भारित गरेर पवित्र जल (तीर्थ) कसरी बनाउने ?

भारित गरेर पवित्र जल (तीर्थ) कसरी बनाउने ?

SSRF द्वारा पारम्परिक चिकित्सा उपचारलाई निरन्तरता दिदै शारीरिक र मानसिक रोगहरूको उपचारको लागि आध्यात्मिक उपचारको सल्लाह दिइन्छ ।

कुनै पनि आध्यात्मिक उपचार अपनाउदा पाठकलाई आफ्नो विवेक अनुसार गर्न सल्लाह दिइन्छ ।

. प्रस्तावना : कसरी पवित्र जल (तीर्थ) बनाउने

तीर्थ बनाउनको लागि धेरै पद्धतिहरु छन् जुन यस प्रकार छ   :

  • शुद्ध जलमा विभूति मिलाएर तीर्थ बनाउने
  • भगवानको नामजप गरेर शुद्ध जललाई तीर्थ बनाउने
  • शुद्ध जलमा पवित्र माटो मिलाएर तीर्थ बनाउने (पवित्र माटो भन्नाले त्यो स्थलको माटो जहाँ उच्चतम स्तरको सन्त निवास गर्नु हुन्थ्यो ।)
  • शुद्ध जललाई आशीर्वाद दिएर तीर्थ बनाउने (यो कार्य केवल त्यो व्यक्तिद्वारा हुन सक्छ, जसको आध्यात्मिक स्तर ५० प्रतिशत भन्दा माथि हुन्छ । यो स्तर भन्दा कम आध्यात्मिक स्तरको व्यक्तिद्वारा अशीर्वाद दिएको जलमा ईश्वरीय चैतन्यमा केहि वृद्धि हुँदैन ।)
  • सन्तको स्पर्शबाट तीर्थ बनाउने (यो तब सम्भव हुन्छ, जब सन्त जललाई स्पर्श गर्नुहुन्छ ।)

यस खण्डमा ईश्वरको नामजप गरेर कसरी पवित्र जल (तीर्थ) बनाउने यो प्रक्रियालाई वर्णन गर्ने छौं । शुद्ध जल मन्त्रको आध्यात्मिक शक्तिद्वारा पनि चार्ज (charge) गर्न सकिन्छ तर यो यस लेखको विषय वस्तु होइन । ईश्वरको नामजप गरेर सकारात्मक शक्तिबाट चार्ज गरिएको पवित्र जल (तीर्थ) आध्यात्मिक उपचार गर्नको लागि एउटा सहज उपलब्ध उपाय हो ।

२. ईश्वरीय चैतन्यले भरिएको पवित्र जल (तीर्थ) कसरी बनाउने

यसको लागि एक गिलास पानी जाहिन्छ । प्राथना गरेर शुरु गर्नुहोस् कि तपाईको नामजप अधिकतम सम्भावित एकाग्रता र भक्तिसँग होस् र नामजपको सकारात्मक ऊर्जाले पानीलाई ईश्वरीय चेतना (चैतन्य) ले समृद्ध बनाओस । त्यसपछि दाहिले हतकेलालाई गिलासको मुख माथि राख्नुहोस् । अब आँखा बन्द गर्नुहोस् र भगवानको नामजप अधिक्तम सम्भावित एकाग्रता र भक्तिसहित ३ – ६ मिनेट जपनुहोस् । यसपछि पानी, तीर्थको रुपमा प्रयोग गर्न तयार हुन्छ ।

सूक्ष्म-ज्ञानमा आधारित चित्रले ५०% आध्यात्मिक स्तर भएको व्यक्तिले भगवानको नामजप गर्दै पानीलाई चार्ज गरेको प्रक्रिया देखाउँछ ।

भारित गरेर पवित्र जल (तीर्थ) कसरी बनाउने ?

भगवानको नामजपबाट उत्पन्न भएको ईश्वरीय चैतन्य गिलासको मुखमा राखेको हातबाट पानीमा प्रवेश गर्दछ । ईश्वरीय चैतन्यको तरङ्ग पानीमा प्रवेश गर्दछ एवं गिलासको तल्लो भागमा घुमाउरो (spiral) प्रबाह उत्पन्न हुन्छ । यसको चारैतर्फ ईश्वरीय चैतन्य (चेतना) ले घेरिएको हुन्छ । यो ईश्वरीय  चैतन्य (चेतना) गिलासबाट सबै दिशामा प्रक्षेपित हुन्छ ।

तीर्थको लाभ कति मात्रामा ईश्वरीय चैतन्य उत्पन्न भएको छ यसमा निर्भर गर्दछ । त्यसैले यसको प्रबलता अर्थात गिलास भित्रको पवित्र जल (तीर्थ) को आध्यात्मिक शक्ति निर्माण गर्ने व्यक्तिको आध्यात्मिक स्तरमाथि निर्भर गर्दछ । भारित (charge) गर्ने व्यक्तिको जति अधिक आध्यात्मिक स्तर हुन्छ त्यतिनै अधिक पवित्र जल (तीर्थ) को प्रबलता हुन्छ ।

यदि भारित गर्ने व्यक्तिको आध्यात्मिक स्तर ५० प्रतिशत भन्दा कम छ भने, भगवानको नामजप गरेर प्राप्त तिर्थमा अपेक्षित आध्यात्मिक प्रबलता हुँदैन । यस्तो स्थितिमा पवित्र जल (तीर्थ) बनाउनको लागि गिलासको पानीमा SSRF को धूपबाट प्राप्त पवित्र विभूति मिलाउन योग्य हुन्छ । विश्वको जनसंख्याको ८० प्रतिशत व्यक्तिहरुको आध्यात्मिक स्तर ५० प्रतिशत भन्दापनि कम छ अत: पवित्र जल (तीर्थ) बनाउनको लागि पवित्र विभूति मिलाएर बनाउने विधि सिफारिस गरिन्छ ।

जल भारित गरि तीर्थ बनाउने विघिमा आध्यात्मिक स्तरको प्रभाव

आध्यात्मिक स्तर % मा पानीमा उत्पन्न ईश्‍वरीय चेतना (चैतन्य) उत्पन्न % मा
२०% ०.५%
३०% १.०%
४०% २.०%**
५०% २.५%
६०% ३.०%
७०% ३.५%
८०% ४.०%
९०% ४.५%
१००% ५.०%

*अधिक्तम ईश्‍वरीय चैतन्य (चेतना) निर्जीव बस्तुमा ६% हुन्छ उदाहरण सन्तको समाधि स्थल ।

** २% ईश्‍वरीय चैतन्य (चेतना) तीर्थमा पाउन सकिन्छ जब ४०% भन्दा कम आध्यात्मिक स्तर भएको व्यक्तिले तीर्थ बनाउँछ । यो सम्भब हुन्छ जब तीर्थ बनाउन विभूतिको प्रयोग गरिन्छ ।

यो चैतन्यले भरिएको तीर्थको उपयोग आध्यात्मिक उपचारको लागि लगाउने, छडकिने र पिउन सकिन्छ ।

सन्दर्भ लेख : ‘पवित्र पानी कसरी प्रयोग गर्ने ?