पीआइपी (PIP) एवं विकसित छैठौं इन्द्रियद्वारा सन्तको हस्तलेखनको सकारात्मकताको अध्ययन

पीआइपी (PIP) एवं विकसित छैठौं इन्द्रियद्वारा सन्तको हस्तलेखनको सकारात्मकताको अध्ययन

हाम्रो खोजहरु

SSRF ले अध्यात्मशास्त्रको विभिन्न पक्षहरुको अध्ययन गर्नको लागि पीआइपी (PIP) प्रणालीको उपयोग गरे छ । प्रस्तुत उदाहरणमा हामीले आध्यात्मिक दृष्टिले शुद्ध विषय वस्तु जस्तै सन्तको हस्तलेखन एवं सामान्य व्यक्तिको हस्तलेखनको चारैतर्फको ऊर्जाक्षेत्रमा अन्तरलाई बुझ्ने प्रयत्न गरेका छौं । हामीले यसको तुलना छैठौं इन्द्रियको सहायताबाट सन्तको हस्तलेखन माथि गरिएको आध्यात्मिक अनुसन्धानसँग पनि गर्यौं ।

चलचित्रको लिखित प्रतिलिपि

. प्रस्तावना

नमस्कार र तपाईलाई स्वागत छ ।

SSRF को आध्यात्मिक अनुसन्धान केन्द्रमा २५ वर्ष देखि आध्यात्मिक आयाममा अनुसन्धान गरिरहेको छ । परम्परागत अनुसन्धानमा पञ्च ज्ञानेन्द्रिय, बुद्धि एवं मनको प्रयोग गरिन्छ; आध्यात्मिक अनुसन्धान छैठौं ज्ञानेन्द्रियको प्रयोग गरेर मात्र गर्न सक्छ । आध्यात्मिक अभ्यास (साधना) बाट प्राप्त प्रगत छैठौं इन्द्रियको माध्यमबाट  SSRF को साधक आध्यात्मिक आयामलाई अनुभव र देख्न सक्छन् अनि हामीलाई बताउँछन् जुन कुनै सामान्य व्यक्तिको लागि सम्भव हुँदैन । आध्यात्मिक आयाम भन्नाले हाम्रो तात्पर्य हो स्वर्ग र नरक, स्वर्गदूत, भूत, अनिष्ट शक्ति एवं आभामण्डल ।

हालै बायोफिडब्याक मेसिनको प्रगति (advancement) को साथसाथै, SSRF ले यी मेशिनहरूद्वारा हाम्रो आभा, उर्जा प्रणाली र चक्रहरूमा विभिन्न उत्तेजनाहरुको (stimuli)  प्रभावहरूको अध्ययन गरिरहेको छौं । यसले आध्यात्मिक माध्यमहरुबाट हामीले गरेको अनुसन्धानलाई भौतिक स्तरमा सिद्ध गर्न ज्यादै फाईदाजनक भएको छ । उदाहरणको लागि, छैठौं ज्ञानेन्द्रियको सहायताले हामीलाई यो ज्ञात पहिला नै भएको थियो कि केहि वस्तुहरुमा उपचारात्मक क्षमता छन् । त्यस्तो एउटा बस्तु हो आध्यत्मिक दृष्टिबाट अतिविकसित व्यक्ति अर्थात सन्तको हस्तलेखन । हाम्रो जालस्थल हेर्नुहोस् जहाँ हामीले सन्त को हो विस्तारमा वर्णन गरेका छौं । जब साधकहरुलाई सन्तद्वारा लिखित कागज समात्न आग्रह गरिएको थियो तब छोटो अवधिमा जैविक प्रतिपुष्टि यन्त्र (biofeedback machine) ले उनीहरुको चक्र एवं शक्ति वलयमा आकस्मिक र सकारात्मक प्रभाव देखियो । यसले यो पनि सिद्ध हुन्छ कि साधनाबाट उत्कृष्ट स्वास्थ्य प्राप्त गर्न सकिन्छ एवं एउटा व्यक्ति आफ्नो उपस्थितिले मात्रै धेरै मानिसमाथि सकारात्मक प्रभाव पार्न सक्छ ।

एउटा यन्त्र जुन हामीले उपयोग गर्यौं त्यो हो PIP जसको पूरा नाम हो, पोलीकाँट्रास्ट इन्टरफॅरेन्स फोटोग्राफी (Polycontrast Interference Photography) । यो यन्त्रमा किर्लिन फोटोग्राफी (Kirlian Photography) जस्तो प्रविधी प्रयोग गरिएको छ र यसले वस्तु एवं व्यक्तिको आभाको परिवर्तन अध्ययन गर्न सक्छ ।

The Centre of Biofield Sciences को डा. थोरनटन स्ट्रीटर र डा. अनिरुद्ध गान्धीको सहायताबाट PIP यन्त्र उपयोग गरेर हामीले धेरै कुराहरुको अध्ययन गर्न सक्यौं ।

. PIP यन्त्रबाट निर्मित चित्रबाट प्राप्त जानकारीको स्वरूप

हामी तपाई समक्ष एउटा उदाहरण प्रस्तुत गर्नेछौं जहाँ हामीले विभिन्न आध्यात्मिक स्तर भएको व्यक्तिमा हस्तलेखनको चारैतर्फ विदयमान ऊर्जाक्षेत्रको जांच गर्यौं । हामीले आध्यात्मिक स्तरको आधारमा एक व्यक्तिको हस्तलेखनबाट प्रक्षेपित सकारात्मकता तथा नकारात्मकताको तुलना माथि ध्यान केन्द्रित गर्यौं । व्यक्तिको हस्तलेखन उसको आध्यात्मिक सकारात्मकता तथा नकारात्मकताको प्रतिबिम्ब हो ।

पीआइपी (PIP) एवं विकसित छैठौं इन्द्रियद्वारा सन्तको हस्तलेखनको सकारात्मकताको अध्ययन

यो SSRF आध्यात्मिक अनुसन्धान केन्द्रमा नियमित साधना गर्ने औसत साधकको हस्तलेखनको चारैतर्फ विदयमान ऊर्जाक्षेत्रको एउटा उदाहरण हो । हामीले यसलाई एउटा सानो खाममा राख्यौं र फेरि त्यो हस्तलेखनलाई एउटा ठुलो सेतो खाममा राख्यौं ।

रंग तथा त्यसको व्याख्याको आधारमा सुन्तला, रातो र बैजनी रंग नकारात्मकता दर्शाउँछ जबकि पहेंलो र हरियो रंगले सकारात्मकतालाई दर्शाउँछ ।

यो PIP चित्रमा ध्यान दिनुहोस् खामको नजिकको क्षेत्रमा हरियो रंग फैलि रहेको छ । टेबलमा अधिक मात्रामा हरियो रंग, टेबलको चारैतर्फ रातो र गुलाबी रंग अनि खाममा पहेंलो र रातो रंग देख्न सक्नु हुन्छ ।

. पी आई पी द्वारा देखिएको एउटा सामान्य व्यक्तिको हस्तलेखन तथा एउटा सन्तको हस्तलेखनमा तुलना

प्रायः हस्तलेखन राम्रो देखिनुको कारण हामीलाई राम्रो लाग्दछ । हाम्रो लागि राम्रो देखिनुको अर्थ हो, प्रत्येक अक्षर योग्य पद्धतिबाट लेख्नु । यहाँ, हाम्रो आँखाले अक्षरको सुन्दरता हेर्छ र हाम्रो मनलाई त्यो राम्रो लाग्दछ; तर साधना गर्नाले हामीलाई त्यो सँग सम्बन्धित सूक्ष्म स्पन्दनको पनि बोध हुन थाल्छ ।

त्यस्तो व्यक्तिलाई सन्तको हस्तलेखन हेर्नमा जतिनै नराम्रो किन नहोस्, त्यो राम्रो नै लाग्छ । सन्तको हस्तलेखनबाट चैतन्यको अनुभव हुन्छ ।

परम पूजनीय डॉ.आठवलेज्यू अध्यात्म विश्वविद्यालय तथा SSRF दुवैको प्रेरणास्रोत हुनु हुन्छ । उपरोक्त पद्धतिबाट परम पूजनीय डॉ. आठवलेज्यूको हस्तलेखनको परीक्षण गरियो ।

पीआइपी (PIP) एवं विकसित छैठौं इन्द्रियद्वारा सन्तको हस्तलेखनको सकारात्मकताको अध्ययन

बायाँतर्फ राखिएको हस्तलेखनको चित्र एउटा औसत आध्यात्मिक स्तरको साधकको हो र दायाँतर्फ परम पूजनीय डॉ. आठवलेज्यूको हो । जब हामीले दुई चित्रहरुको तुलना गर्यौं,

१. परम पूजनीय डॉ. आठवलेज्यूको हस्तलेखनको PIP चित्रले टेबुलमा भएको वस्तुको वरपरको क्षेत्रमा हरियो रंगको माध्यमले बढी सकारात्मकता दर्शाउँदछ । तुलनात्मक रुपमा अब औसत साधकको चित्रमा कम हरियो छ ।

२. साथै, परम पूजनीय डॉ. आठवलेज्यूको हस्तलेखनको चित्रमा नकारात्मकता दर्शाउँने रातो तथा बैजनी रंग औसत साधकको चित्रको तुलनामा अत्यल्प मात्रामा छ ।

३. अन्तमा, तपाई दुवै चित्रहरुमा सकारात्मकता दर्शाउँने पहेंलो रंग देख्न सक्नु हुन्छ । सुन्तला रंग जुन नकारात्मक हुन्छ, त्यो परम पूजनीय डॉ. आठवलेज्यूको चित्रमा छैन तर औसत साधकको चित्रमा देखिएको छ ।

अब यो बुझ्न महत्त्वपूर्ण छ कि PIP जस्तो मेसिनहरूबाट प्राप्त पठनहरू (readings) छैठौं इन्द्रियद्वारा प्राप्त निरीक्षणको विकल्प हुन सक्दैन । यन्त्रले आध्यात्मिक आयामको सबै भन्दा मूर्त अथवा ठोस भागलाई मात्र मापन गर्न सक्दछ । यो प्रयोगद्वारा प्राप्त दृश्यात्मक चित्र तथा निष्कर्ष ज्ञानको केवल सतही प्रस्तुतीकरण हो, जुन वास्तविक आध्यात्मिक अनुभूतिबाट प्राप्त गर्न सकिन्छ । यो प्रयोग तथा दृश्यात्मक भाग देखाउँनुको मुख्य उद्देश्य हो  :

१. कि व्यक्तिको चारैतर्फ आभामण्डल (aura) वास्तविक हुन्छ र केहि मात्रामा यसलाई देखाउन पनि सकिन्छ ।

२. तथा विज्ञान मानवीय ऊर्जा क्षेत्र अथवा आभामण्डललाई बुझ्ने कोशिस गर्दैछ ।

सन्तको आभामण्डल कुनै मानव-निर्मित यन्त्रले देखाएको जस्तो हुँदैन ।

. छैठौं इन्द्रियको माध्यमले देखिएको सन्तको हस्तलेखन

आधुनिक विज्ञानमा हामी पञ्चज्ञानेन्द्र, मन तथा बुद्धिको माध्यमले शब्द, स्पर्श, रूप, रस, गंध तथा भावना एवं विचारको रूपमा निरीक्षण तथा अवलोकन गर्छौं तथा निष्कर्ष निकाल्छौं ।

तर आध्यात्मिक अनुसन्धानमा, सूक्ष्म ध्वनि, सूक्ष्म स्पर्श, सूक्ष्म गन्ध, प्रकाश तथा स्पन्दनको सूक्ष्म दृश्य तथा विश्वव्यापी मन तथा बुद्धिसॅंग सम्पर्क गर्ने क्षमताद्वारा निरीक्षण, अवलोकन तथा निष्कर्ष निकाल्छौं ।

हाम्रो केहि साधक आध्यात्मिक आयाम अथवा आध्यात्मिक संसार त्यही समान देखन सक्छन् जसरी हामी स्थूल जगतलाई देख्न सक्छौं । जे देख्नु हुन्छ त्यो कुरालाई चित्रित गर्नु हुन्छ र हामी त्यसलाई सूक्ष्म-ज्ञान मा आधारित चित्र भन्छौं । सूक्ष्म-ज्ञान माथि आधारित रेखाचित्रहरु केवल वस्तु अथवा घटनासँग सम्बन्धित सूक्ष्म स्तरमा देखिएको पक्षहरूको चित्रमय प्रस्तुतीकरण हो ।

यो चित्र सूक्ष्म-ज्ञानमा आधारित परम पूजनीय डॉ. आठवलेज्यूको हस्तलेखनको हो । चैतन्य वा दिव्य चेतनाको अत्यन्त सूक्ष्म कम्पनहरु देख्न सकिन्छ ।

पीआइपी (PIP) एवं विकसित छैठौं इन्द्रियद्वारा सन्तको हस्तलेखनको सकारात्मकताको अध्ययन

१. वाक्यबाट चैतन्य वा दिव्य चेतना पहेंलो रंगमा प्रवाहित भैरहेको देखिन्छ ।

२. वाक्यको शब्दहरुमा आध्यात्मिक शक्ति पनि प्रक्षेपित भैरहेको देखिन्छ ।

३. चैतन्यको प्रभामण्डल हस्तलेखको चारैतर्फ निर्मित भएको छ र संचारण पनि भई रहेको छ । कागजको चारै कुनाबाट चैतन्य संचारित भैरहेको छ, तथा

४. शब्दबाट चैतन्यको तरंगहरु माथितर्फको दिशामा संचारित भैरहेको छ र आनन्दको गुलाबी कण वातावरणमा संचारित भैरहेको छ ।

तपाई देख्न सक्नु हुन्छ कि यन्त्रद्वारा तथा छैठौं इन्द्रियद्वारा ज्ञात हुने निरिक्षणमा कति धेरै अन्तर छ ।

यस प्रकार, हामीले मानवीय नङ्ग, केश तथा विभिन्न श्रेणी साधकहरुको छायाचित्रहरुको ऊर्जाक्षेत्रको तुलनात्मक अध्ययन गरेका छौं ।

. सारांश तथा मुख्य निष्कर्ष

यो प्रयोगको माध्यबाट मँ तपाई सामु केही मुख्य निष्कर्ष राख्न चाहन्छु ।

१. यो प्रयोगबाट सिद्ध हुन्छ कि एउटा सन्त तथा साधना गर्ने एउटा सामान्य साधक एवं केहि पनि साधना नगर्न व्यक्तिमा अत्यधिक अन्तर हुन्छ ।

२. धेरै व्यक्तिहरु सन्तको अस्तित्व माथि विश्वास राख्दैन्न् । PIP चित्रको सकारात्मकतालाई बुझेपछि हामीलाई आशा छ कि यसले व्यक्तिहरुमा अझ जान्ने र सिक्ने कौतूहल जगाउनेछ र अन्तत: स्वयं पनि सन्तपद आध्यात्मिक स्तर प्राप्त गर्ने छन् ।

३. साधनामा आवश्यक हुन्छ किनभने यसको माध्यद्वारा व्यक्ति सन्तपदको आध्यात्मिक स्तरसम्म पुग्न सक्छ र वातावरणलाई सकारात्मक रूपमा प्रभावित गर्न सक्छ ।

मलाई आशा छ कि सूक्ष्म आभामण्डलको यो व्याख्याले यो विषय प्रति तपाईको जिज्ञासा जगायो होला । अधिक जानकारीको लागि हाम्रो जालस्थल हेर्नुहोस्  –  www.spiritualresearchfoundation.org

मलाई आशा छ यो भिडियो हेरेर तपाईले पनि धेरै सिक्न पाउनु भयो होला किन कि यसलाई बनाउने समय हामीले पनि धेरै सिक्न पायौं।

तपाईको आध्यात्मिक यात्राको लागि हार्दिक शुभकामना ।

नमस्कार