अग्निहोत्रमा आध्यात्मिक अनुसन्धान

१. प्रस्तावना

जब हाम्रो हजुरबुबा अथवा बुबाको जन्म भएको थियो, त्यो समयको संसार वर्तमान संसारको स्वरूपभन्दा अत्यधिक भिन्न थियो । संभवतः सबै परिवर्तनहरु भन्दा सर्वाधिक मुख्य परिवर्तनहरु पुरै विश्वमा बढ्दो प्रदूषण, जसको परिणामस्वरूप ग्रीन हाऊस गैसको उत्सर्जन तथा अन्य हानिकारक प्रभावमा वृद्धि भैरहेको छ । जब हामी प्रदूषणको कुरा गर्छौ ,तब सामान्यतः हामी वायु प्रदूषण, जल प्रदूषण, ध्वनि प्रदूषण, खाद्य (खानेकुरा) प्रदूषण र भूमि प्रदूषणको विषयमा विचार गर्छौं । हामीले आफ्नो लेख प्राकृतिक आपदाहरु एवं जलवायु परिवर्तनमा भनेको छ कि मौसमको अस्वाभाविक स्वरूपको कारण, मानवजातिको प्रकृति माथि प्रभाव छ । तथापि यो मानवद्वारा गरिएको भौतिक स्तरको उपेक्षासम्म मात्रै सिमित हुँदैन ; मानवद्वारा वायुमण्डलमा उत्सर्जित मानसिक तथा आध्यात्मिक प्रदूषण पनि यसकै कारणले हो । मानसिक प्रदूषण मानिसहरुमा नकारात्मक विचार जस्तौ – लालच, धोखा, घृणा, विनाश हेतु योजना बनाउने इत्यादिको कारणले हुन्छ । यो मानसिक प्रदूषण वातावरणमा प्रसारित हुन्छ , त्यसैले यसले हाम्रो मनको नकारात्मक विचारलाई बढाउने वातावरण बनाउँछ । यसले नकारात्मकताको चक्र सुरु हुन्छ जसको मूलमा मानवजातिमा बढ्दो रज-तमको आध्यात्मिक प्रदूषण हुन्छ । प्राविधिक प्रगतिको विकासले सामूहिक विनाश गर्ने जैविक तथा आणविक शस्त्र र साथमा मानवजाति तथा मानसिक प्रदूषणमा बढेको रज-तम को चुनौती हाम्रो अगाडी छ । जैविक तथा आणविक आक्रमणको परिणाम मानवजीवन तथा विश्वको स्थिरताको लागि विध्वंसकारी हुन्छ ।

. अग्निहोत्र के हो ?

वर्तमान समयमा सम्पूर्ण विश्व भौतिक प्रदूषणमा शीघ्रता पूर्वक रोक लगाउन हेतु उपाय खोज्न प्रयत्नशील छ । पवित्र अथर्ववेद (११:७:९) मा एउटा सरल धार्मिक विधिको उल्लेख गरिएको छ । यसको विस्तृत वर्णन यजुर्वेद संहिता र शतपथ ब्राह्मण (१२:४:१) मा छ । यसले प्रदूषणमा कमी आउँछ तथा वातावरण पनि आध्यात्मिक रूपले शुद्ध हुन्छ । जुन व्यक्तिले अग्निहोत्र विधि गरेकाछन् उनीहरुले भनेका छन् कि यसले तनाव कम गर्दछ, सोचको स्पष्टता बढाउँछ, समग्र स्वास्थमा सुधार गर्दछ, ऊर्जा बढाउँछ तथा मानलाई ज्यादा मायालु प्रकृतिको बनाउँछ । यसले लागूपदार्थ र मदिराको व्यसन छुटाउनको लागि सहायता पुराउँछ । अग्निहोत्र बोटबिरुवाहरुलाई पोषण दिने तथा हानिकारक विकिरण र रोगजनक जीवाणुलाई बेअसर बनाईदिन्छ । यो जल स्रोतहरु शुद्ध गर्नको लागि प्रयोग गरिन्छ । आणविक विकिरणको दुष्प्रभावलाई न्यून गर्नको लागि पनि परिचित छ ।

. अग्निहोत्र विधिमा आध्यात्मिक अनुस्नधान

स्पिरिच्युअल साइन्स रिसर्च फाऊंडेशनले अग्निहोत्र विधिमा आध्यात्मिक अनुसन्धान गर्यो । यो अनुसन्धानबाट प्राप्त जानकारी इन्टरनेटमा पहिला देखि उपलब्ध अग्निहोत्रको फाईदाहरु एवं व्याप्तिको जानकारीहरुको पूरक छ । तलको लेखले आध्यात्मिक अनुसन्धानबारे थप जानकारी प्रदान गर्छ ।

के अग्निहोत्रले आणविक विकिरणको असर रोकन सक्छ ?