्तविक नाम होईन । उसको गोपनीयता सुरक्षित गर्न यसलाई प्रयोग गरिएको हो ।]

जीवनभरि, सँधै मैले महिलाहरुप्रति धेरै आकर्षण महसुस गरें । म निरन्तर सुन्दर महिलाहरूको बारेमा सोच्ने गर्दथे । म उनीहरूलाई हेर्न, उनीहरूसँग कुराकानी गर्न र उनीहरूको साथमा बस्न चाहन्थे । मेरो चाहनाहरू पूरा गर्न, म मोडेलहरू, अभिनेत्रीहरू र लोकप्रिय गायीकाहरूको वरिपरि हुन मनपराउँथें र उनीहरूको फोटो खिच्थें । मेरो कोठा सुन्दर महिलाको सयौं फोटोहरुले भरिएको हुन्थ्यो ।

यौनको बारेमा अत्यधिक विचारहरूले प्रायः मेरो कार्यमा पनि असर गर्दथ्यो । मलाई ध्यान केन्द्रित गर्न गाह्रो हुन्थ्यो र प्राय म विचलित नै हुन्थे र केहि यौन कल्पनाको सपनाहरु देख्दथे । यद्यपि म इमान्दार भएर मेरो काममा ध्यान केन्द्रित गर्ने कोसिस गर्दथें, तर यौन विचारहरू मेरो मनमा आइनै रहन्थ्यो र अन्तमा म पराजित हुन्थें । सधौ यी विचारहरूसँग लड्न मेरो लागि ठूलो संघर्ष हुन्थ्यो ।

विरोधाभास यो थियो कि म सधैं स्त्रीहरुको बारेमा निरन्तर कल्पना गर्थे तर म जब उनीहरूसँग कुराकानी गर्थे, भद्रपुरुष सम्मान व्यवहार गर्दथे, साथै उनीहरूप्रति अधिक सम्मान महसुस हुन्थ्यो । म नराम्रो यौन कल्पनाहरुबाट ग्रस्त थिए तर मैले कुराकानि गर्ने, कुनै पनि स्त्रीहरुलाई चोट नपुगोस भनेर सक्दो प्रयास गर्दथे । मेरो व्यक्तित्वमा आएको भिन्नताले मलाई प्रायजसो अलमल्ल पारि दिन्थ्यो ।

कहिलेकाँही म एक रातको सम्बन्ध श्रृंखलातिर आकर्षित हुन्थे । एक पटक जब म विदेश यात्रामा गएको थिएँ, मैले एउटा भखरको युवतीसँग यौन सम्बन्ध सुरु गरें जुन केही दिनसम्म चल्यो । म यात्राबाट फर्केपछि, मैले आफैलाई घृणा महसुस गरें र स्वयमलाई एक्लौ राखेर यो भावनालाई हटाउने प्रयास गरें । यस्तो अवस्थामा म आफ्नो मनलाई स्थिर राख्न बाइबल पढ्न थाल्दथे । यस्तो स्थितिमा एकान्तमा रहन म राम्रो महसुस गर्दथे । यद्यपि म यौन विचारहरू नियन्त्रण गर्न सक्दिन थिए, तर म आफैलाई घृणा गर्थे । नतीजा रूपमा, मैले कुनै पनि स्त्रीहरुसँग, कुनै पनि प्रकारको यौन सम्बन्ध, धेरै महिनासम्म राखेन ।

मेरो साथी जो स्पिरिच्युअल साइन्स रिसर्च फाउंडेशन (SSRF) को मार्गदर्शनमा आध्यात्मिक अभ्यास गर्दै थिए उसले मलाई मेरो धर्मको आधारमा ईश्वरको नाम जप गर्न सिफारिश गर्यो । म इसाई हुँ त्यसकारण मैले येशूको नामजप गर्न थालें । सुरुमा मैले यौन विचारहरुमा वृद्धि भएको अनुभव गरें, जुन मलाई एकदम अनौंठो लाग्यो । तर पनि निरन्तर प्रभु येशूको नामजप गरिरहँदा, ति विचारहरु कम हुन थाले । त्यस क्षणदेखि जहिले पनि यौन विचारहरू उत्पन्न हुन थाल्दछ, म अधिक एकाग्रता र अधिक गतिको साथ नामजप गर्ने गर्दथें । मैले नुन पानीको नियमित उपचार पनि गर्न थाले । जब म दर्बल हुन्थे र यौन विचार आउँदथ्यो, तब विशेषरुपमा म यी उपचारहरु गर्दथें ।  नुन पानीको उपचार पछि यैन विचारहरु पूर्णरुपमा नरोकिए पनि अत्यधिक कम हुन्थ्यो । यो आश्चर्यजनक थियो ।  मैले जीवनमा पिहलो पटक महसुस गरे कि मसँग यौन विचारहरू विरुद्ध लड्न र तिनीहरूलाई नियन्त्रणमा राख्नको लागि अस्त्र पाएँ ।

२. लुइसको उदाहरणको सुक्ष्म-स्तरीय परीक्षण

निम्नलिखित सक्रिय छैठौं इन्द्रियको साथ SSRF को साधक सन्त पू. (कु.) अनुराधा वाडेकरद्वारा लुइसको उदाहरणको सूक्ष्म परीक्षणको विवरण तल दिइएको छ । जसरी हामीले स्थूल विश्व देख्न सक्छौं त्यसरी नै उहाँले सूक्ष्म विश्व देख्न सक्नु हुन्छ । उहाँले व्यक्ति या लुइसको अवस्थाको बारेमा कुनै जानकारी प्राप्त नगरि नै निम्न जानकारीहरू बुझ्न सक्नु भयो ।

लुइसको सूक्ष्म-परिक्षण गर्ने समय पू. (कु.) अनुराधा वाडेकरज्यूले ग्रहण गर्नु भएको सूक्ष्म-ज्ञानमा आधारित चित्र निम्नुसार छ ।

अत्यधिक यौन विचारहरूको पछाडिको कारण बोक्सी थियो । उसले लुइसलाई मन पराएर किशोरावस्था देखिनै उसको वरिपरि बस्दथी । सूक्ष्म-ज्ञानमा आधारित रेखाचित्रमा कसरी बोक्सीले उसको कालो उर्जाको माध्यमबाट लुइसको मनमा विचारहरू हाल्दथ्यो, यो देखाईएको छ ।

अनावश्यक यौन विचारहरू कसरी नियन्त्रण गर्ने

सूक्ष्म-ज्ञानमा आधारित रेखाचित्रले बोक्सीले लुइसलाई अँगालो मारेको देखाईएको छ । सत्सेवा हेतु साधनाको रुपमा लुइस लेख लेख्नमा ध्यान केन्द्रित गर्न कोशिस गर्दैछ । बोक्सी उसँग यौन सम्बन्ध स्थापित गर्ने प्रयास गर्दैछिन । त्यसैले लुइसको मनमा यौन विचारहरु राखिरहेकी छे । लुइसको मनमा आइरहेको यौन विचारहरुले बोक्सीलाई लुइसको साथ यौन सुख अनुभव गर्न सम्भव भइरहेको छ ।

सूक्ष्म आयाममा भएको यस घटना बारे अनजान, लुइस अत्यधिक यौन विचारद्वारा विचलित हुन्थ्यो । लुइस अत्यधिक यौन विचारहरूको अनुभव गर्दथ्यो तर उसलाई लाग्दथ्यो की यो सबै मानसिक प्रकृतिको हो । उसले यस मनोभावबाट आफूलाई छुटाउन विभिन्न मनोवैज्ञानिक/मानसिक विधिहरू प्रयोग गरें तर उसलाई कुनै खास लाभ भएन, त्यसपछि उसले आध्यात्मिक उपचारविधिहरू अपनाएर अन्ततः यो समस्याबाट मुक्ति पायो ।

२.१ सूक्ष्म-ज्ञानमा आधारित माथिको रेखाचित्र बनाउने समय पू. (कु.) अनुराधा ज्यूले अनुभव गर्नु भएको कष्ट

जब मैले लुईसको सूक्ष्म ज्ञानको आधारमा रेखाचित्र बनाउँदै थिए, मेरो टाउको भारी हुन थालो, घाँटी संकुचित भयो र धेरै यौन विचारहरूले मन भरिन थालो । मलाई अनुभव गर्न सम्भव भयो कि लुइस कस्तो समस्याबाट गईरहेको छ । पछि जब मैले आध्यात्मिक उपचार गरिरहेको समयको सूक्ष्म ज्ञानमा आधारित रेखाचित्र बनाइ रहेको थिए, तब मैले यस्तो महसुस गरें कि आध्यात्मिक उपचार ममाथि भइरहेको छ र मेरो कष्ट समाप्त भयो ।पू. (कु.) अनुराधा वाडेकर

२.२ लुइसको सूक्ष्म-परिक्षण जब उसले आध्यात्मिक उपचार शुरू गर्यो

जब लुइसले साधनाको रुपमा ईश्वरको नामजप गर्न शुरू गर्यो, बोक्सीद्वारा हुने आक्रमणबाट सुरक्षा प्राप्त हुन थाल्यो ।

यो लेखको सन्दर्भ लिनुहोस्, “नामजपले हाम्रो मनलाई कसरी शुद्ध पार्छ?” 

साथै चित्रण प्रतिनिधित्वको पनि सन्दर्भ लिनुहोस्, “नामजप प्रक्रियाको अवलोकन” 

यसको नतिजा स्वरूप, लुइसमा बोक्सीको प्रभाव कम भयो । यसले बोक्सी क्रोधित भई र उसले आफ्नो सबै शक्ति प्रयोग गर्यो र साधना गर्दा पनि यौन विचारहरुमा वृद्धि भएको देखियो । बोक्सीले लुइसको साधनामा अवरोधहरू खडा गर्ने प्रयास गरिन । साधना को साथ लुइसलाई नुन पानीको आध्यात्मिक उपचार गर्न SSRF ले सुझाव दिए । बोक्सी अझै दूर्बल भयो जब नुन पानीको आध्यात्मिक उपचार गर्यो ।

२.३ नुन पानीको आध्यात्मिक उपचारको सूक्ष्म ज्ञानमा आधारित रेखाचित्र

अनावश्यक यौन विचारहरू कसरी नियन्त्रण गर्ने

जब लुइस दृढतापूर्वक सबै बाधाहरुलाई हटाएर नुन पानीको उपचार गर्न थाल्छ, बोक्सीले कष्टको अनुभव गर्छे र ऊ त्यहाँबाट जान्छिन् । सूक्ष्म-ज्ञानमा आधारित यो रेखाचित्रले लुइसलाई सताउने बोक्सीमाथि नुन पानीको आध्यात्मिक उपचारको प्रभाव देखाउँदछ । बोक्सी र लुइसमा भएको कालो उर्जा नुन पानीमा तानिन्छ । बोक्सी आफ्नो कालो उर्जा नुन पानीमा तानिनबाट रोक्नको लागि एक फुट माथि जान्छे ।

२.४ मनोग्रसित बाध्यता विकार (Obsessive compulsive disorder) – अनावश्यक यौन विचारहरू

यदि तपाई लगातार अनावश्यक यौन विचारहरूले ग्रस्त हुनुहुन्छ (मनोग्रसित बाध्यता विकारको एउटा प्रकार हो) र तपाईको सर्वोत्त्म प्रयास बावजुद पनि यौन विचारहरू माथि नियन्त्रण गर्न सक्नु हुँदैन भने यसको आध्यात्मिक कारण हुन्छ । यदि अत्यधिक यौन विचारको (OCD) कारण आध्यात्मिक हो भने, प्रायः मानिसहरूको लागि मुख्य कारण मृत पूर्खाहरुको लिंगदेह हुन्छन् । यो अनिष्ट शक्ति (नकारात्मक उर्जा) को कारणले पनि हुन सक्छ, र निम्न उपचारहरूले त्यसलाई हटाउन मद्दत गर्दछ । जब एउटा अनिष्ट शक्तिले एक व्यक्तिलाई अत्यधिक अनावश्यक यौन विचारहरु दिएर कष्ट दिन्छ, तब साधारणतया कनिष्ठ श्रेणीको अनिष्ट शक्ति हुन्छ ।

टिप्पणी :

  • ७०% भन्दा अधिक आध्यात्मिक स्तर भएको आध्यात्मिक दृष्टिले उन्नत व्यक्तिले मात्र यो बताउन सक्नु हुन्छ कि समस्याको मूल कारण सूक्ष्म-आयाममा छ अथवा शरीरिक एवं मानसिक स्तरमा ।
  • सक्रिय छैठौं इन्द्रिय भएको व्यक्तिले केहि हदसम्म बुझ्न सक्दछ कि समस्याको कारण सूक्ष्म आयाम (जस्तै भूत) बाट भएको हो या होइन ।
  • जसको छैठौं इन्द्रिय सक्रिय छैन र जसलाई आध्यात्मिक रूपमा विकसित व्यक्ति भएको ठाउँमा जान पनि सम्भव छैन त्यस्ता मानिसहरुले बुद्धिको स्तरमा बुझ्न सक्छन् कि समस्याको कारण सू्क्ष्म-आयाम (उदा. भूत आदि) ले भएको हो या होइन । सामान्यत: यदि यौन विचारहरु सबै पारम्परिक उपचार पश्चात पनि नष्ट हुँदैन तब यो मान्न सकिन्छ कि विचारहरु आध्यात्मिक कारणले भएको हो ।  आध्यात्मिक कारणहरूमा, वर्तमान युगमा सम्भावित कारण अनिष्ट शक्ति बनेको मृत पूर्खाको सूक्ष्मदेह हुन सक्छ । थप लाभ या दीर्घकालीन परिणामको लागि पारम्पारिक उपचारहरुको साथ-साथै आध्यात्मिक उपचार गर्न सकिन्छ ।

अधिकांश व्यक्तिलाई भगवान दत्ताको नामजप गर्दा यौन विचारहरूको मात्रा कम गर्न मद्दत गर्दछ । यो नामजप मृत पूर्खाको लिंगदेहहरुबाट सुरक्षा प्रदान गर्नमा सहायक हुन्छ । यो नामजपको साथसाथै, स्वाधिष्ठान-चक्रमा न्यास गर्दा नामजापको प्रभावकारिता बढ्दछ । यहाँ क्लिक गर्नुहोस् न्यास मुद्रा कसरी गर्ने भनेर ।

साधकलाई साधनामा बधा पुर्याउन अनिष्ट शक्तिले यौन विचारहरू दिन्छ भने यसबाट छुटकारा पाउनको लागि भगवान श्रीकृष्णको ।। नमो भगवते वासुदेवाय ।।यो नामजप गर्नुपर्छ । जसले साधना गर्दैन उसले पनि यो नामजप गर्न सक्छ ।

नामजप सुन्न यहाँ क्लिक गर्नुहोस् । 

यहाँ पनि तपाईले स्वाधिष्ठान चक्रमा न्यास गर्नु पर्ने हुन्छ । स्वाधिष्ठान क्षेत्र मा न्यास गर्दा, माथि दिएको नामजप जबसम्म समस्याबाट छुटकारा प्राप्त हुँदैन तमसम्म प्रत्येक दिन धेरै भन्दा धेरै पटक दोहोर्याउनुहोस् । तपाईको विचारहरूमा कमी नदेखे सम्म प्रति दिन कम्तिमा २-३ घण्टाको लागि उपचार जारी राख्नुहोस् । साथै धैर्य रहन पनि नबिर्सनुहोस् किनकि अनावश्यक यौन विचारहरू निम्त्याउने अनिष्ट शक्तिबाट छुटकारा पाउन दुई बर्ष सम्म लाग्न सक्दछ |