के हामी मृत्युपछि आफ्नो मृत पुर्खाहरु र प्रियजन सँग भेट्न सक्छौं ?

के हामी मृत्युपछि आफ्नो मृत पुर्खाहरु र प्रियजन सँग भेट्न सक्छौं ?

विषयसूची

१. परिचय – मृत्यु पछिको जीवनमा हाम्रा प्रियजनहरूलाई भेट्ने

लगभग हामी सबैले कहिलेकाँही सोच्छौं कि के मृत्यु पश्चात हामी आफ्नो पुर्खाहरू र प्रियजनहरुसँग भेट्न सक्छौं । यो लेखको उद्देश्य ती कारकहरु र सिद्धान्तहरुको वर्णन गर्नु हो जसले यो निर्धारित गर्दछ कि हामी मृत्युपछि कसलाई भेट्न सक्छौं र कसलाई भेट्न सक्दैनौं ।

२. मृत्युपछि हामी काहाँ जान्छौं ?

कृपया हाम्रो लेख, ‘मृत्युपछि को जीवन – मृत्युपछि के हुन्छ?’ पढ्नुहोस् ।

के हामी मृत्युपछि आफ्नो मृत पुर्खाहरु र प्रियजन सँग भेट्न सक्छौं ?
समष्टि आध्यात्मिक स्तरको अर्थ हो, समाजको हितको लागि आध्यात्मिक साधना (समष्टि साधना) गरेर प्राप्त भएको आध्यात्मिक स्तर; जब कि व्यष्टि आध्यात्मिक साधनाको अर्थ हो, व्यक्तिगत आध्यात्मिक साधना (व्यष्टि साधना) गरेर प्राप्त आध्यात्मिक स्तर । वर्तमान समयमा समाजको हितको लागि आध्यात्मिक साधना (प्रगति) गर्ने महत्त्व ७०% छ, जब कि व्यक्तिगत आध्यात्मिक साधनाको महत्त्व ३०% छ ।

तपाई देख्न सक्नु हुन्छ, मृत्युपछि हामी १३ सूक्ष्म र अदृश्य लोकहरुमा जान सक्छौं । वर्तमान समयमा लगभग ५%  व्यक्तिहरु मात्र स्वर्ग, महर्लोक र त्यस भन्दा माथिको सकारात्मक लोकहरुमा जान्छन् । यस्तो किन हुन्छ भने ब्रह्माण्डको प्रथम सकारात्मक लोक अर्थात स्वर्गमा जानको लागि व्यक्तिको समष्टि आध्यात्मिक स्तर ५०% अथवा व्यष्टि आध्यात्मिक स्तर ६०% हुनु पर्छ (यस्तो व्यक्तिहरु विश्वको जनसंख्याको ५% छन्)। अधिक जानकारीको लागि लेख : आध्यात्मिक स्तर अनुसार विश्वको जनसंख्याको विभाजन पढ्नुहोस् ।

मृत्युपछि हामीलाई के हुन्छ भनेर बुझ्नको लागि यहाँ उल्लेख गर्न एउटा महत्त्वपूर्ण लोक पनि छ । हामी मर्ने बित्तिकै जुन लोकमा जान्छौं त्यसलाई मृत्युलोक भनिन्छ । यो भूलोक र अन्य १३ सूक्ष्म लोकहरु मध्य एउटा लोक हो जहाँ मृत्युपछि लिंगदेह अन्तिम गन्तव्य लोकमा पुग्नु भन्दा पूर्व केहि समयको लागि रहन्छ ।

अधिक जानकारीको लागि कृपया लेख मृत्युलोक पढ्नुहोस् ।

३. केहि सिद्धान्तहरु जसले मृत्युपछि हाम्रो पूर्खाहरुलाई भेट्न सम्भव छ कि छैन भन्ने कुरा नियन्त्रण गर्दछ

  • समान लोक : एउटै लोकमा भएको आफन्तहरु र प्रियजनहरुको सूक्ष्म शरीरहरुलाई सजिलैसँग मिल्न सक्छन् । उदाहरणको लागि भूलोकमा भएको आफन्तहरुको दुई सूक्ष्म शरीरहरु एक आर्कालाई भेट्न सक्छन् ।
  • सूक्ष्म भन्दा सूक्ष्मतर लोक : सूक्ष्म लोकको एउटा व्यक्तिको लागि धेरै सूक्ष्म लोकमा रहने व्यक्तिसँग भेट सम्भव हुँदैन । पृथ्वी क्षेत्र (भूलोक) पश्चात भुर्वलोक अधिक सूक्ष्म हुन्छ । भुर्वलोकको सूक्ष्म शरीर स्वर्ग अथवा पहिलो पातालको सूक्ष्म शरीर सँग मिल्न सक्दैन ।
  • सूक्ष्म लोकहरु देखि अधिक स्थूललोकहरु तर्फ : अधिक सूक्ष्मलोकको सूक्ष्म शरीर त्यो भन्दा निम्न सूक्ष्म लोकमा अर्थात स्थूल लोकमा जान सक्छ । उदाहरणको लागि तस्रो पातालको सूक्ष्म शरीर अस्थायी रूपमा पहिलो पातालमा जान सक्छ । यस्तो यात्रा सूक्ष्म शरीरको आवश्यकता अथवा यात्रा गर्ने सूक्ष्म-शरीरको आध्यात्मिक शक्तिमा निर्भर गर्दछ ।
  • उच्चतर सूक्ष्म लोकहरु :
    • महर्लोक जस्तो उच्च सकारात्म सूक्ष्म लोकमा सूक्ष्म शरीरको आध्यात्मिक स्तर यति धेरै हुन्छ कि उनीहरुमा परिवारको सदस्यहरुलाई भेट्ने इच्छा हुँदैन । उनीहरुको अस्तित्वकोको मुख्य उद्देश्य आध्यात्मिक उन्नति गर्नु हुन्छ ।
    • स्वर्गमा स्थान प्राप्त सूक्ष्म शरीरहरु अत्यधिक सुख अनुभव गर्छन् र सामान्यतः उनीहरु स्वर्गको सूक्ष्म सुखमा समाहित हुन्छन् । परिणामस्वरूप आफन्तहरुसँग भेट्ने इच्छा उनीहरुको चेतनाम आउॅंदैन्न् ।
  • मृत्युलोक अथवा भूलोकमा यात्रा: कुनै पनि सूक्ष्मलोकको सूक्ष्म शरीर मृत्युलोक अथवा भूलोकमा जान सक्छ ।
  • एउटा उच्च आध्यात्मिक शक्ति प्राप्त गरेको अनिष्ट शक्ति अस्थायी रूपमा शान्ति भंग गर्ने उद्देश्यले एउटा उच्च सकारात्मक लोक जस्तै स्वर्गमा जान सक्छ ।

४. मृत्यु पश्चात हामी आफ्नो पुर्खाहरुलाई कसरी चिन्छौं ?

४.१ मृत्युपछि हामी कस्तो स्वरूप लिन्छौं ?

मृत्युलोकमा प्रवेश गरेपछि सूक्ष्म शरीरले भूलोकको आफ्नो पहिचान भूलन थाल्दछ । जब सूक्ष्म शरीरले मृत्युलोक पार गरेर भुवलोकमा पुग्छ तब त्यसले निराकार रूप लिन्छ ।

यदि व्यक्तिलाई पृथ्वीलोकको जीवन र आफन्तहरुसँग तीव्र आसक्ति छ भने, त्यो व्यक्ति मृत्युलोक भन्दा अगाडी बढ्न सक्दैन । यहाँ पनि उनी आफ्नो पहिलाको जन्म जस्तै रूप धारण गर्दछ । यो रूप इच्छाशक्तिको कारण उत्पन्न हुन्छ । सूक्ष्म शरीर अनेक वर्षसम्म मृत्यु लोकमा अड्किन्छ र आफ्नो पुर्खाको घर वरिपरि घुमि रहन्छ । परिणामस्वरूप, जसको छैठौं इन्द्रिय जागृत छ, उनीले सूक्ष्म शरीरको उपस्थिति देख्न अथवा अनुभव गर्न सक्छ ।

४.२ आफन्तलाई  मृत्युपछिको जीवनमा भेट्ने संयन्त्र

  • एउटै लोकमा प्रवेश : जब कुनै सूक्ष्म शरीर कुनै अन्य सूक्ष्म शरीरसँग (आफन्त अथवा मित्रसँग) भेट्नको लागि तीव्र इच्छा राख्दछ, त्यो विचारद्वारा उत्पन्न शक्तिले उसलाई त्यही रूप प्रदान गर्दछ जसमा उ आफन्तलाई चिन्दछ । त्यो समय जब कुनै आफन्तको भर्खर मृत्यु हुन्छ र त्यही लोकमा प्रवेश गर्छ, पहिलानै उपस्थित पुर्खाको सूक्ष्म शरीरबाट इच्छाको स्पन्दनहरु प्रक्षेपण भएको कारण, उनीतर्फ आकर्षित हुन थाल्छ । भर्खरै मृत्यु भएको वंशजले, पुर्खा परिचित रूपमा भएको कारण उनी आफ्नो पुर्खालाई चिन्दछ ।
  • मृत्युको समय : परिवारको सदस्यहरु बीच सूक्ष्म सामान्यतः मूल रज-तम-सत्त्व घटकहरुको स्तरमा अनुवांशिक समानताहरु हुन्छन् । तसर्थ, मृत्युलोक र भुवलोकमा रहने सूक्ष्म शरीरहरु अति सम्वेदनशील हुनको कारण उनीहरुले मर्न लागि रहेको व्यक्तिमा हुने परिवर्तन अनुभव गर्न सक्छन् । त्यसपछि उनीहरु मृत शरीरको सूक्ष्म पञ्च उपप्राणद्वारा उत्सर्जित ध्वनि र मृत शरीरद्वारा उत्सर्जित ग्याँसहरुतर्फ तानिन्छन् । यसप्रकार उनीहरु पृथ्वीको वातावरणमा प्रवेश गर्छन् र मर्न लागेको व्यक्तिको नजिक आउछन् । त्यसैले धेरै मर्ने व्यक्तिहरुले आफ्ना मृत पुर्खाहरुलाई देख्दछन् । यदि मर्न लागेको व्यक्ति आफ्नो दिवंगत पुर्खाहरुलाई मिलने तीव्र इच्छा छ अथवा दिवंगत पुर्खालाई मर्न लागि रहेको व्यक्तिसँग मिलने तीव्र इच्छा छ भने तब तीव्र इच्छाको बलमा पूर्खाले ग्यासयुक्त प्रकारको रुप प्राप्त गर्दछ । उनीहरु यसरी मृत व्यक्तिलाई आफ्नो पहिचान गर्न सहायता गर्दछन् ।

. मृत्युपछि प्रियजनहरुसँग मिलदा समावेश जोखिमहरु

  • केहि अवस्थाहरुमा, उच्च स्तरीय अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इत्यादि) जस्तै सूक्ष्म स्तरीय मान्त्रिक दिवंगत नातेदाहरु र प्रियजनहरुको रूप लिन सक्छन् र भर्खरै मृत्यु भएको सूक्ष्म शरीर जो आफ्नो दिवांगत पुर्खाहरुलाई भेट्न इच्छुक छन्, उनलाई संभ्रमित (misguide) गर्न सक्छ । यो संभ्रमितलाई हटाउने उत्तम तरिका हो, पृथ्वीमा धेरै आध्यात्मिक अभ्यास गर्ने र मायावी रुपलाई चिन्ने ।
  • दिवंगत पू्र्खाहरु जो नरक लोकहरुको एउटा लोकमा छन्, उनीहरुले भर्खरै मृत्यु भएको सूक्ष्म शरीरलाई भ्रमित पार्न सक्छ ।
  • मृत्यु पश्चात यस्तो संकटबाट रक्षा हेतु सुनिश्चित गर्न साधनाको : मूलभूत सिद्धान्त अनुसार साधना गरि उच्च आध्यात्मिक स्तर प्राप्त गर्नु हो । मृत्युको समय आध्यात्मिक स्तर जति धेरै हुन्छ, पाताल लोकहरुबाट भूतहरु वा पुर्खाहरुले प्रभावित गर्ने सम्भावना त्यतिनै कम हुन्छन्, साथै ईश्वरबाट अधिक सुरक्षा प्राप्त हुन्छ ।

५. जब हामी आफन्तहरुलाई  भेट्छौं, के हामी दिवंगत आफन्तहरु सँगै रहन्छौं ?

सामान्यत: एउटा परिवारको सूक्ष्म शरीरहरु एकै साथ रहन्छन् । यो किन भने अरुको तुलनामा आफन्तहरु बीच धेरै समानता हुन्छ ।

६. मृत्युपछिको जीवनमा जब प्रियजनहरु र मित्रहरुलाई  भेट्छौं हामी कसरी कुराकानी गर्छौं ?

यो वार्तालाप पृथ्वीमा जस्तो नादभाषाको माध्यमबाट नभएर मनको (मानसिक देहको) विचारको माध्यमबाट हुन्छ । कुनै एकको मनको विचार अन्य ग्रहण गर्दछन् ।

७. के मृत्यु पश्चात हामी आफूले पालेको जनवारहरुसँग मिल्न सक्छौं ?

मानिसहरु जस्तो, जनावरहरू सूक्ष्म ढाँचामा (सूक्ष्म शरीरको रूपमा) मृत्यु पछि लामो समयसम्म रहदैन्न् र छोटो अवधिमा त्यही प्रजाति वा विकसित भएको खण्डमा उच्च प्रजातिमा जन्म लिन्छन् । तसर्थ, मरेपछि आफूले पालेको जनावरहरुसँग मिलने सम्भावना न को बराबरनै हुन्छ । यदि कसैले आफूले पालेको जनावरलाई सूक्ष्म दृष्टिको माध्यमबाट वा मृत्यु पश्चात र मृत्युपछिको जीवनमा देख्छ, यो सम्भवत: एक भ्रम हो जुन उच्च स्तरको नकारात्मक शक्ति जस्तै मान्त्रिकद्वारा गरिएको छल हो । यस्तो धोकाबाट बच्नको लागि निरन्तर साधना उत्तम उपाय हो ।

एउटा जनावरलाई (जुन पशुको रूपमा जन्मिएको छ) एउटै जीवनकालमा मानिसको जीवन पाउन कठिन हुन्छ किनभने पशुलाई आध्यात्मिक अभ्यास गर्न धेरै गाह्रो हुन्छ । तर कुनै यस्तो पशु, जसले सन्तको सान्निध्य प्राप्त गरेको छ, प्रसाद सेवन तथा ईश्वरको भजन र नामजपको श्रवण गरेको छ भने, त्यो पशुमा सात्विकता (आध्यात्मिक शुद्धता) वृद्धि हुन सक्छ । त्यो प्रजातिको औसत सात्त्विक तुलनामा त्यस पशुमा बढेको सात्त्विकताको परिणाम, मृत्यु पश्चात अर्को जन्ममा उच्च प्रजाति (सात्विकता) मा विकसित हुन सक्छ ।