वैकल्पिक उपचारहरु – कार्यको स्तर

वैकल्पिक उपचारहरु

१. कार्यको स्तरमा वैकल्पिक उपचारहरूको तुलनात्मक अध्ययनको परिचय

यहाँ हामी अधिकतम सम्भव प्रत्येक उपचार/चिकित्सा को कार्य गर्ने गहिराईको तुलना गरेका छौं । चिकित्सा कार्यको गहिराइको आरोही क्रममा व्यवस्थित गरिएको छ । प्रत्येक पछिल्लो चिकित्सा अघिल्लो चिकित्साको सबै तहहरूमा कार्य गर्दछ, साथै त्यो चिकित्साको लागि उल्लेख गरिएको नयाँ कार्य । यसको अर्थ एलोपथीले केवल शारीरिक शरीरमा काम गर्दछ, युनानी चिकित्सा शारीरिक शरीरको साथसाथै शारीरिक शरीरमा उर्जा प्रवाह इत्यादि । यसैले आयुर्वेदले स्थूल शरीर, सूक्ष्म शरीर साथै अझ सूक्ष्म-स्तरमा काम गर्दछ जस्तै अङ्ग र कोषहरू बीचको खाली स्थानमा । कार्यको तह जति गहिरो हुन्छ त्यतिनै अधिक विस्तृत र प्रभावकारी चिकित्सा हुन्छ । तलको चित्रले हामी केले बनेका छौं र शारीरिक र सूक्ष्म शरीर बीचको सम्बन्ध देखाउँछ ।

वैकल्पिक उपचारहरु – कार्यको स्तर

२. एलोपैथी

वैकल्पिक उपचारहरु – कार्यको स्तरयो चिकित्सा शारीरिक शरीरको स्तरमा काम गर्दछ । यसको अर्थ यो हो कि :

  • एउटा निवारक अथवा उपचारात्मक स्तरमा, एलोपथी शारीरिक शरीरमा सीमित रोगको कारणको लागि निर्देशित हुन्छ । यसैले, मनोवैज्ञानिक बिमारीहरू जसको प्रभाव शारीरिक शरीर भन्दा गहिरो हुन्छ, जस्तै : मन, हृदय रोग र पेटको अल्सर, यी रोगहरु एलोपथीद्वारा विस्तृत र पूर्ण रूपमा ठीक गर्न सकिदैन ।
  • जसरी चिकित्सा शारीरिक शरीरमा निर्देशित हुन्छ, अर्थात् हाम्रो शरीरको सबै भन्दा स्थूल ठाउमा हुन्छ, यसले मन जस्तो सूक्ष्म शरीरमा आफ्नो प्रभाव पार्न सक्दैन । किन कि स्थूल शरीरमा निर्देशित कार्यले शरीर भन्दा बढी सूक्ष्म रोगको उपचार गर्न सक्दैन । यद्यपि एउटा सूक्ष्म शरीरमा निर्देशित कार्यले शरीरको स्थूल ठाउमा पनि आफ्नो प्रभाव देखाउन सक्छ ।

३. युनानी (उनानी) औषधि

वैकल्पिक उपचारहरु – कार्यको स्तरयो चिकित्साले शारीरिक शरीरमा कार्य गर्नुको साथै, भौतिक शरीरको उर्जा प्रवाहमा पनि काम गर्दछ । यहाँ उल्लेख गरिएको उर्जा स्थूल (gross) वा शारीरिक मेटाबोलिक (physical metabolic) ऊर्जा हो । यसैले, युनानी औषधि एलोपथी भन्दा गहिरो स्तरमा कार्य गर्दछ ।

 

४. एक्युप्रेशर

वैकल्पिक उपचारहरु – कार्यको स्तरयो चिकित्सा शारीरिक शरीरको ऊर्जा प्रवाहको चेतनामा निर्देशित गरिन्छ । चेतना दिव्य चेतना (चैतन्य) को त्यो पक्ष हो जुन शरीर र मनको कार्य संचालन गर्दछ । जब एक्युप्रेशरले स्थूल उर्जा भन्दा माथिको तहमा कार्य गर्दछ त्यसैले यसको कार्य युनानी औषधि भन्दा पनि गहिरो हुन्छ । तर चेतना स्तरमा चिकित्सा प्रदान गर्नको लागि, चिकित्सक अत्यन्त कुशल, अनुभवी र यो प्रक्रियालाई अत्यन्तै एकाग्रताका साथ गर्नुपर्दछ ।

 

५.  मुद्राहरु

वैकल्पिक उपचारहरु – कार्यको स्तरयो चिकित्साले शरीरको एउटा निश्चित भागमा उर्जा प्रवाह सक्रिय पार्छ अथवा शरीरको अङ्गहरुमा जहाँ मुद्रा निर्देशित गरेको हुन्छ । उदाहरणको लागी, यदि एउटा व्यक्तिलाई पेट दुखी रहेको छ र मुद्रा दुखेको बिन्दुमा निर्देशित छ भने, पेटमा ऊर्जाको प्रवाह सक्रिय हुन्छ । तर यदि मुद्रा नाभी चक्र (मणिपुर-चक्र  मा निर्देशित गर्यो भने, त्यो चक्रसँग

सम्बन्धित सबै अंगहरूमा ऊर्जाको प्रवाह हुन्छ, अर्थात् सम्पूर्ण इलिमेन्टरी प्रणाली (alimentary system : oesophagus, stomach, small and large intestine) साथै उत्सर्जन प्रणाली (excretory stystem : kidney, ureters and bladder) सक्रिय हुन्छ । युनानी औषधि पनि शरीरमा ऊर्जा प्रवाहको स्तरमा काम गर्दछ; तर मुद्रा उपचारलाई युनानी भन्दा उच्च राखिएको छ किन भने यो चिकित्साले औषधि प्रयोग नगरी समान प्रभाव देखाउन सक्छ ।

६. होमियोपैथी

वैकल्पिक उपचारहरु – कार्यको स्तरयो चिकित्साले शारीरिक शरीरमा उर्जा प्रवाहको साथै सूक्ष्म-शरीरमा कार्य गर्दछ ।

 

७. आयुर्वेद

वैकल्पिक उपचारहरु – कार्यको स्तरयो पुरानो चिकित्साले माथि उल्लिखित सबै स्तरहरूमा अझ गहिरो र सूक्ष्म स्तरमा कार्य गर्दछ उदाहरण अङ्गहरु (organs) र कोषहरु (cells) बीच खाली स्थानहरुमा ।