स्वयम सूचना शैलीको प्रकार

स्वयम सूचना शैलीको प्रकार

१. परिचय

स्वयम सूचना स्वभाव दोष निर्मूलनको सबै भन्दा मुख्य भाग हो किनभने यसले मनको लागि नकारात्मक विचार र प्रतिक्रियाको लागि समाधान प्रदान गर्दछ । हाम्रो मनले हामीलाई नकारात्मक र गलत विचारको चक्रमा राख्दछ । स्वयम सूचनाले हाम्रो मनको नकारात्मक प्रवृत्तिलाई शून्य पार्दछ र यसले गर्दा गलत प्रतिक्रिया स्वभाव दोषको कारण दोहरिने छैन जसको कारण हामी उचित व्यवहार गर्नेछौं । यो प्रक्रियाले प्रत्यक्ष नकारात्मक प्रभावलाई जरामै सम्बोधन गरेर तिनीहरूलाई परिवर्तन गर्दछ, जसले गर्दा हामी सकारात्मक बन्दछौं । यो तरिकाले, हाम्रो व्यवहार स्वचालित रूपमा परिवर्तन हुन्छ । यो एउटा वैज्ञानिक र समय-परीक्षण विधि हो जसले हाम्रो व्यक्तित्व दोषलाई कम गर्दछ ।

जब हामी स्वभाव दोष हटाउने प्रक्रिया शुरू गर्छौं, हामीले पहिला आफ्नो बारेमा तथ्याड़क संकलन गर्नु पर्छ र आफैले अवलोकन गर्नु पर्छ कि हामी काहाँ आफ्नो विचार, कार्य र भावनात्मक स्तरमा गल्ती गरिरहेका छौं । एउटा डायरी राख्नाले हामीलाई हाम्रो व्यक्तित्वको गुण सजिलै थाहा हुन्छ – दुबै सकारात्मक (गुण) र नकरात्मक गुण (स्वभाव दोष) । लगभग १०-१५ दिनसम्म हामीले आफ्नो बारेमा गल्ती अथवा अवलोकन लेखे पछि, हाम्रो मित्र र परिवारको सदस्यलाई सोधेपछि हामी यो थाहा पाउन सक्षम हुन्छौंकि कुन कमजोरी प्रायः सतहमा आउँछ, हामीमा कुन गल्ती अधिक प्रबल देखिन्छ र कुन कमजोरीले हामीलाई धेरै असर गरिरहेको हुन्छ । यसको आधारमा हामी १ देखि अधिकतम ३ स्वभाव दोषहरू एउटा निर्दिष्ट समयमा काम गर्नको लागि चयन गर्न सक्छौं । हामी २-३ महिनासम्म छनैट गरेको व्यक्तित्व दोषमा काम गर्न सक्छौं । प्राथमिकता अनुसार काम गर्न १-३ स्वभाव दोषहरु छनौट गरेपछि, प्रत्येक दोषको लागि उपयुक्त स्वयम सूचना बनाउन आवश्यक हुन्छ । तल दिइएका विधिहरू हुन् जसको लागि हामी स्वयम  सूचना बनाउन सक्छौं ।

स्वयम सूचना शैलीको प्रकार

उदहारणको लागि, मानौ हामीले ३ स्वभाव दोषहरु छान्छौं: डर, चिन्ता र अव्यवस्थित हुनु । त्यसपछि हामी एउटा गल्ती लिन्छौं जहाँ यी ३ गल्तीहरु हाम्रो स्वभाव दोष डायरीबाट लेखेका छौं ।

उदहारण

  • गलती / कमीडर: मलाई मेरो भाई जोनको जन्मदिन भोजमा आफ्नो साथीहरू भेट्न डर लाग्यो किनभने म जागिर खोज्न असमर्थ भए र यस कारणले उनीहरूले मलाई कम सोच्नेछन् । म भोजमा नजाने बहाना खोज्दै थिएँ, किनभने म साथीहरुलाई भेट्न चाहन्न थिएँ ।
  • गलती/ कमिचिन्ता: जब स्याम (मेरो व्यापारको साथी) ले मलाई धोका दियो, म छक्क परे र चिन्ता गर्न थाले कि अब मेरो भविष्यमा के हुनेछ ।
  • गलती/ कमिअव्यवस्थित हुनु: मैले मेरो पासपोर्ट घरमै छोडे र मलाई यो महसुस भयो जब म एयरपोर्टको आधा बाटोमा थिएँ । यस कारणले गर्दा लगभग मेरो अन्तराष्ट्रिय उडान झन्डै छुट्न पुग्यो ।

. स्वयम सुचनाको शैली कसरी चयन गर्ने

स्वयम सूचनाको धेरै शैलीहरु छन् जुन घटना अनुसार हामी उपयोग गर्न सक्छौं । तलको फ्लो चार्टले हामीलाई देखाउँछ की हामी कुन स्वयम सूचनाको शैली लिन सक्छौं जसले हाम्रो गलत विचार, भावना, कार्य र प्रतिक्रिया अथवा दुवैलाई दर्शाउँछ ।

स्वयम सूचना शैलीको प्रकार

गल्ती छनौट गरेपछि, गल्ती सुधार्न कुन शैलीको स्वयम सूचना अपनाउन पर्छ यसको लागि हामीले स्वयंलाई प्रस्न सोध्नु पर्छ-

‘यो गल्तीको लागि को जीम्मेवार छ र मुख्य रुपमा कसको स्वभाव दोषहरुले गर्दा गल्ती भएको हो अथवा तनाव भएको हो । के म (आफैं) जीम्मेवार छ वा अरु ?’

तनाव मुख्य रुपमा हाम्रो आफ्नौ स्वभाव दोषहरुको कारण भएको हो भने A शैलीको स्वयम सूचना लिनु पर्छ । अर्का तर्फ, जब गल्ती अरुले गरेको छ वा तिनीहरुको स्वभाव दोषहरु गल्ती या परिस्थितिको मुख्य कारण हो तब B शैलीको स्वभाव दोष लिनुपर्छ ।

उदहारणहरु

गल्ती/ कमिडर: मलाई मेरो भाई जोनको जन्मदिन भोजमा आफ्नो साथीहरू भेट्न डर लाग्यो किनभने म जागिर खोज्न असमर्थ भए र यस कारणले उनीहरूले मलाई कम सोच्नेछन् । म भोजमा नजाने बहाना खोज्दै थिएँ, किनभने म साथीहरुलाई भेट्न चाहन्न थिएँ ।

गल्तीको विश्लेषणA प्रकार

स्वयम सूचना शैलीको प्रकार

यो गल्ती मेरो स्वभाव अनुसार गलत विचार या भावनाको कारण हुन सक्छ । गल्तीको विश्लेषण गर्ने समय, प्रमुख प्रश्न, जसले कुन स्वयम सूचना शैलीको लिने निश्चित गर्दछ – कसको स्वभाव दोषहरु यस गल्तीको मुख्य कारण हो ? यहाँ डर मेरो मनमा छ, मेरो साथीहरुलाई सायद थाहा पनि छैन होला कि मेरो मनमा यस्तो विचारहरु छन्, त्यसैले गल्ती मुख्य रुपमा मेरो स्वभाव दोषको कारण भएको हो । त्यसैले हामी यो गल्तीको लागि A प्रकारको स्वयम सूचना शैली प्रयोग गर्न सक्छौं ।

गल्ती/कमिचिन्ता: जब स्याम (मेरो व्यापारको साथी) ले मलाई धोका दियो, म छक्क परे र चिन्ता गर्न थाले कि अब मेरो भविष्यमा के हुनेछ ।

गल्तीको विश्लेषण– B प्रकार

स्वयम सूचना शैलीको प्रकार

यो गल्ती एउटा प्रतिक्रिया हो । जब हामी गल्तीको विश्लेषण गर्छौं, मुख्य प्रस्न जसले स्वयम सूचना निर्णय गर्दछ – कसको स्वभाव दोषको कारणले गर्दा यो गल्ती भएको हो ? यहाँ मेरो साथीले मलाई धोका दियो, यहाँ उसको स्वभाव दोषले गर्दा यो स्थिति उत्पन्न भएको हो । त्यसैले यहाँ हामी B प्रकारको स्वयम सूचना शैली प्रयोग गर्न सक्छौं ।

गल्ती/ कमिअव्यवस्थित हुनु : मैले मेरो पासपोर्ट घरमै छोडे र मलाई यो महसुस भयो जब म एयरपोर्टको आधा बाटोमा थिएँ । यस कारणले गर्दा मैले लगभग अन्तराष्ट्रिय उडान झन्डै छुट्न पुग्यो ।

गल्तीको विश्लेषण – A प्रकार

स्वयम सूचना शैलीको प्रकार

यो गल्ती एउटा गलत कार्य बाट भएको हो । यहाँ मेरो आफ्नै अव्यवस्थित प्रकृतिले गर्दा गल्ती भएको हो । मेरो पासपोर्ट बिर्सनमा म मुख्य रुपमा जिम्मेवार भएको हुनाले A प्रकारको स्वयम सूचना शैली प्रयोग गर्न सक्छौं ।

थप जानकारीको लागि हरेक विशिष्ट स्वयम सूचनाको शैली तल दिएको छ ।

. फरक प्रकारको स्वयम सूचना शैली

. A प्रकारको स्वयम सूचना

स्वयम सूचना शैलीको प्रकार

A1- साइकोफिडब्याक शैली यो शैलीले सबै गलत विचारहरु, भावनाहरु र कार्यहरुको लागि जागरूकता सिर्जना गर्दछ र नियन्त्रण गर्न सक्षम गर्दछ । A1 प्रकारको स्वयम सूचनाले आफ्नो मनलाई कसरी सोच्ने, व्यवहार गर्ने र कार्य गर्ने भनेर मनोविज्ञानिक प्रतिक्रिया दिन्छ । स्वभाव दोषहरुको संस्कारले गर्दा, हाम्रो मनमा गलत विचार, भावना अथवा शीघ्र तुरुन्त गलत कार्य गर्दछ । A1 शैली सबै गलत विचारहरु, भावनाहरु र कार्यहरु जसमा हामी स्वयम जिम्मेवार हुन्छौं, अर्थात् हाम्रो आफ्नै स्वभाव दोषहरु गल्तीको कारण हुन्छ वा परिस्थितिमा तनाव उत्पन्न गर्दर्छ ।

A1 स्वयम सूचनाको बारेमा अधिक पढ्नुहोस्

A2- प्रतिक्रिया प्रतिस्थापन शैली : यो शैली गलत प्रतिक्रिया जुन छोटो समयको घटनाबाट हुन्छ त्यसको लागि उपयोग हुन्छ । अर्थात् घटनाहरु जुन १ देखि २ मिनेट देखि केहि मिनेट सम्मको हुन्छ । प्रतिक्रियाको अवधि महत्वपूर्ण छैन । घटनाको अवधि जसलाई हामी ध्यानमा राख्छौं । प्रतिक्रियाहरुमाथि विजय पाउन यसको प्रयोग गरिन्छ जहाँ हाम्रा दोषहरु प्रतिक्रियाको प्राथमिक कारण हुन्छ ।

यो शैलीको माध्यमबाट हामी एउटा निश्चित घटना या कुनै व्यक्ति प्रति प्रतिक्रिया आउँदा उचित प्रतिक्रियाले गलत प्रतिक्रियालाई प्रतिस्थापित गर्नको लागि मनलाई बताउँछौं ।

हरेक घटनामा, सकारात्मक या नकारात्मक प्रतिक्रिया मनमा आउँछ या व्यक्तिद्वारा व्यक्त हुन्छ । गलत प्रतिक्रियाहरु हाम्रो स्वभाव दोषका कारण हुन् जबकि सही प्रतिक्रियाहरु गुणका कारण हुन् । गलत प्रतिक्रियाहरुमा निरन्तर स्वयम सूचना लिएर, हाम्रो मनमा भएका दोषहरुलाई गुणको संस्कारले प्रतिस्थापन गरिन्छ र यसले हाम्रो स्वभाव धेरै सकारात्मक बनाउँछ ।

A2 स्वयम सूचनाको बारेमा अधिक पढ्नुहोस्

A3 – सम्मोहन डिसेन्सिटाइजेशन शैली (Hypnotic desensitization technique) (घटनालाई आफ्नो मनमा पूर्वाभ्यास गर्नु): यो शैली कुनै पनि लामो समयदेखि भएको घटनाको कारण हुने गलत प्रतिक्रिया माथि विजय पाउनको लागि उपयोगी हुन्छ, अर्थात् १ देखि २ मिनेट भन्दा बढी समयसम्म हुने घटना ।

यो शैलीमा, हामी कल्पना गर्छौं की हामी गाह्रो परिस्थितिलाई सजिलैसँग नामजप गर्दै सामना गर्न सक्षम हुन्छौं । मनमा घटनालाई कसरी सामना गर्ने यसको अभ्यास गरिन्छ, जब घटना वास्तवमा घट्छ हामी तनाव महसुस गर्दैनौं ।

A3 स्वयम सूचनाको बारेमा अधिक पढ्नुहोस्

. B प्रकारको स्वयम सूचना

B प्रकारको स्वयम सूचना अरुको स्वभाव दोषहरुबाट हुने तनाव, विभिन्न परिस्थितिहरु जुन हामीले भोगी रहेका छौं या केही दुखद वा दर्दनाक घटनाहरुले गर्दा हुने तनावमाथि विजय प्राप्त गर्न उपयोगी हुन्छ ।

स्वयम सूचना शैलीको प्रकार

B1 स्वयम सूचना प्रविधी : यो शैली प्रयोग गरिन्छ जब हामी अरुले गरेको गल्तीको कारण तनाव अथवा दु:ख अनुभव गर्छौं र अरु व्यक्तिमा भएको त्रुटिहरु हटाउन वा परिस्थिति परिवर्तन गर्नको लागि केही गर्न सकिन्छ । यो बाल बालिका अथवा आफु भन्दा सानो स्थरको व्यक्ति (subordinates) को गल्तीहरुको लागि उपयोग गरिन्छ । यो शैली प्रयोग गरेर, बालबालिका अथवा आफु भन्दा सानो स्थरको व्यक्तिलाई सहि दिशा दिन सकिन्छ । बुझ्नको लागि एउटा महत्वपूर्ण पक्ष यो हो कि यो शैलीमा अरु व्यक्ति गल्तीको लागि मुख्य रुपमा जीमेवार हुन्छन्, तर पनि हाम्रो ध्यान केन्द्रि आफैलाई बदल्नको लागि हुन्छ । यसले हामीलाई अरुलाई सम्झाउँदा शान्त रहन मद्दत गर्दछ, जसले गर्दा हामी बाल-बालिका अथवा आफू भन्दा सानो स्तरको व्यक्तिलाई सजिलो सँग सम्झाउन सक्छौं ।

B1 स्वयम सूचनाको बारेमा अधिक पढ्नुहोस्

B2 स्वयम सूचना शैली : B2 शैली त्यहाँ उपयोग गर्छौं जहाँ अरुको स्वभाव दोषहरु हटाउन अथवा परिस्थितिलाई परिवर्तन गर्न सकिदैन । उदहारणको लागि, हामी आफु भन्दा ठुला व्यक्ति अथवा हामी भन्दा वरिष्ठ व्यक्तिकोसाथ वा सुझाव सुन्ने या सुधार गर्ने या परिवर्तन गर्नको लागि ग्रहणशील हुँदैन । साथै चरम गरिबि, विरलै बिमारी, दुर्घटना, अनिकाल आदि जस्ता दर्दनाक परिस्थितिहरु परिर्वतन गर्नको लागि हामी केहि गर्न सक्दैनौं । त्यस्ता अवस्थाहरुमा दार्शनिक दृष्टिकोण राख्नु नै सकारात्मक रहनु हो ।

B2 स्वयम सूचनाको बारेमा अधिक पढ्नुहोस्

. C प्रकारको स्वयम सूचना

यहाँ अन्य प्रकारका स्वयम सूचना पनि छन् ।

स्वयम सूचना शैलीको प्रकार

C1- मन्त्र शैली (Incantation technique) : यसलाई नामजप शैली भनिन्छ । यो एउटा निवारक शैली हो जसले नकारात्मक सोच वा भावनाहरुलाई हाम्रो मनमा प्रवेश गर्नबाट रोक्न मद्दत गर्दछ । विभिन्न स्वभाव दोषहरु हाम्रो मनमा सक्रिय छन् र तिनीहरुले दिनभर विभिन्न विचारको रुपमा सचेत मनलाई आवेगहरु पठाउँछन् । परिणामस्वरुप दिमागको उर्जा ती विचारहरुमा अनावश्यक रुपमा खर्च हुन्छ । C1 स्वयम सूचना प्रविधीले मनलाई ईश्वरको नामजप गर्नमा सहायता गर्दछ र यसले उर्जा संरक्षणमा मद्दत गर्दछ ।

C1 स्वयम सूचनाको बारेमा अधिक पढ्नुहोस् । 

C2- सजाय (aversion) प्रविधी : यदि अरु शैलीहरु प्रभावकारी भएनन् भने, यो शैलीको मद्दत लिन सकिन्छ । पहिला, हामी आफ्नो स्वभाव दोष माथि  A र B प्रकारको स्वयम सूचना शैली अपनाउन सक्छौं, तर यदि ३-४ हप्ता सम्म मेहनतपूर्वक स्वयम सूचना लिदा पनि गलत कृति वा गलत प्रतिक्रियामा कुनै सुधार देखिएन भने C2 शैली वा सजाय विधि अपनाउन सक्छौं ।

C2 स्वयम सूचनाको बारेमा अधिक पढ्नुहोस् । (आउँदैछ)

सम्पादक पत्र: यद्यपि स्वयम सूचनालाई हामी माथिको शैलीको आधारमा वर्गीकृत गर्न सकिन्छ, यो ध्यानमा राख्नु महत्वपूर्ण छ कि शैलीहरु बिच कुनै कुल विभाजन (total separation) छैन । एउटा व्यक्तिले स्वयम सूचना भिन्न शैलीहरुको प्रयोग गरेर बनाउन सकिन्छ र यो हाम्रो लेखमा विस्तृत रुपमा चर्चा गर्नेछौं – स्वयम सूचना तयार गर्ने समय विचार गर्नुपर्ने पक्षहरु (आउँदैछ ) ।

. निष्कर्ष

स्वयम सूचना शैलीको प्रकार

जीवनमा, मन र बुद्धि नै हाम्रो अगाडि आउने अधिकांश समस्याहरुको कारण हो । यो किनभने भावनाहरु र विचारहरुको कारणले हामी छनौटहरु गर्छौं जसले हाम्रो अन्तर्क्रियामा र हामीले भोगिरहेको परिस्थितिहरुलाई असर गर्छ । त्यसैले, दु:ख र प्रारब्ध सामन गर्न बाट मुक्त हुन्को लागि हाम्रो गलत विचार प्रक्रियाहरुको बारे सचेत हुनु आवाश्यक छ र  स्वयम सूचना लिएर सुधारनु पर्छ । एउटा स्वयम सूचना लिन हामीलाई मात्र ५ देखि ७ मिनेट लाग्छ । हामी तपाई सँग बाड्न पनि सक्दैनौं कि स्वयम सूचना लिने एउटा सानो प्रयासले कति धेरै सकारात्मक परिवर्तन हाम्रो स्वाभाव, प्रति दिनको अन्तर्क्रिया र जीवनमा ल्याउन सक्छ । हामी प्राथना गर्दछौं की यो लेखले तपाईलाई स्वयम सूचना लिनको लागि प्रेरित गर्नेछ ।