B1 स्वयम सूचना शैली

B1 स्वयम सूचना शैली

१. B1 शैली स्वयं सूचनाको परिचय

एक दिनमा अनगिन्ती दबाव स्थितिहरुको समना गर्नुपर्ने हुन्छ, चाहे त्यो अत्यधिक ट्राफिक पार गरि काममा पुग्ने, स्वास्थको विषयमा चिन्ता, पैसाको चिन्ता, परिवारको साथ गलत बुझाई वा मालिकको साथ कठिनाई – र सूची अनन्त हुन्छ । यी सबै माथि अब यसमा थपन्को लागि यदि तापाईको बच्चा छ जसले अचानक याद गर्न कि भोलि एउटा महत्वपूर्ण परीक्षा छ या आफ्नो भाई-बहिनीसँग झगडा गरेर दु:ख दिन्छ वा तपाईको काममा अधीनस्थ जो लगातार प्रोजेक्टहरुमा ढिलाइ गरिरहन्छन् वा जीमेवारीबाट भागि रहन्छ तब तपाई थाक्नु हुन्छ ।

हामी हाम्रो बुझाई, अवचेतन मनको संस्कार र व्यक्तिगत जीवनको अनुभवहरु अनुसार समस्याहरु समाधान गर्ने प्रयास गर्दछौं । जहाँसम्म, धेरै जसो परिस्थितहरुमा समस्याहरु सुलझाउँदा या त हामी तनावमा जान्छौं वा तनावग्रस्त हुन्छौं । यसमा थप्नको लागि समस्याहरुको पनि समाधान हुँदैन । अन्तमा हामी अरुलाई वा परिस्थितिलाई दोष दिन्छौं । यसले अस्थिर मनको लागि जग बनाउँछ ।

जब अरुहरु (बालबच्चाहरु वा अधीनस्थ) कष्ट दिईरहन्छन् र गलत छन् तब बढिरहेको भावनाहरु प्रवन्ध गर्न कुनै तरिका छ? स्वाभावदोष निर्मूलन प्रक्रिया अनुसार आध्यात्मिक शैली छ – B1 स्वयं सूचना शैली जसले आत्म-जारुकता बढाउनमा मद्दत गर्दछ अनि अन्तर्मुखताले स्वयंलाई रोकि गलत परिस्थिहरुमा पनि सटीक र शान्तसँग कम गर्न सक्छ ।

२. B1 स्वयं सूचना शैलीको परिभाषा

B1 स्वयं सूचना शैलीको उपयोग अरु व्यक्तिको दोषहरु हटाउन या प्रतिकुल स्थिति परिवर्तन गरि मानसिक तनाव कम गर्न गरिन्छ । यो स्वयं सूचनाको लागि विशेष रुपमा अन्य व्यक्ति अधीनस्थ वा हामी भन्दा सानो हुनुपर्छ । यो हाम्रो बच्चाहरु, कर्मचारीहरु वा जो कोहि हाम्रो सुझावहरुको लागि ग्रहणशील हुन्छन् उनीहरुको सन्दर्भमा उपयोगी हुन्छ । जे होस् गलती अरु कसैले गरेको भए पनि, यो स्वयं सूचनाले हाम्रो प्रतिक्रियाहरु हटाउन मद्दत गर्दछ । यस शैलीमा, अर्को व्यक्तिसँग वार्ताको सम्भावना हुन्छ त्यसैले व्यक्तिलाई अथवा परिस्थिलाई केहि हदसम्म परिर्वर्तन गर्न सकिन्छ । यस शैलीको माध्यमबाट सम्बन्धित व्यक्तिलाई बारम्बार स्पष्टीकरण, सजाय आदि दिएर अधीनस्थ कर्मचारी, बालबच्चाको स्वाभावदोष हटाउन सकिन्छ । यो शैली विशेष गरी आमाबाबा र कम्पनीको नेतृत्व गर्ने व्यक्ति जसको अधीनस्थ कर्मचारीहरु काम गरिरहेको हुन्छन् उनीहरुको लागि उपयोगी हुन्छ ।

२.१ B1 शैली स्वयं सूचनाको ढाँचा हो :

यसको ढाँचा हो :

प्रतिक्रियालाई उकसाउने घटना + स्थिति परिवर्तन गर्नको लागि गर्नुपर्ने कार्य

माथि उल्लेख गरेको गलतीमा तल दिइएको स्वयं सूचना प्रयोग गर्न सकिन्छ ।

B1 स्वयम सूचना शैली

गलती यो हो कि निकोल (मेरो बहिनी) प्रति घर सफासुघर नराखेकोमा क्रोध महसुस गरें ।

  • B1 स्वयं सूचना शैलीको ढाँचा अनुसार स्वयं सूचना यस प्रकार हुनेछ – जब म देख्छु कि निकोलले घर सफा गरेको छैन, म उनलाई शान्तपूर्वक भन्छु कि घर सफा राख्न महत्वपूर्ण छ अन्यथा घरको कम्पनहरु प्रभावित हुन्छ ।
  • स्वयं सूचना “जब” बाट सुरु हुन्छ त्यसपछि गलतीको त्यो अंश आउँछ जुन वास्तविक उतप्रेरक हो । यहाँ हो, निकोलले उनको कपडा घर भित्र जतातै त्यतिकै राख्यो ।
  • त्यसपछि कृति आउँछ जुन परिस्थितिलाई शान्तपूर्वक नियन्त्रण गर्न सकिन्छ – त्यो हो म शान्तपूर्वक उनलाई भन्नेछु कि घर सफासुघर राख्न महत्वपूर्ण छ नभए घरको कम्पनहरु खलबलिन्छ । यहाँ शब्दहरु “म उनलाई शान्तपूर्वक बताउनेछु” भन्ने शब्दहरु सबै भन्दा महत्वपूर्ण छन्, जसले व्यक्तिले कहाँ सुधार गर्नुपर्छ त्यहाँ ध्यान केन्द्रित गर्न मद्दत गर्दछ ।

३. कसरी निर्णय गर्ने B1 स्वयं सूचना छनौट गर्ने

B1 स्वयं सूचना शैलीको उपयोग तब गरिन्छ जब गलती अरुको कारण हुन्छ र हाम्रो प्रतिक्रिया हुन्छ । त्यस्ता गलतीहरुका केहि उदाहरणहरु र हाम्रो प्रतिक्रियाको लागि जिम्मेवार स्वाभावदोषहरु तल सूचीबद्ध छन् ।

गलती वा परिस्थिति हाम्रो स्वाभावदोषको कारण प्रतिक्रिया
धेरै पटक समझाउँदा पनि बच्चा अध्ययन नगर्ने क्रोध, अपेक्षा
अधीनस्थ धेरै पटक समझाउँदा पनि समयको पालन नगर्ने पूर्वग्रह, क्रोध
नोकर बारम्बार तलब बढाउनको लागि आग्रह गरिहने चिन्ता, क्रोध
विद्यार्थीहरू कक्षामा दुर्व्यवहार गर्ने क्रोध, गुनासो
श्रीमानले घरको काममा मद्दत नगर्ने क्रोध, पूर्वाग्रह, गुनासो, भावनात्मकता
श्रीमतीले धेरै खर्च गर्ने पूर्वाग्रह, दोष दिने
किशोर बच्चा प्राय: जसो भिडियो गेमहरु खेल्ने चिन्ता, अपेक्षा
सानो भाईबहिनी समाजीकरणमा धेरै समय र पैसा खर्च गर्ने भावनतात्मकता, अपेक्षा

माथि उल्लेख गरेको उदाहरणहरुमा एउटा कुरा सामान्य छ कि त्यसलाई परिवर्तन गर्न सकिन्छ या नियन्त्रणमा ल्याउन सकिन्छ । जस्तै बच्चालाई धेरै पटक अध्ययन गर्न भनिए पनि अध्ययन गर्दैन जुन हामी प्रेम, धैर्य, बुझाइ वा बच्चाको मूल स्वाभाव दोष अनुसार सजाय द्वारा सुधार गर्न सकिन्छ । त्यस्तै गरी, सानो भाइबहिनी आफ्नो भविष्यको लागि गम्भीर हुनुपर्नेमा समाजीकारणमा समय र पैसा बर्दाद गर्दा छलफल गरेर वा कडा भएर नियन्त्रणमा ल्याउन सकिन्छ ।

माथि उल्लेख गरिएको तनाव विस्तृत छैन । तिनीहरु ती परिस्थितिहरु हुन् जुन हामीले समय-समया सामना गर्छौं र प्रतिक्रियाहरु प्राय: हाम्रो प्रमुख स्वाभावदोषमा आधारित हुन्छन् । हामी हाम्रो प्रतिक्रियाहरु व्यक्त गर्न सक्छौं, वा व्यक्त नगरि त्यतिकै छोड्छौं, जे भए पनि ती सबै अवस्थाहरुमा मन अस्थिर हुन्छ र नकारात्मक संस्कार अवचेतन मनमा प्रबल हुन्छ । यसमा थपनको लागि अरुसँगको हाम्रो सम्बन्धहरुमा ठूलो हदसम्म बाधा पुर्याउन सक्छ, कहिलेकाँही हाम्रो सम्बन्ध र पेशामा अपरिवर्तनीय क्षति निम्त्याउँछ । तसर्थ, प्रतिक्रियामा ध्यान केन्द्रित गर्नु र तनावको कारणको  मूख्य स्वाभादोष ठम्याउनु योग्य हुन्छ ।

४. B1 स्वयं सूचना उपयोगको लागि कसरी चयन र विश्लेषण गर्ने

निम्न फ्लोचार्टले देखाउँछ कि हामी कसरी जान्दछौं जब गलती सम्बोधन गर्न B1 स्वयं सूचना शैली चयन गर्ने ।

B1 स्वयम सूचना शैली

आउनुहोस् तल दिएको गलतीलाई एउटा व्यवहारिक उदाहरणको रुपमा हेऔं कसरी B1 स्वयं सूचना शैली छनौट गर्ने

गलती : मेरो छोरा रायनले एक हप्तासम्म गृहकार्य पूरा गरेको छैन भनेर शिक्षकबाट सुनेर म निराश र स्तब्ध भएँ । ऊ मसँग झूटो बोल्दै थियो कि गृहकार्य पूरा गरिरहेको छ ।

१. हामीले कुन स्वयं सूचना छनौट गर्ने भनेर सोध्नु पर्ने पहिलो प्रश्न हो – कसको स्वाभाव दोष मुख्यतया परिस्थितिमा तनावको कारण वा गलतीको लागि जिम्मेवार छ ।

उत्तर : यहाँ अरु छन् (मेरो छोरा रायन) ऊ मलाई गृहकार्य पूरा गर्यो भनेर झूट बोल्दै थियो ।

२. हामीले सोध्ने अर्को प्रश्न हो, ‘के यो गलती गलत कार्य, विचार वा भावना हो अथवा गलत प्रतिक्रिया हो ?’

उत्तर : यहाँ छ, गलत प्रतिक्रिया

त्यसैले, विश्लेषणको आधारमा, यो गलती अरुको कारणले गर्दा भएको गलत प्रतिक्रिया हो (जो अधीनस्थ, अनि परिस्थिति बदलनको लागि केहि गर्न सकिन्छ जस्तै ऊसँग कुराकानी गरेर, हप्काउने वा आवश्यक परेको खण्डमा सजाय दिने), यसको लागि B1 स्वयं सूचना शैली प्रयोग गर्न सकिन्छ ।

यसको ढाँचा हो :

घटना जसले प्रतिक्रियालाई  उक्साउँछ + परिस्थिति परिवर्तन गर्नको लागि गर्नुपर्ने कार्य

त्यसैले, माथि उल्लेखित गलतीको लागि, तलको स्वयं सूचना प्रयोग गर्न सकिन्छ ।

सूझाव गरिएको स्वयं सूचना : जब कक्षाको परिक्षकले मलाई भन्छ मेरो छोरा रायनले १ हप्तासम्म गृहकार्य पूरा गरेको छैन तब म महसुस गर्नेछु कि ऊसलाई केहि समस्याहरु हुन सक्छ र चिन्तीत हुन सक्छ । त्यसैले म उसँग शान्तपूर्वक कुरा गर्नेछु र उसलार्इ गृहकार्य गर्न मद्द गर्नेछु ।

५. B1 स्वयं सूचना शैलीको उदाहरणहरु

यो खण्डमा हामी तपाईलाई केहि उदाहरणहरु प्रदान गर्नेछौं जहाँ B1 स्वयं सूचना शैली प्रयोग गर्न सक्छौं र त्यसलाई कसरी बनाउने ।

६. निष्कर्ष

हाम्रो अधीनस्थहरु, भाई-बहिनीहरु, बालबच्चाहरु समर्थन र प्रोत्साहनको लागि हामीमा भर पर्दछन् । तर हामी तबसम्म सहनशील र स्थिर रहन सक्षम हुन्छौं जबसम्म हामीले मनपराउने तरिकबाट भइरहेका छन् । यो खास गरी जब उनीहरु अनुचित व्यवहार गर्छन् । हामी व्यक्ति या परिस्थिति परिवर्तन गर्न चाहन्छौं जसले हामीलाई दु:ख दिन्छन् । तर अरुलाई परिवर्तन गर्नको लागि एउटै मात्र उपाय भनेको हामी हाम्रो गलतीमा ध्यान केन्द्रित गर्ने र परिस्थितिलाई निष्पक्ष र विस्तृत दृष्टिकोण राख्ने । B1 स्वयं सूचना शैली हाम्रो प्रतिक्रियाहरुमा काम गर्न मद्दत गर्दछ, त्यसैले हामी अरुहरु प्रति बढी सहनशील हुन्छौं ।

स्वयं सूचना राम्रोको लागि हाम्रो व्यक्तित्व विकाश गर्न मद्द गर्दछ । ‘एक आदर्श व्यक्तित्व भनेको त्यो हो जोसँग कमसे कम व्यक्तित्व दोषहरु हुन्छन्, प्रतिकूल स्थितिमा पनि स्थिर रहन सक्ने र कठिनाइहरु पार गर्न सक्ने क्षमता हुन्छ, सधैं आदर्श र आशावादी विचारहरु हुन्छन् र अरुलाई सही वा आदर्श शैलीमा कार्य गर्न प्रोत्साहित गर्दछन् ।’