गल्तीहरूको वर्गीकरण

गल्तीहरूको वर्गीकरण

. गल्तिहरुको विस्तृत वर्गीकरण

यो लेखमा, हामी छलफल गर्छौं कि विस्तृत ढंगले गल्तिहरुको वर्गीकरण कसरी गर्ने । गल्तिहरुलाई अयोग्य कृत्य तथा अयोग्य प्रतिक्रिया तथा अयोग्य कृत्य र प्रतिक्रियाको संयुक्त स्वरूपमा राख्न सकिन्छ । गल्तिहरुको प्रत्येक वर्गको केहि उदाहरणहरु हेर्यौं ।

. अयोग्य कृत्य

आफ्नो स्वभाव दोषको कारण हामी अयोग्य कृत्य गर्छौं । अयोग्य कृत्यको केहि उदाहरणहरु निम्नलिखित छन् :

  • जोन आफ्नो सामानहरुलाई योग्य स्थानमा राख्न ध्यान दिँदैन त्यसैले आफ्नो कागज पत्र हरायो ।
  • शीलाले परीक्षामा चोरी गर्यो ।
  • पब (pub) बाट रक्सीले मातिएको फर्नेन्डोले आफ्नो श्रीमतीलाई पीट्यो ।
  • मार्कोले रक्सी पिएर गाडी चलायो अनि बाटोमा हिडिरहेको व्यक्तिलाई ठक्कर दियो ।
  • शशांक भिडियो गेम खेलेर आफ्नो समय व्यर्थ गर्छ, जबकि उसले परीक्षाको लागि अध्ययन गर्नु पर्ने थियो ।
  • जुलियनले एड्रियनलाई तल देखाउन र आफ्नो मित्रहरुको अगाडी आफु राम्रो देखिनको लागि एड्रियनको खिल्ली उडायो ।
  • चानलाई भाँडा माझ्न अल्छी लाग्यो ।

. अयोग्य प्रतिक्रिया

जब हामी कुनै घटना, परिस्थिति अथवा व्यक्ति प्रति नकारात्मक प्रतिक्रिया दिन्छौं ।

  • जब फिल्मको टिकट लिने लाइन धेरै ढिलो गतिले अगाडी बढि रहेको थियो तब सेलमा अधीर (impatience) तथा व्याकुल (restless) हुन थालिन् ।
  • जब ज्यू मीकोलाई श्रीमान्ले धेरै कठोरतासँग व्यवहार गर्नु भयो तब धेरै भावुक भइन् र आँखाबाट आँसू बग्न थाल्यो ।
  • जब टोनीको बाबाले अतिरिक्त गोजी खर्च (pocket money) को लागि पैसा दिनु भएन तब उ धेरै क्रोधित भयो ।
  • समन्थाले पूरा दिन मञ्चमा प्रदर्शन गर्नु थियो, प्रदर्शन अधि उनको पेट दुख्न थाल्यो र भयभीत भइन् ।
  • जब अली जागिरको अन्तर्वार्तामा असफल भयो, तब भविष्यको चिन्ताले आतिन थाल्यो ।
  • जब सुनीताले सुनिन उसको नजिकको मित्रको छोराले परीक्षामा उत्कृष्ट अंक अर्जित गरो, तब उसलाई ईष्या भयो किनभने उसको छोरा त्यही परीक्षामा अल्प अंकबाट उत्तीर्ण भएको थियो ।

.३ अयोग्य कृति र प्रतिक्रिया (संयुक्त)

यहाँ हामी अयोग्य कृति र प्रतिक्रियाको संयुक्त उदाहरण हेर्नेछौं ।

  • जब एउटा चालक, फ्रीवे (freeway) मा रोनाल्डोको बाटो काटेर गयो, तब रोनाल्डो क्रोधित भएर उसलाई करायो ।
  • जब एन्टोनियोलाई उसको प्रेमिकाले अस्वीकार गर्यो, तब उ निराश भएर मद्यशाला गएर मद्यपान गरि मातियो ।
  • जब व्लादिमीरलाई थाहा भयो कि टयाक्सी चालकले उसलाई ठग्यो, उसले टयाक्सी चालकलाई गाली गर्दौं हिर्कायो ।
  • एउटा सम्पन्न घरमा काम गर्ने मारियाले पैसा त्यतिकै राखेको देख्यो । लोभको कारण, यता-उता कोहि पनि नभएको पक्का गरेपछि उसले पैसा आफ्नो गोजीमा राखिन् ।
  • जब हैनरीचलाई रेस्टुरेन्टले उसको मनपर्ने खाना उपलब्ध गराउन सक्दैन भन्यो, उ क्रोधित भएर आवेशमा आयो ।
  • जब अमारालाई बाबाले हकार्नु भयो, उसलाई प्रतिक्रिया आयो र पुरै दिन स्वयंलाई आफ्नो कोठामा बन्द गरिन ।

. सारांश

    • जब गल्ती हुन्छ तब महत्वपूर्ण छ सत्तर्क हुन, गल्ती कृतिस्वरुपमा छ, प्रतिक्रिया स्वरुपमा छ अथवा दुबैको संयुक्त रुपमा छ ।
    • आफुबाट भएको गल्तिलाई लेखनाले आत्म जागरूकता हुने प्रक्रियामा सहायता मिल्दछ ।