नकारात्मक विचारहरुलाई कसरी रोक्ने

नकारात्मक विचारहरुलाई कसरी रोक्ने

१. नकारात्मक विचारहरुको परिचय

के तपाई तल दिएको विचारहरूमा आफूलाई देख्न सक्नुहुन्छ ?

  • म मेरो मनमा बिगतमा घटेका घटनाहरुलाई बारमबार सोचि रहन्छु (प्राय: अप्रिय भागहरू) ।
  • म सधैं भविष्यको विशेष परिस्थितिको परिणाम कसरी समहाल्ने भन्ने बारेमा सोचि रहन्छु ।
  • मलाई खुशी हुनको लागि केहि व्यक्तिहरूको मान्यकरण या स्वीकृति चाहिन्छ ।
  • जब घटनाहरु मैले सोचेको जस्तै हुँदैन म दु:खी भएर अरुलाई दोष दिने गर्दछु ।
  • जब व्यक्ति कुनै निश्चित तरीकाले व्यवहार गर्दछ तब मात्र मलाई आफ्नो बारेमा राम्रो लाग्छ ।
  • मलाई भविष्यको अन्दाजा छ, यसबारे मेरो आफ्नै एउटा छवि छ र यदि घटनाहरू योजनाको रूपमा भएनन् भने म हरेक पटक निराशा महसुस गर्दछु ।

हामी यी विचारहरुलाई विभिन्न तीव्रताको स्तरमा आफुलाई पाउन सक्छौं ।

लगातार नकारात्मक विचारहरूले हाम्रो मनमा प्राय: समस्यालाई ठूलो बनाईदिन्छ, फलस्वरुप हाम्रो खुशी र मानसिक शान्तिहरण हुन्छ । त्यस्ता चिन्तन प्रक्रियाहरू नकारात्मक विचारको लागि सजिलो साधन बन्न पुग्छ, जसले हामीलाई निराशा, मान्सिक चिन्ता र हिन भावना (कम आत्मसम्मान हुने) तर्फ धकेलि दिन्छ । जब त्यस्ता नकारात्मक विचारहरू धेरै आउछन् र हामी संघर्ष गरिरहदा सोच्न थाल्छौं कि इच्छा शक्ति बाहेक यिनीहरूलाई पार गर्न अरु कुनै प्रभावकारी तरीका छ कि छैन । अनेकै प्रेरणादायक वक्ताहरू र स्वयं सहायता मार्गदर्शकहरूले सकारात्मक सोचाई एउटा विकल्प हो भन्ने मान्दछन्, तर यो सायदनै सजिलो हुन्छ । नकारात्मक विचारको उपचार गर्ने, मनोचिकित्सकहरूले व्यक्तिमा स्वयमलाई परिवर्तन गर्ने क्षमतामा ध्यान (उनीहरूको विचारहरू, भावनाहरू र व्यवहारहरू) केन्द्रित गर्दछन्; तर यसले कुनै पनि व्यापक समस्याहरु जसले कसैको स्वास्थ एवं सुखमा महत्वपूर्ण प्रभाव पार्दछ, त्यसलाई सम्बोधन गर्दैन ।

२. नकारात्मक विचारहरुको परिभाषा

नकारात्मक विचारहरुको विभिन्न परिभाषाहरु छन्; तल एउटा परिभाषा दिएको छ ।

नकारात्मक विचारहरू स्वयं, अरू, या सामान्यतया संसारप्रति अनुभूति हो जुन नकारात्मक धारणा, अपेक्षाद्वारा वर्णित गरिन्छ तथा यो अप्रिय भावनाहरु र प्रतिकूल व्यवहार, शारीरिक तथा स्वास्थ सम्बन्धि परिणामहरुसँग जोडिएको हुन्छन् । (Hawkley, २०१३)

सन्तको परिप्रेक्ष्यमा नकारात्मक विचार :

नकरात्मक विचारहरूले मनलाई व्यापक रूपमा असर गर्दछ । मन स्वस्थ नभएसम्म जीवनमा खुशी हुँदैन । अर्को शब्दमा, नकारात्मक विचारले जीवनको खुशी छिनि दिन्छ । यसले मनलाई कमजोर बनाउँछ, र जीवनको आशाहरुलाई अन्त गर्दछ, यसको परिणामस्वरूप व्यक्तिको जीवन दुःखी र उद्देश्यहीन हुन्छ । ‘- पुजनीय (श्रीमती) अंजली गाडगील

३. नकारात्मक विचारका प्रकारहरू

सबै नकारात्मक विचारहरूले हामीमा गहिरो प्रभाव पार्दैन किनभने हामी त्यसमा खासै विश्वास राख्दैनौं । तिनीहरू प्रकृतिमा क्षणिक हुन सक्छन्, अर्थात क्षण भरको लागि हाम्रो चेतनाको प्रवाहमा आउँछन् र जान्छन् । तर केहि अन्य प्रकारको नकारात्मक विचारहरूको सम्बन्धमा, हाम्रो मन हाम्रो व्यक्तित्व अनुसार विभिन्न कुराहरुलाई दोहोर्याइ रहने र नकारात्मक विचारको ढाँचामा जान्छन् । यसले प्रायः वास्तविकताप्रति गलत धारणा निम्त्याउँछ । संज्ञानात्मक व्यवहार चिकित्सकहरूले यसलाई यो भन्ने गर्छन् – स्वचालित नकारात्मक विचार (ANTs) । स्वचालित नकारात्मक विचारहरू (ANT) स्वयम प्रति नकारात्मक र अनियमित विचारहरु हुन् ।

डा. डेभिड बर्न्स, एउटा अग्रणी संज्ञानात्मक व्यवहारिक चिकित्सक हुनुहुन्छ, जसले नकारात्मक विचारहरुको केहि सामान्य प्रतिरुपहरुलाई चिन्नु भएको छ, जसलाई हामीले तल सूचीबद्ध गरेका छौं (बर्न्स, १९९९)।

<tr”>९भावनात्मक तर्कहामी मान्दछौं कि हाम्रो नकारात्मक मनोभावहरू या भावनाहरूले परिस्थितिको वास्तविकतालाई परिभाषित गर्दछन्, जब वास्तविकतामा भिन्न हुन सक्छ । मलाई लाग्दछ, त्यसैले यो सत्य हुनुपर्छ । वस्तुनिष्ठ नभई मलाई कस्तो लाग्छ त्यसको आधारमा निर्णय लिने बानी ।

क्रम संख्या नकारात्मक विचारको प्रकारहरु संक्षिप्त वर्णन
सबै थोक या केहि पनि होइन प्रवृतिको सोच हामी चीजहरूलाई राम्रो या नराम्रो श्रेणणीबाट लिन्छौं ।  यदि हाम्रो प्रदर्शन उत्तम भएन भन तब हामी आफैंलाई पूर्ण असफलताको रूपमा लिन्छौं ।
धेरै सामान्यीकरण गर्ने हामी एउटा नकारात्मक घटनालाई हारको कहिल्यै अन्त्य नहुने ढाँचाको रूपमा देख्छौं ।

         ३

स्व-अनुमान लगाउँने हामी एउटा नकारात्मक विवरण लिन्छौं र हामी यस घटनामा मात्रै धेरै सोचि रहन्छौं, जसले गर्दा हाम्रो वास्तविकता प्रतिको मनोवृत्ति अस्पष्ट हुन्छ, जस्तो की एक थोपा मसीले भाडामा राखेको सम्पूर्ण पानीको रङ्ग बिगारिदिन्छ ।
सकारात्मकतालाई अयोग्य ठान्ने कुनै एउटा या अन्य कारणले हामी सकारात्मक अनुभवहरू अस्वीकार गर्छौं । यो तरीकाले, हामी नकारात्मक विश्वास कायम गर्न सक्छौं जुन हाम्रो दैनिक अनुभवहरूको विपरीत हुन्छन् ।
निष्कर्षमा पुगी हाल्ने हामी एउटा नकारात्मक व्याख्या गर्छौं जबकि केहि निश्चित तथ्यहरु हुँदैन जसले हाम्रो निष्कर्षलाई समर्थन गर्दछ ।
मन पढ्ने हामी मनमनै निष्कर्षमा पुग्दछौं कि कसैले हामीप्रति नकारात्मक प्रतिक्रिया दिइरहेको छ, जब हामीसँग व्यक्तिको विचारहरूको बारेमा पर्याप्त प्रमाण हुँदैन । साथै, हामी यसलाई प्रमाणित गर्न पनि खोज्दैनौं ।
भाग्य बताउने गल्ती हामी अनुमान गर्छौं कि परिस्थितिहरू खराब हुँदै जान्छन्, र हामी विश्वस्त रहन्छौं कि हाम्रो भविष्यवाणी एउटा प्रमाणित तथ्य हो ।
स्थितिलाई बढाई दिने (भयावह रुपमा) अथवा न्यून गरेर देखाउँने जब हामी हाम्रो गल्तीहरु या त्रुटिहरू लिन्छौं र तिनीहरूलाई बढाईचढाई गर्छौं अथवा हाम्रो या अन्य व्यक्तिको शक्ति र सकारात्मक गुणहरूको खण्डन गर्दछौं ।
१० यस्तो नै हुनुपर्छ भन्ने कथन हामी ‘यस्तो हुनुपर्छ’ तथा ‘यस्तो हुनु हुँदैन’, ‘यस्तो हुनुनै पर्छ’ तथा ‘अवश्य हुनुपर्छ’, जस्ता कथनले स्वयमलाई प्रेरित गर्ने प्रयास गर्दछौं । भावनात्मक परिणाम दोषी बोध हुनु हो । जब हामी अन्यप्रति यस्तो हुनुपर्छ भनेर वाक्य निर्देशित गर्दछौं तब हामी क्रोध, निराशा तथा अपमान अनुभव गर्दछौं ।
११ छाप लगाउँनु (सधै यस्तै हो भनेर मान्ने) तथा गलत छाप लगाउँने यो अधिक सामान्यीकरणको एउटा चरम रूप हो । हाम्रो गल्ती वर्णन गर्नुको सट्टा, व्यक्ति स्वयममा नकारात्मक छाप लगाई दिन्छ – “म असफल व्यक्ति हुँ”। जब अरू कसैको व्यवहार हामीलाई राम्रो लाग्दैन तब हामी त्यस व्यक्ति माथि नकारात्मक छाप लगाउँछौं ।
१२ निजीकरण/वैयक्तिकरण वैयक्तिकरणमा व्यक्ति अरुले जे सुकै भनोस् या गरोस् उप्रति कुनै प्रकारको प्रत्यक्ष, व्यक्तिगत प्रतिक्रिया हुन सक्छ भनेर मान्छ । सबै कुरालाई स्वयमसँग जोड्छ, जबकि वास्तवमा त्यसको अर्थ त्यस्तो हुँदैन ।

हामीले सेक्शन ६ (आध्यात्मिक समाधानहरू) मा नकारात्मक विचारलाई कसरी हटाउने भनेर विस्तृत वर्णन गरेका छौं ।

४. नकारात्मक विचारको प्रभाव

नकारात्मक विचारबाट पीडित व्यक्ति दुर्बल हुन सक्छ । यसले प्रायः व्यक्तिको वरपरका मान्छेहरूलाई पनि असर गदर्छ । नकारात्मक विचारका केही प्रभावहरू हामीले तल सूचीबद्ध गरेका छौं :

  • यसले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यलाई असर गर्दछ ।
  • यसले हाम्रो सम्बन्धलाई नराम्रो असर गर्दछ ।
  • नकारात्मक विचारले हाम्रो आत्माबल भंग गर्दछ र सकारात्मक रूपमा बढ्नको लागि गरिने संकल्प पनि रोकिदिन्छ
  • अत्यधिक नकारात्मक सोचाइले गम्भीर चिन्ता या चिकित्सकीय मान्सिक चिन्ता, विद्रोह, र अत्यन्त गम्भिर अवस्थामा आफैलाई हानि पुर्‍याउने या अरूलाई हानी पुर्‍याउन सक्छ । WHO को तथ्याड़क अनुसार विश्वभरि ( ३०० करोड भन्दा बढी व्यक्ति मान्सिक चिन्ताबाट प्रभावित छन् (WHO, २०१८) जबकि विश्वव्यापी रूपमा प्रत्येक वर्ष ८००,००० व्यक्तिहरु आत्महत्याबाट मर्छन् (४० सेकेन्डमा १ जनाको मृत्यु) (WHO, २०१९ )
  • मानसिक रोगहरूले दीर्घकालीन रोगहरु बढाउँनमा सीधा असर गर्दछ जस्तै हृदय रोग, मधुमेह, मोटोपना, दम, मिर्गी र क्यान्सर ।
  • यसले दैनिक कामकाजमा अवरोध खडा गर्न सक्छ र चरम अवस्थाहरूमा यसले व्यक्तिगत, सामाजिक र व्यावसायिक कमजोरीहरूमा वृद्धि गर्न सक्छ र असमय मृत्युसमेत पनि निम्त्याउन सक्छ ।

५. नकारात्मक विचारको मूल कारण

आध्यात्मिक अनुसन्धान को माध्यमबाट, हामीले पत्ता लगायौं कि ९० % मानसिक रोगहरू को मूल कारण आध्यात्मिक आयाममा हुन्छ । मानसिक रोगहरूको मूल कारणको रूपमा शारीरिक तथा मानसिक कारकहरू आध्यात्मिक कारकको तुलनामा सामान्यतया कम मात्रामा हुन्छ । यो मुख्य कारण हो सबै शारीरिक र मनोवैज्ञानिक सहयोग उपलब्ध हुँदा पनि, व्यक्ति सकारात्मक दृष्टिकोण निर्माण गर्न असमर्थ हुन्छ । नकारात्मक विचारको वास्तविक कारणलाई बुझेर त्यसलाई स्वीकार गरि स्थाई सकारात्मक परिवर्तन ल्याउँने पहिलो चरण हो ।

आध्यात्मिक अनुसन्धान अनुसार, नकारात्मक विचार निम्न उप-खण्डहरुमा उल्लेख गरे जस्तै या त शारीरिक, मानसिक र/या आध्यात्मिक मूल कारणहरुले हुन सक्छ । निम्न तालिकाहरूले नकारात्मक विचारको मूल कारणहरू देखाएको छ ।

प्रमुख कारण %
शारीरिक २०
मानसिक ३०
आध्यात्मिक ५०
कुल १००

स्रोत: आध्यात्मिक अनुसन्धान – ०९  सेप्टेम्बर २०१९

अत्यधिक नकारात्मक विचारको स्थितिमा, मूल कारणको आध्यात्मिक घटकको अनुपात ५०% भन्दा पनि बढी हुने सम्भावना हुन्छ ।

५.१ मूल मानसिक कारणहरू

परम पुज्य डा. आठवले पूर्व प्रख्यात सम्मोहन चिकित्सक हुनु हुन्छ र उहाँले चिकित्सकिय सम्मोहन र मनबारे आध्यात्मिक अनुसन्धानमा करीव ४० वर्षको संयुक्त अनुसंधानको अनुभव प्राप्त गर्नु भएको छ ।

उहाँको अनुसन्धानको निष्कर्ष अनुसार, नकारात्मक विचार अवचेतन मनमा भएको स्वाभावदोषको (जस्तै क्रोध, डर, ईर्ष्या, भावनात्मकता, असुरक्षा, मूल्यांकन गर्नु, नकारात्मक विचार, आदि) संस्कारबाट आउँदछ । यी संस्कारहरू निरन्तर बाह्यमन (सचेत मन) मा विचारको रुपमा आवेगहरु पठाउँदछन् । हाम्रो बाह्यमनको अवस्था यी आवेगहरुले निर्धारित गर्दछ र हामी नकारात्मकता अनुभव गर्दछौं या गलत तरिकाले व्यवहार गर्दछौं ।

५.२ मूल आध्यात्मिक कारणहरू

आधुनिक विज्ञान अनुसार, गम्भीर चिन्ता या चिकित्सकीय मान्सिक चिन्ता जैविक र मनोवैज्ञानिक कारणले हुन सक्छ, जस्तै अचानक जीवनमा प्रमुख परिवर्तनको प्रतिक्रिया, आनुवंशिक कारणहरू, पदार्थ दुर्व्यसन, औषधिबाट हुने रोग, आदि (mayoclinic.org, २०१९) ।

जहाँसम्म, आध्यात्मिक अनुसन्धानको माध्यमबाट, हामीले पत्ता लगायौं कि प्रायः गम्भीर चिन्ता र चिकित्सकीय मान्सिक चिन्ता आध्यात्मिक कारणहरूले हुने सम्भावना बढी हुन्छ । यसले यो पनि थाहा हुन्छ कि मनोचिकित्सकहरू लाक्षणात्मक उपचार गर्नमा सक्षम हुन्छ जुन स्थायी हुँदैन किनकि यसले मूल कारणलाई सम्बोधन गर्दैन । अत: समस्या पुन: उत्पन्न हुन जान्छ ।

नकारात्मक विचारको प्रमुख कारण आध्यात्मिक पनि हुन्छ । नकारात्मक विचारहरूको बल, अवधि र तीव्रता आध्यात्मिक कारकहरूको कारणले ज्यादा मात्रामा बढ्न सक्छ । अगाडि मुख्य आध्यात्मिक कारकहरू दिएका छन् जुन नकारात्मक विचारको कारण हुन सक्छ ।

अनिष्ट शक्ति (नकारात्मक ऊर्जा)

  • अनिष्ट शक्ति व्यक्तिलाई बाहिरबाट असर गर्न सक्छ या एउटा व्यक्तिलाई उसको अधिकारमा (आविष्ट) पनि गर्न सक्छ विशेष गरि जब व्यक्ति आध्यात्मिक रुपमा कमजोर हुन्छ ।
  • अधिक स्वाभाव दोष र उच्च अहंकार भएका व्यक्तिहरूलाई अनिष्ट शक्तिद्वारा लक्षित हुने बढी सम्भावना हुन्छ, किनकि उनीहरु आफूजस्तै स्वाभावदोष र अहंकार भएका व्यक्तिहरूप्रति आकर्षित हुन्छन् ।
  • अनिष्ट शक्तिले पनि समस्यालाई ठूलो बनाउन सक्छ – उदाहरणको लागी, यदि व्यक्तिमा क्रोधको विचार छ भने, अनिष्ट शक्तिहरु त्यसमा हावी हुन सक्छन् ।

टिप्पणी: यस विषयमा अधिक जानकारीको लागि पढ्नुहोस् कसरी अनिष्ट शक्ति विचारहरुको माध्यबाट मानिसहरुलाई हानि पुर्याउँछ

प्रारब्ध एवं लेन-देनको खाता

जब एक अर्कासँग नकारात्मक लेन देन खाताहरू हुन्छन् भने यसले नकारात्मक विचारहरूको सिर्जना गर्ने गर्दछ । साथै, यदि कसैको तीव्र प्रारब्ध छ भने, त्यस व्यक्तिमा अधिक मात्रामा नकारात्मक विचारहरु हुन सक्छ । प्रारब्ध एउटा प्रमुख कारण हो जसले गर्दा मानिसहरु जीवनमा दुःखको अनुभव गर्दछन् । आध्यात्मिक अनुसन्धानको माध्यमबाट हामीलाई थाहा भयो कि हाम्रो ९८% व्यक्तित्वहरू हाम्रो अवचेतन मनमा भएका संस्कारहरूबाट निर्मित हुन्छन् जुन विगतका अनेक जन्महरुबाट साथमा आएका हुन्छन् ।

टिप्पणी: यहाँ प्रारब्ध बारे थप पढ्नुहोस् ।

दिवंगत/मूत पूर्खाहरू

असन्तुष्ट पुर्खाहरूको सूक्ष्म देहले प्रायः उनीहरूको वंशजलाई प्रभावित गर्दछ । यो विभिन्न कारणहरूले हुन सक्छ । अत्यधिक नकारात्मक विचार आउँनु दिवंगत पुर्खाहरूद्वारा उत्पन्न समस्याहरूको लक्षण हुन सक्छ ।

थप पढ्नुहोस्: पितृदोष के हो ? 

हाम्रो विचारहरुमा चन्द्रमाको प्रभाव

सहस्त्राब्दिहरु देखि यो एउटा लोकप्रिय दृष्टिकोण रहेको छ कि चन्द्रमाले व्यक्तिको मानसिक स्थितिमा प्रतिकूल असर गर्न सक्छ । मानिसमा चन्द्रमाको आध्यात्मिक प्रभाव  मा SSRF द्वारा गरिएको आध्यात्मिक अनुसन्धानले यस दृष्टिकोणलाई पुष्टि गर्दछ । यो विशेष गरी पूर्णिमा र औंसीको रातहरूमा देखिन्छ, जहाँ नकारात्मक विचारहरू र अनिश्चित व्यवहारहरुमा वृद्धि हुन्छ ।

५.२.१ नकारात्मक विचारहरु – सूक्ष्म आयाममा तिनीहरूको प्रभाव के हुन्छन् ?

हाम्रो आध्यात्मिक अनुसन्धान टोलीमा यस्तो साधकहरू छन् जसले व्यक्ति तथा वस्तुहरूद्वारा प्रक्षेपित हुने सूक्ष्म स्पन्दहरू बुझ्न सक्दछन् । उनीहरुमा अति जागृत छैठौं इन्द्रियको माध्यमबाट दृश्य स्वरूपमा ईश्वरीय ज्ञान प्राप्त गर्ने क्षमता छन् । यी चित्रहरू आध्यात्मिक एक्स-रे समान हुन्छ र एउटा औसत व्यक्तिलाई आध्यात्मिक आयामको अनुपम झलक प्रदान गर्दछ ।

तलको चित्रमा, नकारात्मक विचारहरूले व्यक्तिलाई कसरी प्रभाव पार्दछ, यसको सूक्ष्म प्रक्रिया प्रस्तुत गरिएको छ ।

नकारात्मक विचारहरुलाई कसरी रोक्ने

व्यक्तिमा नकारात्मक विचार हुँदा जुन सूक्ष्म प्रक्रिया हुन्छ, त्यसको संक्षिप्त विवरण अगाडि प्रस्तुत गरिएको छ । सर्वप्रथम जुन व्यक्तिसँग अधिक अहं छ नकरात्मक विचार उसलाई सजिलैसँग आउँदछ । यसको कारण हो उनी आफ्नो अहं सन्तुष्ट गर्ने बारे विचार गर्दछ । यसले भावनाहरू पनि बढ्दछ । जब यस्तो हुन्छ, यसले व्यक्तिको आज्ञा- चर्कलाई प्रतिकूल प्रभाव पार्छ र उसको सोच भ्रष्ट हुन्छ । त्यहाँ एक किसिमको श्रृंखलात्म अभिक्रिया हुन्छ जहाँ एउटा विचारमा निर्मित भएको कष्टदाई शक्ति अन्य सबै विचारहरूमा स्थानान्तरण हुन्छन् । फलस्वरूप व्यक्तिमा अनिष्ट शक्ति आकृष्ट हुन्छ जसले शरीरको चारैतर्फ र टाउकोको वरिपरिको क्षेत्रमा कष्टदाई शक्ति वृद्धि हुन्छ । व्यक्ति नकारात्मक विचारहरुमा हराउदछ र आफ्नो वरिपरि के भई रहेको छ यस विषयमा अनभिज्ञ हुन्छ । नकारात्मक विचारले उसको वास्तविकतालाई आकार दिन थाल्छ ।

६. नकारात्मक विचारहरू हटाउनको लागि समाधानहरू

शारीरिक

व्यायाम गर्नु, औषधि लिनु (आवश्यकता अनुसार), प्राणायाम गर्नु, शान्त संगीत सुन्नु, के-के कार्य गर्नु छ त्यसको सूचि बनाउनु, स्वास्थ बिहानीको नियोजन गर्नु आदि जस्ता समाधान मनलाई सकारात्मक रुपले व्यस्थ राख्नमा सहायता गर्दछ । तर, नकारात्मक विचार मनसँग सम्बन्धित भएकोले, शारीरिक समाधानहरू एउटा सर्वसमावेशक समाधान होइन, यसमा व्याकुलता अधिक हुन्छ ।

मानसिक

केहि फरक लोकप्रिय मानसिक समाधानहरु हुन् सकारात्मक वाक्य, सचेतना (mindfulness) को अभ्यास गर्नु, मनोचिकित्सकको सहायता लिनु आदि । संज्ञानात्मक व्यवहार थेरापी (CBT) पनि एउटा व्यापक रूपमा प्रयोग गरीन्छ र आफ्नो विचारहरूको डायरी बनाएर नकारात्मक विचारलाई सकारात्मक विचारद्वारा प्रतिस्थापनमा समावेश गरिन्छ । तर सकारात्मक वाक्यको पनि सीमितता हुन्छ । हामीले यसलाई हाम्रो लेखमा बताएका छौं- स्वयम सूचनाहरु विरुद्ध सकारात्मक वाक्यहरुमा बताएका छौं ।

आध्यात्मिक

साधना (आध्यात्मिक अभ्यास) र आध्यात्मिक उपचारहरू नकारात्मक विचारहरू हटाउनको लागि शक्तिशाली साधनहरू हुन्, खास गरी जब मूल कारण आध्यात्मिक प्रकृतिको हुन्छ । साधनाले सकारात्मक आध्यात्मिक उर्जा उत्पन्न गर्दछ, जसले नकारात्मक उर्जाहरू बिरूद्ध बचाउन मद्दत गर्दछ र प्रतिकूल प्रारब्धलाई कम गर्दछ । नकारात्मक विचारहरू हटाउन, निम्न अभ्यासहरू सिफारिस गरिन्छ ।

१. नामजप:श्री गुरुदेव दत्त‘ नामजपले नकारात्मक विचारलाई हटाउन मद्दत गर्दछ, विशेष गरी पितृदोषको सम्बन्धमा सहायता गर्दछ । वर्तमान काल अनुसार यस नामजपको साथ-साथै, सबै प्रकारको नकारात्मक विचारहरुको प्रतिकार गर्न जस्मा अत्यधिक तीव्र स्वरुपको नकारात्मक विचार सम्मिलित हुन्छ, त्यसलाई प्रतिकार गर्न “ओम नमो भगवते वासुदेवाय” नामजप गर्नको लागि सलाह दिइन्छ ।

२. साधनाको चरणको रुपमा स्वभाव दोष निर्मूलन प्रक्रिया: परम पूज्य डा. आठवलेज्यूले स्वभाव दोष निर्मूलन (PDR) प्रक्रियाको मार्ग देखाउनु भयो । स्वभाव दोष निर्मुलन प्रक्रियाले अवचेतन मनमा व्यक्तित्व स्वाभावदोषहरुको संस्कार हटाउन मद्दत गर्दछ । यसले अवचेतन मनलाई शुद्धि गर्दछ (जुन मनको ९०% भाग हो) । स्वभाव दोष निर्मुलन प्रक्रियाहरु वास्तविक घटनाहरू या नकारात्मक विचारहरू स्वयम सूचनाको माध्यमबाट सम्बोधन गरिन्छ जुन व्यक्तिगत आवश्यकता अनुसार बनाइन्छ । डा. डेभिड बर्न्सद्वारा पहिचान गरिएको विभिन्न नकारात्मक विचारहरुको स्वरुपहरूलाई हटाउन तल हामीले विभिन्न स्वयम सूचनाहरु दिएका छौं ।

SSRF Inc बाट नकारात्मक विचारहरु हटाउन स्वयम सूचनाहरु

३. नुन पानीको उपचार: यो १५-मिनेटको उपाय कालो शक्ति हटाउन, जुन प्राय: नकारात्मक विचारहरुको स्त्रोत हुन्छ, यसको लागि प्रभावकारी तरीका हो । यस बारेमा थप जानकारीको लागि – नुन-मिश्रित पानीद्वारा आध्यात्मिक उपचार ।

७. निष्कर्ष

नकारात्मक विचारसँग संघर्ष गर्नु एकदम निराशजनक र थकित महसुस हुन्छ  । आध्यात्मिक अनुसन्धान केन्द्रमा हामी तपाईको यथार्थ स्थिति बुझ्न सक्छौं र हामी भन्न चाहन्छौं कि तपाई एक्लो हुनु हुन्न । यो हाम्रो अनुभवमा आएको छ कि विश्वको जनसंख्याको एउटा विशाल अनुपात उनीहरूको जीवनमा कुनै न कुनै स्थितिमा नकारात्मक सोचाइबाट ग्रस्त भएका हुन्छन् । नकारात्मक विचारहरू हटाउन अधिकांशलाई गाह्रो लाग्नुको कारण हो, समस्याहरूलाई केवल शारीरिक र मानसिक समाधानले मात्र सम्बोधन गर्न खोज्छन् । तर प्राय: समस्याहरु आध्यात्मिक स्तरमा हुन्छ त्यसैले कम प्रभावकारी हुन्छन् । हामीले सुझाव गरेका आध्यात्मिक चरणहरूलाई अभ्यास गर्नु भयो भने तपाईले आफ्नो मानसिक अवस्था र जीवनको गुणस्तरमा निश्चित सुधार पाउनु हुनेछ ।

८. ग्रंथसूची

बर्न्स, डी डी, १९९९. फीलिंग गुड: दि न्यू मूड थेरापी. न्यू योर्क: हार्पर कोलिनस प्रकाशकहरू इंक ।

हकली, एल. सी., २०१३. नकारात्मक विचारहरू. [अनलाइन]

यहाँ उपलब्ध छ : https://link.springer.com/referencesworkentry/10.1007%2F978-1-4419-1005-9_1563 [Accessed 16 07 2019]।