आपतकालीन स्वयम् सूचनाहरु – एउटा पूर्ण मार्गदर्शन

के तपाई आपतकालको समयमा शान्त र मानसिक रूपले स्थिर हुन चाहानुहुन्छ ? यदि त्यसो हो भने, आपतकालिन स्वयम् सूचनाको बारेमा जान्नु तपाईको लागि राम्रो हुन्छ । यसले तपाइँलाई बढ्दो अस्थिर संसारमा मानसिक स्थिरता प्राप्त गर्न सक्षम गर्दछ जहाँ आपतकालिन स्थितिहरु कुनै पनि समयमा आउन सक्छन् ।

आपतकालीन स्वयम् सूचनाहरु - एउटा पूर्ण मार्गदर्शन

छोटो सारांश

आपतकालिन अवस्थामा स्थिर रहन मानसिक बल प्राप्त गर्न अपार फाइदाहरू छन् र त्यस्ता परिस्थितिहरूलाई उचित तरीकाले सामना गर्न मद्दत गर्दछ । तर, मानसिक स्थिरता यस्तो चीज हो जुन प्रायः व्यक्तिहरूसँग हुँदैन जब आपतकालिन अवस्थाको सामना गर्नुपर्दछ, यो गुण स्वयंमा हुनको लागि व्यक्तिहरु इच्छा राख्दछन् । यो बल प्राप्त गर्ने एउटा तरिका मनलाई कसरी यस्तो प्रतिकूल परिस्थितिहरूमा प्रतिक्रिया दिने भनेर प्रशिक्षण दिने हो । आपतकालीन स्वयम् सूचनाहरु प्रयोग गरेर, जुन स्वभाव दोष हटाउने (PDR) प्रक्रियाको अंश हो र यसको फ्रेमवर्क एउटा स्वतन्त्र र शक्तिशाली उपकरण हो जसले व्यक्तिको मानसिक क्षमतामा सुधार गर्न मद्दत गर्दछ । विभिन्न प्रकारका प्राकृतिक प्रकोपहरु जस्तै प्राकृतिक आपदाहरु, चिकित्सा आकस्मिक अवस्था, गम्भीर भावनात्मक गडबडी, आदि को लागि आपतकालीन स्वयम् सूचनाहरु यो लेखमा प्रदान गरेको छ ।

१. आपतकालिन स्थितिको लागि स्वयम् सूचनाको (AS) परिचय

मार्कस अरिलियस (एक रोमन सम्राट र स्टोइक दार्शनिक) ले एक पटक भनेका थिए, “तपाईसँग तपाईंको बुद्ध/मनमा शक्ति छ, न कि बाहिरी घटनाहरुमा । यो महसुस गर्नुहोस्, र तपाईंले सामर्थ्य पाउनुहुनेछ ।”

तर जसले आपतकालिन अवस्थाको अनुभव गरेका छन्, सबैलाई थाहा छन् कि आफ्नो मनलाई नियन्त्रण गर्नको लागि भन्न सजिलो हुन्छ तर गर्न उतिकै गारो हुन्छ ।

गम्भीर आपतकालिन स्थितिहरु बाहेक, कहिलेकाँही हामी यस्तो परिदृश्यको सामना गर्नु पर्छ जसले हाम्रो इन्द्रिय र भावनाहरूलाई ओभरड्राइभमा राखिदिन्छन् । यो स्टेजमा पियानो बजाउनु जस्तो सजिलो कार्य हुन सक्छ या बन्जी जम्प गर्नु अगाडी तपाईको कपाल उठेको जस्तो या गल्तीले टर्म पेपर मेटाइ दियो जुन तपाईले भोली पल्ट बुजाउनु पर्ने हुन्छ ।

यस्तो आपतकालिन अवस्थाको लागि तयारी गर्दा या सामना गर्दा, त्यहाँ चिन्ता, तनाव र डरसँग सम्बन्धित धेरै विचारहरू आउन सक्छन् जसले हामीलाई अभिभूत या पक्षाघात गर्न सक्छन् । यसले स्थिर मनको साथ त्यस्तो परिस्थितिहरूलाई समना गर्ने हाम्रो क्षमतालाई घटाउँछ र यसले हाम्रो निर्णय लिने क्षमतामाथि अवरोध पुर्याउँदछ ।

त्यस्तो परिस्थितिहरुमा मनलाई स्थिर राख्न एउटा चुनौतीनै हुन्छ । यद्यपि, यो अत्यावश्यक छ कि हामीले यो प्रक्रिया सिक्नुपर्छ । परात्पर गुरु डॉ. आठवलेज्यूले सृजना गर्नु भएको स्वाभाव दोष निर्मुलन (PDR) प्रक्रियामा, एउटा कार्यप्रणाली छ जुन यस्तो परिस्थितिको लागि बनाएको छ जसलाई हामी “मनलाई आपतकालीन स्वयम् सूचना दिने” भनेर बुझदछौं । यसले विभिन्न प्रकारका तनावपूर्ण स्थितिहरूलाई सम्बोधन गर्न प्रयोग गर्न सकिन्छ जसमा डर, चिन्ता, क्रोध, भावनात्मकता, आदि समावेश छन् । तल, हामीले यो शैलीलाई विभिन्न परिस्थितिहरूमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे पूर्ण मार्गदर्शक तयार परेका छौं ताकि तपाई यसको लाभहरू अनुभव गर्न सक्नुहुनेछ ।

२. आपतकालीन स्वयम् सूचनाहरु के हुन् ?

आपतकालिन स्वयम् सूचना ती स्वयम् सूचनाहरु हुन् जुन विशेष रूपमा आपतकालिन स्थिति या घटनाहरूमा मनको प्रतिकूल प्रतिक्रिया माथि विजय पाउनको लागि बनाइएको हुन्छ । मनलाई तुलनात्मक रूपमा स्थिर राखेर, स्वयम् सूचनाले व्यक्तिहरूलाई शान्त भएर आपतकाल सम्बोधन गर्न मद्दत पुर्याउँछ, त्यसैले हडबडाउनुको विपरित समाधान-उन्मुख हुनको लागि हामीलाई अवसर प्राप्त गराउँदछ ।

आपतकालीन स्वयम् सूचनाहरु अन्य प्रकारको स्वयम् सूचनाहरू भन्दा फरक हुन्छन् किनभने तिनीहरू केवल विशिष्ट परिदृश्यहरूमा मात्र लिइन्छन् (सेक्शन ३ मा दिइएको) । त्यो बेला लिन्छौं जब हामी तुरुन्त भावनात्मक व्याकुल स्थितिबाट बाहिर आउन चाहन्छौं, या शान्त बन्न चाहन्छौं ।

३. आपतकालीन स्वयम् सूचनाहरु कहिले प्रयोग गर्ने ?

आपतकालीन परिदृश्यहरू ३ प्रकारका हुन्छन् जहाँ आपतकालीन स्वयम् सूचनाहरु प्रयोग गर्न सकिन्छ ।

आपतकालीन स्वयम् सूचनाहरु - एउटा पूर्ण मार्गदर्शन

आउनुहोस् हामी यी ३ प्रकारका परिदृश्यहरूलाई अझ विस्तृत रूपमा हेरौं ।

१. भावनात्मक गडबडी

आपतकालीन स्वयम् सूचनाहरु - एउटा पूर्ण मार्गदर्शन

यहाँ आपतकालिन स्वयम् सूचना जीवनको प्रतिकूल घटनामाथि विजय प्राप्त गर्न मद्दत गर्दछ जसले हामीलाई भावनात्मक रुपमा अस्थिर बनाइरहेका हुन्छन् । जब कुनै घटनाले हामीलाई मानसिक रुपमा समस्या दिइरहेका हुन्छन्, जसले गर्दा उत्तम निर्णयहरू लिन सक्दैनौं र परिणामस्वरूप अधिक समस्याहरू आउॅंछन् ।

उदाहरणको लागी, यदि एउटा व्यक्ति आफ्नो म्यानेजरले गाली गरेकोमा धेरै दुखि हुन्छ, उसलाई आफ्नो जागिर छोड्न मन लाग्छ जुन व्यावहारिक होइन वा उनको जीवनको यस घडीमा उत्तम होइन । यहाँ, उचित निर्णय लिनको लागि सुनिश्चित गर्न मनलाई शान्त गर्नु महत्त्वपूर्ण हुन्छ । यदि कसैले साधनाको अभ्यास गर्दैछ भने भावनात्मक व्याकुलता पार गर्न महत्त्वपूर्ण हुन्छ जसले गर्दा कुनै अवरोधहरु बिना साधनामा अगाडि बढ्न सकिन्छ ।

२. सामान्य आप स्थिति

आपतकालीन स्वयम् सूचनाहरु - एउटा पूर्ण मार्गदर्शन

सामान्य आपतकालको स्थितिमा पनि आपतकालिन स्वयम् सूचनाहरु लिन सकिन्छ । यो कुनै प्रतिकूल घटनाको प्रत्याशामा या आपतकाल स्थितिमा तनाव कम गर्न सकिन्छ । उदाहरणको लागी, यस्तो स्वयम् सूचना एउटा प्राकृतिक प्रकोपको घटनामा लिन सकिन्छ या यदि कसैलाई तनाव छ की उसको गाडी राजमार्गमा बिग्रिएको छ ।

२अ. पूर्वतयारी स्वयम् सूचनाहरु: यी स्वयम् सूचनालाई अग्रिम रूपमा मनलाई आपतकालिन समयको लागि तयार गर्न सकिन्छ जुन घटना हामीलाई पहिला नै घटित हुने छ भनेर थाहा हुन्छ । उदाहरणको लागी, एउटा भूकम्प प्रवण क्षेत्रमा बस्ने एउटा व्यक्ति भूकम्पको सामना गर्नको लागि आफ्नो मनलाई तयार पार्न स्वयम् सूचना लिन सक्छ । मनलाई आपतकालिन समयको लागि तयार पार्न लिएको स्वयम् सूचनाहरुले वास्तविक आपतकालिन अवस्थामा मनलाई शान्त रहन मद्दत गर्दछ । यसले मानसिक उर्जा बचत गर्छ र वास्तविक परिस्थिति सम्हाल्न थप ऊर्जा उपलब्ध गर्दछ । थप रूपमा, स्वयम् शान्त रहनाले आफ्नो वरपरका व्यक्तिहरू पनि शान्त रहन मद्दत पुग्दछ ।

२आ. स्वयम् सूचनाहरु आपतकालिन समयमा पनि लिन सकिन्छ जुन बेला घटना सुरु हुन्छ । उदाहरणको लागी, यदि कोही भारी वर्षा र बाढीको कारण आफ्नो घरमा फसेको छ भने, उसले त्यस बारेमा स्वयम् सूचना लिन सक्छ ।

वास्तविक आपतकालिन स्थितिमा, व्यक्ति मानसिक रुपमा स्थिर रहनु महत्वपूर्ण हुन्छ जसले गर्दा परिस्थिति उत्तम तरीकाले सामना गर्न सक्छ । यसले जीवन र मृत्युको बीच अन्तर पनि गर्न सक्छ । त्यस्तो परिस्थितिहरूमा आपतकालिन स्वयम् सूचनाहरु लिँदा व्यक्तिलाई स्थिर रहन र त्यस्ता महत्वपूर्ण परिदृश्यहरूमा विवेकपूर्वक कार्य गर्न सक्षम गर्न सकिन्छ ।

३. आपतकालिन चिकित्सा

आपतकालीन स्वयम् सूचनाहरु - एउटा पूर्ण मार्गदर्शन

यस प्रकारको स्वयम् सूचनाहरु चिकित्सा आपतकालको सम्बन्धमा लिन सक्छौं जस्तै दमको हमला, दौरा पर्नु, रुट कैनाल (root canal) गर्नको लागि डेन्टिस्ट काहाँ जाने आदि ।

दुई प्रकारको लाक्षणात्मक स्वयम् सूचनाहरु छन् ।

३अ. व्यक्तिले पूर्वतयारी स्वयम् सूचना लिन सकिन्छ जब उनलाई चिकित्सकिय आपतकाल घटनाको हुन सक्छ भनेर पहिला देखिनै थाहा हुन्छ । उदाहरणको लागि, मिर्गी दौरा (epileptic seizure) सामना गर्नको लागि स्वयम्लाई तयार गर्न स्वयम् सूचना लिन सकिन्छ ।

३आ. लाक्षणात्मक आपातकालीन स्वयम् सूचनाहरू जब वास्तविक चिकित्सकिय आपतकालिन सुरु हुन्छ या कुनै प्रकारणको बारे जब जागरूकता विकास हुन्छ तब लिन सक्छौं । उदाहरणको लागी, यदि एउटा दम रोगीलाई लाग्दछ की उसलाई दम आक्रमण हुनेछ, उसले यसबारेमा स्वयम् सूचना लिन सक्छ । चिकित्सकिय आपतकालिन तयारीको लागि स्वयम् सूचना लिने, या जब आपतकाल सुरू हुन्छ या भइरहेको छ भने व्यक्तिलाई चिकित्सकिय आपतकाल स्थितिमा स्थिर रहन मद्दत गर्दछ र यसले कष्ट कम गर्दछ ।

केहि अवस्थामा, जस्तै दमको दैरा हुन लागेको छ, यस्तो स्थितिमा सहि समयमा लिएको आपतकालिन स्वयम् सूचनाले चिकित्सा आपतकाल रोक्न पनि सक्छ । अन्तमा, रोगको लक्षणमा सुधार हुन्छ जब व्यक्तिले चिकिस्सा आपतकालीन सम्बन्धित आपातकालीन स्वयम् सूचना लिन्छ । यसको मतलब हो यदि कसैलाई मुटुको समस्या छ र उसले आपातकालीन स्वयम् सूचनाहरु लिईरहेको छ भने उसले शान्तपूर्वक हृदयघातको सामना गर्न सक्छ, र उसले संकटको सामना गर्नुपर्दा उसको निको हुने सम्भावना पनि बढी हुन्छ ।

४. कसरी एउटा आपतकालीन स्वयम् सूचना, स्वयम् सूचना सत्रमा दिने

आपतकालीन स्वयम् सूचनाको तयारी प्रकारको मामलामा

तयारी प्रकारको आपतकालीन स्वयम् सूचना तपाईको नियमित स्वयम् सूचनाको सेटमा लिन सकिन्छ । कृपया ‘कसरी स्वयम् सूचना लिने’ यो लेखको सन्दर्भ लिनुहोस् ।

आपतकालीन स्वयम् सूचना जब घटनाहरु सुरु हुन्छ/भइरहेको हुन्छ ।

यो आपतकालीन स्वयम् सूचना तब लिन्छ जब वास्तविक घटना सामना गर्नुपर्छ या आपतकाल अत्यन्त निकट छ ।

यो अवस्थाहरूमा, तपाई:

  • अस्थायी रूपमा तपाईले लिइरहनु भएको अन्य स्वयम् सूचनाहरुलाई रोक्नुहोस् र यो आपतकालीन स्वयम् सूचना लिन प्राथमिकता दिनुहोस् ।
  • आपतकालीन स्वयम् सूचना ३-५ पटक एउटा स्वयम् सूचनाको सत्रमा पढ्नुहोस् ।
  • जबसम्म आपातकालीन समय पार हुँदैन तबसम्म प्रत्येक ३० मिनेटमा आपतकालिन स्वयम् सूचनाहरु लिनुहोस् ।

आपतकालिन समय समाप्त भएपछि, छनौट गरेको स्वाभाव दोष माथि लिई रहनु भएको स्वयम् सूचना सत्रहरु पुनःसुरु गर्न सक्नुहुन्छ ।

प्राकृतिक आपतकाल या आउँदै गरेको चिकित्सकिय आपतकाल जस्ता आपतकालीन स्थितिमा आपतकालिन स्वयम् सूचनाहरु प्राय: लिन सम्भव नहुन सक्छ । त्यस्तो अवस्थाहरूमा, व्यावहारिक रूपमा जति सम्भव हुन्छ, आपतकालिन स्वयम् सूचना लिन सक्छ ।

५. आपतकालिन स्वयम् सूचनाहरु कसरी बनाउने

B1, B2A3 स्वयम् सूचना शैलीहरु प्रयोग गरेर आपतकालीन स्वयम् सूचनाहरु बनाउन सक्छौं जुन स्वाभाव दोष निर्मूलन प्रक्रिया (PDR) को अघिल्लो लेखहरूमा वर्णन गरेका छौं । कृपया ती लेखहरुको सन्दर्भ लिनुहोस् र आपतकालीन स्वयम् सूचना बनाउनको लागि कुन प्रकारको स्वयम् सूचना शैली प्रयोग गर्ने यो लेखको पनि सन्दर्भ लिनुहोस् ।

६. आपातकालीन स्वयम् सूचनाको उदाहरणहरु

यहाँ प्रत्येक परिदृश्यको लागि प्रयोग गर्न सक्ने केहि आपतकालीन स्वयम् सूचनाको उदाहरणहरु दिएको छ ।

६.१ जब व्यक्ति भावनात्मक स्तरमा विचलित हुन्छ

६.२ सामान्य आपतकालिन स्थितिहरुको लागि

६.३ चिकित्सकीय आपतकालको लागि

७. निष्कर्ष

हामी सबैले हाम्रो जीवनमा कठिन परिस्थितिको सामना गर्नु पर्छ । तपाईहरु मध्ये कोहि अहिले यस्तो अवस्थाबाट जाँदै हुनु हुन्छ होला । साथै, आज विश्वको अस्थिरतालाई हेरेर, जहाँ कुनै पनि समयमा संकट आउन सक्छ जसले हाम्रो जीवन र मानसिक शान्ति माथि बाधा पुर्याउन सक्छ, आपतकालीन स्वयम् सूचनाहरु पहिले भन्दा बढि प्रासंगिक हुन्छ ।
आपतकालिन स्वयम् सूचना शैली एउटा अमूल्य उपकरण हो जसले आन्तरिक शक्ति विकास गर्न मद्दत गर्दछ जुन तपाईले सामना गरिरहनु भएको जस्तोसुकै संघर्षलाई सामना गर्नको लागि उपयुक्त हुन्छ । हामी सबैलाई यसको प्रयोग गरि फाइदा अनुभव गर्न प्रोत्साहित गर्दछौं । स्वयम् सूचनाको साथ, ईश्वरको नाम जपले मनलाई शान्त गर्न मद्दत गर्दछ र प्रतिकूल प्रारब्धको पीडादायी प्रभावलाई कम गर्दछ ।