संसारमा कति सन्तहरु छन् ?

आध्यात्मिक अनुसन्धानको माध्यमबाट प्राप्त निम्न तालिकाले संसारमा रहेको सन्तहरुको संख्या देखाउँदछ । व्यक्तिलाई सन्त तब भनिन्छ जब उनको आध्यात्मिक स्तर ७०% अथवा त्यो भन्दा अधिक हुन्छ ।

फरवरीको २०१६ सम्म आध्यात्मिक स्तर ७०% देखि १००% बीचका लागभग १००० सन्तहरु संसारमा छन् | तर तलको तालिकामा हामीले केवल सन्त र गुरुहरूको संख्या देखाएका छौं जसले सक्रियतासँग अध्यात्मलाई फैलाईरहनु भएका छन् ।

आध्यात्मिक स्तर कुल # सन्तले सक्रियताका साथ अध्यात्म प्रसारमा भाग लिनु भईरहेका छन्
७०-७९% १००
८०-८९% २०
९०-१००% १०

स्रोत: SSRF द्वारा आयोजित आध्यात्मिक अनुसन्धान

विगत केहि वर्षहरुमा विश्वव्यापी सन्तहरुको संख्यामा उल्लेख्य कमी आएको छ । यसको लागि कारणहरू निम्नानुसार छन् :

  • ईश्वरीय इच्छा अनुरुप विपत्तिजनक समय संसारमा आउनु भन्दा अगाडी सन्तहरूले आफ्नो शरीर छोड्दै हुनु हुन्छ |
  • यस्तो किन भैरहेको छ भने त्यो समयमा ब्रह्माण्डको सूक्ष्म सकारात्मक क्षेत्रहरूबाट सन्तहरुले साधकलाई धेरै सहायता गर्न सक्नु हुन्छ ।
  • यस्तो समयमा धेरै व्यक्तिहरु आध्यात्मिक मार्गनिर्देशन भन्दा पनि आफ्नो अस्तित्व बचाउन तिर लागि परेका हुन्छन् ।

२०१८ पछि (तेस्रो विश्व युद्धको समाप्तिको समयपछि) पुनः सन्तहरुको संख्यामा उल्लेखनीय वृद्धि हुन्छ । यसको मुख्य कारण मानव जातिमा अध्यात्म पुर्नस्थापनाको समय मानवतालाई स्थिरता प्रदान गर्न सहायता पुराउनको लागि हुन्छ ।.