भगवानको कुन नाम जप गर्ने, यस सन्दर्भमा बारम्बार सोधिने प्रश्नहरु
भगवानको कुन नाम जप गर्ने, यस सन्दर्भमा बारम्बार सोधिने प्रश्नहरु

साधनाको दृढ आधार बनाउन हाम्रो सुझाव छ कि जुन पन्थमा जन्म लिनु भएको छ, त्यही पन्थ अनुसार देवताको नामजप गर्नुहोस् । ‘आफ्नो आध्यात्मिक यात्रा आरम्भ गर्नुहोस्’  यो लेखको सन्दर्भ लिनुहोस् ।

कुन देवताको नामजप गर्नु पर्छ यसको सन्दर्भमा सामान्य एवं प्राय: सोधिने प्रश्नहरुको व्याख्या अगाडी दिएको छ ।

१. धर्म परिवर्तनसँग सम्बन्धित प्रश्नहरू

१.१ मेरो जन्म बौद्ध परिवारमा भएको हो; तर मैले ईसाई पन्थमा धर्मांतरण गरे । मैले कुन देवताको नामजप गर्नु पर्छ ?

उत्तर : यदि तपाई स्वेच्छाले ईसाई पन्थमा धर्मांतरण हुनु भएको हो भने, तपाईलाई त्यस धर्ममा धेरै श्रद्धा हुन सक्छ । अत: नयाँ पन्थ अनुसार नामजप गर्नुहोस् । यदि तपाईलाई बलपूर्वक अर्थात ईच्छा विरूद्ध धर्मांतरित गरिएको थियो र यदि आफ्नो मूल पन्थसँग अधिक लगाव छ भने, आफ्नो पहिलाको पन्थानुसार नामजप गर्नुहोस् । यदि तपाई पहिला कुनै अन्य पन्थ जस्तौ ईसाई पन्थमा आफ्नो स्वेच्छाले धर्मांतरित हुनु भएको थियो; तर अहिले तपाई जन्मनु भएको पन्थसँग नजिक महसुस गर्नुहुन्छ भने, तपाई जन्मनु भएको पन्थ अनुसार नामजप गर्न सक्नुहुन्छ ।

१.२. मेरो जन्म क्याथोलिक परिवारमा भएको थियो, तर मेरो पालन-पोषण प्रोटेस्येन्टमा भएको थियो । मैले ‘हेल मेरी’ जप गर्न प्रयास गरे, तर बारम-बार ‘लोर्ड जीसस’ को नामजप हुन्छ । के यो ठीक हो वा मैले कुन नामजप गर्नु पर्छ ?

उत्तर: ‘लोर्ड जीसस’ नामजप जारी राख्नुहोस् ।

१.३ यदि हाम्रो पूर्खाहरु बलपूर्वक अर्को पन्थमा धर्मांतरित गरिएको र हाम्रो जन्म त्यो पन्थमा भयो । यस्तो परिस्थितिमा हामीले कुन देवताको नामजप गर्नु पर्छ ?

उत्तर : अध्यात्म शास्त्र अनुसार हामीले जन्म लिएको पन्थानुसार नामजप गर्नको लागि सल्लाह दिन्छ ।

तपाईको पूर्खाहरु जुन पन्थमा धर्मांतरण भएको थिए, त्यसमा यदि तपाईको श्रद्धा छैन भने एवं आफ्नो पूर्वको पन्थमा धेरै श्रद्धा छ भने पूर्व पन्थानुसार नामजप गर्न सक्नु हुन्छ ।

१.४ मेरो आमा र बाबा फरक पन्थबाट हुनुहुन्छ र उनीहरु सम्बन्धित पन्थको अभ्यास गर्नु हुन्छ । मैले कुन भगवानको नामजप गर्न सक्छु ?

उत्तर: आफ्नो बाबाको पन्थ अनुसार देवताको नामजप गर्नु पर्छ । अध्यात्मशास्त्र अनुसार आफ्नो बाबाको पन्थ अनुसार देवताको नामजप गर्नाले सर्वाधिक लाभ हुन्छ ।

२. विवाहसँग सम्बन्धित प्रश्नहरू

२.१ म विवाहित स्त्री हु । मैले कुन देवताको नामजप गर्नु पर्छ ?

उत्तर : अध्यात्मशास्त्र अनुसार आफ्नो श्रीमानको पन्थ अनुसार देवताको नामजप गर्नाले विवाहित श्रीमतीलाई सर्वाधिक लाभ हुन्छ । यदि तपाई हिन्दू हुनु हुन्छ भने, तपाई आफ्नो श्रीमानको कुलदेवताको नामजप गर्नुहोस् ।

२.२ म आफ्नो श्रीमानसँग अलग भएको छु, तर हाम्रो सम्बन्ध-विच्छेद भएको छैन, मैले कुन भगवानको नामजप गर्नु पर्छ ?

उत्तर : अहिलेसम्म तपाईको सम्बन्ध-विच्छेद भएको छैन, त्यसैले तपाईले विवाहित स्त्रीको अनुसार (सन्दर्भ २.१) नामजप गर्नु पर्छ ।

२.३ म सम्बन्धविच्छेद गरेको स्त्री हुँ, मैले कुन भगवानको नामजप गर्नु पर्छ ?

उत्तर : विवाह पूर्वको पन्थ अनुसार सम्बन्धित देवताको नामजप गर्नुहोस् ।

२.४ म बाल्यकालदेखि नै ‘हेल मेरी’ नामजप गर्छु । अब मेरो विवाह हिन्दू परिवारमा भयो । मैले कुन भगवानको नामजप गर्नु पर्छ ?

उत्तर : यदि तपाई विवाह पूर्व नियमित रूप्मा धेरै समय सम्म ‘हेल मेरी’ नामजप गर्नु हुन्थ्यो एवं तपाईलाई यो नामप्रति अपार श्रद्धा छ भने तपाई त्यही नामजप जारी राख्नु होस् । तर अध्यात्मशास्त्र अनुसार विवाह पश्चात विवाहित स्त्री आफ्नो श्रीमानको पन्थ अनुसार कुलदेवताको नामजप गर्नु पर्छ ।

३. अंगीकरणसँग सम्बन्धित प्रश्नहरू

३.१. अंगीकरण गर्न लागेको बच्चाले कुन नामजप गर्नु पर्छ ?

उत्तर: अध्यात्मशास्त्र अनुसार, अंगीकरण गरेको बच्चाले उसलाई अपनाएको परिवारको पन्थानुसार देवताको नामजप गर्नु पर्छ ।

४. आफ्नो पन्थानुसार देवताको नामजपसँग सम्बन्धित प्रश्नहरू

४.१ मलाई ‘हेल मेरी’ नामजप धेरै उत्साहहीन एवं छोटो लाग्दछ । त्यसको स्थानमा के म ‘हेल मेरी, होली मदर ऑफ गॉड’ नामजप गर्न सक्छु ?

उत्तर : अध्यात्म एक विज्ञान हो, औषधि जस्तौ र अधिक विशिष्ट । शास्त्रको पालन गर्नाले एवं मन भन्दा परे गएमा आध्यात्मिक उन्नति हुन्छ । ‘अनेकबाट एक तर्फ जानु ’ यो अध्यात्मको एउटा मूलभूत सिद्धान्त हो । यो सिद्धान्त अनुसार अनेक शब्दको जप गर्नुको तुलनामा एउटा शब्दको नामजप गर्नु धेरै प्रभावशाली हुन्छ । यसलाई ध्यानमा राखेर, तपाई मदर मेरी सँग प्रार्थना गर्नुहोस् की उहाँले तपाईलाई अध्यात्मशास्त्रानुसार नामजप गर्न क्षमता प्रदान गर्ने कृपा गरोस् । यसपछि पनि यदि तपाई नामजप गर्न सक्नु हुँदैन भने, प्रथम चरणमा ‘हेल मेरी, होली मदर ऑफ गॉड’ नामजप गर्न सक्नु हुन्छ ।

५. कुलदेवतासँग सम्बन्धित प्रश्नहरू

५.१ यदि मलाई कुलदेवताको नाम ज्ञात छैन भने कुन देवताको नामजप गर्नु पर्छ ?

उत्तरः यदि तपाईलाई आफ्नो कुलदेवता ज्ञात छैन भने, परिवारको अन्य सदस्यसँग, पुरोहितसँग, वैदिक ज्योतिषशास्त्र अनुसार तयार गरिएको पात्र हेरेर आफ्नो कुलदेवताको बारेमा थाहा पाउन सकिन्छ । त्यो बेलासम्म तपाई ‘श्री कुलदेवतायै नम:’ यो नामजप गर्न सक्नु हुन्छ ।

५.२ यस्तो अवस्थामा यदि ‘श्री कुलदेवतायै नम:’ यो नामजप उच्चारण गर्न गह्रो हुन्छ । के म अन्य कुनै नामजप गर्न सक्छुँ ?

उत्तर: नामजपको अभ्यास गरेपछि त्यो सहज हुन थाल्छ । अन्य देवताको नामजप गर्नाले थोरै लाभ हुन्छ ।

५.३ कुलदेवीको स्थानमा के म कुलदेवताको नामजप गर्न सक्छुँ ?

उत्तर: शीघ्र आध्यात्मिक उन्नतिको लागि परात्पर गुरु (९०% तथा त्यो भन्दा अधिक आध्यात्मिक स्तर) द्वारा दिएको नामजप १००%, कुलदेवीको नामजप ३०% एवं कुलदेवको २५% उपयुक्त हुन्छ । त्यसैले गुरुप्राप्ति नभए सम्म कुलदेवीको नामजप गर्नु उपयुक्त हुन्छ । यदि तपाईलाई कुलदेवीको नाम ज्ञात छैन भने अथवा यदि परिवारमा कुलदेवी छैन केवल कुलदेवता मात्रै छ भने, कुलदेवको नामजप गर्न सक्नु हुन्छ ।

६. मनपर्ने नामजपहरुसँग सम्बन्धित

६.१ मलाई श्रीकृष्ण मन पर्छ । के म कुलदेवताको स्थानमा उहाँको नामजप गर्न सक्छु ?

उत्तर: श्रीकृष्णको (आफुलाई मनपर्ने देवताको) नामजप गर्नु ठीक छ; तर शीघ्र आध्यत्मिक उन्नतिको लागि कुलदेवीको अथवा आफ्नो पन्थ अनुसार ईश्वरीय तत्त्वको नामजप गर्नु अधिक लाभदायक हुन्छ । यो सन्दर्भमा ‘कुलदेवता अथवा कुलदेवीको स्थानमा मलाई आफ्नो इष्ट देवताको उपासना गर्नु राम्रो लाग्छ के यो उचित हो’? यो लेख पढनुहोस् ।

६.२ म आफ्नो आमाको पूजा गर्छु । उहाँ मेरो लागि गुरु एवं ईश्वर समान हुनु हुन्छ । के म उहाँको नामजप गर्न सक्छु ?

उत्तर : हामी ईश्वरीय तत्त्वको लाभ लिनको लागि देवताको नामजप गर्छौं । आफ्नो आमाको नामजप गर्नाले हामीलाई त्यो लाभ मिल्दैन । अध्यात्मशास्त्र अनुसार आफ्नो आमा-बाबाको अथवा भाई-बहिनिको नामजप गर्ने कुनै पनि उदाहरण छैन । साधकको आमा-बाबा अथवा भाई-बहिनिहरु सन्त/गुरु हुँदा पनि उहाँहरुको नामजप गर्ने चलन छैन ।

६.३ म हिन्दू हुँ । के म ‘ॐ’ को नामजप गर्न सक्छु ?

उत्तर: ‘ॐ’ को नामजप एउटा उच्च स्तरको जप हो । यो तेजतत्त्व तथा ईश्वरको निर्गुण रूपसँग सम्बन्धित छ । नियमित रूपले दीर्घकाल सम्म ‘ॐ’ को जप गर्नाले साधकमा तेजतत्त्वको वृद्धि हुन्छ । यदि साधकको पृथ्वी एवं पानी (आप) स्तर/तत्तवको साधना सकिएको छैन भने तेजतत्त्व अधिक मात्रा सहन सक्दैन । आफ्नो जन्म अनुसार पन्थको कुलदेवताको साधना पृथ्वीतत्त्वको साधना हो ।

६.४ के म सन्तको नामको जप गर्न सक्छु ?

उत्तर : अध्यात्मशास्त्र अनुसार, आफ्नो जन्म अनुसार पन्थको देवताको नामजप गर्नु पर्छ । कुनै सन्तको नाम जप गर्नु हुँदैन ।

  • ७०% आध्यात्मिक स्तर भएको सन्त, कुनै विशिष्ट कार्य सम्पादनको लागि जन्म लिनुहुन्छ, त्यसैले उहाँहरुमा प्रकट शक्ति हुन्छ । यदि हामी उहाँको नामजप गर्छौं भने, हामीलाई यसबाट कष्ट हुन सक्छन् । यसको विपरीत, देवताहरुमा निर्गुण शक्ति हुन्छ, त्यसैले उहाँको नामजप गर्नाले कुनै समस्या हुँदैन । यस बाहेक साधकलाई शक्ति होइन, आनन्द एवं शान्तिको आवश्यकता हुन्छ । (८०% एवं ९०% आध्यात्मिक स्तरको सन्त क्रमश: आनन्द एवं शान्तिको अनुभूति प्रदान गर्न सक्नुहुन्छ ।)
  • उत्पत्ति, स्थिति एवं लयको नियम सन्तलाई पनि लागू हुन्छ, त्यसैले: उहाँको शक्ति केही सय वर्षको मर्यादित कालको लागि कार्यरत रहन्छ । त्यसपछि साधकलाई सहयोग गर्न असमर्थ हुन्छन् । यसको विपरीत देवताको अस्तित्त्व विश्वको उत्पत्ति देखि लिएर लयकाल सम्म निरन्तर रहन्छ ।
  • अध्यात्मशास्त्र अनुसार सन्तको पूजास्थल बनाउनु अयोग्य हो । तर वर्तमान समयमा यो प्राय: भएको हामीले देखन सक्छौं ।

७. अन्य पन्थप्रति झुकाव, यस सन्दर्भमा

७.१ म ईसाई हुँ । के म ‘ॐ’ को नामजप गर्न सक्छु ?

उत्तर : अध्यात्मशास्त्र अनुसार हामी जन्मेको पन्थानुसार विशिष्ट देवताको नामजप हाम्रो आध्यात्मिक उन्नतिको लागि सर्वाधिक उपयुक्त हुन्छ । शीघ्र आध्यात्मिक उन्नतिको दृष्टिले आफ्नो पन्थानुसार देवताको नामजपबाट हुने लाभ ‘ॐ’ को जपबाट हुने लाभ भन्दा धेरै गुना अधिक हुन्छ ।

७.२. म ईसाई हुँ, तर मलाई भगवान शिव मन पर्छ, के म उहाँको नामजप गर्न सक्छु ?

उत्तर: सक्नु हुन्छ, तपाई ‘शिवजी’ को (अर्थात तपाईलाई मन पर्ने देवताको ) जप गर्न सक्नु हुन्छ, तर जन्मेको पन्थ अनुसार विशिष्ट देवताको नामजप गर्नु शीघ्र आध्यात्मिक उन्नतिको लागि धेरै उपयुक्त हुन्छ । यो सन्दर्भमा ‘कुलदेवता अथवा कुलदेवीको स्थानमा मलाई आफ्नो इष्ट देवताको उपासना गर्न राम्रो लाग्छ के यो उचित हो ?’ यो लेख पढ्नुहोस् ।

८. धर्म देखि विमुखताको सन्दर्भमा

८.१ मलाई नामजपमा रूचि छ, तर मेरो पन्थसॅंग म जोडिएको महसुस गर्दिन । म कुन नामजप गर्न सक्छु ?

उत्तर: यस्तो अवस्थामा तपाई अन्य देवताको नामजप गर्न सक्नु हुन्छ, जोसँग तपाई जोडिएको महसुस गर्न सक्नु हुन्छ ।

८.२ के म केवल ‘ईश्वर’ नामजप गर्न सक्छु ?

उत्तर : देवताको विशिष्ट नामजप गरेर, हामी वास्तवमा, ईश्वरको त्यो तत्त्वसँग एकरूप हुने प्रयास गर्छौं, जुन देवता प्रतीक हुनु हुन्छ । ‘ईश्वर’ नामजप अत्यन्त व्यापक छ । यसमा सर्वज्ञ, सर्वव्यापी एवं सर्व शक्तिमान ईश्वरको सबै पक्ष तथा तत्त्वहरु/विशेषताहरु समावेश हुन्छ । अत: ‘ईश्वर’ यस्तो नामजप गर्नुको अर्थ हुन्छ ईश्वरको सबै पक्षलाई एकै समयमा एकैसाथ आत्मसात गर्ने प्रयास गर्नु, जुन अत्यन्त कठिन कार्य (herculean task) हुन्छ । अत: अध्यात्मशास्त्र अनुसार हामीले त्यो विशिष्ट देवताको नामजप गर्ने, जसले हाम्रो साधनाको स्तर अनुरूप ईश्वरको त्यो पक्षलाई आत्मसात गर्नमा सहायक हुन्छ ।

८.३ के म ईश्वरको नामजपको सट्टा ‘दयालु’ वा ‘प्रेम’ वा ‘निर्मलता’ वा ‘शान्ति,’ शब्द जप गर्न सक्छु ?

उत्तर: आध्यात्मिक दृष्टिकोणबाट, नामजप गर्नुको उद्देश्य विशिष्ट देवताको नामसँग सम्बन्धित त्यो विशिष्ट ईश्वरीय शक्तिलाई आत्मसात गर्नु हो । माथिका शब्दहरुमा कुनै पनि विशिष्ट ईश्वरीय तत्त्वहरु समावेश हुँदैन । तसर्थ, यी शब्दहरु जप गर्नाले हामीलाई ईश्वरीय ऊर्जाको लाभ हुँदैन जुन ईश्वरको विशिष्ट नामको जप गर्दा प्राप्त हुन्छ ।

यसको अतिरिक्त ईश्वर निरपेक्ष प्रेम (प्रीति) को मूर्त रूप हुनु हुन्छ । त्यसैले ‘दयालु’ वा ‘प्रेम’ आदि शब्दको तुलनामा देवताको कुनै पनि नामको जपबाट प्रीतिको ईश्वरीय तत्त्वको स्तुति अधिक मात्रामा हुन्छ ।

८.४. अहिले म कुनै पनि पन्थको अनुसरण गरिरहेको छैन, मैले कुन देवताको नामजप गर्नु पर्छ ?

उत्तर: तपाई जन्मेको पन्थ अनुसार विशिष्ट देवताको नामजप गर्न सक्नु हुन्छ ।

८.५ जब म आफू जन्मेको पन्थ अनुसार देवताको नामजप गर्छु, तब मलाई हृदय देखि राम्रो लाग्दैन । म के गरुँ ?

उत्तर: यदि विगतको परिस्थिति अथवा अनुभवको कारण तपाईको मनमा जन्मेको पन्थको सन्दर्भमा मानसिक अवरोध छ भने, तपाईलाई यो ज्ञात भएर मद्दत हुन सक्छ कि आध्यात्म पन्थ भन्दा पनि परे हुन्छ । आफु जन्मेको पन्थ अनुसार नामजप गर्नु आध्यात्मिक सिद्धान्तको पालन गर्नु हो, न कि पन्थसँग आफ्नो पहिचान स्थापित गर्नु । नामजप गर्नु भन्दा अगाडी तपाई यस प्रकारले निष्ठापूर्ण प्रार्थना गर्नुहोस् कि यो नामजपको लाभ मैले अनुभव गर्न पाउ, यस्तो प्राथनाले तपाईलाई लाभ हुन्छ ।

९. नास्तिकतासँग सम्बन्धित

९.१ म नास्तिक हुँ । मैले कुन नामजप गर्नु पर्छ ?

उत्तर : हाम्रो सुझाव छ कि तपाई जन्मेको पन्थ अनुसार देवताको नामजप गर्नुहोस् । आफु जन्मेको पन्थ अनुसार नामजप गर्नु आध्यात्मिक सिद्धान्तको पालन गर्नु हो, न कि त्यो पन्थसँग आफ्नो पहिचान स्थापित गर्नु । यदि तपाई यथार्थ रूपले एवं नियमित रुपले नामजप गर्ने प्रयास गर्नु हुन्छ भने, त्यो नामजप श्रद्धा बिनानै किन न होस्, तपाईलाई जीवनमा त्यसको लाभ अवश्य देखाई दिन्छ । यस प्रकारको साधनामा नामजपको लाभको व्यक्तिगत अनुभूति सबै भन्दा धेरै महत्व राख्दछ ।