स्वाभाव के हो ?

स्वाभाव के हो ?

. परिचय

जब कोहि वास्तवमा आफ्नो व्यक्तित्त्व सुधारन चाहन्छ तथा स्वभाव दोषमाथि विजय प्राप्त गर्न चाहन्छ भने व्यक्तित्त्वको स्वरूप तथा प्रत्येक व्यक्तिको व्यक्तित्त्व एवं मन कुन प्रकार आध्यात्मिक आयामबाट प्रभावित हुन्छ, यो जान्नबाट आरम्भ गर्न उचित हुन्छ । हाम्रो सभ्यतामा समाजमा एक लोकप्रिय व्यक्ति हुनुको महत्त्व अधिक हुनाले व्यक्तित्त्व सर्वाधिक महत्त्वपूर्ण हुन जान्छ । लोकप्रियतालार्इ यो संकल्पनाको दृष्टिले हेर्ने हो भने धेरै व्यक्तिहरुले, व्यक्तित्त्वलाई एउटा दैवी देनको रूपमा हेर्दछ, जसले व्यक्ति वरिपरिको व्यक्तिहरुको बिचमा प्रिय अथवा अप्रिय हुन जान्छ ।

. व्यक्तिको स्वभाव के मा निर्धारित हुन्छ ?

अर्थात्, वास्तवमा स्वभाव के हो अनि कुन घटकले बनेको हुन्छ ?

मनुष्यलाई प्रकृति द्वारा मन तथा शरीर प्राप्त भएको छ, जसले उनी व्यवहार अथवा आचरण गर्दछ । सोच्नु, भावुक हुनु इत्यादि मनको विशेषताहरु हो जब कि शारीरिक गतिविधिहरु, स्रावण, तापमान इत्यादि शरीरको गुण हो । मन अथवा शरीरको व्यवहारलाई तीन प्रकारमा वर्गीकृत गरिएको छ – प्रासंगिक, अस्थायी तथा पुनरावर्ती ।

  • प्रासंगिक व्यवहार : प्रासंगिक व्यवहार अस्थायी हुन्छ, उदाहरणको लागि जब एक विद्यार्थी परीक्षा आउँदा तनावग्रस्त हुन्छ, तब उनी आफ्नो मनको प्रासंगिक व्यवहारलाई अनुभव गर्दछ । अर्को तर्फ कनाउने (scratching), हिड्ने इत्यादि शरीरको प्रासंगिक व्यवहारको उदाहरण हो ।
  • अस्थायी व्यवहार : अस्थायी व्यवहारको अर्थ हो ती व्यवहारहरु जुन केहि हप्ता देखि लिएर ६ महिना अथवा १ वर्ष भन्दा कम समयसम्म देखाइ दिन्छ, उदाहरणको लागि जब कोहि व्यक्ति आफ्नो प्रिय व्यक्तिको मृत्युपछि केहि महिनाको लागि निराश हुन्छ । यहाँ निराशा अनुभव गर्नु उनको मनको अस्थायी व्यवहार हो ।
  • पुनरावर्ती व्यवहार : जब एउटै प्रकारको व्यवहार वर्षोंसम्म रहिरहन्छ, तब यसलाई पुनरावर्ती व्यवहार अथवा दीर्घकालीन व्यवहार भनिन्छ ।

प्रासंगिक तथा अस्थायी व्यवहारले व्यक्तिको जीवनमा अत्यधिक मात्रामा प्रभावित गर्दैन; पुनरावर्ती अथवा दीर्घकालीन व्यवहार जुन स्वभावको एउटा अविभाज्य अंग हुन्छ, यसले व्यक्तिको जीवन अत्यधिक मात्रामा प्रभावित हुन्छ ।

. स्वभावलाई अधिक बुझ्ने सन्दर्भमा

व्यक्तिका कुनै स्वभावविशेष एक निश्चित कालावधिसम्म देखाई दिदैन तब उनको व्यक्तित्त्वको वर्णन गर्ने समय विचार गरिदैन । यो भ्रामक हुन सक्छ, उदाहरणको लागि जब एक व्यक्तिको परिवारको हत्या हुन्छ तब त्यो क्षणदेखि प्रतिशोध लिने स्थितिमा जान्छ । त्यहि व्यक्ति यदि प्रतिशोध लिने विचार गरेको केहि दिन अथवा केहि हप्ता भित्र कुनै मनोचिकित्सकको पास जान्छ, तब उनको स्वभाव वर्णन गर्ने समय प्रतिशोध लिने वृत्ति भएको,  यो शब्दको प्रयोग गरिदैन; किनकि उनको स्वभावमा यो वृत्ति दीर्घकालदेखि होइन । जब त्यहि व्यक्ति केहि वर्षपछि हेर्दा तब पनि उनीमा प्रतिशोधको लक्षण देखाइ दिन्छ भने तब यो निश्चित हुन जान्छ कि प्रतिशोध लिने वृत्ति उसको स्वभावको नै एउटा अंग हो । त्यसैले यो राम्रो हुन्छ कि नराम्रो वृत्तिलाई आरम्भमा नै समाप्त गर्ने, अन्यथा यो अपराधी आचरणमा परिवर्तित हुन सक्छ अथवा गम्भीर प्रकरणमा समाजलाई हानि पुराउन सक्छ ।

तपाई राम्रोसँग कल्पना गर्न सक्नुहुन्छ कि अनेक परिभाषाहरु विविध मनोचिकित्सक तथा यस क्षेत्रको विशेषज्ञहरु द्वारा दिएका छन् ।

स्वभावको विविध परिभाषाहरुको सार यही हो कि यो व्यक्तिको पुनरावर्ती अथवा दीर्घकालीन व्यवहार दर्शाउने गुणहरुको एउटा अनौठो मिश्रण हो । यो मिश्रण मन तथा शरीरको सबै व्यवहारहरुलार्इ समाहित गर्दछ, जसलाई हामीले निम्नलिखित पाँच वर्गहरुमा वर्गीकृत गरेका छौं ।

अ. शारीरिक बनोट, गुणविशेष, स्वास्थ्य, क्षमता तथा व्यक्तिको मनमा यी सबैको छवि

आ. स्वभावगत विशेषताहरु (अर्थात् व्यक्तिको मूल प्रकृति) जस्तै शीघ्र क्रोधित हुने, भुल्ने, अव्यवस्थित, गम्भीर स्वाभव (reserved), शंकालु, हठी, उदार, विश्वासपात्र, दिउँसै सपना देख्ने (day dreaming) इत्यादि ।

इ. रुचि तथा अरुचि

ई. सहज प्रवृत्ति, इच्छाहरु, वासना, लालसा, महत्त्वाकांक्षी, मनोकामना इत्यादि ।

उ. बुद्धि, ज्ञान, विश्वास, अविश्वास, मनोवृत्ति, दृढ विश्वास, वृत्ति, मत, विचार, आदर्श इत्यादि ।

. स्वभाव बुझ्नको लागि व्यावहारिक दृष्टिकोण

स्वभाव केवल माथि बताएको शीर्षक अन्तर्गत विविध गुणहरुको कुल योग होइन तर यो ती गुणहरुको एकत्रित क्रियाशील संगठन हो, जुन व्यक्तिलाई विशिष्ट तथा बारम्बार हुने व्यवहारको रूपरेखा प्रदान गर्दछ । कुनै व्यक्तिको स्वभावमा विद्यमान विलक्षणता, जुन उनको दैनिक जीवनको गतिविधिहरुलाई ६ महिनादेखि १ वर्षसम्म प्रभावित गरिरहेको छ; त्यसलाई वर्णन गर्नको लागि हामी प्रायः स्वभावविशेष, गुणविशेष तथा व्यवहार आदि शब्दहरु एउटै अर्थले प्रयोग गरेका छौं । यसमा प्रसांगिक तथा अस्थायी व्यवहार सम्मिलित छैन, जुन अल्प कालको लागि रहन्छ ।

यद्यपि एउटा व्यक्तिमा सयौं स्वभावविशेष हुन सक्छ, तर हाम्रो अनुभव छ कि अधिकतर व्यक्तिको प्रकरणमा बीस देखि तीस गुणहरु हुन्छन्; जसले व्यक्तिको स्वभावको अधिकांश भाग बनाउँछ । उनको अन्य स्वभावविशेष, अन्य सामान्य व्यक्तिको समान नै हुन्छ । त्यसैले त्यसको वर्णन गर्न अथवा ध्यानमा राख्न आवश्यक हुँदैन ।

. व्यक्तित्व परिवर्तनशील हुन्छ तथा सत्संगमा रहनुको महत्व

व्यक्तित्व निरन्तर आठ अवस्थाहरु पार गरेर निर्मिति हुन्छ । यी अवस्थाहरु हुन् शैशवकाल, प्रारम्भिक बाल्यकाल, खेल्ने आयु, विद्यालयीन अवस्था, तरुणावस्था, यौवनावस्था, युवा वयस्कता, वयस्कता तथा परिपक्वता । त्यसैले व्यक्तित्व एक स्थिर घटना होइन तर एक गतिशील प्रक्रिया हो, जुन गर्भधारणको क्षणदेखि  प्रारम्भ भएर उसको अन्तिम श्वाससम्म चलि रहन्छ । इसको अर्थ हो कि समयको साथ व्यक्तित्वको केहि विशेषताहरुको महत्व घट्न सक्छ, कुनै विशेषता विलुप्त हुन सक्छ, कुनैको महत्व बढ्न सक्छ, कुनैको स्थानमा नयाँ विशेषताहरुले प्रतिस्थापित हुन सक्छ अथवा नयाँ गुण निर्मित हुन सक्छ ।

जब एक बच्चा किशोर अवस्थामा पुग्छ तब उसको व्यक्तित्वमा परिवर्तन हुन्छ । अर्थात् किशोर प्रेम गर्छ, विवाह अनि शिशुको जन्मले, पन्थको परिवर्तनले अथवा राजनीतिक आस्थामा परिवर्तनले उसको व्यक्तित्व मा परिवर्तन हुन्छ ।

अरुको अनुकरण गर्नाले हामीमा अनेक गुण आउँदछ । यदि बाबा क्रोधीत स्वभावको हुनुहुन्छ भने उहाँको छोराले पनि त्यस्तै अनुकारण गर्न सक्छ । यदि एउटा किशोर अरु किशोरहरुको सम्पर्कमा आउँछ जसले पैसा चोरी गर्छ अथवा धूम्रपान गर्छ, त्यहि व्यवहार अनुकरण गर्न सक्छ ।  यदि कुनै ईमानदार व्यक्तिको कार्यालयमा काम गर्ने अन्य सहकर्मी भ्रष्ट छ भने ईमानदार व्यक्ति पनि अरुको उदाहरणको अनुसरण गरि भ्रष्ट हुन सक्छ । त्यसैले व्यक्तिको संगति उसको व्यक्तित्व विकासको लागि आवश्यक हुन्छ । त्यसैले साधकको रोम्रो संगतमा अर्थात पूर्ण सत्य (सत्संग) को अनुसरण गर्ने संगति स्वस्थ व्यक्तित्वको विकासमा अति महत्वपूर्ण मानिन्छ ।